Piaget's Cognitive Development पियाजेको संज्ञानात्मक विकास B.Ed. 2nd Year Educational Psychology
Piaget's Cognitive Development
पियाजेको संज्ञानात्मक विकास
Jean Piaget एक Swiss Biologist हुन जसको जन्म सन् १८९६ र मृत्यु १९८० मा भएको थियो । उनले २२ वर्षको उमेरमा नै Ph.D. उपाधि हासिल गरेका थिए । जेनेभा विश्वविधलयमा बालमनोविज्ञान वारे अध्यापन गराउँदा गराउँदै सन् १९२० मा अर्का मनोवैज्ञानिक Binet द्वारा निर्मित प्रयोगशालामा सामेल भए । केही समयको अध्ययन पश्चात् कुनै खास बौद्धिक परिक्षणमा बालवालिकालाई दिइने सहि प्रतिक्रियाका आधारमा मात्र बौद्धिक विकास भएको मान्ने विनेटको विचारलाई खण्डन गर्दौ बुद्धिमानको समायोजन, अनुकुलन वा दक्षतापूर्ण तरिकाले वातावरण सँग व्यवहार गर्ने क्षमता हो भन्ने आफ्नो भनाइ प्रस्तुत गरे । यसरी उनी भन्दछन:
Intelligence changes and develops as the organism matures biologically and as it gains from experiences.
पियाजेको बालकको सज्ञांनात्मक विकास वारे ज्यादै रुची भएकोले उनले आफ्नो श्रीमतीको साथमा आफ्नै तिनजना बच्चाहरुमाथी समेत लामो अध्ययन गरे । उनीले यस सम्बन्धी अध्ययनको क्रममा आफ्नो जीवनको ५० वर्ष जति विताएका थिए ।
Click for Video: https://www.youtube.com/watch?v=TA9GYqXzIhc
Process of Cognitive Development
संज्ञानात्मक विकासका प्रक्रियाहरु
Piaget को भनाइमा मानिसका शारीरिक अंगहरु भै मष्तिष्कका दुइवटा पक्षहरु संज्ञानात्मक सरंचना र संज्ञानात्मक कार्य हुन्छन् जसलाई संज्ञानात्मक विकासको प्रक्रिया भनिन्छ जुन निम्न छन्:
क. Cognitive Structure (संज्ञानात्मक संरचना): बच्चाले जन्मजात केहि प्रवृत्ति लिइ आएका हुन्छन् जस्तैः चुस्नु, हेर्नु, निल्नु, समात्नु इत्यादी जसलाई पियाजेले 'Schema' भनि नामाङकरण गरे । पियाजेको भनाइमा 'Schema' भनेको नै कुनै व्यक्तिको कुनै खास व्यवहार प्रदर्शन गर्ने क्षमता हो ।
ख. Cognitive Functioning (संज्ञानात्मक कार्य): बालकलाई आफ्नो वातावरणमा जिबीत रहन, बृद्धि गर्न तथा विकासको लागि समायोजन गर्नु जरुरी छ । त्यसैले वालकको संज्ञानात्मक विकास उसको भौतिक एवं सामाजिक वातावरणमा उसले गर्ने निरन्तर अन्तक्र्रियालाइ निम्न तवरले देखाउन सकिन्छ ।
ग. Assimilation (सम्मिलित प्रतिक्रिया): बालकमा रहेको अन्तरनिहीत गुण को आधारमा उसले आफ्नो वातावरणमा सुहाउँदो कार्य गर्नुलाई सम्मिलित प्रक्रिया (Assimilation Process) भनिन्छ । पियाजेको भनाइमा यो प्रक्रिया विकासको पहिलो तथा आधारभूत प्रक्रिया हो । जस्तो: कुनै वालकले खेलौना दिंदा मुखमा हाल्नु । उक्त उदाहरणमा बालकको मष्तिष्कमा चुस्ने गुण (Sucking Schema) को विकास भएकोले हो ।
घ. Accommodation (सम्झौता व्यवहार परिवर्तन प्रक्रिया): नयाँ परिस्थिति सँग नयाँ सोचाइ र व्यवहारका साथ समायोजन गर्नु Accommodation हो यसमा पुरानो सोच वा ढाँचालाई परिवर्तन गरिन्छ जुन विकासको दोस्रो महत्व पूर्ण कार्य हो । जस्तै: वच्चाले खेलौनालाई उचाल्न नसक्दा त्यस परिस्थितिलाई वुझेर खेल्न वा पक्रन खोज्नु ।
ङ. Adaptation (अनुकुलन): Association बाट प्राप्त अनुभवहरुको आधारमा नयाँ अनुभवको निर्माण प्रक्रिया Accommodation हो भने यसरी प्राप्त गरेका नयाँ अनुभवहरुको आधारमा नयाँ वातावरणमा समायोजन हुनु नै अनुकुलन हो । बालक बृद्धि हुदै जाँदा उसका कार्यहरुलाई संगठित गर्न तथा सन्चालन गर्न Assimilation र Accommodation बीचको अन्तरक्र्रिया हुनु आवश्यक छ जुन अन्तक्र्रियालाई अनुकुलन भनिन्छ ।
च. Equilibrium (सन्तुलन प्रकिया): कुनै पनि प्राणिको नयाँ परिस्थितिसंग अधिकतम समायोजन हुने जन्मजात प्रवृत्तिनै सन्तुलन प्रक्रिया हो । जुन प्रणीले आफ्ना अनुभवहरुलाई संगठित गर्दै नयाँ माग र वातावरणमा अधिकतम समायोजन हुन खोज्छ । त्यस्तै जव कुनै वच्चाले आफ्नो वातावरणको सम्वन्धलाई सुमधुर व्यवस्थित तथा आनन्ददायी वनाउन आफ्नो मष्तिष्क संरचनामा परिवर्तन गर्दछ भने उक्त मानसिक कार्य नै सन्तुलन प्रक्रिया हो ।
Stages of Cognitive Development
संज्ञानात्मक विकासका चरणहरु
प्रत्येक वालक मानसिक विकासका दृष्टिकोणले अर्को वालक भन्दा भिन्न हुन्छ । पियाजेको भनाइमा यस भिन्नता आउनुमा मानसिक संरचनाको संगठन निर्माणमा विशेष चरणहरु संलग्न हुन्छन् । संज्ञानात्मक क्षमता हाँसिल गर्ने क्रममा प्रतेक वालक भिन्न हुन्छन् । तर यसको विकासको ढाँचा भने विश्वव्यापि प्रकृतिको हुन्छ । जिन पियाजेले त्यस्ता वौद्धिक विकासका निम्न चार चरणहरु हुने कुरा उल्लेख गरेका छन्:
क. Sensory Motor Stage (चेतना–कार्यको अवस्था – Birth to 2 Years): पियाजे अनुसार यस अवस्थामा भाषाको विकास भएको हुदैन भने वातावरण सँग चेतना र क्रियाकलापको सीमित मात्रामा अन्तरक्रिया हुन्छ । यस अवस्थामा इसारा, संकेत तथा हाउभाउ बाट व्यवहार प्रर्दशित हुने गर्दछ । यस अवस्थालाई उनले निम्न ६ ओटा उपचरणहरुमा बाडेका छन्:
अ. Stage –I (Native Reflex) (स्वाभाविक कार्य): जन्मदेखि एक महिना सम्मको समयावधि नै स्वाभाविक कार्य हो जसमा वालकले आमाको दुध चुस्ने, आखा झिम्काउने, स्वासप्रस्वास गर्ने आदि गर्दछ ।
आ. Stage –II Primary Circular Reactions (प्रारम्भिक कार्य): यस अवस्थाको समयाअवधि एक महिनादेखि चार महिनासम्म्को हुन्छ । यस अवस्थामा शिशुले प्रथम चरणका व्यवहारलाई दोहो¥याउने भएकाले बृत्तिय प्रक्रिया भनिन्छ ।
इ. Stage – III Secondary Circular Reactions (गौण वृत्तिय प्रतिक्रिया): यस अवस्थाको समयाअधि चार महिनादेखि आठ महिना सम्मको हुन्छ जुन समयामा शिशुले कोल्टे फेर्ने, धिस्रन कोशिस गर्ने, कुनै वस्तुलाई छुने जस्ता सारिरीक क्रियाकलाप देखाउछ ।
ई. Stage – IV Organized Period of Schemas (ज्ञानात्मक विचारको संगठित अवस्था): यसको समयाअधि आठ महिना देखि बाह्र महिना सम्मको हुन्छ । यस अवस्थामा बालक उद्देश्य केन्द्रित हुन थाल्दछ तथा वालक सचेतपूवर्क कुनै वस्तु वा क्रियाकलाप प्रति प्रतिक्रिया जनाउन थाल्दछ ।
उ. Stage – V Tertiary Circular Reactions (तृतीय प्रतिक्रिया): यस अवस्थाको समयाअधि बाह्र महिनादेखि अठार महिना सम्मको हुन्छ । यस अवस्थामा बालकले पहिलेको कार्य सँग एक अलग प्रकारको अथवा तस्रो प्रकारको कार्य गर्ने भएकाले तृतीय प्रतिक्रिया भनी नामाकरण गरेको पाइन्छ ।
ऊ. Stage – VI Invention of New Means through Mental Co-ordination (मानसिक समन्वय द्धारा नयाँ समाधानहरुको खोजीको अवस्था): यस चरणको समयाअवधी अठार महिना देखि दुई वर्ष सम्मको हुन्छ । यस अवस्थामा बालक आफुले देखेका वा नदेखेका वस्तुका वारेमा पनि चिन्तन गर्न थाल्दछ जसबाट उसले उक्त वस्तुप्रति आफ्नो धारणा निमार्ण गर्न सफल हुन्छ ।
ख. Pre-Operational Stage (पुर्व क्रियात्मक अवस्था): यस अवस्थामा बालकले भाषको प्रयोग साथै विभिन्न सङ्केतहरु प्रयोग गर्न थाल्दछ । पियाजेले यस चरणलाई निम्न दुई चरणमा बाढेका छन्:
अ. Pre-Conceptual Phase (पूर्व धारणात्मक अवस्था): यस चरणको समयावधि दुई वर्ष देखि चार वर्ष सम्मको हुन्छ । यस अवस्थामा शिशुले कुनै वस्तुलाई त्यसको नामबाट चिन्ने कोसिस गर्दछ र सबै वस्तुहरुलाई एउटै मान्यतामा राख्दछ । यसरी नै सबै कुरा मेरौ हो भन्ने भावनाको विकास भएको पाइन्छ ।
आ. Intuitive Phase (अन्तरज्ञानात्मक चरण): यस चरणको समयाअधि चार वर्षदेखि सात वर्षसम्मलाई मानिन्छ । यस अवस्थामा शिशुले कुनै पनि चिज वस्तुलाई रङ्, स्वाद तथा आकार अदिको सहायताले चिन्न सक्छ । तर उनीहरुका ज्ञानात्मक विशेषताको भने अभाव हुन्छ । जस्तै एक केजी फलाम भन्दा एक कपास बढी हुन्छ भनी भन्नु ।
ग. Concrete Operational Stage (ठोस क्रियात्मक चरण): यस अवस्थाको समयावधि सात वर्षदेखि एघार वर्षको हुन्छ । शिशुको सोचाई यस अवस्थामा आइपुग्दा तार्किक र व्यवस्थित हुन्छ उनीहरुले आफ्नो कुनै वस्तु प्रति धारणा निमार्ण गर्न सम्भव हुने भएकाले एक वस्तु वा धारणा लाई अर्को वस्तु र धारणा बिच तुलना वा समानता देखाउन सक्छन् । त्यस्तै मेरो भन्ने धारणालाई हाम्रो भन्नेमा विकासभइ अरुको बिचारलाई समेत ग्रहण गर्न सक्छन्।
घ. Formal Operational Stage (औपचारीक क्रियात्मक चरण): पियाजे अनुसार यस चरणको समयाअधि वाह्र वर्षदेखि पन्ध्र वर्ष सम्म वा सो भन्दा माथि पनि मानेका छन् । यस अवस्थामा शिशु आफ्नो शारिरीक परिपक्कता र मानसिक परिपक्कताको नजिक पुगेको हुन्छ । कुनै विषय क्षेत्रबाट प्राप्त ज्ञानलाई मिल्दोजुल्दो अर्को क्षेत्रमा प्रयोग गर्न सक्छन् । त्यस्तै सिर्जनात्मक तथा स्चनात्मक कार्यहरु मुर्तरुपमा देखा पर्दछन् ।
Factors Affecting Cognitive Structure & Cognitive Function
संज्ञानात्मक संरचना तथा कार्यमा असर पु¥याउँने तत्वहरु निम्न छन्:
क. परिपक्वताले मानसिक संरचनामा परिवर्तन र विकास गराउँछ ।
ख. जन्मजात जैविक कार्यहरु मानिसिक संरचना का आधार हुन् ।
ग. Assimilation, Accommodation and Adaptation प्रक्रिया वाट प्राप्त अनुभवले पनि मानसिक संरचना तथा कार्यमा असर पु¥याउँदछ ।
घ. व्यत्तिगत भिन्नताले पनि मानसिक संरचना र कार्यमा असर पु¥याउँछ ।
ङ. नयाँ वातावरणको सक्रिय अन्तक्र्रियाले पनि मानसिक संरचना तथा कार्यमा अहम भुमिका निर्माण गर्दछ ।
Educational Implications of Cognitive Theory
संज्ञानात्मक सिकाइ सिद्धान्तका शैक्षिक उपयोगहरु
क. सिकारुको उमेर, क्षमता तथा व्याक्तिगत भिन्नता अनुसार पाठ्यवस्तु पाठ्यक्रम निमार्ण तथा शिक्षण क्रियाकलाप गर्नु ।
ख. कक्षाकोठामा प्रभावकारी शिक्षणविधिको लागि वौद्धिकताको प्रयोग गर्नु ।
ग. वातावरण अनुकुल शैक्षिक पद्धति अपनाउनु तथा विभिन्न सिप सिकाई गर्नु ।
घ. सिकाईमा खोजपुर्ण सिकाई तथा समस्या समाधानको प्रयोग गरी वौद्धिक क्षमतालाई विस्तार गर्नु ।
ङ. सिकाईमा भाषा तथा हाउभाउ जस्ता संञ्चारलाई एकीकृत गरी प्रस्तुत गदर्छ ।
***
Click for Next Lesson: https://limbuchandrabahadur.blogspot.com/2025/06/banduras-social-learning-theory-b-ed.html
Post a Comment