Stages of Human Development: Puberty यौवन अवस्था B.Ed. 2nd Year 'Educational Psychology'
Puberty यौवन अवस्था
यौवन अवस्थाको परिचय
Puberty’ भन्ने शब्द Latin भाषाको ‘Pubertus’ भन्ने शब्दबाट विकास भएको
हो जसको शाब्दिक अर्थ ‘Age of Manhood’ वा मनुश्यको उमेर भन्ने बुझिन्छ । त्यस्तै ‘Puberty’ को अर्थ केलाउदा शारीरीक
रुपबाट बृद्धी र विकास भई सक्षम मानव भन्ने बुझिन्छ । प्रसिद्ध ग्रीक दार्शनिक Aristotle ले यौवन अवस्थालाई शारीरीक
र व्यवहारीक परिवर्तनको एक महत्वपुर्ण अवस्थाको रुपमा चित्रण गर्दै रिस, क्रोध, कामुकपन, उत्साही स्वभाव आदी
मनोवृतीलाई यस अवस्थाका प्रमुख व्यवहारीक परिवर्तनका संकेतका रुपमा उल्लेख गरेका छन्
।
सामान्यतया यौवनावस्था उत्तरबाल्यबस्था र किशोरावस्था बिचको
एक छोटो अवधी हो जसलाई करिब ११ बर्ष देखी १४ बर्ष सम्मको समयावधिलाई मानिन्छ । यस अवस्थामा
व्यक्तीमा शारीरीक परिवर्तनहरु स्पष्ट रुपमा देखिन्छन् साथै यस अवस्थामा बालबालिकाहरु
Asexual बाट Sexual अवस्थामा परिवर्तन हुने भएकोले बच्चा उत्पादन गर्न
सक्षम हुन्छन् । बालबालीकाहरुमा आउने शारीरीक परिवर्तनमा सामान्यतया व्यक्तीगत भिन्नता
रहेको पाइन्छ । लिङगीय भेद, वंशानुक्रम तथा वातावरणिय
प्रभावहरुले कुनै पनि व्यक्तीमा यौन परिपक्वता ल्याँउदछ । सामान्यतया यौन परिपक्वता
प्राप्ती भन्दा पाँच बर्ष पहिले देखी नै Sex Hormne ( यौन श्राबहरु) को विकास
हुन थाल्दछ जसले कभह यचनबलक को वृद्धी र विकास गराउँदछ । त्यस्तै मष्तिष्कको तल्लो
भागहरुको पियुस ग्रन्थीले विभिन्न प्रकारको Hormone उत्पादन गर्दछ ।
यसले उत्पादन गरेको हार्मोनहरु मध्ये Growth Hormone ले शारीरीक वृद्धी गराउँदछ भने दोस्रो हार्मोन Second Tropic Hormone ले यौन अङगलाई उत्तेजित वा क्रियाशिल गराउँदछ । जव यी दुई हार्मोनहरुको तिव्र विकास भएपछि Sex Glands ( यौन ग्रन्थी ) को बृद्धी एंव विकास हुन्छ जसले Primary and Secondary Sex Characteristic हरुको विकास गराउँदछ । जव यौन परिपक्वता प्राप्ती हुन्छ तव ति उत्पादीत हार्मोनहरुको विकास रोकिन्छ जसले शारीरीक बृद्धी र परिवर्तनलाई समेत रोक्छ ।
Characteristics of Puberty यौवन अवस्थाका विशेषताहरु
क.
यौवनावस्था एक खटिएको अवस्था हो ।
ख.
यो अवस्था एक छोटो अवस्था हो ।
ग.
यौवन अवस्था विभाजित अवस्था हो ।
अ.
पूर्व परिपक्व चरण: सहायक यौवन विशेषताहरु देखीने अवस्था
आ.
यौवन चरण: प्राथमिक यौवन विशेषता देखिने अवस्था: केटीहरुमा रजश्वला
हुने तथा केटाहरुमा श्वपनदोष हुने अवस्था
इ.
यौवनपश्चातको चरण: शारीरीक पुष्टता आउनु ।
घ.
यौवन अवस्था तीव्र बृद्धी र परिवर्तनको समय हो ।
ङ.
यौवन अवस्था विभिन्न उमेरमा देखा पर्दछ ।
च.
यौवन अवस्था एक नकारात्मक अवस्था हो ।
Criteria of Puberty यौवन अवस्थाका आधारहरु
यौवन अवस्था निर्धारण गर्ने सक्बन्धमा परम्परागत तथा आधुनिक
धारणाहरु अथवा कुनै बालक वा बालीका यौवन अवस्थामा प्रवेश गरेको वा नगरेको कुरा छुट्याउने
आधार नै यौवन अवस्थाका आधारहरु हुन् । यी आधारहरु दुई भागमा विभाजित छन्:
क.
बहुमुखी आधार: शरीरीमा भएको परिवर्तनलाई बहुमुखी आधार मानिन्छ जस अन्र्तगत
उचाई तथा तौलको बृद्धी हुनु, प्रथम रजश्वला हुनु, जुँगा दाह्री आउनु, स्वरमा परिवर्तन हुनु, विर्यपतन हुनु ईत्यादी ।
ख.
एकमात्र आधार:
अ.
प्रथम रजश्वला,
आ.
श्वप्न दोष र विर्य प्रवाह,
इ.
पिसाबको रासायनिक परिक्षण,
ई.
शरीरीका विभिन्न हाडहरुको एक्सरे गरेर,
उ.
प्राथामिक यौन विशेषता: Tests Glands को बृद्धी १३ र १४ बर्षसम्ममा
१० प्रतिशत मात्र भएको हुन्छ भने २० / २१ बर्षसम्ममा मात्र परिपक्व
हुन्छ । त्यस्तै नारीमा ११ -- १६ बर्ष सम्ममा पाठेघर र डिम्बकोषको तिव्र बृद्धी भई प्रथम रजश्वला
देखिन्छ भने १७ र १८ बर्षको उमेर मात्र पुर्ण परिपक्व हुन्छ ।
ऊ.
सहायक यौन विशेषताहरु: जुँगा दाह्री आउनु, काखीमा रौँ आउनु, स्तन बढ्नु, हिप चाक्लो देखिनु ईत्यादी
Causes of Puberty यौवन अवस्था आउनाका कारणहरु
यौवन अवस्था आउनाका प्रमुख कारणहरुको रूपमा Pituitary
Glands र Gonads बिचको अन्तरक्रियालाई मानिन्छ
जसमा Pituitary Glands ले दुई किसिमको हार्मोन उत्पादन गर्दछ। पहिलो हार्मोन Growth
Hormone ले शारीरिक आकारको
निर्धारण गर्दछ भने दोस्रो हार्मोन Gonadotropic Hormone जसले यौन उत्तेजना बढाउने
काम गर्दछ। यि दुबै हार्मोनहरु यौवन अवस्था शुरु हुनु भन्दा ४ / ५ वर्ष अगाडी देखि विकासक्रम भैइसकेको हुन्छ भने जब पुर्ण विकसित
हुन्छन् तब यौन परिपक्वता प्राप्त हुन्छ।
यसैगरी यौवन अवस्था आउनका अन्य कारणहरु मध्ये Gonads पनि हो जसको तीब्र वृद्धिले
गुप्ताङ्गमा प्राथमिक तथा सहायक विशेषताहरु देखा पर्दछन् । यसैगरी यौन ग्रन्थीहरु परिपक्व
भएपछि मात्र यौन सम्बन्धि आन्तरिक प्रक्रिया शुरु हुन्छन् । केटाहरुमा हुने यौन ग्रन्थीलाई
Tastes र केटीहरुमा हुने
यौन ग्रन्थीलाई Ovaries भनिन्छ । Ovaries ले केटीहरुमा प्रजनन् सक्रियता बढाउछ भने Tastes बाट निस्कने हार्मोनले केटाहरूमा
प्रजनन् सक्रियता बढाउने कार्य गर्दछ।
Physical Changes during Puberty यौवनवस्थाका शारिरीक परिवर्तनहरु
क.
आकारमा परिवर्तन Changes in Body Size
मुख्य परिवर्तनहरु जस्तैतौल, उचाइ स्उचाई वृद्धी
कोटिहरुमा रजस्वलाको पहिलो वर्ष ३ ( ६” सम्म वृद्धी हुन्छ भने रजस्वलाको दोसो वर्षसम्म
२.५ देखी ५.६’’ सम्म वृद्धि हुन सक्छ र अन्त्यमा
१८ र १९ वर्ष पछि अधिकतम उचाईमा पुगी वृद्धि रोकिन्छ । केटाहरुमा १२ वर्ष देखि करिब
१६ वर्ष सम्म अधिकतम वृद्धि हुन्छ तर कसैमा २१ वर्ष सम्म पनि उचाई बृद्धी हुन सक्छ
। केटीहरुको तौल पहिलो रजस्वला देखि २ वर्ष सम्म अत्याधिक रुपमा तौलमा वृद्धि हुन्छ
। खासगरी छाती, पेट, हिप, तिघ्रा, गाला, घाँटी आदीमा मोटाई देखीन्छ ।
ख.
Changes in Body Proportion शारिरीक अनुपातमा परिवर्तन
विभिन्न अंगहरुको अनुपातिक रुपमा यस अवस्थामा परिवर्तन आउछ ।
जस्तै: जन्मदा टाउको र शरीरको अनुपात ४:१ हुन्छ भने यस अवस्थामा ६:१ हुन्छ । त्यस्तैः
जन्मदा मुटु सानो र नसाहरु ठुलो हुन्छ तर यौवनवस्थामा नसाहरु साना तथा मुटु ठुलो हुन्छ
। केटाहरुको काधको चौडाईमा वृद्धि तथा केटाहरुको नितम्व (Hip)
ठुलो देखीन्छ ।
ग.
Primary Sex Characteristcs प्राथमिक यौन विशेषताहरु
केटाहरुमा अण्डकोषको विकास १३ र १४ वर्षमा १0% ले वृद्धि भएको
हुन्छ भने २० र २१ वर्षमा पूर्ण परिपक्व हुन्छ । केटीहरुमा पाठेघरको वृद्धि ११ -- १६
वर्ष सम्म पूर्ण वृद्धि नभई १८ वर्षमा मात्र परिपक्क हुन्छ जसको तौल ४३ grams सम्म हुन्छ । रजस्वला हुदा २ देखि ८ दिनसम्म रक्तस्राव
हुन सक्छ भने महिनावारी कम्तीमा २६ देखि ३२ दिनसम्म अर्को पटक महिनावारी हुन सक्छ ।
यस अवस्थामा तल्लो पेट अत्याधिक दुख्ने गर्दछ ।
घ. Secondary Sex Characteristics सहायक यौन विशेषताहरु
अ. Hair
- pubic hair, Hair underarm, mustach, etc. and their softness, color etc
आ.
चर्म खसो, वाक्लो धेरै हुन्छ
।
इ. मांसपेशी: पाखुरा,गोडा,काँधकोआकृति जसमा छोटा एवं गोला गोडा भएमा नवढ्ने सम्भावना हुन्छ तर लामा एवं पातलो गोडा भएमा वढ्ने सम्भावना हुन्छ ।
ई. नितम्ब र पुट्ठा– केटाकेटीहरुमा समान उमेर भएपनि केटीहरुको जष्उक केही वढी चाक्लो, चौडा र पछाडी उठेको देखिन्छ । यसको कारण पेल्मिक हाडको विकासले हो ।
उ. स्तन: केटीहरुमा स्तनको आकार देखिनुको साथै यसको वृद्धि र बिकाश छिटो हुन्छ जसमा वंशानुगत गुणको भूमिका महत्वपूर्ण देखिन्छ ।
Changes in Socail Behavoiur सामाजिक व्यवहारमा परिवर्तन
समाजको मुल्य, मान्यता, एवं निति अनुरुप देखा
पर्ने व्यवहार नै सामाजिक व्यवहार हो जुन सामाजिक मुल्य मान्यतामा भर पर्दछ । यौवनस्थामा
हुने सामाजिक कार्यको परिवर्तनलाई यसरी वर्णन गर्न सकिन्छ:
क.
वालवालिकामा देखीने लज्जालुपन, ईष्र्या एवं भयको कारणले
ख.
यौवन अवसथाको कारणले शारीरीक वृद्धि भई काम गर्न समाजमा अष्ठयारो
भएमा
ग.
यौवन अवस्थाको उमेरको कारणले उसको सामाजिक व्यवहारमा परिवर्तन
आउन सक्छ ।
घ.
विपरित लिङग प्रतिको झुकावको कारणले
ङ.
यस अवस्थामा उत्पादीत अत्याधीक हार्मोनको कारणले सामाजिक व्यवहारमा
परिवर्तन देखिन्छ र यस अवस्थालाइ एक आधीवेरीको उमेर पनि भनिन्छ ।
Remedies of Changing Social Behavoiur during Puberty
यौवन अवस्थामा सामाजिक
व्यवहारमा परिवर्तन हुदा अपनाइने उपचारहरु
सामाजिक उत्तरदायित्व, सहानुभुति, सहयोग, स्वास्थ्य, प्रतिस्पर्धात्मक कार्याक्रम, नेतृत्व विकास चरण, सकारात्मक सोचको विकास इत्यादी यसका उपचारहरु हन सक्छन् । यस
अवस्थालाई Negative Phase वा Period of Disequilibrium भनिन्छ किनकि उनीहरुको व्यवहारमा एक्लै बस्ने, दिकदारीपन, विद्रोही स्भाव, उच्च संवेगात्मकता, क्रियाकलाहरुमा समन्वयको कमी, आत्मा विश्वासमा कमी इत्यादी आउछ । सामाजिक व्यवहारहरु: प्रेम, स्नेह, मिलनसारिता, सहयोगी, उत्तरदायित्वको भावना, मित्रता, समूह क्रियाकलाप, स्वाभाव, सहिष्णुता इत्यादीले
उनीहरुमा परिवर्तन आउन सक्छ ।
Effects of Puberty Changes यौवनवस्थाका परिवर्तनका असरहरु
यौवनवस्थामा भएको शारीरिक परिवर्तनको कारणले वालवालिकाहरुमा
अस्पष्ट वा भ्रमपूर्ण अवस्थामा रहन सक्छन् । यस अवस्थामा भएको शारिरीक पविर्तनका असरहरुको
ज्ञानको अभावको कारणले उनीहरु गहिरो सोचमा पर्ने तथा असन्तुष्ट देखिने गर्दछ । यौवनवस्थाका
परिवर्तका असरहरु निम्म रहेको पाइन्छ:
क.
Effects on Physical well-being स्वास्थ्यमा असर
यौवनवस्थाको शारिरीक तीव्र परिवर्तनले गर्दा शरीर भद्धा देखिने, असजिलोपन आउने, अल्छी हुने, अनियमित रुपमा जे पायो त्यही खाने बानीले उनीहरुमा रक्तअल्पता
हुन गई शक्तिहीनता, थकावट तथा संवेगात्मक तनाव
देखापर्दछ । केहीहरुमा महीनावारीको कारणले गोडा तथा गोलीगाँठाहरु सुन्निने गर्दछ ।
ख.
Effects on Attitude धारणा एवम व्यवहारमा असर
यौवनवस्थाको तीव्र वृद्धिको कारणले वालवालिकाहरुको धारणा एवं
व्यवहारमा समेत असर पर्दछ । विशेषगरी यस वृद्धिको असर केटीहरुमा धेरै पर्दछ जसलाई सामाजिक
परिवेशले मुख्य भुमिका खेलेको हुन्छ । उनीहरुको व्यवहार एवं सोचाइमा परेको असरलाई निम्न
तवरले दसाउन सकिन्छ:
अ.
एक्लै बस्ने इच्छा: तिव्र शारिरीक परिवर्तनको कारणले रिसाउने, झगडागर्ने, आफुलाई अन्याय परेको महशुश गर्ने, अनावश्यक नकारात्मक सोचको विकास गर्ने इत्यादी ।
आ.
दिकदारीपन: खेलप्रती कम रुची, विद्यालय क्रियाकलाप्रती कम चासो, सामाजिक गतीविधीमा कम सहभागी ईत्यादी ।
इ.
अधैर्यपन: यस अवस्थामा उनिहरुको मुटु र धमनी बिच सन्तुलन भएको
हुँदैन जसले बढी क्रियाशिल हुने तथा अधैर्यपन देखापर्दछ ।
ई.
असमन्वय: लोसे, बोधो र भछा हुने ।
उ.
सामाजिक अराजकता: असहयोगी, असहमत, अराजक प्रवृती, सामाजिक उत्तरदायीत्वमा कमी ।
ऊ.
आत्मविश्वासमा ह्रास: अविभावक तथा साथीभाईको आलोचनाका कारण उनिहरुमा
डर पैदा भई वा हिनताबोध भई आत्मविश्वासमा कमी आँउदछ ।
ऋ.
उच्च संवेगात्मक अवस्था: एकोहोरो हुने, झनक्क रिसाउने झर्किने कराउने, आत्तीने, दुखी हुने ईत्यादी नै उच्च संवेगात्मक अवस्था हो ।
ऌ.
अत्याधिक विनम्रता: उनिहरुमा भएको परिवर्तन अन्य व्यक्तीलाई
जानकारी भएपछि उनिहरु व्यवहारमा उक्त व्यक्तीमाथी भिन्नै हुन्छ जहाँ उनिहरु अत्याधिक
विनम्र बन्न खोज्दछन् ।
Effects of Deviant Maturing फरक परिपक्वपनको असर
बालबालीकाहरु यौवनवस्थामा फरक किसिमले प्रवेश गर्दछन् । कसैले
छिटो परिपक्वता प्राप्त गर्दछन् भने कसैले ढिलो परिपक्वता प्राप्त गर्दछन् । विशेषगरी
जसले छिटो वा तिव्र गतीमा परिपक्वता प्राप्त गर्दछन् उनिहरु स्फुर्ती, चनाखो एंव आकर्षक हुन्छन् भने ढिला वा मन्द गतीमा
परिपक्वता प्राप्त गर्ने बालबालीकाहरु चिन्तित, विद्रोही भावना भएका तथा उनिहरु असामाजिक कार्यप्रती झुकाव तथा
एकाग्रतामा कमी पाईन्छ । त्यस्तै छिटो परिपक्व हुनेहरु सामाजिक एंव शैक्षिक उपलब्धी
राम्रो हासिल गर्दछन् ।
Sources of Concern during Puberty यौवनवास्थामा चासोका स्रोतहरु
यौवनवस्थामा आएको शारीरिक परिवर्तनको कारणले आफ्नो शारीरिक परिवर्तन
उचित तवरले भएको वा नभएको भन्ने कुरा एउटा चासाको विषय बन्न पुग्दछ । उक्त परिवर्तनलाई
उसले आफ्नो साथी समुहसँग तुलना गरी जानकारी प्राप्त गर्दछ । केही बालबालीकाहरु उक्त
परिवर्तन प्रर्ति अनभिज्ञता प्रकट गनर्,े झस्किने तथा तर्सिने समेत गरेको पाईन्छ । त्यसैले उनिहरुको शारीरिक वृद्धी उचित
तबरले भए नभएको वा यौवन परिपक्वता आए नआएको कुनै एक चासोको विषय बन्न पुग्दछ जसलाई
निम्न दुई प्रकारले उल्लेख गर्न सकिन्छ:
क.
Concern about Physical Normacy
शारीरिक विशेषताहरु सामान्य वा असमान्य के
छन् भन्ने सम्वन्धी चासो
आफ्नो साथीभाईको शारीरिक परिवर्तनलाई नजिकैबाट नियालेर हेरिरहेका
हुन्छन् जसले गर्दा आफ्नो शारीरिक परिवर्तन सोही अनुरुप वा भिन्न छ भन्ने एक चासो हुन्छ
जसलाई निम्न बुँदागत रुपमा तल देआईएकोछ:
अ.
केटाहरुको चासो: वीर्य प्रवाह वा Noctural Emission, दितीय यौन विशेषताहरु, केटीहरुप्रतीको
चासोमा कमी विपरित लिंग लाई आकर्षण गर्न नसकेपछि आफ्नो चासो गुमाउनु।
आ.
केटीहरुको चासो: प्रथम रजस्वला First Menarche, गौण यौन विशेषताहरु जस्तै: स्तन, रौँ, एवँ हिप ठुलो, यौनाकर्षणको अभाव, विपरित लिंगलाई आफुतिर आकर्षण गर्न सकिदैन
भन्ने चासो।
इ.
केटा केटी दुवैका चासोहरु: यौनाङ्गहरु बारेको चासा या शारीरिक असमानूपात, भद्दापन, हस्तमैथुन (Masturbation)
आदि ।
ख.
Concern about Self-Sex Appropriateness
आफ्नो यौन उचित व्यवाहार छ छैन भने बारेको
चासो
आफ्नो लिङगीय व्यवहार उचित छ वा छैन भन्ने कुरा नै एक चासोको
विषय हो जसलाई उनीहरुले आफ्नो घर, परिवार, शिक्षक, पत्र पत्रिका, रेडियो, टि.भि इत्यादी बाट
प्राप्त गरेको हुन्छन् । यस सम्बन्धमा निम्न पक्षमा चासोहरु पाइन्छन्:
अ.
आकारमा चासो: केटाहरुले आफ्नो साथीको उचाइ, तौललाइ तुलना गर्ने तथा केटीहरुले आफ्नो साथीको
उचाई, तौल लाई तुलना गर्ने ।
आ.
ज्ञानेन्द्रिय सम्बन्धि चासो: प्राथामिक यौवन विशेषताहरुको उचित विकास हुन्छ
वा हुदैन ईत्यादी नै चासोको बिषय हो । त्यस्तै सहायक यौवन विशेषताहरु प्रति पनि चासो
रहने गर्दछ ।
Unhappiness during Puberty यौवनावस्थामा बेखुशीपन
सामान्यतया मानव जिवनमा कुनै उमेरमा बढी खुशी तथा सुखी महशुस
गर्छ भने कुनै उमेरमा बढी दुःखी महशुस गर्दछ । विशेष गरी मानिसको शारीरिक तथा मानसिक
सन्तुलन नै सुखीपनको श्रोत हो । त्यसैले मानव जिवनको शैशव अवस्था लाई सबैभन्दा सुखी
र यौवनावस्थालाई सबैभन्दा दुःखी अवस्था मानिन्छ । यसलाई यौवनावस्थाको वेखुशीपन पनि
भनिन्छ । मनोवैज्ञानिकहरुको अध्ययन अनुसार मानव जिवनमा तिनवटा A's हरुनै खुसीको श्रोत मानिन्छ
। उक्त तिनवटा A's प्राप्त नभएमा वेखुशी मानिन्छ । ति तिनवटा A's हरु निम्न रहेका पाईन्छ:
क.
Acceptance (स्वीकृति): यस अन्तर्गत आत्मास्वीकृति र सामाजिक स्वीकृति
पर्दछन् । कुनै पनि वालवालिकाले आफ्नो शारिको आकार प्रकार उचाई, मोटाई, शारीरिक अंगहरु उचित हुन् तथा अन्य व्यक्तीले उचित मानुन भन्ने
चाहन्छन् । यदी समाजले उचित ठान्दछ भने मात्र आत्मस्वीकृती आफ्नो शारीरिक वृद्धी प्रति
हुन्छ ।
ख.
Affection (माया स्नेह): अन्य अवस्थामा जस्तै यस अवस्थामा
पनि बालबालिकाहरु अन्य व्यक्तिबाट माया स्नेहको अपेक्षा राखेका हुन्छन् । उनिहरुको
सोचाई अनुसारको माया तथा स्नेह प्राप्त नभएमा उनिहरु बेचईन रहने तथा बेखुसी हुने गर्दछन्
। त्यसैले उनिहरुले प्राप्त गरेको माया तथा स्नेहमा यौवन अवस्थामा आएको परिवर्तनलाई
स्विकार गर्ने तथा नगर्नेमा भर पर्छ । जसले माया प्राप्त गरेको छ उसले उक्त परिवर्तनलाई
सजिलै स्विकारछन् ।
ग.
Achievement (उपलब्धी): उपलब्धी प्राप्तीको लागी
यस अवस्थामा केही हद सम्म शारीरिक कमजोरी छ भने अर्को तिर केटीहरुको हकमा परम्परागत
मान्यताले पनि असर गरेको हुन्छ । यस अवस्थाका बालबालिकाहरुले आफ्नो न्युन उपलब्धिलाई
जिवनको ठुलै हार मान्छन् जसको कारणले आफु अन्य साथीहरु भन्दा तल परेको महसुस गर्छन्
।
Control of Unhappiness during Puberty बेखुशीपन नियन्त्रणका केही
उपायहरु
यौवनावस्था मानव जिवनमा तिव्र वृद्धी र विकास मध्ये एक हो जसको
शारीरिक भन्दा मानसिक तनाव बढी बालबालीकाहरुमा पर्छ । त्यसैले यसलाई Negative
Phase पनि भनिन्छ । यस
अवस्थामा देखीएको बेखुसीपन दिर्घकालसम्म रहिरहने भएकोले उक्त बेखुशीपनका कारक वा तत्वहरुलाई
पहिचान गरी त्यसको नियन्त्रण तथा व्यवस्थापन गर्न सकेमा उनिहरुको बाँकी जिवन सफलमय
रहन्छ भन्ने कुरा माथी विस्वास गर्न सकिन्छ । त्यसैले उक्त उमेरका बालबालिकाहरुको प्रत्यक्ष
संलग्नमा रहने घर परिवार, शिक्षक, शिक्षिका, साथीभाई एवम समाजले सकारात्मक सोच राखी एक गहन भुमीका निर्वाह
गनु पर्छ । उक्त बेखुसीपनलाई नियन्त्रण एवम व्यवस्थापन गर्न केही सुझावहरुलाई प्रस्तुत
गरीएको छ:
क.
मानव वृदी र विकास सम्बन्धिका कुराहरुलाई पाठ्यक्रममा समाबेश
गरीनु पर्छ र तिनको अध्ययन बालबालीकाहरुलाई गराउनुपर्छ ।
ख.
उक्त उमेरका बालबालिकाहरुको प्रत्यक्ष संलग्नमा रहेका व्यक्तिहरुले
यौवनावस्थााको बारेमा उचित परामर्श दिनुपर्छ ।
ग.
उनीहरुमा भएको व्यक्तिगत शारीरिक भीन्नतालाई सकारात्मक सोच राखी
सहानुभुतीपुर्ण व्यवहार गरीनुपर्छ ।
घ.
उनीहरुको जिज्ञाशु भावनालाई न्यायोचित कदर गरीनुपर्छ ।
ङ.
उनीहरुमा आएको नकारात्मक सोचलाई समयमा नै परामर्श दिलाउनु पर्छ
।
च.
उनीहरुको शारीरिक समस्यालाई उपचार तथा मानसिक समस्यालाई उचित
सल्लाह तथा सुझाव दिनु पर्छ ।
छ.
उनीहरुको थोरै प्रगतीलाई पनि ठुलै सफलता भनि हौसला प्रदान गर्नु
पर्छ ।
ज.
उनीहरुको संवेगात्मक क्रियाकलापहरुलाई अस्थाई हुन भनि अभिभावकहरु
सकारात्मक भई दिनुपर्छ ।
झ.
उनीहरुलाई प्रोत्साहन तथा प्रेरणा दिएर आत्मबल तथा आत्मविश्वास
बढाउने काम गरिनुपर्छ ।
ञ.
उनीहरुलाई सामाजिक मुल्य, मान्यताको बारेमा स्पष्ट जानकारी गराई सही मार्ग निर्देशनमा
लगाउनु पर्छ ।
3.2.11 Hazards of Puberty यौवनास्थाका संकटहरु
मानव विकासका अन्य चरणहरुमा जस्तै यस चरणमा पनि विभिन्न खतराहरु
देखा पर्दछन् । विशेषगरी यस समयमा शारीरिक अवस्थामा तिव्र वद्धी एवम विकास हुने भएकोले
शारीरिक सँकट देखा पर्छ भने सामाजिक समायोजन गर्ने क्रममा बालबालिकाहरुले थुप्रै अप्ठ्यारा परिस्थीतीलाई
झेल्नु परेकोले मानसिक खतराहरु देखा पर्दछन् । त्यसैले यस अवस्थाका सँकटहरुलाई शारीरिक
र मानसीक सँकट गरी दुई भागमा विभाजन गरेको पाईन्छ जसलाई तल उल्लेख गरीएको छ:
क. Physical Hazards शारीरिक संकटहरु
अ.
विरामीपन: पाचनप्रणालीमा गढबडी, टाउको, ढाड दुख्नु, कम्मर दुख्नु
आ.
दुर्घटना: अङगभङग हुने
इ.
आत्महत्या: हिन भावना, आत्मबलमा कमी, नकरात्मक सोच
ई.
ईन्डोक्राईन ग्रन्थीको कार्य क्षमतामा कमी: हार्मोन कम उत्पादन
भएमा शारीरिक विकासमा असन्तुलन हुन्छ । त्यस्तै उचाईमा कम वा ढिलो परिवर्तन हुने गर्छ
। पियुस ग्रन्थी र यौन ग्रन्थी बिचमा असन्तुलन भएमा यौन उत्तेजित हुने तथा शारीरिक सँकट देखिने हुन्छ ।
ख.
Psychological Hazards मानसिक संकटहरु
अ.
असुहाउंदो आत्म विश्वास: अधैर्य हुने, भ्रमपुणमा पर्ने, एक्लो महशुस गर्ने, टोलाएर बस्ने, एकोहोरीने आदी
आ.
प्राप्तीमा कमी: अन्य सरह सफलता प्राप्तीमा कम भएमा
इ.
शारीरिक परिवर्तनको अभाव महसुस हुनु: शारीरिक परिवर्तन वा वृद्धी
अरुको तुलनामा भिन्न भएमा
ई.
यौवनावस्थाको परिवर्तनप्रती तयारी ज्ञानको अभाव: यौवनवस्थामा
भएको परिवर्तनप्रति पुर्व जानकारीको अभाव भएमा उनिहरुमा मानसिक सँकट उत्पन्न हुन्छ
।
उ.
समाजमा यौन भुमीकाको अनुचित कदर: रजश्वला एक प्राकृतिक नियम
हो भन्ने कुरा समाजले नलिदा केटाको कार्य केटाले नै केटीको कार्य केटीले नै गर्नु पर्ने
बाध्यता छ ।
ऊ.
यौन परिवर्तनमा विचलन: ढिलो परिपक्वता प्राप्त गने हरुले बढी
शारीरिक समस्या झेल्नु पर्छ भने उसले बढी मानसिक सँकटलाई पनि झेल्नु पर्ने हुन्छ ।
***
Click for the Next Lesson: https://limbuchandrabahadur.blogspot.com/2025/04/stages-of-human-development-adolescence.html
Post a Comment