Header Ads

Stages of Human Development मानब बिकासका चरणहरु B.Ed. 2nd Year "Educational Psychology"

                                                UNIT THREE 

Stages of Human Development मानब बिकासका चरणहरु

पुर्वीय धारणा लिङग निर्धारणमा हुदा एकादशीमा गर्भाधारण भयो भने छोरोको जन्म तथा शुक्लपक्षको अन्यमा भएमा छोरीको जन्म

सत्रौं शताब्दी पछि ग्रिक सभ्यताको विकासपछि स्त्री र पुरुषको यौनक्रीया बाट बच्चाको जन्म हुन्छ भन्ने धारणाको विकास भयो ।  ग्रीक फिजिसियन हिप्पोक्रेट्सले male sex cell र स्त्री sex cell को मिलनबाट सुरु हुन्छ भन्ने धारणा अगाडी बढाए । एरिस्टोटलको भनाईमा बच्चाको सृष्टि सुक्रकिटको कारणले हुन्छ । पुरुषको जन्म प्राकृतीक हो भने स्त्री बच्चाको जन्म विकासमा विकृती हो ।

उत्तरी युरोपका मानिसहरुको विस्वास नयाँ बच्चा ईनार, झरना तथा चट्टानमा पाईन्छ – पापलिया, पेज – 49

अठारौं शताब्दीमा पनि मानव सृष्टिको बारेमा मतान्तर रहेको पाईन्छ । एकापक्ष पुरुष sperm मा नै मानव भई पाठेघरमा विकास हुन्छ भन्ने भनाइ थियो, अर्को पक्ष स्त्रीको पाठेघरमा पहिलेनै निर्मीत मानव हुन्छ जसलाई male sperm ले क्रियाशिल तुल्याउँछ भन्ने थियो । अठारौं शताब्दीको उत्तरार्धतिर जर्मन मानव शरीरशास्त्री कास्पर फ्रेड्रिच वुल्फ़ले sperm ovum को मिलनबाट मानव सृष्टीको सुरुवात हुन्छ भन्ने कुरालाई सत्य साबित गराई मानव सृष्टी सम्बन्धी अन्य धारणालाई गलत साबित तुल्याईदिए ।

मनोबैज्ञानिक जोन अनुसार मानव बिकासका तिन चरणहरु छन्: बाल्यकाल, किसोर अवस्था, र बृद्ध अवस्था तर अमेरिकन मनोबैज्ञानिक सस्थाको बिकासात्मक मनोबैज्ञानिक बिभाग अनुसार पनि तिनै तिन चरणहरु हुने कुरा बताएकाछन् । यसरीनै इरिक्सनले भने शैशवकाल, पुर्ववाल्यावस्था, पुर्वस्कुल उमेर, बिद्यालय उमेर, किसोरावास्था, प्रारम्भिक वयस्क अवस्था, वयस्क अवस्था र वृद्धावस्था। एलिजाबेथ हर्लकले मानव विकास चरणलाई जन्म पुर्व (Prenatal Stage) र जन्म पछी (Postnatal Stage) गरि मुख्य दुई भागमा विभाजन गरेका छन् ।

जन्मपूर्वको अवस्था (Prenatal Stage)

पूरुषको Sperm र स्त्रीको Ovum को मिलनलाई गर्भाधारण भनिन्छ जहाँवाट मानव विकासको चरण शुरुवात हुन्छ । त्यसैले गर्भाधारणको समय देखी जन्मपुर्वको समयलाई Prenatal Stage भनिन्छ । यो लगभग २८० दिनको हुन्छ । जन्मपूर्वको अवस्थालाई मुख्य तिनचरणमा विभाजन गरेको पाईन्छ:

Period of Zygote (जाईगोटको अवस्था)

गर्भाधारणको प्रक्रियाबाट एउटा नयाँ जिवकोषको निर्माण हुन्छ जसलाई zygote भनिन्छ । यस चरणको समयावधि २ हप्ताको मानिन्छ । शुरुमा सियोको टुप्पो सानो आकार रहेको डल्लो २४ घण्टापछि तिव्र गतिमा विभिन्न कोषहरुमा बाडिन पुग्छ । करिब १० दिनको समय पछि यो डल्लो पाठेघरको भित्तामा टासिन्छ र पछि विकसित हुँदै जाँदा केही भाग भ्रुणमा र केही भाग झिल्लीमा परिणत भई विकास हुन्छ ।

 Period of Embryo (भ्रुणको अवस्था)

गर्भाधारणको २ साताको समाप्ती देखी दुई महिना सम्मको अवधीलाई भ्रुणको अवस्था भनिन्छ । यो गर्भाधारणको दास्रो अवस्था हो जसमा मुख्य अङगहरु, शरीर प्रणाली, श्वासप्रश्वास, पाचन र स्नायुप्रणालीको तिव्र विकास हुन्छ । यो अवस्था सामान्यतया खतरा पुर्ण रहेको हुन्छ । किनकी गर्भधारणको ३ महिनासम्म गर्भपात (Abortion) तथा miscarriage हुन सक्छ । यस चरणलाई पनि तिन भागमा बाँडिएको छ ।

अ.    बाहीरी भाग (Ectoderm) : यस विकास अन्तर्गत छाला, नङ, कपाल, यौन तथा        चेतन  अंग,  स्नायु प्रणाली आदी पर्दछन् ।

आ.  मध्य भाग (Mesoderm): यस चरणको विकास अन्तर्गत                 मांसपेशींहरु,  अस्थिरपञ्जर,  निश्कासन प्रणाली, रक्त सञ्चार प्रणाली को विकास   हुन्छ ।

इ.      भित्री भाग: यस चरणमा लिभर, पेट शिर तथा एक ग्रन्थीको, र्याल, श्वास प्रणालीको विकास हुन्छ । शरीर भित्र सबै ग्रन्थीको विकास हुन थाल्दछ ।

 Period of Fetus (फेडसको अवस्था)

यो अवस्था गर्भधारणको तेस्रो महिना देखी जन्म सम्मको अवस्थालाई मानिन्छ । यस अवस्थामा पुर्ण निर्धारित भएको अगंहरुको तिव्र रुपमा विकास हुने गर्दछ । यस अवस्थामा पनि गर्भपात रहने हुन्छ । गर्भधारणको ६ देखी ७ महिनाबाट बच्चा हलचल गरेको स्पष्ट थाहा पाउन सकिन्छ । जन्म अवस्थामा वा जन्मदा त्यो सानो जिवाणु करिब ५ देखि ७ पाउन्ड (२.२ के जी देखी ३.१ केजी ) र १६ देखी २० ईन्च लम्बाईको हुन्छ ।

Characteristics of Prenatal Period जन्म पुर्वको अवस्थाका केही विशेषताहरु

जन्म पुर्वको अवस्थाका केही विशेषताहरु निम्न हुनुका साथै यस अवस्थालाई हर्लक अनुसार निम्न कारणले निकै महत्वपुर्ण मानिन्छ:

क.   यस यअवस्थामा कुनै बालकको बृदी र विकास सम्पुर्ण जिबनकालमा भन्दा बढि हुन्छ ।

ख.  बाबुआमामा रहेको वशांनुगत गुणहरुको विजारोपणको समय हो ।

ग.   आमाको स्वाथ्य नै बच्चाको बृदि र विकास मानिन्छ ।

घ.    यस अवस्थामा अन्य व्यक्तीहरुको दृष्टी वा सोचाई महत्वपुर्ण रहन्छ जसले बालको जन्म र जन्म पछि प्रारम्भको समयहरुमा प्रभाव पार्दछ ।

ङ.     यो अवस्थामा नै लिङग निर्धारणको समय हो ।

च.   गर्धावस्था शारीरीक र मानसिक दुबै रुपले संकट पुर्ण अवस्था हो ।

 जन्म पुर्वको समयलाई निम्न टेबलमा हेर्न सकिन्छ । भु्रणको आयु, तौल र लम्बाईको विकास यसरी देखाउन सकिन्छ:

 ३ महिना   ३/४ औस  ( ८५ ग्राम देखी ११३ ग्राम सम्म )        ३.५ ईन्च

 ५ महिना   ९ देखी १० औस ( २५५ ग्राम देखी २८३ ग्राम सम्म) करिब १० ईन्च

८ महिना   ४ देखी ५ पाउन्ड ( १.८ के जी देखी २.२ के जी सम्म) १६ देखी १८ईन्च

 ९महिना   ७ देखी ७.५ पाउन्ड( ३.१७ के जी देखी ३.४ के जी)  १९ देखी २० ईन्च

Principles of Human Development मानव विकासका सिद्धान्तहरु

क.   Cephalocaudal Principle (शीर्ष-पाउं नियम): टाउको बाट विकास शुरु भई घाटीं, छाती, हात, पेट हुदैं खुट्टा तर्फ जान्छ जसलाई शीर्ष-पाउं नियम भनिन्छ । यस Vertical Axis मा बालकले प्रथम टाउको उठाउँछ तब मात्र छाती, हात, पेट हुंदै खुट्टा चलाउन सिक्छ ।

ख.  Proximodorsal Principle (निकट-दुर सिद्धान्त) शारीरीक विकासक्रम केन्द्र बाट शुरुभई बाह्य भागतिर जान्छ । अथवा कुनैपनि अंगको विकासक्रम केन्द्रबाट शुरुभई विस्तारै टुप्पोतिर जान्छ । जस्तो टाउकोको केन्द्रिय भाग पछि बाह्य भाग निर्माण हुन्छ । छातीको केन्द्रिय भाग पछि बाह्य भागको विकास हुन्छ । जसलाई Horizontal Axis भनिन्छ ।

Factors Affecting Prenatal Stage जन्म पुर्वको अवस्थालाइ असर पु–याउने तत्वहरु

क.   आमाको स्वास्थ्य स्थिती        ङ्. आमाले प्राप्त गर्ने भोजन र पोषण   

ख.  शारीरीक क्रियाकलाप             च. लागुपदार्थ सेवन र पिताको कारण

ग.   औषधी उपचार                      छ. वंशानुगत कारण दूषित वातावरण  

घ.    स्याहारमा कमी

Hazards of Prenatal Stage जन्मपुर्वका संकटहरु

क.   शारीरीक संकटहरु

अ.   आमाको स्वास्थ्य, उमेर र मातृ कुपोषण ।

आ.   आमाको कार्यथलो, औषधी तथा लागुपदार्थ सेवन

इ.     बहु जन्म, पैतृक वंशाणुगत प्रभाव

ख.  मनोवैज्ञानीक संकटहरु

अ.   परमपरागत विश्वास, आमाको तनावको,

आ.    सम्बन्धित व्यक्तीहरुको असंगत अभिवृती

***

Click for Objective & Subjective Questions: https://limbuchandrabahadur.blogspot.com/2025/04/questions-from-unit-1-educational.html

Click for Next Lessonhttps://limbuchandrabahadur.blogspot.com/2025/04/stages-of-human-development-infancy.html

No comments

Powered by Blogger.