Header Ads

 


Stages of Human Development: Infancy & Babyhood नवजात र शैशव अवस्था B.Ed. 2nd Year 'Educational Psychology'

Infancy Period नवजात अवस्था

Postnatal Periods जन्मपश्चातका अवधीहरु

गर्भाधारणको समय देखी करिब २८० दिन आमाको गर्भमा रहेर परिपक्वता हासिल गरेपछि एक पुर्व मानव आकृती भएको शिशुको जन्म भई उसको मृत्यु नभईन्जेल सम्पुर्ण जिवन अबधीलाई जन्मपछीको अवधी मानिन्छ  । यसमा विभिन्न चरणहरु रहेका छन् । प्रसिद्ध मनोवैज्ञानीक Elizabeth Hurlock ले उक्त अवधीलाई नै मुख्य नौ अवधीमा बाँडेकी छिन् जसलाई छोटकरीमा उल्लेख गरिएको छ:

Infancy (नवजात अवस्था)

आमाको गर्भमा करिब २८० दिन विताएर एक परिपक्वता प्राप्ती पछी गर्भवाट वाहिर आएको मानवशिशु नै नवजात शिशु हो । नवजात शिशुको अवधि प्राय जन्मदेखि दुई हप्तासम्मको मानिन्छ । गर्भमा रहदा शिशुले सम्पूर्ण कार्यको लागि सालनालमा भर पर्छ भने जन्मे पछि ति कार्यहरु स्वतन्त्र रुपले आफूमा विकसित अगंहरु द्वारा  गर्नु पर्ने हुन्छ । साथै जन्म पछि शिशुले नयाँ वातावरणमा समायोजन (Period of Adjustment) गनुपर्ने हुन्छ । त्यसैले सम्पूर्ण कार्य आफै गर्नु पर्ने भएकोले यस अवधिलाई निकै संकटपूर्ण (Critical) मानिएको छ । प्रसव वेदना  सामान्यतया १२ घण्टा देखि १६ घण्टा वा सो भन्दा वढि वा कम लाग्न सक्छ । पहिलो प्रसव वेदना बढी नै हुने कुरा अध्ययनले देखाएको छ । Natural Birth मा पिडा कम हुन्छ भने Unnatural Birth पिडा वढि हुने देखिन्छ । यस अवस्थालाई मनोवैज्ञानिक Hurlock ले निम्न २ भागमा बाडेकी छिन्:

Period of Partunate पर्चुनेट अवस्था

शिशुको जन्मपछि सालनाल नकाटीन्जेलको समय अवधिलाई पर्चुनेट भनिन्छ जुन १५ देखि ३० मिनेट सम्मको मात्र हुन्छ । जन्मदा शिशुको तौल  २ के. जि. भन्दा कम भएमा असामान्य तथा ४ के. जि. सम्म तौल भएको लाई सामान्य मानिन्छ । त्यस्तै शिशुको लम्बाई १८( २०” सम्म हुन्छ ।

Period of Neonate निओनेट अवस्था

शिशुको सालनाल काटिसकेपछि दुई हप्ता सम्मको अवधिलाई निओनेट भनिन्छ जुन शिशुको पूर्वरुपले नयाँ वातावरणमा समायोजनको अवस्था हो । यो अवस्था निकै सङकटपूर्ण मानिएको छ । यो समय पूर्ण समायोजनको अवस्था हो । यसमा शिशु आफैले चुस्ने तथा निल्ने, श्वासप्र्रश्वास गर्ने, पाचन क्रिया र तापक्रममा समायोजन गर्न सक्नु पर्दछ । अन्यथा बाँच्ने सम्भावना कम हुन्छ । सालनाल काटेपछि बाँकी रहेको नाभीको अंश करीब १५ दिन पुगेपछि आँफै झर्छ । बच्चाको वृदीदर करिब १० प्रतिशतले कमी आँउछ । पछि ५ ( ६ दिन पछि पुनः पहिलेको अवस्थामा पुग्दछ ।

Major Characteristics of Infancy नवजात अवस्थाका बिशेषताहरु

   क.   यो एक छोटो अवधि र समायोजनको समय

   ख.  समथरको अवस्था र सहयोग बिनाको अवस्था

   ग.   पछिल्लो विकासको झलकको रुपमा

   घ.    एक खतरापुर्ण अवस्था

 Major Adjustments of Infancy नवजात अवस्थाका समायोजनहरु

    क.   वातारण परिवर्तनमा समायोजन

    ख.  श्वासप्रश्वासमा समायोजन

    ग.   चुस्ने कार्य तथा निल्ने कार्यमा समायोजन

    घ.    उत्सर्जन क्रियामा समायोजन

Developmental Tasks of Infancy नवजात अवस्थाका विकासात्मक कार्यहरु

 नवजात अवस्थाका विकासात्मक कार्यहरु निम्न रहेको पाईन्छ:

   क.   सालनाल काटीसकेपछि स्वतन्त्ररुपमा आफ्नो नाकबाट श्वासप्रश्वास लिन सक्नु ।

   ख.  जिवन रक्षाका लागी चुस्ने र निल्ने कार्य गर्न सक्षम हुनु ।

   ग .   मलमुत्र त्याग गर्न सक्षम हुनु ।

   घ.    नयाँ तापक्रममा समायोजन गर्न सक्षमहुनु ।

Hazards of Infancy Period नवजात अवस्थाका संकटहरु

क.         शारीरीक संकटहरु

 अ.         जन्मको प्रक्रियाबाट उत्पन्न संकटहरु

 आ.      प्राकृतिक जन्म, उल्टो जन्म र बहु जन्म

 इ.           उपकरणीय जन्म, सीजेरीयन डेलीभरी, र अपरिपक्व जन्म

 ई.           ढिलो जन्म, गर्भाअवस्थाको वातावरण र औषधी उपचारको खतरा

 उ.           मादक पदार्थ र धुम्रपान् अनि शिशु मृत्यू आदि

ख.        मनोबैज्ञानिक सकंटहरु)

अ.      जन्म सम्बन्धि समाजमा व्याप्त गलत धारणा        

आ.   विकासमा पठार (समतल)

इ.        असाहयपन र शिशुको व्यवहार

Babyhood / Toddler Period ( शैशव अवस्था )

शिशुको जन्म भएको समय प्र्रश्चात दुई हप्ताको अवधी समाप्ती वा तेस्रो हप्ताको प्रारम्भ देखी दुईवर्ष सम्मको अवधीलाई शैशवावस्था भनिन्छ । यस अवस्थामा शिशुले पुर्व समायोजन गर्ने प्रयास गर्दछ  भने यसको मानसिक, शारीरीक तथा संवेगात्मक दृष्टी विकास हँुदै जान्छ । शिशु यस अवधीको उत्तरार्धमा आई पुग्दा बस्न, हिँड्न, उफ्रिन, बोल्न ईत्यादीमा निर्भर हुँदै जान्छ । यो अवस्थामा शिशुले विभिन्न क्रियाकलापको नक्कल सहजै गर्ने भएकोले यसलाई यस अवधीको विशेषतानै मानिन्छ । यस अवस्थाको शिशु लाई गिलो माटोको संज्ञा दिदै मनोवैज्ञानिकहरुले यस उमेरलाई संवेदनशिल अवस्था मानेका छन् ।

Characteristics of Babyhood शैशवअवस्थाका विशेषताहरु

क.         वास्तविक आधारको उमेर र तिव्र वृद्धि र परिवर्तनको उमेर

ख.        घट्दो निर्भरता अनि व्यक्तित्व विकासको उमेर

ग.         सामाजिकीकरणको शुरुवातको समय र एक आकर्षक उमेर)

घ.          यौन भुमिका छुट्याउने शुरुवातको अवस्था

ङ.           सिर्जनात्मक एंव रचनात्मकको समय: खेलौना बटुलेर खेल्नु, नक्कल गर्नु, गित गाउनु, नाच्नु ईत्यादी

च.         एक संकटपुर्ण समय: हतियार चलाउने, आगोले पाल्ने, पानीमा डुब्ने, लड्ने, झर्ने, करेन्ट लाग्ने ।

Developmental Tasks of Babyhood शैशवावस्थाका विकासात्मक कार्यहरु

क.         ठोस खानेकुरा खान शुरु गर्नु  अनि हिडडुल गर्र्न शुरु गर्नु

ख.        मलमुत्र त्यागमा केही नियन्त्रण हुनु तथा वाचनामा विकास हुनु

ग.         दुधे दाँत पलाउने र आफन्त वा गैर आफन्त छुट्याउने

घ.          भोक तथा निद्रामा स्थिरता प्राप्त गर्न सक्नु        

ङ.           संवेगात्मक नियन्त्रण कायम गर्न सक्नु

Hazards of Babyhood शैशवावस्थाका संकटहरु

क.         शारिरिक संकटहरु

  अ.         मृत्यु: प्रतिरोधात्मक शक्ति कम हुन्छ । प्रारम्भिक ३ महिना सम्म         मृत्युदर  उच्च रहेको विश्वास गरिन्छ ।

 आ.      कुपोषण, मोटोपन तथा  खराब बानीको विकास

ख.        मनोवैज्ञानिक संकटहरु

अ.         हिनता बोध: उमेर अनुसारको कार्य गर्न नसक्दा वा नपाउदा हिनता बोध बालकमा पैदा हुन्छ ।

आ.      असाहायपन, मातिनु: बिशेष गरि कान्छो छोरा र छोरीको सवालमा

इ.           ईष्र्यालु: अरुको खेलौनानै उसलाई चाहिनु ।

ई.           नकारात्मक सोच  

उ.           दवाबमुलक वातावरण: यस अवरस्थामा बालकलाई बढी दवाव दिनु हुदैन । डर देखाउने, ज्यादा कडाई गर्ने वा यसो गर्न हुदैन भन्ने जस्ता कुराहरु गर्नु हुदैन ।

... 

Click for the Next Lesson:  https://limbuchandrabahadur.blogspot.com/2025/04/stages-of-human-development-early-and.html

No comments

Powered by Blogger.