Stages of Human Development: Early and Late Childhood पुर्वबाल्य अवस्था र उत्तरबाल्यावस्था B.Ed. 2nd Year 'Educational Psychology'
Early Childhood Period
पुर्वबाल्यावस्था
मनोवैज्ञानीकहरुले बाल्यवस्थालाई मुख्य दुई भागमा विभाजन गरेका छन्: जसमा पुर्वबाल्य अवस्था एक
हो । उमेरगति हिसाबले २ देखी ६ बर्ष सम्मका बच्चाहरु यस अवस्थामा पर्दछन् । यो अवस्थाको
उत्तरार्धमा औपचारीकरुपमा बालक विद्यालयमा प्रवेश गर्ने भएकोले उसलाई सामाजिकिकरण प्रक्रियामा
महत्वपुर्ण टेवा पुग्दछ । यो अवस्था बालकको लागी एक खेलौनाको उमेर पनि होे । यस अवस्थाको
पुर्वाधमा लिङगीय भेद पाईदैन तर उत्तरार्धमा पुगेपछि उक्त लिङगीय भेद देखा पर्दछ ।
यसरी नै यो उमेरलाई नक्कल गर्ने उमेर पनि भनिन्छ । किनकि यस उमेरमा बालबालीकाहरुले
विभिन्न व्यक्तीहरुको नक्कल गर्ने गर्दछन् । उनिहरु आफ्नो क्रियाकलापमा बाह्य हस्तक्षेप
चाहदैनन् । यस उमेरमा भाषिक विकास ज्यादै तिव्र हुने गर्दछ किनकी एकै दिनमा करिब १५०० - २२०० शब्द सम्म बोल्न सक्छन् । उक्त विभिन्न कार्यशैलीका कारण
यस उमेरमा बालबालीकाहरुको शारीरीक, मानसिक, संवेगात्मक एंव सामाजिक
बिकाश अत्यन्तै हुन्छ ।
Charactersitics of Early Childhood
Period
पुर्वबाल्यस्थाका विशेषताहरु
मनोबैज्ञानिक Elizabeth
Hurlock अनुसार यस अवस्थाको
बिशेषताहरु निम्नानुसार रहेको पाईन्छ:
क.
आमाबुबाले गर्ने नामाकरण
अ.
समस्या वा दुःख पुर्ण उमेर, झगडालुपन, रिसाहा, अटेरी, जिद्धी ईत्यादी
आ.
खेलौनाको उमेर
ख.
शिक्षाविद्ले गर्ने नामाकरण
अ.
पुर्वविद्यालयको उमेर
ग.
मनोवैज्ञानिकहरुले गर्ने नामाकरण
अ.
पुर्व बाल समुह उमेर: २/३ जनाको समुहमा खेल्ने उमेर
आ.
जिज्ञाशु उमेर, अनुकरण गर्ने उमेर
इ. सिर्जनात्मक उमेर: गित गाउर्न, चित्रकोर्न, नाच्ने, पढने, लेख्ने, अभिनय गर्ने इत्यादी ।
Developmental Tasks of Early Childhood पुर्वबाल्यस्थाका विकासात्मक कार्यहरु
According to Havinghurst, “ Development
task is a task which arises at or about a certain period in the life of the
individual success, achievement of which leads to his happiness and to success
with later tasks.”
पुर्वबाल्यस्थाका विकासात्मक कार्यहरु निम्न रहेको पाइन्छ:
क.
ठोस खानेकुरा आफै खान सक्षम हुनु तथा मलमुत्र त्याग गर्न सक्षम हुनु ।
ख.
हिड्न दौडन तथा उफ्रिन सिक्नु साथै सरल खालका खेलहरु खेल्न सिक्नु
।
ग.
परिवारका सदस्यहरुसंग उचित व्यवहार कायम गर्न सिक्नु ।
घ.
आफै लुगा तथा जुत्ता लगाउन तथा फुकाल्न सिक्नु ।
ङ.
संवेगात्मक अवस्थालाई सामान्यरुपमा नियन्त्रण गर्न सक्नु।
च.
आफुलाई आवश्यक परेको कुरा अरुलाई माग्न, भन्न सक्नु ।
छ.
यौन भुमिका छुट्याउन सिक्नु ।
यसरीनै HSEB पाठ्यक्रमले निर्धारण गरेको
विकासात्मक कार्यहरु निम्न छन्:
क.
शारीरीक विकास, भाषा विकास र पूर्वबाल्यअवस्थामा सीप विकास
ख.
संवेगात्मक विकास, सामाजिक विकास तथा समझदारीको विकास
ग.
नैतिक विकास तथा पारिवारीक सम्बन्धमा विकास
Late Childhood Period उत्तरबाल्यावस्था
उत्तरबाल्यावस्था मानव वृद्धी र विकासको हैसियतले ज्यादै महत्वपुर्ण
मानिन्छ जसको अवधी सामान्यतया ६ बर्ष देखी १३ / १४ बर्ष सम्मलाई मानिन्छ । यसरी नै ६ बर्ष देखी
यौन परिपक्वता हासिल नगरुन्जेल सम्मको समयावधीनै उत्तरबाल्यवस्था हो । यो अवस्था शारीरीक, मानसिक, संवेगात्मक एंव सामाजिक विकासको हैसियतले अति महत्वपुर्ण मानिन्छ
। यो उमेर सामाजिक मुल्य मान्यता सिक्ने उमेर पनि हो साथै यस उमेरमा कुनै पनि व्यवहारीक
सीप सिक्न सहज हुन्छ जुन उसको जिवनभर रहिरहन्छ ।
Characteristics of Latechildhood Period
उत्तरबाल्यावस्थाका विशेषताहरु
क.
आमाबाबुले गर्ने नामाकरण:
अ.
दुःख पूर्ण उमेर, इष्र्या, झगडा, जिद्धीपन, अटेरोपन, रिसाहा, विद्रही स्वभाव ईत्यादी
आ.
लापरबाही उमेर: वौद्धिक विकास कम भएकोले, दायित्वभन्दा बाहिर, साहासिलो एंव आँटिलो मनोमानि गर्ने आदी
इ.
असफलता प्राप्त
ई.
झगडालु उमेर: घरपरिवार साथीभाई, शिक्षक आदी संग झगडा गर्नु ।
ख.
शिक्षाविदले गर्ने नामाकरण
अ.
प्राथमिक विद्यालय जाने उमेर
आ.
नाजुक उमेर: ध्वसांत्मक उमेर, आफ्नो व्यवहार लाई समाजले मान्यता नदिँदा, शैक्षिक उपलब्धी नहुँदा देखाउने व्यवहार नाजुक हो ।
ग.
मनोवैज्ञानिकहरुले गर्ने नामाकरण
अ.
बाल समुह उमेर: समुहको सदस्य वा नेता, गफ गर्ने
आ.
सिर्जनात्मक उमेर: चित्र कोर्ने रङ्ग भर्ने, नयाँ पन मनपराउनु, आफ्नै मसतिष्क प्रयोग गर्ने ।
इ.
खेल उमेर ९ एबिथ ब्नभ० स्( समुहमा खेल खेल्नु, घर बाहिर वा भित्र खेलिने खेल खेल्नु ।
Developmental Tasks of Latechildhood Period
उत्तरबाल्याअवस्थाका विकासात्मक कार्यहरु
क.
उमेर अनुसार समुह निमार्ण गर्न सिक्नु एंव घुलमिल हुन सिक्नु
।
ख.
विभिन्न शारीरिक क्रियाकलाप एंव खेलका सिपहरु सिक्नु ।
ग.
यौन अनुकुल व्यवहार गर्न सक्षम हुनु ।
घ.
पढाई लेखाई र गणितिय मौलिक सिप विकास गर्नु ।
ङ.
दैनिक जिवनको लागी आवश्यक धारणाको विकास गर्नु ।
च.
सामाजिक मुल्य मान्यता प्रति सकारात्मक सोचको विकास हुनु ।
छ.
आदर्श चरित्रको विकास हुनु ।
ज.
पारिवारीक सम्बन्धमा विकास सक्षमता प्राप्त गर्न सिक्नु
झ.
व्यक्तीगत स्वतन्त्रता हासिल गर्नु ।
ञ.
आफ्नो दौतरी समुह माझ लामो समय विताउन मन पराउनु ।
...
Click for the Next Lesson: https://limbuchandrabahadur.blogspot.com/2025/04/stages-of-human-development-puberty.html
Post a Comment