Header Ads

 


Class 12 Instructional Pedagogy Unit 5: Criteria for Selecting Teaching Method शैक्षणिक विधि छनोटका आधारहरू

 

 शैक्षणिक विधि छनोटका आधारहरू

Criteria for Selecting Teaching Method

 

Click video in English: https://www.youtube.com/watch?v=NCupmTo-7hg

 

५.३ शैक्षणिक विधि छनोटका आधारहरू

Criteria for Selecting Teaching Method

शैक्षणिक विधि (Educational Method) भन्नाले शिक्षा प्रदान गर्ने प्रक्रिया, तरिका वा प्रविधिलाई जनाउँछ। यसले शिक्षण र सिकाइलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रयोग गरिने विभिन्न दृष्टिकोणहरू, तरिकाहरू, र प्रविधिहरूलाई समेट्छ। शैक्षणिक विधिहरूको चयन शिक्षार्थीको उमेर, सिकाइका लक्ष्यहरू, तथा विषयवस्तुको प्रकृति अनुसार फरक हुन सक्छ। उदाहरणका लागि, कक्षा शिक्षण, प्रोजेक्ट-आधारित शिक्षण, प्रयोगात्मक शिक्षण, संवादमूलक विधि, र ट्युटोरियल विधि शैक्षणिक विधिका केही उदाहरणहरू हुन्।

शैक्षणिक विधिको मुख्य उद्धेश्य भनेको शिक्षणमा विषयवस्तुको प्रस्तुति हो। प्राचिन समयमा आफुले जानेको कुरा अरुलाई सिकाउने चलनको रुपमा शैक्षणिक विधिको प्रयोग भएको पाइन्छ । शैक्षणिक विधिको छनोट गर्दा निम्न पक्षलाई ध्यान दिनुपर्छ :

क.      पाठका उद्देश्यहरू (Objectives of lesson): शिक्षण गर्ने विषयवस्तुको उद्देश्यलाई ध्यान दिई उद्देश्य परिपूर्तिमा सहयोग गर्ने शैक्षणिक विधि छनोट गर्नुपर्दछ । शैक्षणिक विधि र विषयवस्तुको उद्देश्यको बारेमा तालमेल हुनुपर्दछ । सदैव शिक्षकले उद्देश्यअनुसारको विधि छनोट गर्नुपर्दछ ।

ख.      पाठको स्वरुप (Nature of lesson): शिक्षण गर्ने विषयवस्तुको स्वरूपलाई ध्यान दिइ शिक्षण विधि छनोट गर्नुपर्दछ । सैद्धान्तिक विषयवस्तु र प्रयोगात्मक विषयवस्तुको आधारमा शिक्षण विधिको छनोट गर्ने गरिन्छ ।

ग.  विद्यार्थीको उमेर र तह (Age and level of students): शिक्षण विधि छनोट गर्नका लागि शिक्षकले विद्यार्थीको उमेर र तहलाई समेत ध्यान दिनुपर्दछ । सबै उमेर समूह र तहमा एकै प्रकारको शिक्षण विधि उपयुक्त हुँदैन । त्यसैले विद्यार्थीको उमेर र स्तरका आधारमा विधि छनोट गर्नुपर्दछ ।

घ.     विद्यार्थीको पूर्वज्ञान, क्षमता र रूचि (Pre-knowledge, capacity and interest of students): शिक्षण विधि छनोट गर्दा विद्यार्थीको प्रवेश व्यवहार, क्षमता, दक्षता र रूचिलाई समेत ख्याल गर्नुपर्दछ । विद्यार्थीको पूर्वज्ञानका आधारमा उपयुक्त विधि छनोट गर्नुपर्दछ ।

ङ.     विद्यालयमा उपलब्ध शैक्षिक सामग्रीहरू (Instructional materials available in school): शैक्षणिक विधि छनोट गर्दा उक्त विधि प्रयोग गरी शिक्षण गर्ने प्रयोजनका निम्ति विद्यालयमा आवश्यक शैक्षिक सामग्रीको उपलब्धतालाई समेत ख्याल गर्नुपर्दछ । शिक्षकले छनोट गरेका विधिलाई आवश्यक पर्ने सामग्री उपलब्ध छन् की छैनन् त्यसलाई समेत ख्याल गर्नुपर्दछ ।

च.        विद्यालयको भौतिक सुविधा तथा अवस्था (Physical facilities and situation of school): शैक्षणिक विधि छनोट गर्दा विद्यालयको भौतिक पक्ष समेतलाई ख्याल गर्नुपर्दछ । शिक्षकले विद्यालयमा उपलब्ध भौतिक आधारहरू समेतलाई ख्याल गरी विधि छनोट गर्नुपर्दछ ।

छ.       शिक्षकको अवस्था (Condition of teacher): शिक्षकको कार्यबोझ, शिक्षकको रूचि, शिक्षकको दक्षता, क्षमता, कार्यकुशलता समेतलाई ख्याल गरी शिक्षण विधि छनोट गर्नुपर्दछ ।

ज.    कक्षाकोठामा विद्यार्थीको सङ्ख्या (Number of students in classroom): शैक्षणिक विधि छनोट गर्दा कक्षाकोठामा रहेका विद्यार्थी सङ्ख्या समेतलाई ख्याल गर्नुपर्दछ । विद्यार्थी सङ्ख्या धेरै भएको कक्षाकोठामा थोरै विद्यार्थी सङ्ख्या भएका कक्षाकोठामा प्रयोग गर्ने विधि उपयुक्त हुँदैन । त्यसैले ठुलो र सानो समूहलाई ख्याल गरेर विधि छनोट गर्नुपर्दछ ।

***

Click for Next Lesson:

No comments

Powered by Blogger.