Header Ads

 


Psychological and Vygotsky's Social Constructivism मनोवैज्ञानिक भिगट्स्कीको सामाजिक रचनावाद B. Ed. 2nd Year Educational Psychology

 

Constructivist's Learning Theory 

रचनावादी सिकाई सिद्घान्त

 

          रचनावादी सिद्घान्तको खोजकर्ता ब्रिटिश मनोबैज्ञानिक Sir Frederic Bartlett, लाई भनिन्छ जसले १९३२ मा "Remembering: A Study in Experimental and Social Psychology." भन्ने पुस्तक प्रकाशन गरेका थिए भने अन्य योगदान पु¥याउने मनोवैज्ञानिकहरुमा Bruner, Ulrick, Neiser, Goodman, Kant, Deway  इत्यादी पर्दछन् । त्यस्तै यस सिद्धान्तको विकासमा Swiss मनोवैज्ञानिक Jean Piaget को योगदान महत्वपूर्ण छ । रचनावादी सिकाई सिद्धान्तको सन्दर्भमा James Merrill Carlsmith (April 12, 1936 – April 19, 1984), an American social psychologist यसरी आफ्नो भनाइ राख्दछन्:

क.      Knowledge is constructed from experience. (ज्ञान अनुभववाट रचना गरिन्छ । )

ख.  Learning is personal interpretation of the world. (सिकाइ संसारका वारेमा व्यक्तिगत व्याख्या हो ।)

ग.  Learning is an active process in which meaning is developed based on experience. (सिकाइ एक सक्रिय प्रक्रिया हो जसमा सिकारुले अनुभवकै आधारमा अर्थ ग्रहण गर्दछ । )

घ.     Conceptual growth comes from the negotiation of meaning, the sharing of multiple perspectives and the changing of our internal representations through collaborative learning. (धारणात्मक वृद्धि अर्थसँगको छलफल, बहुदृष्टिकोणहरुसँगको साझेदारी र सहयोगात्मक सिकाइका माध्यमवाट हाम्रो आन्तरिक प्रस्तुतिकरणको परिवर्तनवाट हुन्छ ।)

ङ.    Learning should be situated in realistic settings, testing should be integrated with but not a separate activity. ( सिकाइ स्वभाविक एवम् यथार्थवादाीअवस्थामा गरिनु पर्दछ र परिक्षणलाई एकीकृत गर्नु पर्दछ ।)

 

 

Psychological and Vygotsky's Social Constructivism   

मनोवैज्ञानिक भिगट्स्कीको सामाजिक रचनावाद

 

          सामाजिक रचनावादका  प्रतिपादक प्रसिद्ध रसियन मनोवैज्ञानिक एल.एस. भिगट्स्की (Lev Semenovich Vigotsky)  हुन्  जसको जन्म सन् १८९६ मा भएको र मृत्यु सन् १९३४ मा भएको थियो । यस सिद्धान्तको मुख्य सैद्धान्तिक ढाँचा भनेको ‘बालबालिकाको ज्ञानात्मक विकासमा सामाजिक अन्तंक्रियाले आधारभुत भूमिका निर्वाह गर्दछ’ भन्ने हो । (The major theme Vigotsky’s theoretical framework is social interaction plays a fundamental role in the development of cognition.)

भिगट्स्कीको सामाजिक रचंनावादले सिकाई सक्रिय सामाजीक प्रकिया मान्दै बालकको सिकाईमा उसको साँस्कृतिक परिवेशले महत्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिएको छ । वालकले विद्यालय वाट जे कुरा सिक्दछ, त्यसको अर्थ उसकले समाजिक, साँस्कृतिक वातावरणवाट बुझ्दछ । वालक समाजको सदस्य हो , उसले जहाँ आफ्नो सहभागिता जनाउँछ त्यहीबाट आफ्नो व्यक्तित्व विकासको सम्भावना र अवसर दुवै फेला पार्दछ ।

According to Vygotsky," Every function in the child's cultural development appears twice: first, on the social level, and later, on the individual level, first, between people (inter-psychological) and then inside the child (intra-psychological). This applies equally to voluntary attention (wf/0ff lgdf{0f) to logical memory and the formation of concepts.  All the higher functions originate as an actual relationship between individuals.

          भिगरस्की अनुसार सिकाई जिम्मेवारी पूर्वक निर्देशन र अनुगमन द्वारा विस्तारै प्रौढस्तरवाट बच्चामा सर्दछ जसलाई पुष्टि गर्न उनले एउटा उदाहरण दिएका छन्: कुनै वच्चालाई पानीमा पौडी खेल्न सिकाउँदा सुरुमा प्रौढहरुले समाउनु पर्दछ र वच्चाले विस्तारै आफ्नो शरीरलाई धरातलीय अवस्थामा राखेर पानीमा उतार्न सिक्छ । जब बच्चाले विस्तारै आफ्नो शरीरलाई सन्तुलन कायम गरी पौडिन तयार हुन्छ, प्रौढले विस्तारै अलिअलि गर्दै आफ्नो हात खुकुलो पार्दै वच्चालाई पानीमा छोडर्दै जान्छ र अन्त्यमा पूर्णरुपले स्वतन्त्र छोडी दिन्छ ।

          उक्त उदाहरणमा वच्चा आफैले पनि पानीमा केहि गतिविधि गर्न सक्षम हुन्छ तर त्यसमा निपूर्णता भने हुदैन । प्रौढको सहयोग पाएपछि उच्च ज्ञान र सीप  हासिल गर्दछ वा उ पैडिन सफल हुन्छ । यहि गर्न सक्ने र नसक्ने विचको अवस्था नै विकासको मध्य क्षेत्र (Zone of Proximal Development – ZPD) हो । बालकले आफै केहि गर्न सक्ने अवस्था प्राकृतिक अवस्था हो भने प्रौढहरुको सहयोगबाट हासिल गर्ने उच्च दक्षतायुक्त ज्ञान सिप सिकाई वा विकास हो । 

Video of ZPD: https://www.youtube.com/watch?v=GinIZC4S6r0 

 

Features of Constructivism

रचनावादका विशेषताहरु

क.  Based on Social Content and Social Interaction (सामाजिक परिवेश र सामाजिक अन्तरक्रियामा आधारीत): यस सिकाइ सिद्धान्त अनुसार सिकारुको सिकाइ पूर्ण रुपमा सामाजिक परिवेश, सांस्कृतिक परिवेश एवं सामाजिक अन्तक्रियामा भर पर्दछ । त्यसकारण यसले सामाजिक संरचना र सामाजिक परिवेशलाई जोड दिन्छ ।

ख.  Emphasis on Meaningful Learning Process (अर्थपूर्ण सिकाई प्रक्रियामा जोड): यस सिद्धान्तले सिकारुको अर्थपूर्ण सिकाई प्रक्रियालाई जोड दिन्छ जसमा विभिन्न प्रकारका साधन र संकेत लाई विशेष जोड दिएको छ ।

ग. Based on Collaborative Learning (सहयोगात्मक सिकाइमा आधारीत): सामाजिक प्रक्रियाले सिकारुको ज्ञानात्मक विकास गराउँछ जसको माध्यमले सिकारुको विकास क्षेत्र (ZPD) को प्रगति हुन्छ । यसको विकासका आधारमा उसले साथीभाई शिक्षक, अभिभावक आदीको सहयोगवाट समस्याको समाधान गर्ने प्रयास गर्दछ ।

घ.  Emphasis on Subjective Process (विषयगत प्रक्रियामा जोड): रचनावादले वस्तुगत प्रणालीको सट्टा विषयगत प्रणालि एवं पद्धतिमा विशेष जोड दिएको छ ।

ङ.    Construction of Marxian Psychology (माक्र्सवादी मनोविज्ञानको निर्माण): यस सिद्धान्तका धेरै आधारहरु माक्र्सवादी चिन्तनमा आधारीत छन् । रचनावादी सिद्धान्तले रसियन शिक्षा प्रणालीको साथै युरोपीयन मुलकमा समेत ठूलो प्रभाव पारेको छ । 

 

Educational Implications of Vygotskian Theory

भिगोट्स्कीयन सिद्धान्तका शैक्षिक प्रयोगहरु

क.  बालबालिकाहरुको पूर्वज्ञानको परिक्षण गर्न, उनीहरुमा अन्तरनिहीत प्रतिभा परिक्षण गर्न ।

ख.   अन्तरनिहीत प्रतिभालाई परिक्षण गर्न आवश्यक बौद्धिक परिक्षणलाई स्तरयुक्त बनाउन ।

ग.         बालबालिकाले विषयविज्ञको सुझवबाट फ्mाइदा लिन सक्छन् ।

घ.         सिकाइमा सामाजिक तत्वको उपयोग गर्न सकिन्छ ।

ङ.          लक्ष्यपूर्ण सिकाइको प्रयोगमा जोड दिनु ।

च.         शिक्षण सिकाइको क्रममा साधन र संकेतको प्रयोग गर्नु ।

छ.        बालकमा रहेको पूर्व ज्ञान वा अनुभवले नयाँ वातावरणको संयुक्त रुपमा कार्य गरी नयाँ ज्ञान निर्माण गराउन सहयोग गर्दछ ।

 

Common Elements of Constructivism

रचनावादका साझा तत्वहरु

यसलाई Principle of Social Constructivist पनि भनिन्छ । भिगोट्स्कीका सामाजिक रचंनावाद सिद्धान्तका निम्न तत्व हरु छन्:

क.  Making Meaning (अर्थ रचना): वालवालिकाको सिकाईमा समुदायको ठुलो भुमिका रहेको हुन्छ । कुनै पनि कुरालाई बालकले कसरी ग्रहण गर्दछ भन्ने कुरा समुदायमाथि नै भर पर्दछ । अत बालबालिकाले बुझने, अर्थ लगाउने उसको ज्ञानको विकासमा सस्ंकृतिको प्रभाव पर्दछ ।

ख.    Goods for Cognitive Development (ज्ञानात्मक विकासका साधनहरु): बालक जुन सामाजिक एवं साँस्कृतिक परिवेशमा जन्मेको, हुर्केको र बढेको छ , त्यहाको सस्कृति, भाषा, रहन सहन प्रौढ व्यक्तिहरु सँगको सम्वन्धद्वारा उसको ज्ञानात्मक विकास निर्धारण हुन्छ । यीनै ज्ञानात्मक विकासका औजार  साधनहरु हुन् ।

ग.     Zone of Proximal Development (विकासको मध्य क्षेत्र): व्यक्तिको ज्ञानात्मक विकासका लागी अन्तर्निहीत शक्ति निश्चित समय अवधिसम्म मात्र रहन्छ जसलाई उनले विकासको मध्यक्षेत्र ZPD भनेका छन् । त्यस पछिको पूर्ण विकास व्यक्तिको सममाजिक अन्तरक्रियामा भर पर्दछ । यसकारण बालकले एक्लो रुपमा हासिल गरेको सिप प्रौढ तथा साथीभाइको मदतवाट पूर्णता प्राप्त गर्दछ ।

घ.   Social Origins of Higher Mental Processes (उच्च मानसिक प्रक्रियाहरुका सामाजिक उत्पतिहरु): सिकारुले समाजमा देखेका, अनुभव गरेका सम्बन्धहरुलाई मध्यस्थताका माध्यमवाट मनोवैज्ञानिक सम्वन्ध राख्दछ । यस्तो मध्यस्थताका माध्यमवाट मनोवैज्ञानिक  सम्वन्ध राख्दछ । यस्तो मध्यस्थताले समाज र मनोविज्ञानको वीचको पुलको काम गर्दछ । जस्तैः सामाजिक वातावरणमा प्रयोग हुने भाषा वा बोलीले संकेत को काम गर्दछ र त्यस संकेत ले सिकारुको मष्तिष्कमा छाप पर्दछ जुन Decontextualization हो । यसरी signdecontextualization  का माध्यमवाट सिकारुको ज्ञानात्मक विकास हुन्छ  जुन सामाजिक व्यक्तिको उच्चस्तरीय प्रतिक्रिया हो ।

***

Click for Next Lesson:

No comments

Powered by Blogger.