Class 12 Instructional Pedagogy Unit 5: Instruction Inside Classroom कक्षाकोठाभित्रका शिक्षण
कक्षाकोठाभित्र र बाहिर शिक्षण
Instruction Inside and Outside Classroom
५.२.४ कक्षाकोठाभित्र र बाहिर शिक्षण
Instruction Inside and Outside Classroom
विद्यार्थीको सिक्ने थलो नै कक्षाकोठा हो । पाठ्यक्रमले राखेका उद्देश्य र विषयवस्तुको आधारमा कक्षाकोठाभित्र र बाहिर विद्यार्थी, शिक्षक, पाठ्यक्रम र समग्र सिकाइ वातावरणबिच हुने अन्तरक्रिया ने कक्षाकोठाभित्र र बाहिरको शिक्षण हो । कक्षाकोठा बाहिरका शिक्षणलाई अतिरिक्त क्रियाकलाप भनिन्छ भने कक्षाकोठाभित्रका शिक्षणहरू बढी मात्रामा सहक्रियाकलापसँग सम्बन्धित हुन्छ ।
विद्यार्थीहरूको चौतर्फी विकासमा सहयोग पुऱ्याउन कक्षाकोठाभित्र वा बाहिर विविध क्रियाकलापहरू सञ्चालन गरिन्छ भने त्यस्ता समग्र क्रियाकलापहरूलाई कक्षाकोठाभित्र र बाहिरका शिक्षण भनिन्छ । जस्तैः अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता, हिज्जे प्रतियोगिता, फुटबल प्रतियोगिता, नाचगान प्रतियोगिता आदि । बालबालिकाको शारीरिक, मानसिक, संवेगात्मक र बौद्धिक, सिर्जनात्मक सिप विकासका लागि कक्षाकोठाभित्र र बाहिरका कार्यक्रमहरूको महत्त्वपूर्ण भूमिका रहेको पाइन्छ । कक्षाकोठाभित्र र बाहिरको शिक्षणलाई निम्नानुसार व्याख्या गरिएको छ :
कक्षाकोठाभित्रका शिक्षण
Instruction Inside Classroom
कक्षाकोठाभित्र सञ्चालन गरिने पाठ्यक्रमसँग सम्बन्धित क्रियाकलापहरूलाई नै कक्षाकोठाभित्रका शिक्षण भनिन्छ । कक्षाकोठाभित्र गरिने क्रियाकलापहरूको मूख्य उद्देश्य भनेको नै विद्यार्थीहरूको मनोभावना अनुकूल उनीहरूमा भएका प्रतिभालाई पहिचान गरी त्यसमा स्वावलम्बी, सहयोगी र समर्पित गराई उनीहरूमा सकारात्मक प्रवृत्ति, सिप र प्रतिभाको विकास गर्नु हो । कक्षाकोठाभित्र गरिने विभिन्न क्रियाकलापहरू यसप्रकार छन् :
क) साहित्यिक विधा (Literature discipline): कक्षाकोठाभित्र साहित्यिक विद्याका क्रियाकलाप सञ्चालन गर्न सकिन्छ। साहित्यिक विधाले बालबालिकाहरूमा सिर्जनात्मक प्रतिभा प्रस्फुटन गर्न सहयोग पुग्दछ । त्यसैले विद्यालयमा यस्ता विविध क्रियाकलापको आयोजना गर्ने गरिन्छ ।
ख) कविता तथा कथा (Poetry and story): मान्छेको अन्तरमनका भावनाहरू कलात्मक र लयात्मक रूपबाट अभिव्यक्ति गरिने साहित्य विधा नै कविता हो । विद्यालयमा विद्यार्थीहरूलाई उनीहरूले सुनेका र पढेका कथाहरु कक्षाकोठामा भन्न लगाउनुपर्छ । कविता कथाको माध्यमबाट विद्यार्थीहरुको सिर्जनात्मक क्षमताको विकास गर्न सहयोग पुग्दछ ।
ग) चित्रकला र हस्तकला (Creative work): आफ्नो भावनालाई चित्रद्वारा अभिव्यक्त गर्ने कला चित्रकला हो । विद्यार्थीहरूले पाठका कुरालाई चित्रमा उतार्न र नमुना स्वरूप निर्माण गर्न सफल बन्दछ । यसले विद्यार्थीहरूलाई सिकाइप्रति अभिप्रेरित गर्ने गर्दछ । चित्रकलाअन्तर्गत निम्न क्रियाकलाप पर्दछन् : रेखाचित्र (Drawing), पानीचित्र (Water paining) • तेलचित्र (Oil painting), भित्तेचित्र (Fresco), जीवनचित्र (Portrait), दृश्यचित्र (Landscape) आदि ।
घ) हाजिरीजवाफ (Quiz): बौद्धिक वा तथ्यपरक प्रश्नहरू सोधेर तुरुन्तै जवाफको अपेक्षा गरी सञ्चालन गरिने प्रतियोगितालाई हाजिरीजवाफ भनिन्छ । हाजिरीजवाफले विद्यार्थीहरूलाई उनीहरूको स्मरण शक्ति बढ्ने तथा सही कुरा बताउने बौद्धिक क्षमता बढाउन मद्दत गर्दछ । हाजिरीजवाफ सञ्चालन गर्दा कक्षाका विषयवस्तुसँग सम्बन्धित प्रश्न लगायत विभिन्न समसामयिक, ऐतिहासिक घटनामा आधारित सामान्य ज्ञान समावेश गर्न सकिन्छ । हाजिरीजवाफले विद्यार्थीहरूमा सिकाइप्रति अभिरूचि बढाउन सक्छ ।
ङ) निबन्ध (Essay): कुनै विषयमा तर्कपूर्ण र सिलसिलाबद्ध रूपमा विचार प्रस्तुत गरी खास शैलीको लेखनबाट निबन्ध तयार हुन्छ । निबन्ध लेखनबाट विद्यार्थीहरूमा मौलिक अभिव्यक्तिको विकास गर्न सहयोग पुग्दछ । निबन्धहरू वर्णनात्मक शैलीका हुन्छन् ।
च) वक्तृत्वकला तथा वादविवाद (Debate): कुनै पनि विषयवस्तुमा विद्यार्थीहरूले तथ्यपूर्ण र तर्कसङ्गत तरिकाले विचार प्रस्तुत गर्नुलाई बक्तृत्वकला तथा वादविवाद भनिन्छ । यस्ता कार्यक्रमले विद्यार्थीहरूमा क्ाक् शक्तिको विकास हुने, कुनै पनि विषयमा सिर्जनात्मक क्षमताको विकास हुने, आफ्नो विचारलाई तर्कपूर्ण ढङ्गले प्रस्तुत गर्ने क्षमताको विकास हुन्छ । वक्तृत्व कलामा एउटै विषयवस्तुमा विभिन्न पक्षमा विद्यार्थीले विचार राख्छन् भने वादविवादमा एउटा विषयका पक्ष र विपक्षमा विद्यार्थीले विचार व्यक्त गर्ने गर्दछन् ।
***
Click for Next Lesson : https://limbuchandrabahadur.blogspot.com/2025/07/class-12-instructional-pedagogy-unit-5_3.html
Post a Comment