Header Ads

 


Class 12 Instructional Pedagogy Unit 5: Collaborative Methods: Discussion Method and Think-Pair – Share Method

 

 सहयोगात्मक विधिहरू

Collaborative Methods

Click for Video in English: https://www.youtube.com/watch?v=jXwBzbb0Huc

 

५.२.३ सहयोगात्मक विधिहरू

Collaborative Methods

विद्यार्थी विद्यार्थीहरूको समूहमा रहेर विद्यार्थीहरूले एकआपसमा समन्वयात्मक रूपमा सिक्ने सिकाइलाई सहयोगात्मक सिकाइ भनिन्छ । शिक्षक र विद्यार्थीको दोहोरो अन्तरक्रियाबाट सिकाइ प्रक्रिया अगाडि बढाउने प्रक्रिया नै सहयोगात्मक विधि हो । यसमा विधिमा विद्यार्थीको सहभागिता सक्रिय रहन्छ । सहयोगात्मक शिक्षणलाई समूह शिक्षण पनि भनिन्छ । यस विधिमा शिक्षक विद्यार्थीहरूको समूहमा नै रहेर सिकाइ कार्य अगाडि बढ्दछ ।

सहयोगात्मक शिक्षणमा विद्यार्थीहरूसँगै रहेर वा सँगै एक अर्कामा समन्वयात्मक तरिकाले कार्य गरी निश्चित लक्ष्य पूरा गर्दछन् । मानिस सामाजिक प्राणी भएकोले. मानिसले समूहमा बसेर छिटो सिक्न सक्दछ भन्ने मान्यता सहयोगात्मक विधिको रहेछ । यस विधिले प्राकृति सामाजिक वातावरण सिर्जना गर्दछ, जहाँ विद्यार्थी रहेर आफ्ना अनुभवहरू आदान प्रदान गर्दछ । समूहमा कार्य गर्नु नै यस विधिको मूख्य सिद्धान्त हो । यस विधिबाट विद्यार्थीमा सामाजिक सिपको विकास हुन्छ ।

सहयोगात्मक विधिका फाइदाहरू

Advantages of Collaborative Method

सहयोगात्मक विधिका केही फाइदाहरू यसप्रकार छन् :

·        विद्यार्थीहरूबिच अन्तरक्रिया बढ्छ ।

·        नेतृत्व, धैर्यता, निष्पक्षता, नम्रताजस्ता गुणहरूको विकास हुन्छ ।

·        विद्यार्थीमा दृढता र चरित्रको विकास हुन्छ ।

·        विद्यार्थीमा मौखिक सञ्चार सिपको विकास हुन्छ ।

·        सिकाइ समुदायको विकास हुन्छ ।

·         विद्यार्थीको सिकाइ अनुभवप्रति सन्तुष्टि बढ्छ ।

·         विद्यार्थीमा उच्चस्तरको चिन्तन विकास हुन्छ ।

सहयोगात्मक विधिअन्तर्गत निम्न विधिहरूको चर्चा गरिएको छ :

छलफल विधि (Discussion Method)

Click for Video: https://www.youtube.com/watch?v=v6qWAkVwayo 

 

विद्यार्थीलाई सानासाना समूह बनाएर समूहमा छलफल गराई निष्कर्ष निकालिन्छ । सामाजिक शिक्षा, विधिलाई नै छलफल विधि भनिन्छ । छलफल विधिमा कुनै पनि विषय वा समस्या प्रस्तुत गरिसकेपछि जनसङ्ख्या तथा वातावरण शिक्षा, स्वास्थ्य शिक्षा जस्ता विषयमा यस विधि निकै उपयोगी हुन्छ । छलफल विधिमा विद्यार्थीहरूले आफ्ना आफ्ना अनुभवलाई आदान-प्रदान गर्ने गर्दछन् । आवश्यकताअनुसार शिक्षकले समस्याको वा प्रश्नको समाधानमा आवश्यक सहयोग गर्ने गर्दछन् ।

छलफल विधिमा शिक्षक र विद्यार्थी दवै क्रियाशील र सक्रिय हुन्छन् । छलफल विधि अनौपचारिक र औपचारिक दुवै किसिमबाट सञ्चालन गर्न सकिन्छ । औपचारिक छलफलका लागि व्यवस्थित सङ्गठन निर्माण गरिन्छ तर अनौपचारिकमा त्यस्तो व्यवस्था गरिँदैन । शिक्षकले विषयवस्तुमा निर्धारण भएका ज्ञानात्मक, भावनात्मक र मनोक्रियात्मक क्षेत्रका उद्देश्यहरू पूरा गर्नका लागि यस विधिलाई अन्तरक्रिया विधिको रूपमा विभिन्न तरिकाबाट गर्न सकिन्छ । केही प्रमुख छलफलका तरिकाहरू यसप्रकार छन :

क)  गोल बैठक छलफल (Round table discussion) : गोल बैठक छलफलमा विद्यार्थीको सङ्ख्या ४/५ जना देखि ८/१० जनासम्मको समूह हुन्छ । समूहका सदस्यहरू वरिपरि गोलाकार भएर बसी सम्बन्धित विषयवस्तुका बारेमा छलफल गर्दछन् । छलफल प्रक्रियामा एक जनालाई नेताको रूपमा चयन गरिन्छ। छलफलमा उठेका प्रश्नहरू माथि समूहगत रूपमा छलफल गरिन्छ र समस्याको समाधान गरिन्छ ।

ख)  प्यानेल छलफल (Panel discussion): कुनै पनि विषयवस्तु माथि दुई वा दुईभन्दा बढी विषय विशेषज्ञहरूबिच छलफल हुने गर्दछ । यस छलफलमा विषय विशेषज्ञहरूले सम्बन्धित विषयवस्तु माथि आ-आफ्नो धारणा राख्ने गर्दछन् । केही विद्यार्थीलाई कक्षाकोठाको अग्र भागमा ल्याएर पनि विषयवस्तुको बारेमा छलफल गर्न लगाउने र अन्य विद्यार्थीलाई स्रोताको रूपमा राख्ने गरिन्छ । विद्यार्थीहरू दर्शकका रूपमा रहेर उनीहरूको छलफल सुन्ने गर्दछन् । प्यानेल छलफल पनि एक प्रकारले गोल बैठक छलफल जस्तै नै हुन्छ ।

ग)     वादविवाद (Debate): वादविवाद प्रक्रियामा कुनै पनि विषयमा पक्ष र विपक्ष गरी दुई समूहमा विभाजन गरिन्छ। आ-आफ्नो समूहको विषयवस्तुलाई सही सावित गर्न पक्ष वा विपक्षमा रहेकाले विभिन्न तथ्य र प्रमाणहरू प्रस्तुत गर्दछन् । सहभागीहरूको मतका आधारमा नै एउटा निर्णयमा पुग्दछन्। यसप्रकारको छलफलले विद्यार्थीमा कुनै पनि विषयवस्तुमा सूक्ष्म रूपले विश्लेषण गर्ने क्षमताको विकास हुन्छ ।

घ)    गुब्ज छलफल (Buzz discussion): ठुला समूहका विद्यार्थीहरूलाई विभिन्न स-साना समूहमा विभाजन गरी सम्बन्धित विषयवस्तुमाथि छलफल गर्ने प्रक्रिया नै गुञ्ज छलफल हो । शिक्षकले छलफल प्रक्रियाको अन्त्यमा सारांश प्रस्तुत गर्नुपर्दछ ।

ङ)         मस्तिष्क झड्कार छलफल (Brain storming discussion): सिकारूको व्यवस्थित स्वतन्त्र चिन्तन प्रक्रियासँग मस्तिष्क झड्कार (Brain storming) आधारित छ । यस छलफल प्रक्रियामा विद्यार्थीहरू वा सिकारुहरूको सामु समस्या प्रस्तुत गरिन्छ । त्यसपछि तिनीहरूलाई समस्याको समाधान पत्ता लगाउने कार्यमा सरिक गराइन्छ । समस्याका विभिन्न पक्षहरूको बारेमा स्वतन्त्र रूपमा विद्यार्थीहरूले चिन्तन गर्दछन् । निर्धारित समयमा सबै चिन्तनहरू एउटा छुट्टै कार्डमा लेख्दछन् । कनै पनि समस्याको बारेमा निर्धारित समयभित्र आएजति सबै कुराहरूबाट निष्कर्ष निकाल्न मस्तिष्क झड्कार छलफल (Brain storming discussion) हो ।

छलफल सञ्चालन गर्ने तरिका, योजना र प्रयोग

Ways of Conducting Discussion

छलफल सञ्चालन गर्ने योजना वा तरिका निम्नानुसार रहेको छ :

क)   विषयवस्तुको छनोट (Selection of subject matter): सर्वप्रथम छलफलका लागि उपयुक्त शीर्षक वा विषयंको छनोट गर्नुपर्दछ । छनोट गरिएका शीर्षक वा विषय विद्यार्थीको रूचि र स्तर सुहाउँदो हुनुका साथै पाठको उद्देश्यमा आधारित हुनुपर्दछ ।

ख)  योजना निर्माण (Formation of plan): छलफलको लागि उपयुक्त योजनाको तर्जुमा गर्नुपर्दछ। छलफलमा विद्यार्थीहरूलाई सकेसम्म सम्मुख छलफल (Face to face) को अवसर प्राप्त हुने गरी योजना तर्जुमा गर्नुपर्दछ । छलफलको कुन स्वरूप र तरिका प्रयोग गरी सञ्चालन गर्ने हो त्यसको निधो गर्नुपर्दछ ।

ग)    छलफल सञ्चालन (Conducting the discussion): छलफलका लागि विद्यार्थीहरू तयार हुनुपर्दछ । छलफलमा सकेसम्म सबैको सहभागिता कायम गर्नुपर्दछ । छलफल प्रक्रियामा कम बोल्ने वा बोल्न नरुचाउने विद्यार्थीहरूलाई समेत प्रोत्साहित गर्नुपर्दछ । छलफल गर्दै जाँदा कहिलेकाहीँ छलफल विषयवस्तु बाहिर पनि हुन सक्छ त्यसबेला शिक्षकले छलफललाई विषयवस्तुमा केन्द्रित गराउनुपर्दछ । छलफलको निश्चित समय सीमा किटान गर्नुपर्दछ ।

घ) निष्कर्ष (Conclusion ): अन्त्यमा शिक्षकले आफ्नो विचार राख्नुपर्दछ । छलफलबाट प्राप्त भएका सूचनाहरूलाई समेटेर निष्कर्षको रूपमा प्रस्तुत गर्नुपर्दछ ।

छलफल विधिका फाइदाहरू

Advantages of Discussion Method

छलफल विधिका फाइदाहरू यसप्रकार छन् :

·              कुनै पनि समस्याको समाधान गर्न उपयोग हुने,

·          विद्यार्थी र शिक्षक दुवैको छलफलमा सक्रिय सहभागिता हुने, सञ्चारको सिप विकास हुने,

·              नेतृत्व सिपको विकास हुने,

·              विद्यार्थीमा स्वतन्त्र अभिव्यक्ति गर्ने क्षमताको विकास हुने,

·            विद्यार्थीहरूमा विभिन्न तथ्याङ्क र उदाहरणहरूलाई क्रमबद्ध तरिकाले व्यक्त गर्ने क्षमताको विकास हुने,

·              विद्यार्थीहरूमा तार्किक एवम् सिर्जनात्मक अभिव्यक्ति हुने विकास हुने,

·              तल्लो कक्षादेखि माथिल्लो कक्षासम्म नै उपयोगी हुने,

·              विद्यार्थीहरूमा निडर भई अगाडि बोल्न सक्ने क्षमताको विकास हुने ।

छलफल विधिका बेफाइदाहरू र सीमाहरू

Disadvantages / Limitation of Discussion Method

छलफल विधिका बेफाइदाहरू यसप्रकार छन् :

·        छलफल विधिलाई व्यवस्थित बनाउन गाह्रो हुने,

·        तल्लो तहका विद्यार्थीहरूमा यस विधिको प्रयोग गरी छलफल गर्न कठिन हुने,

·        कमजोर विद्यार्थीहरू छलफलमा नलिने,

·        समय बढी लाग्ने,

·        छलफल विषयवस्तुभन्दा बाहिर जान सक्ने,

·        सबै विषय वा पाठमा प्रयोग गर्न सकिने ।

सोच-जोडा- आदान प्रदान

Think-Pair – Share

सोच जोडा र आदान प्रदान एक सहयोगात्मक विधि हो । यस विधिमा शिक्षकले विद्यार्थी समक्ष कुनै प्रश्न राख्दछन् । उक्त प्रश्नमा व्यक्तिगत रूपमा विद्यार्थीहरूले चिन्तन गर्दै उपयुक्त विकल्प तयार गर्दछन् । शिक्षकले विद्यार्थीहरूको जोडा तयार गर्ने छन् । प्रत्येक जोडाका सदस्यले अगाडि आफूले तयार गरेको जोडीलाई निष्कर्ष कक्षामा प्रस्तुत गर्न लगाउने छन् । शिक्षणको यस प्रक्रियालाई सोच जोडा र आदान जवाफ एकअर्कामा आदान प्रदान गर्ने छन् र साझा निष्कर्ष निकाल्छन् । अन्त्यमा शिक्षकले प्रत्येक जोडीलाइ निष्कर्ष कक्शाम्म प्रस्तुत गर्न लगाउने छन् । शिक्षणको यस प्रक्रियालाई सोच-जोडा र आदान-प्रदान भनिन्छ ।

***

Click for Next Lesson: 

No comments

Powered by Blogger.