Header Ads

 


Class 12 Instructional Pedagogy Unit 5: Instruction Outside Classroom कक्षाकोठा बाहिर शिक्षण

 

कक्षाकोठा बाहिर शिक्षण

Instruction Outside Classroom

 

विद्यार्थीको चौतर्फी विकासका लागि कक्षाकोठाभित्र र बाहिर विभिन्न क्रियाकलापहरू गर्नुपर्दछ । कक्षाकोठा बाहिर गरिने क्रियाकलाप भन्नाले त्यस्ता क्रियाकलापहरू हुन् जसको सञ्चालन कक्षाकोठा परिसरभन्दा बाहिर गरिन्छ । कक्षाकोठा बाहिर गरिने क्रियाकलापहरू यसप्रकार उल्लेख गरिएको छ :

क)       सामुदायिक गतिविधिमा सहभागिता (Participation in community activities): बालबालिकालाई औपचारिक रूपमा शिक्षा प्रदान गर्ने संस्था विद्यालय हो । विद्यालयमा नियमित र योजनाबद्ध तरिकाले शिक्षा प्रदान गरिन्छ । विद्यालयलाई समुदायको ऐना पनि भन्ने गरिन्छ । तसर्थ विद्यार्थीहरूलाई समुदायको गतिविधिमा संलग्न गराई सामुदायिक कार्यमा सरिक हुने बानीको विकास गराउन विद्यालय तथा घर परिवारले सहयोग गर्नुपर्दछ । यस्ता क्रियाकलापले सम्प्रदाहरूको संरक्षण, संस्कृतिको संरक्षण तथा सामाजिक भावनाको विकास गर्न सहयोग पुऱ्याउने भएकाले सामुदायिक गतिविधिमा सहभागी हुने अवसर प्रदान गर्नुपर्दछ । यसअन्तर्गत विद्यार्थीहरूलाई निम्न क्रियाकलापहरूमा सहभागिता गराउन सकिन्छ :

·       सामुदायिक सङ्घसंस्थाका पदाधिकारीहरूसँग छलफल तथा अन्तरक्रिया गर्ने,

·        वृक्षारोपण र सामुदायिक वनजङ्गलको संरक्षण र विकास गर्ने,

·        खानेपानीको सरसफाइ गर्ने तथा बाटोघाटोको सरसफाइ गर्ने,

·        प्राकृतिक सम्पदा तथा ऐतिहासिक स्थलहरूले संरक्षण र विकास गर्ने,

·        चेतनामूलक कार्यक्रमको विकास र आयोजना गर्ने,

·   सामाजिक समस्याहरू (जस्तैः चेलिबेटी बेचबिखन, लागु पदार्थ) को न्यूनीकरणका लागि कार्यक्रम विकास र सञ्चालन गर्ने,

·        अन्धविश्वास तथा कुरीतिहरू विरुद्ध चेतना जागृत गर्ने 1

सामुदायिक गतिविधिमा सहभागिता गराउनुका उद्देश्यहरू

Objectives of Participation in Community Activity

विद्यार्थीलाई सामुदायिक गतिविधिमा सहभागिता गराउनुका उद्देश्यहरू यसप्रकार रहेका छन्:

·        बालबालिकाको चौतर्फी विकास गर्न,

·        भावी जीवनका लागि तयारी गराउन,

·        सामाजिक कुशलताको विकास गर्न,

·        सामाजिक भावनाको विकास गराउन,

·        आत्मविश्वास जगाउन,

·        सामाजिकीकरण (बालबालिकाहरूमा) सिपको विकास गराउन,

·         समाजमा घुलमिल भई नेतृत्व लिने कार्यमा प्रोत्साहन गर्न,

·        सामाजिक विकृतिहरूको निराकरण गर्न तथा समस्याहरूको समाधानमा सहयोग पुऱ्याउनु आदि ।

क.   सांस्कृतिक भेला राष्ट्रिय उत्सव तथा पर्वमा सहभागिता (Participation in cultural, national and different custom): बालबालिकाहरूलाई विद्यालयबाट सामाजिक कार्यहरूमा सहभागी हुने अवसर प्रदान गर्नुपर्दछ। हाम्रा समाजमा हुने उत्सव, मेला, धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूमा विद्यार्थीहरूलाई सहभागी गराउनाले उनीहरूको चौतर्फी विकासमा सहयोग पुग्दछ । विद्यार्थीहरूलाई सहभागी गराउन सकिने क्रियाकलापहरूलाई निम्नानुसार उल्लेख गरिएको छ:

ü राष्ट्रिय पर्व तथा त्सव साथै धार्मिक क्रियाकलाप,

ü सांस्कृतिक चाडपर्व र औद्यौगिक प्रदर्शनी,

ü सूचना प्रविधि प्रदर्शनी,

ü लोकगीत प्रतियोगिता तथा नृत्य प्रतियोगिता,

ü स्थानीय पर्व हाट बजार,

ü राष्ट्रिय दिवसहरू (गणतन्त्र दिवस, संविधान दिवस, बाल दिवस, नारी दिवस, सहिद दिवस आदि।

सांस्कृतिक भेला, राष्ट्रिय उत्सवमा सहभागिताको उद्देश्यहरु  

Objectives of Participation in cultural, national, and different customs

विद्यार्थीहरूलाई सांस्कृतिक भेला, राष्ट्रिय उत्सव तथा पर्वमा सहभागिता गराउनुको उद्देश्य यसप्रकार छन् :

·        राष्ट्र र राष्ट्रियताप्रतिको भावना बढ्ने,

·        संस्कृतिको विकास र संरक्षणमा सहयोग गर्ने भावनाको विकास हुने,

·        सहिष्णुताको विकास हुने,

·        सामूहिक भावनाको विकास हुने,

·        अरूलाई सहयोग तथा सेवा गर्ने प्रवृत्तिको विकासमा सहयोग गर्ने,

·        संस्कृतिको आदान प्रदानमा सहयोग गर्ने,

·        एक अर्काको संस्कृति तथा सामाजिक मूल्य र मान्यताहरूको सम्मान गर्ने भावनाको विकास हुने ।

क)   समुदायका सङ्गठित संस्थाहरूमा सहभागिता (Participation in community organization): विद्यार्थीहरूलाई समुदायका सङ्गठित संस्थाहरूमा सहभागी हुने अवसरबाट उनीहरूले विभिन्न सिक्ने अवसर प्रदान गर्दछन् । घर परिवारपछिको संस्था हो, जहाँबाट बालबालिकाले आफ्नो कुराहरू जीवनका लागि उपयोगी हुने धेरै कुराहरू सिकिरहेका हुन्छन् । समुदाय पनि महत्त्वपूर्ण संस्था हो । समुदायमा हुने विभिन्न औपचारिक र अनौपचारिक सङ्घसंस्थाहरूबाट बालबालिकाले शिक्षा हासिल गरिरहेका हुन्छन्। समुदायका सङ्गठित संस्थाहरू यसप्रकार रहेका छन्:

अ.  जातीय समुदाय (Ethnic community): नेपाल बहुजातीय देश हो । विद्यार्थीहरूलाई विभिन्न जातिको बारेमा विद्यालयमा पाठ्यपुस्तकबाट पढाउनुभन्दा विभिन्न जातजातिको बारेमा जानकारी राख्नका लागि उनीहरूलाई सम्बन्धित समुदायमा नै सम्पर्क गर्ने अवसर दिनुपर्दछ । आफ्नो समुदायका बारेमा विस्तृत जानकारी राखेपछि उनीहरूलाई अन्य जनजातिको बारेमा जानकारी हासिल गर्न सम्बन्धित समुदायको क्रियाकलापमा सहभागी भई अन्तर्क्रिया गर्ने अवसर दिनुपर्दछ ।

आ.  वर्गीय समुदाय (Class community): बालबालिकालाई समुदायमा रहेका विभिन्न खालका वर्गीय समूहमै अन्तर्क्रिया गराउने र उनीहरू आफैँले आयोजना गर्ने कार्यमा सहभागी हुने अवसर प्रदान गरेमा आफैँ वर्गीय समुदायका बारेमा धेरै कुरा सिक्न सक्दछन् । कृषिको बारेमा कृषकले, उद्योगको बारेमा मजदुर तथा उत्पादकहरूले, व्यापारको बारेमा व्यापारी समुदायले उनीहरूलाई जानकारी हासिल गर्नमा सहयोग गर्न सक्छन् ।

इ.      सामाजिक समुदाय (Social community): सामाजिक क्षेत्रको विकासका लागि गठन गरिएका संस्थाहरूको अवलोकन गर्ने र अन्तरक्रिया गर्ने अवसर विद्यार्थीहरूलाई प्रदान गरेमा उनीहरूलाई सामाजिक कार्यमा सक्रिय रूपमा लाग्ने प्रेरणा मिल्दछ । समाज सेवा गर्ने, सामाजिक विकृतिहरू हटाउने, नेतृत्व लिने, चेतनाको विकास गर्ने र समाजलाई सुधार गर्ने बाटामा विद्यार्थीहरू अगाडि बढ्छन् । नेपालमा स्थापित सामाजिक सङ्घसंस्थाहरूमा स्काउट, नेपाल रेडक्रस, परोपकार सङ्घ, दृष्टिविहीन, अपाङ्ग सङ्घ, स्थानीय क्लबहरू र गैरसरकारी संस्थाहरू आदिलाई लिन सकिन्छ ।

ई.          सांस्कृतिक समुदाय (Cultural community): समुदायमा आफ्नो परम्परागत रीतिरिवाज तथा धार्मिक मूल्य र मान्यताअनुरूप समाजमा मनोरञ्जन दिने कार्य गर्ने र समुदायलाई सांस्कृतिक समुदायको रूपमा लिइन्छ । सांस्कृतिक समुदायहरूले धार्मिक र सांस्कृतिक मूल्य र मान्यताको आधारमा विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दछन्, जसमा सहभागी भई छलफल तथा अन्तरक्रिया गर्ने अवसर प्राप्त गरेमा बालबालिकाले सक्रिय रूपमा भाग लिन्छन् । यसबाट उनीहरूले उक्त समुदायको सांस्कृतिक पक्षका बारेमा जानकारी हासिल गर्न सक्ने भएकाले विद्यार्थीहरूलाई यस्ता अवसर प्रदान गरिनुपर्दछ ।

उ.    धार्मिक समुदाय (Religious community): बालबालिकाहरूलाई समुदायमा क्रियाशील रहेका धार्मिक समूहमा भेटघाट गरी छलफल गर्ने अवसर प्रदान गरिनुपर्दछ । यसबाट धार्मिक पक्षका विभिन्न क्षेत्रमा ज्ञान प्राप्त गर्न सहयोग पुग्दछ । धार्मिक समुदायले सञ्चालन गर्ने गोष्ठी तथा अन्य कार्यक्रममा सहभागी हुँदा बालबालिकालाई व्यावहारिक ज्ञान हासिल गर्ने अवसर प्राप्त हुन्छ ।

ऊ.  पुस्तकालय/वाचनालय (Library): बालबालिकाहरूलाई विद्यालय शिक्षाको अतिरिक्त पुस्तकालयमा गई अध्ययन गर्ने अवसर प्रदान गरिनुपर्दछ । बालबालिकाले पत्रपत्रिकामार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रको समसामयिक जानकारी हासिल गर्न सक्छन् । पुस्तकालयबाट बालबालिकामा निरन्तर रूपमा अध्ययन गर्ने र फुर्सदको समयलाई पनि सिकाइमा बिताउने जस्ता पक्षको विकास हुने गर्दछ । बालबालिकालाई पुस्तकालयमा जाने बानीको विकास शिक्षकले गराउनुपर्दछ ।

ऋ.   विद्यालय र समुदायबिच अन्तरक्रिया (Interaction between school and community): समुदायको आवश्यकता पूरा गर्नका लागि विद्यालयको स्थापना गरिएको हुन्छ । विद्यालयलाई समुदायको ऐना पनि भन्ने गरिन्छ । तसर्थ विद्यालयमा हुने क्रियाकलापहरूमा समुदायको आवश्यकतासँग सम्बन्धित गर्न सक्नुपर्दछ । बालबालिकाहरू समुदायबाट नै विद्यालयमा आउने भएकोले उनीहरूमा समुदायको आवश्यकताका आधारमा विकास हुने अवसर प्रदान गर्नुपर्दछ । यसरी विद्यालयबाट सिकेका ज्ञान तथा सिपलाई बालबालिकाले समुदायमा प्रयोग गर्ने भएकाले विद्यालयमा समुदायबिच नङ र मासुको जस्तो सम्बन्ध रहेको हुन्छ ।

***

 Click for Next Lesson: https://limbuchandrabahadur.blogspot.com/2025/07/class-12-instructional-pedagogy-unit-5_22.html

No comments

Powered by Blogger.