Bandura's Social Learning Theory बान्डुराको सामाजिक सिकाई सिद्धान्त B. Ed. 2nd Year Educational Psychology
Bandura's Social Learning Theory
बान्डुराको सामाजिक सिकाई सिद्धान्त
'Observation of others' behavior may play a leading role in learning and acquiring various things concerning one's environment' – S.K. Mangal
प्रसिद्ध अमेरिकन मनोवैज्ञानिक तथा Stanford University का मनोविज्ञान विषयका प्राध्यापक Albert Bandura द्वारा प्रतीपादित सिकाइ सिद्दान्तलाई Identification or Imitation Learning भनिन्छ र यही सिद्धान्तलाई Social Learning Theory भनिन्छ ।
According to Bandura, " We do not blindly respond to environmental stimuli rather, we pick and choose from many environmental options, basing our decisions on our own insights and past experiences. This we do through vicarious or observational learning by incorporating and imitating the behavior of those around us."
– हामी बातावरणीय उत्तेजक प्रति अन्ध भएर प्रतिक्रिया जनाउदैनौ । वरु हामी हाम्रा निर्णयहरु अन्तरदृष्टि र विगत अनुभवका आधारमा छान्छौं । हामी हाम्रो वरिपरिको वातावरणको अनुभव, अवलोकन र नक्कलवाट गर्दछौ ।
Observational learning (Learning through Indirect experiences) rather than the learning based on direct experiences is thus the base of the social learning theory.
यस सिकाइ सिद्धान्त भन्दा अघिका सिद्धन्तहरुमा मनोवैज्ञानिकहरुको प्रयोग पशु प्राणी माथि गरिएको थियो भने यस सिद्धान्तमा बान्डुराले मानवमाथि नै परिक्षण प्रयोग गरे जुन एक भिन्नप्रकारको थियो । मानव समाज र मानविय व्यवहारहरुको अवलोकनद्घारा अनुकरण गरेर उत व्यवहारलाई आत्मीकरण गरेर सिकिने भएकाले यस सिद्धान्तलाई Identification Learning भनिन्छ । यसरी आत्मीकरण गर्ने व्यवहारहरु सिकारुले अवलोकन गरेर, अनुकरण गरेर, देखेर, समाजिक प्रणालीबाट, सस्ंकृतीबाट प्राप्त गर्दछ । त्यसै बालकले जसको व्यवहारको नक्कल गर्दछ, त्यसलाई नमुना (Model) भनिन्छ भने उत सिकाईलाई Model earning भनिन्छ ।
बान्डुराको भनाइ अनुसार समाज,सामाजिक वातावरण, सामाजिक नैतिकता र सामाजिक उद्देश्य जस्तो छ बालकले त्यहि व्यवहारलाई नक्कल, आत्मीकरण गर्दछ । त्यस्तै वातावरणीय अवस्थालाई आफ्नो अद्देश्य अनुसार आफ्नो ज्ञान शक्तिका कारणले मानिस आफैले पनि विकास गर्न सक्छ भन्ने यस सिद्धान्तको आशय हो ।
One does not teach children to swim, adolescents to drive automobiles, and novice medical students to perform surgery by having them discover the appropriate behavior through the consequences of their successes or failures. The costlier and hazardous the possible mistakes, the heavier are the reliance on observational learning from competent examples.
(बच्चलाई पौडी खेल्न, किशोरलाइ गाडीहाँक्न र नयाँ सिकारु डाक्टरलाइ शल्यक्रिया गर्न उसको आफ्नै सफलता वा असफलताको परिणामवाट सिकोस भनेर कसैले पनि छोड्दैन । यसले गर्दा हुन सक्ने सम्भावित गल्ती संकटपूर्ण र महगो हुन्छ, दक्षहरुको उदाहरणलाई अवलोकन गर्नु धेरै विश्वसनीय हुन्छ ।)
सामाजिक सिकाई सिद्धान्तको निष्कर्ष:
क. व्यक्तिका व्यवहार निर्माणमा पुरस्कार र दण्डको ठुलो भुमिका हुन्छ ।
ख. मानिसले वढी आत्म सन्तुष्टि र खुसी प्राप्त गर्न क्रियाकलापको अनुसरण गर्दछ ।
ग. सिकारुको सामाजिक, नैतिक, सांस्कृतिक तथा सिकाइजन्य व्यवहार प्राप्त गर्न महत्वपूर्ण प्रक्रिया अनुकरण नै हो ।
Experiment and Processes Involved in Learning
Bandura's Experiment बान्डुराको प्रयोग
यस सिद्धान्त अनुसार अधिकांश मानिसले सिकाई राम्रो, दक्ष, अनुभवी, निपूर्ण, सीपवान् रुपमा प्रतिक्रिया देखाउने व्यक्तिका क्रियाकलाप तथा प्रदर्शनको अवलोकान गरी नक्कल द्वारा सिक्दछ । वान्डुराले सन् १९६५ मा ४–६ बर्षका वालवालिकाहरुको समूहलाई पाँच मिनेटको एक चलचित्र देखाए । उक्त चलचित्रमा एउटा प्लाष्टिको प्रौढ आकारको Bobo Clown लाई एउटा नमुना व्यक्ति वाट मुड्की हान्ने , लातले हान्ने, काठको मुग्राले हान्ने जस्ता आक्रामक व्यवहारहरु देखाइयो । यस्तो पुनर्वलको कारण उक्त वालवालिकाहरुमा आक्रामक व्यवहार वढेको पाइयो । त्यस्तै जसले यो चलचित्र हे¥यो उसलाई प्लाष्टिकको खेलौना दिँदा उसले Bobo Clown लाई आक्रमण गरेजस्तै व्यवहार प्रदर्शन ग¥यो । बान्डुराको उक्त प्रयोगवाट मानिसले सिकाई अवलोकान गरी वा नक्कल द्वारा सिक्दछ भन्ने यो सिद्धान्तको सार हो ।
Click for Video of Bobo Clown:https://www.youtube.com/watch?v=dmBqwWlJg8U
Processes of Social Learning Theory
सामाजिक सिकाई सिद्धान्तका प्रक्रियाहरु
क. व्यवहारलाई ध्यान दिनु र प्रत्यक्षीकरण गर्नु: स् यस प्रक्रियाबाट नमुनाका रुपमा लिइएको व्यक्तिको व्यवहारलाई सिकारुसमक्ष प्रस्तुत गरिन्छ र अवलोकन गर्न लगाइन्छ । उक्त नमुना व्यवहारबाट सिकारुले व्यवहारको कुनै पक्षलाई आत्मसात गर्न सक्छ ।
ख. व्यवहारको सम्झना गर्नु: यस प्रकियाबाट सिकारुले उक्त नमुना व्यवहारको अवलोकन गरी उक्त व्यवहारलाई आफ्नो मानसपटलमा संकलित गर्दछ ।
ग. स्मृतिलाई कार्यमा बदल्नु: यस प्रकियामा सिकारुले अवलोकन गरेका व्यवहारलाई आफ्नै इच्छा तथा आफ्नै वातावरणको आधारमा विश्लेषण गर्दछ र कार्यरुपमा परिवर्तन गर्दछ ।
घ. नक्कल गरिएका व्यवहारलाई पुनर्वल दिनु: नमूनाद्वारा प्रस्तुत व्यवहारलाई उचित तवरले सिकारुले आफ्नो व्यवहारमा अपनाओस भन्ने सोचाइवाट पुर्नवल दिनेकाम यस प्रक्रियामा हुन्छ जसले उक्त परिवर्तित व्यवहारलाई निरन्तर राख्ने आश गरिन्छ ।
यसप्रकार सामाजिक सिकाई सिद्धान्त कसैको व्यवहार सिक्ने एकप्रकारको माध्यम हो । कुनै व्यक्तिले कसरी माया, रीस साहनुभुति र पुर्वाग्रह प्रदर्शित गर्दछ, कसरी बोल्छ, लेख्छ, लुगा लगाउँछ, खाना खान्छ, लगाउछ इत्यादी भन्ने कुरा उसले अरुका व्यवहार अवलोकन गरेर, सम्झेर, नक्कल गरेर र पुनर्वलद्वारा उत्प्रेरीत भएर अप्रत्यक्ष अनुभव तथा नमुना व्यवहार हेरेर सिक्छ । यही नै सामाजीक सिकाई सिद्धान्तको सार हो । वान्डुरा अनुसार सिकाई प्रभावकारी वनाउन निम्न तिन किसिमको पुनर्वलहरुले काम गर्दछन्:
क. प्रत्यक्ष – वाह्य पुनर्वल: प्रत्यक्ष वाह्य पुनर्वल त्यो पुनर्वल हो जसले सिकारुलाई उसको व्यवहार परिवर्तन गर्न प्रत्यक्ष प्रभाव पार्दछ । जस्तै: आमावावु, शिक्षक, साथीभाई, सामाजिक व्यक्तिहरु इत्यादी /
ख. अनुभवात्मक पुनर्वल: सिकारुले नमुना व्यवहारको प्रत्यक्ष अवलोकान वा अप्रत्यक्ष अवलोकन गरि त्यसैको आधारमा व्यवहार अनुकरण गर्छ भने त्यसलाइृ अनुभवात्मक पुनर्वल भनिन्छ । जस्तै: चलचित्रको नायक नायीकाको व्यवहार नक्कल गर्नु ।
ग. स्व–परिचालित पुनर्वल: सिकारु आफैद्वारा सिर्जित व्यवहारहरुलाई वढाउन सहयोग गर्ने पुनर्वल नै स्व–परिचालित पुनर्वल हो । यसमा उसले आफ्नो व्यवहारको राम्रो वा नराम्रो पक्षलाई छुट्याइ नराम्रो प्रति आत्मालोचना गर्नु तथा राम्रो व्यवहारलाई अझ परिस्कृत गर्दै लैजान्छ ।
Effects of Modeling on Behavior and Educational Implications
Educational Implications of Social Learning Theory
सामाजिक सिकाई सिद्धान्तका शैक्षिक प्रयोगहरु
क. शिक्षकले सिकारुका नराम्रा तथा खराव व्यवहारलाई निरुत्साहीत गरी उचित तथा असल व्यवहारलाई थप प्रोत्साहीत गर्नु पर्दछ ।
ख. शिक्षकले ज्यादै सचेत, सतर्क, प्रतिष्ठित, सभ्य र इज्जतपूर्ण हुनु अवास्यक छ ।
ग. प्रभावकारी शिक्षणको लागि आवश्यकताअनुसार पुनर्वलको उचीत प्रयोग गर्नु पर्दछ ।
घ. शिक्षकले विद्यार्थीहरुको मनोविज्ञान, रुची अनुसार व्यवहार गर्नु पर्दछ ।
ङ. शिक्षकले विद्यार्थीका सज्ञांनात्मक, धाराणात्मक र मनोक्रियात्मक, तीन पक्षको विकास गराउने शिक्षण सिकाई वातावरण निमार्ण गर्नुपर्छ ।
च. शिक्षण सिकाई क्रियाकलाप सिकारु केन्द्रित हुनुपर्दछ ।
Factors Affecting Identification Learning
नक्कल सिकाईलाइ असर पार्ने तत्वहरु
क. नमुना: वास्तविक नमुना वा सांकेतिक नमुना: दुवै ले नमुनायुक्त अनुकरणीय प्रतिनिधित्वा गर्दछन् । आमा, वुवा, साथीभाई – Real Model, TV, book, paper, Film are Symbolic models.
ख. अवलोकन कर्ता: कुनै पनि कुराको वास्तविक ता नमुना बीच अवलोकन कतीले गहिरिएर वास्तविकतामा आधारित भएर वास्तविक मुल्याङ्कन र अनुकरण गर्न सक्नुपर्दछ । खराव व्यवहारलाई निरुत्साहित गर्नु पर्दछ ।
***
Click for Next Lesson: https://limbuchandrabahadur.blogspot.com/2025/06/psychological-and-vygotskys-social.html
Post a Comment