Header Ads

 


Class 12 Instructional Pedagogy Unit 5: Problem Solving Method समस्या समाधान विधि

 

समस्या समाधान विधि

Problem Solving Method

Click for Video: https://www.youtube.com/watch?v=PJcb1mfcv0E

 

शिक्षकले कुनै विषयवस्तुसँग सम्बन्धित समस्या विद्यार्थी सामु प्रस्तुत गरी विद्यार्थीहरूबाटै त्यो समस्या • समाधान गर्नका लागि प्रयत्न गरिने विधिलाई नै समस्या समाधान विधि (Problem solving method) भनिन्छ । समस्या समाधानका लागि आवश्यक आधारभूत ज्ञान, नियम र सिद्धान्तको प्रयोग गरी विद्यार्थीहरू समस्या समाधान गर्न प्रयत्नशील रहन्छन् ।

रिचार्ड (Richard) अनुसार, "विभिन्न थरीका प्रक्रियाहरूको जटिल एकीकरण समस्या समाधान हो, जसले परिस्थितिअनुसार फरक भई विभिन्न स्वरूप लिने गर्दछ ।” (Problem solving is a complex integration of many kinds of responses that very from one situation to another and take many different forms.)

समस्या समाधान विधिको तयारी र योजना

Plan and Preparation of Problem Solving Method

शिक्षाविद् जोन डिवे (John Dewey) समस्या समाधानको अभ्यासका रूपमा तर्कलाई लिएका छन् । समस्या समाधानबाट विद्यार्थीमा खोज्ने बानीको विकास हुन्छ । जोन डिवे (John Dewey) का अनुसार समस्या समाधान विधिका चरणहरू यसप्रकार छन् :

अ.    समस्याको प्रस्तुति (Present a problem): सर्वप्रथम शिक्षकले विद्यार्थीहरूको अगाडि समस्यालाई प्रस्तुत गर्नुपर्दछ । शिक्षकले विद्यार्थीहरूलाई समस्या दिँदा विद्यार्थीहरूको बौद्धिक स्तरअनुसारको मात्र दिनुपर्दछ । विद्यार्थीको पूर्व अनुभवमा आधारित समस्या हुनुपर्दछ । समस्या नै किटान नभईकन अन्य क्रियाकलापहरू हुने सवाल नै आउँदैन ।

आ.     समस्याको परिभाषा (Defining the problem): समस्याको पहिचान गरी सकेपछि समस्याको बारेमा व्याख्या र विश्लेषण गर्नुपर्दछ । समस्याको व्याख्या र विश्लेषण गर्ने क्रममा शिक्षकले विद्यार्थीहरूलाई सम सहयोग गर्नुपर्दछ ।

इ.      समस्यासँग सम्बद्ध तथ्याङ्कको सङ्कलन (Collection of data relevant to the problem): | समस्याको व्याख्या र विश्लेषण गरिसकेपछि समस्यासँग सान्दर्भिक हुने तथ्याङ्कहरू सङ्कलन गर्नुपर्दछ । सङ्कलित तथ्याङ्कको आधारमा अध्ययनको निष्कर्ष निकालिन्छ ।

ई.     परिकल्पना गर्नु (Formulation of hypothesis): तथ्याङ्कको सङ्गठन र वर्गीकरण गर्नपर्दछ । त्यसपछि विवेचनात्मक र सिर्जनात्मक विचार गरी समाधानका विभिन्न परिकल्पना गर्नुपर्दछ ।

उ.        परिकल्पनाको स्वीकृति वा अस्वीकृति (Acceptance or rejection of hypothesis): परीक्षणको | आधारमा प्रमाणित भएको परिकल्पनालाई स्वीकार गरिन्छ भने प्रमाणित हुन नसकेको परिकल्पनालाई अस्वीकार गरिन्छ । अस्वीकार भएमा पुनः परिकल्पना निर्माण गरी कार्य गरिन्छ । जबसम्म समस्याको समाधान हुन सक्दैन |

समस्या समाधान विधिको प्रयोग

Use of Problem Solving Method

समस्या समाधान विधिको प्रयोगलाई निम्नानुसार देखाउन सकिन्छ :

·              विद्यार्थी केन्द्रित शिक्षण गर्न,

·              सबै विषयको शिक्षण गर्न,

·              सैद्धान्तिक र व्यावहारिक दुवै विषयको शिक्षण गर्न,

·    व्यक्तिगत कार्य र सामूहिक कार्यका रूपमा शिक्षण गर्न, औपचारिक र अनौपचारिक दुवै शिक्षण प्रक्रियामा प्रयोग गर्न,

·              विद्यार्थीहरूमा नयाँ नयाँ ज्ञानको खोजी गर्न,

·              विद्यार्थीहरूमा कुनै पनि समस्याको समाधान गर्न ।

समस्या समाधान विधिका सबल पक्षहरू

Strengths of Problem Solving Method

समस्या समाधान विधिका सबल पक्षहरू यसप्रकार छन् :

क.           विद्यार्थीहरूमा विश्लेषणात्मक तथा तार्किक सोचाइको विकास हुन्छ ।

ख.          समस्यालाई बुझ्ने, परिभाषित गर्ने र सीमाङ्कन गर्ने क्षमताको विकास हुन्छ ।

ग.            नयाँ ज्ञानको खोजी गर्ने तथा नयाँ विचार सिर्जना गर्ने प्रवृत्तिको विकास हुन्छ ।

घ.            सिकेका कुराहरू दीर्घकालीन रूपमा स्मरणमा रहन्छ ।

ङ.             सामाजिक गुणहरूको विकासमा सहयोग गर्दछ ।

च.       शिक्षण सिकाइप्रति विद्यार्थीको आर्कषण बढ्छ किनभने उनीहरूको सिकाइमा पूर्ण सहभागिता हुन्छ । न्यालाई विद्यार्थीहरूमा काम गर्ने क्षमताको विकास हुन्छ

छ.           विद्यार्थीहरूमा गरेर सिक्ने क्षमताको विकास हुन्छ ।

ज.           विद्यार्थीहरूमा सिर्जनशीलता र वैज्ञानिक सोचाइको विकास हुन्छ ।

झ.      विद्यार्थीहरूमा कुनै समस्याप्रति सोच्ने, तर्क गर्ने र आलोचना गर्ने क्षमताको विकास हुन्छ ।

समस्या समाधान विधिका कमजोरीहरू / सीमाहरू

Limitations of Problem Solving Method

समस्या समाधान विधिका कमजोरीहरू यसप्रकार छन् :

अ.        यस विधिको सञ्चालनमा धेरै समय लाग्दछ ।

आ.     कमजोर विद्यार्थीहरू सहभागी हुन रुचाउँदैनन् ।

इ.          योग्य, दक्ष र कुशल शिक्षकको अभावमा सञ्चालनमा कठिनाइ आउँछ ।

ई.          समस्या पहिचान गर्न र परिभाषित गर्न विद्यार्थीलाई कठिन हुन्छ ।

उ.     कृत्रिम समस्या प्रस्तुत गरिएमा सिकाइ प्रभावकारी हुन सक्दैन । फेरि सधैं वास्तविक समस्या मात्र प्रयोग गर्न पनि सम्भव छैन ।

ऊ.   आवश्यक सामग्रीहरूलाई एकीकृत गरेर नतिजाको अनुमान गर्ने धैर्यता विद्यार्थीमा नहुन सक्छ ।

ऋ.       कक्षाकोठाको नियन्त्रणमा समस्या आउन सक्छ ।

ऌ.        समस्या समाधानमा उचित तथ्य प्राप्त नभएमा उल्टो नतिजा प्राप्त हुन सक्छ ।

ऍ.          शिक्षकप्रतिको विश्वासमा कमी आउने सम्भावना रहन्छ किनभने विद्यार्थी मात्र सिकाइमा सक्रिय हुन्छन् ।

***

Click for Next Lesson: https://limbuchandrabahadur.blogspot.com/2025/07/class-12-instructional-pedagogy-unit-5_43.html

No comments

Powered by Blogger.