Header Ads

 


Class 12 Instructional Pedagogy Unit 5: Differences between Teacher Initiated Method and Student Initiated Method

 

शिक्षक केन्द्रित विधि र विद्यार्थी केन्द्रित विधिबिच फरक

Differences between Teacher Initiated Method and Student Initiated Method

 

शिक्षक केन्द्रित विधि शिक्षणमा एक परम्परागत दृष्टिकोण हो जसमा शिक्षक मुख्य भूमिकामा रहन्छन्। यस विधिमा शिक्षक नै ज्ञानको स्रोत मानिन्छ र विद्यार्थीहरूलाई सूचना प्रदान गर्ने, व्याख्या गर्ने, र पाठ प्रस्तुत गर्ने कार्य गर्छन् । सिकाइ क्रियाकलापको करिब ८०% क्रियाकलापहरु शिक्षकले नै गर्ने गर्दछन । शिक्षकले वर्गको दिशा निर्देश गर्छन् र विद्यार्थीहरूलाई अनुसरण गर्न निर्देशन दिन्छन्। यस विधिमा विद्यार्थीहरू प्रायः श्रोता मात्र हुन्छन्, जसले सुनेर र नोट गरेर ज्ञान प्राप्त गर्छन्।

यसैगरी, विद्यार्थी केन्द्रित विधिहरू शिक्षामा एक सक्रिय र सहभागी दृष्टिकोण प्रस्तुत गर्छन् जसमा विद्यार्थीहरूको चासो, आवश्यकताहरू, र सीपहरूको आधारमा शिक्षण प्रक्रिया डिजाइन गरिएको हुन्छ। यी विधिहरूले शिक्षकको पारंपरिक शिक्षण भूमिकालाई बदल्दै विद्यार्थीलाई सक्रिय सहभागी र निर्णयकर्ता बनाउँछन्। यस अन्तर्गत विद्यार्थीहरूलाई समस्याको समाधान गर्न, सोच्ने क्षमता बढाउन, र सृजनात्मक विचारमाथि काम गर्न प्रेरित गरिन्छ।

यी दुई शिक्षक केन्द्रित विधि र विद्यार्थी केन्द्रित विधिबिच रहेको फरकलाई यसरि देखाउन सकिन्छ:

शिक्षक केन्द्रित विधि (Teacher Initiated Method)

विद्यार्थी केन्द्रित विधि (Student Initiated Method)

१.     शिक्षण सिकाइमा शिक्षकको भूमिका सक्रिय हुने ।

१.    शिक्षण सिकाइमा विद्यार्थीको भूमिका सक्रिय हुने ।

२.    विद्यार्थी केवल स्रोताको रूपमा मात्र रहने ।

२.  यस विधिमा शिक्षकको भूमिका निष्क्रिय रहने ।

३. शिक्षक सिकाइ क्रियाकलापमा शिक्षक ८०% सक्रिय हुने ।

३. शिक्षण सिकाइ क्रियाकलापमा विद्यार्थीहरू ८०% सक्रिय हुने ।

४. यस विधिबाट सिकेको सिकाइ दीर्घकालीन नहुने ।

४. यस विधिबाट सिकेको सिकाइ दीर्घकालीन हुने ।

५. सिकाइप्रति विद्यार्थीको आकर्षण घट्न सक्ने ।

५.   सिकाइप्रति विद्यार्थीहरूको आकर्षण बढ्न सक्ने ।


*** 

Click for Next Lesson: https://limbuchandrabahadur.blogspot.com/2025/07/class-12-instructional-pedagogy-unit-5_78.html 

No comments

Powered by Blogger.