Header Ads

 


Class 12 Instructional Pedagogy Unit 5: Exploration Method अन्वेषण विधि

 

अन्वेषण विधि

Exploration Method

Click for Video:  https://www.youtube.com/watch?v=p9rdTlNk2ME

 

खोज तथा अनुसन्धात्मक कार्यलाई शिक्षण सिकाइमा अन्वेषणका रूपमा लिइन्छ । कक्षा शिक्षणको विभिन् विषयहरूमा विद्यार्थीहरू आफैँले खोजगरी निष्कर्ष निकाल्ने पद्धति नै अन्वेषण विधि (Exploration method) हो । विद्यार्थीहरूलाई समस्या दिई विभिन्न क्रियाकलापका माध्यमबाट समस्या समाधान गर्न खोज्द विद्यार्थीहरूमा लुकेर रहेका प्रतिभाको विकास हुने अवसर प्राप्त हुन्छ । अन्वेषण विधि पनि खोज, र समस्या समाधान जस्तै स्तरीय एवम् वैज्ञानिक विधि हो ।

अन्वेषण एक प्रकारको खोजी वा समस्या समाधान हो तर यो कुनै विशेष समस्या वा घटनामा आधारित हुन्छ । खोजी विभिन्न घटनाहरूको अन्वेषणको योग हो । यसरी अन्वेषण भनेको खोज तथा अनुसन्धान एउटा चरण वा प्रक्रियाका रूपमा लिन सकिन्छ । कतिपय अवस्थामा खोज र अन्वेषणलाई पर्यायवाचीक रूपमा लिने गरेको पाइन्छ । सामान्यतया खोजीको प्रक्रियामा अन्वेषण आवश्यक छ । प्रत्येक अन्वेषण पूर्ण खोजी भने नहुन सक्छ ।

अन्वेषणका चरणहरू

Steps of Exploration

अन्वेषणका चरणहरू यसप्रकार छन् :

अ.     विषयवस्तु वा समस्याको छनोट (Selection of problem): सर्वप्रथम अन्वेषण गर्ने कार्यको ला आवश्यक विषयवस्तु छनोट गर्नुपर्दछ ।

आ.   तथ्याङ्क र जानकारीको सङ्कलन (Collection of data and information): विषयवस्तु सग सम्बन्धित तथ्याङ्कहरू तथ्याङ्क सङ्कलनको साधनहरूको प्रयोग गरी सङ्कलन गर्नुपर्दछ ।

इ.     तथ्याङ्क र जानकारीको विश्लेषण (Analysis of data and information): तथ्याङ्क सङ्कलन साधनहरूबाट प्राप्त तथ्याङ्कलाई विश्लेषण र व्याख्या गर्नुपर्दछ ।

ई.   निष्कर्ष (Conclusions): तथ्याङ्कको विश्लेषण गरिसकेपछि अध्ययनकर्ताले निष्कर्ष निकाल्छन् ।

अन्वेषण विधिको प्रयोग

Use of Exploration Method

अन्वेषण विधिको प्रयोगलाई निम्नानुसार उल्लेख गरिएको छ :

क.     सैद्धान्तिक र प्रयोगात्मक दुवै विषयमा प्रयोग गरिन्छ ।

ख.     व्यक्तिगत र सामूहिक कार्यमा प्रयोग गरिन्छ ।

ग.      विद्यार्थीहरूलाई सिकाइमा सक्रिय सहभागी बनाउन प्रयोग गरिन्छ ।

घ.      अनुसन्धानत्मक कार्यमा संलग्न गराउन प्रयोग गरिन्छ ।

ङ.   स्वतन्त्र रूपमा विद्यार्थीहरूलाई विभिन्न क्रियाकलापमा सरिक गराउन प्रयोग गरिन्छ ।

अन्वेषण विधिका सबल पक्षहरू

Strengths of Exploration Method

अन्वेषण विधिका सबल पक्षहरू यसप्रकार छन् :

अ.        विद्यार्थीहरूलाई सिकाइमा सक्रिय सहभागी बनाउँछ ।

आ.   विद्यार्थीहरू सिकाइप्रति आकर्षित हुन्छन् किनभने विद्यार्थीहरूले आ-आफ्ना अभिव्यक्तिलाई स्वतरूपमा प्रस्तुत गर्ने मौका प्राप्त गर्दछन् ।

इ.           विद्यार्थीहरूलाई अनुसन्धानात्मक कार्यमा उत्प्रेरित गर्दछ ।

ई.           सिकाइ रूचिकर र दिगो हुन्छ ।

उ.          विद्यार्थीहरूको सृजनात्मकतामा अभिवृद्धि हुन्छ ।

अन्वेषण विधिका दुर्बल पक्षहरू

Weakness of Exploration Method

अन्वेषण विधिका दुर्बल पक्षहरू यसप्रकार छन् :

·              सबै विद्यार्थीहरूलाई समान रूपमा सहभागी गराउन सकिँदैन ।

·              शिक्षकले बढी निर्देशित गर्न सक्ने सम्भावना रहन्छ

·              समय बढी लाग्न सक्दछ ।

·              तल्लो तहका विद्यार्थीहरूका लागि अनुपयुक्त हुन्छ ।

·              नजान्ने विद्यार्थीहरू कमजोर नै रहने सम्भावना रहन्छ ।

·              सिकाइ अनपेक्षित दिशातिर जाने सम्भावना हुन्छ ।

***

Click for Next Lesson: https://limbuchandrabahadur.blogspot.com/2025/07/class-12-instructional-pedagogy-unit-5_69.html

No comments

Powered by Blogger.