Header Ads

 


Stages of Human Development: Adolescence किशोरावस्था B.Ed. 2nd Year 'Educational Psychology'

   Adolescence किशोरावस्था

किशोरावस्थाको परिचय

मानव विकास क्रममा यौवनावस्था र प्रौढवस्था बिचको चरण नै किशोर अवस्था हो । वर्तमान परिपेक्ष्यमा जव बालबालिका शारीरिक, मानसिक, संवेगात्मक एवं सामाजिक रुपमा तयार हुन्छन् भने उक्त अवस्थालाई किशोरावस्था भनिन्छ । यसको अवधी १३ वर्ष देखी १८ वर्ष सम्मलाई मानिन्छ । यस अवस्थालाई मनोवैज्ञानिकहरुले Early Adolescence (१३–१६) Late Adolescence (१७ – १८) वर्ष सम्म गरी दुई भागमा विभाजन गरेको पाईन्छ । यस अवस्थामा उनिहरुले मताधिकार प्राप्त गर्दछन् । यस अवस्थालाई विभिन्न तवरले परीभाषीत गरेको पाईन्छ ।

As it is used today, the term adolescence has a broader meaning.  It includes mental, emotional, and social maturity as well as physical maturity  -  Hurlock

Development transition between childhood and adulthood entails major physical, cognitive, and psychological changes.   - Papaliya

Adolescence भन्ने शब्द Latin भाषाको “Adolescere”  भन्ने शब्दबाट लिईएको हो जसको अर्थ “to grow or maturity” भन्ने हुन्छ । त्यसैले किशोरावस्थाको अर्थ परिपक्वता तर्फ बढ्नु भन्ने बुझिन्छ । यस अवस्थालाई “Teen Age” पनि भन्ने गरिन्छ जुन ज्यादै महत्वपुर्ण मानिन्छ । Jean Piaget भन्दछन्: ‘The age of great ideals and the beginning of theories as well as the time of simple adaptation to reality.’  यस अवस्थाका किशोरकिशोरीहरु विशेष गरी कामुक्ता, भावुक, सामाजिकता एवँ विरोधी भावनाका समेत हुन्छन् ।

Characteristics of Adolescence किशोरावस्थाका विशेषताहरु

  क.   किशोरावस्था एक महत्वपुर्ण अवस्था हो। परिवर्तनको प्रभाव शारीरिक एवं मानसिकमा हुन्छ । नयाँ धारणा, आदेश, मुल्याङकनको पहिचान एवं भविष्यको लक्ष्य निर्धारण हुने गर्दछ।

  ख.  किशोरावस्था एक संक्रमणको अवस्था हो । एक अवस्थाबाट अर्को अवस्थामा जानु नै सङक्रमण अवस्था हो । पुरानो व्यवहार एवम आदतलाई छाडेर नयाँ व्यवहार एवं सोच तर्फ अघी बढ्ने समय तथा एक महत्वपुर्ण अवस्थालाई एक निश्चित वा दृढ स्वरुपमा परिणत गराउने उमेर वा अवस्था हो ।

  ग.   किशोर अवस्था एक परिवर्तनको अवस्था हो । पाँच प्रकारका परिवर्तनहरु:

अ.      संवेगात्मक परिवर्तन; उच्च संवेगको कारणले असाधारण कार्य गर्न तत्पर हुनु ।

आ.   तिव्र गतीको विकास: यौन क्षमता वा रुचीमा तिव्र विकास ।

इ.        शारीरिक परिवर्तन तथा रुची वा सामाजीक दायीत्वमा परिवर्तन ।

ई.        आदर्श वा मान्यतामा परिवर्तन ।

उ.        परिवर्तन प्रतीको दोधारे भावना

   घ.    किशोर अवस्था एक समस्यायुक्त अवस्था: आफ्नो समस्याको समाधान आफै गनुपर्ने तर अनुभवको कमीको कारणले समस्या आउन सक्छ कीनकी बाल्यकालमा आमाबुबा वा शिक्षक बाट समस्याको हल हुन्छ ।

   ङ.     किशोर अवस्था एक परिचय खोज्ने समय हो: “ ऊ को हो ? समाजमा उसको     भुमिका  के हो ? ऊ केटा केटी हो कि प्रौढ ? ऊसमा श्रीमान् वा श्रीमती हुने क्षमता छ छैन ? जस्ता अहम सवालहरुले उसको परिचय खाजीरहेका हुन्छन् ।’’

  च.   किशोरअवस्था एक डरपोक अवस्था हो: उच्च संवेगका कारण जस्तै कार्य पनि गर्ने भएकोले त्यसपछि के हुने हो त्यसको परिणाम नराम्रो हुने होकी भनरे डरमान्ने अवस्था हो । 

  छ.   किशोरअवस्था एक अयथार्थबादी समय हो । काल्पनिक, अहम भावना बढी, दिवा सपनामा मस्त, वास्तविकता भन्दा बाहिरी सोच हुने गर्दछ ।

  ज.   किशोरअवस्था वयस्कअवस्थाको संघारको अवस्था हो: शारीरिक मानसिक एंव संवेगात्मक रुपमा परिपक्व बनी आफु सक्षम छु भनेर देखाउने वा एक वयस्क भनी चिनाउने अवस्था हो । तथा वयस्क व्यवहार नक्कल गर्ने भएकोले संघारको अवस्था हो ।

 Developmental Tasks of Adolescence किशोरावस्थाका विकासात्मक कार्यहरु

बालबालिकाहरुको जतिमात्रामा शारीरिक तथा यौन परिपक्वता प्राप्त गर्दछन् त्यती मात्रामा बौद्धिक क्षमताको विकास भएको हँुदैन । त्यसकारणले गर्दा उनीहरुले विशेषगरी संवेगात्मक तथा सामाजीक पक्षसंग सम्बन्धीत समस्याहरुको सामना गर्नुपर्ने हुन्छ । यसैक्रममा आफुलाई आत्म निर्भर बनाउनको लागी उनिहरुले गर्ने कार्य नै विकासात्मक कार्यहरु हुन् । प्रसिद्ध मनोवैज्ञानिक Havighurst का अनुसार किशोर अवस्थाका विकासात्मक कार्यहरु निम्न रहेको पाईन्छ:

  क.   नयाँ र परिपक्व उमेर संगको सम्बन्ध प्राप्त गर्नु: आफ्नो सम्बन्ध बालबच्चाहरुसंग नभई आफुभन्दा ठुला एंव परिपक्व व्यक्ती संग कायम गर्न चाहन्छन् ।

  ख.  पुरुष वा स्त्री उचित सामाजीक भुमीका प्राप्त गर्नु:एक परिपक्व पुरुष वा स्त्री सरह समाजमा आफ्नो भुमीका निर्वाह गर्नु ।

  ग.   उपयुक्त शरीरको प्राप्ती तथा त्यसको प्रभावकारी प्रयोग: आफ्नो शरीर हृष्टपुष्ट, आकर्षक, सुन्दर बनाउन विभिन्न कार्य गर्नु ।

  घ.    सामाजीक जवाफदेही पुर्ण व्यवहारको चाहना, स्वीकृती र प्राप्ती: समाजले कुनै पनि जिम्मेबारी दियोस भन्ने चाहना तथा त्यस अनुरुप कार्य गर्नु ।

  ङ.     अभिभावक तथा प्रौढहरुबाट संवेगात्मक स्वतन्त्रताको प्राप्ती ।

  च.   आर्थीक आधारको तयारी ।   

  छ.   विवाह तथा पारिवारीक जीबनको तयारी

  ज.   मुल्य र नैतीक प्रणालीलाई व्यवहार र बिचारधाराको  

 Physical Changes during Adolescence किशोरावस्थाका शारिरिक परिवर्तनहरु

  क.   वाह्य परिवर्तनहरु: उचाई (केटीहरु १८ बर्ष सम्म र केटाहरु २१ बर्ष सम्म उचाई बढ्ने सम्भावना हुन्छ ।), तौल, शारीरिक अनुपात, हात, पाखुरा, तिघ्रा, छाती पुष्ट देखीनु यौन अंगहरु, सहायक यौनाङ्गहरु ।

  ख.  Internal Changes आन्तरीक परिवर्तनहरु:

अ.   पाचन प्रणाली: पेटको आकारमा वृदी, अनुहारका भित्ताहरु वलियो, खाद्यनलीको विकास

आ.            रक्तसञ्चार प्रणाली: केटीको भन्दा केटाको मुटुको धड्कन छिटो हुनु, जन्म भन्दा १२ गुणाले धड्कन् वढ्नु तथा रक्तनलीको लम्बाई र चौडाईमा विकास हुनु ।

इ.     सास प्रश्वास प्रणाली: फोक्सोको आकारमा वृद्धी, केटीहरुमा १७ वर्षसम्ममा र केटाहरुमा १९ वर्षमा स्वासप्र्रस्वासमा वृदी हन्छ ।

ई.     इन्डोक्राईन प्रणाली: यौवनअवस्थामा भएको असन्तुलन यस अवस्थामा सन्तुलीत भई उक्त प्रणालीको राम्रो विकास हुन्छ ।

उ.     शारीरिक तन्तुहरु: हड्डी, मासंपेशी, तन्तुहरुको विकास भई समग्र शारीकि वृद्धी वा पुष्ट देखीनु ।

Adolescence as a Period of Storm & Stress

किशोरावस्था एक ‘आँधी र तुफानको अवस्था’

यस अवस्थामा बालबालीकाहरुको अत्याधिक रुपमा शारीरिक तथा यौन परिपक्वता आउँदछ । यौवनवास्थामा उत्पादीत ती हार्मोनहरुको असन्तुलनको असर उनीहरुमा यस अवस्थामा देखा पर्दछ जस्ले उनिहरु उच्च संवेगात्मक कार्यहरु गर्ने गर्दछन् । उक्त संवेगलाई उनीहरुले विभिन्न तवरले अभिव्यक्त गर्ने गर्दछन् । संवेगात्मक अवस्थामा उनीहरु बढी खुसी हुने, झर्किने, रिसाउने, कसै संग नबोल्ने, डराउने, भगडा गर्ने इत्यादी कार्य गर्दछन् । उनिहरुको सोच अनुसारको स्थान घर परिवार तथा समाजमा नपाउनु, नराम्रो मानिदीनु, वा कमजोर ठानीदिनु आदी कारणले गर्दा उनिहरु उत्तेजित हुने गर्दछन् । यस अवस्थामा उनिहरु बलको घमण्ड गर्ने, कसैले सुझाव दिएको नमान्ने, जिद्धी स्वभाव देखाउने आदी गर्दछन् । त्यस्तै उनिहरुको सोच एंव व्यवहार सामाजिक मुल्य मान्यता विपरित भई दिन्छ जस्ले उनिहरुलाई विचलीत तुल्याई दिन्छ । यी विविध कारणहरुले गर्दा उनिहरु विध्वांसात्मक कार्यमा लाग्ने, घर छाडेर भाग्ने, अनियन्त्रीत हुने भएकोले यस अवस्थालाई आँधी र तुफानको अवस्था भनि संज्ञा दिईएको हो । उच्च संवेग हुने कारणहरु निम्न छन्:

  क.   शारीरीक ग्रन्थीहरुमा तिव्र परिवर्तन् र नयाँ वातावरणमा समायोजनमा कठीनाई

  ख.  वृद्धी र विकासमा व्यक्तिगत भिन्नता तथा अत्याधिक सामाजिक दवाब

  ग.   राजनितिक एंव धार्मीक बिचार र पारिवारीक सम्बन्धमा कटुता वा आर्थीक स्थिती

  घ.    शैक्षिक उपलब्धीमा कमी साथै भविष्यको चिन्ता एंव रोजगारीको चिन्ता ।

Social Changes during Adolescence सामाजिक परिवर्तन

किशोरावस्थामा सामाजिक समायोजन गर्नकालागी उनिहरुले विभिन्न समस्या झेल्नु पर्दछ । उनिहरुले आफुलाई सामाजिक समायोजन गराउन कडा मेहनत गर्नु पर्ने हुन्छ । त्यस्तै उनिहरुले सामाजिक मुल्य र मान्यता लाई नयाँ सोचमा बदल्ने तथा पुरानो सँस्कृतीलाई मोड्न चाहन्छन् जुन वास्तवमै कडा कार्य हो । यसरी नै यस अवस्थामा उनिहरुलाइ सामाजिक परिवर्तन गराउनमा उनिहरुको आफ्नै साथी समुह पनि एक हो जुन उनिहरुको एक वास्तविक संसार हो । यस अवस्थामा बनाईएका साथीहरु भविषय सम्म पनि रहने भएकाले यसले विशेष महत्व राख्दछ । उनिहरुको साथी समुह सकारात्मक तथा नकारात्मक पनि हुन सक्छ । राम्रो साथीको संगतले राम्रो बाटोमा लैजान्छ भने नराम्रो साथीको संगतले खराव बाटोमा लैजान्छ जसले समाज विरोधी एंव परिवार विरोधी कार्य समेत गर्दछन् । किनकी यस समयमा उनिहरु आफ्नो साथी समुहको सल्लाह सुझाव तथा निर्णयमा भरपर्ने गर्दछन् । तर जव उनिहरु परिपक्व हुन्छन् त्यसै समयदेखीनै उनिहरुको साथीको प्रभाव कम हँुदै जान्छ । किशोरावस्थामा सामाजिक समायोजनका क्रममा देखीने मुख्य विशेषताहरु निम्न रहेका छन्:

  क.   सामाजिक व्यवहारमा परिवर्तन

  ख.  समाजप्रतीको दृष्टीकोण, सामाजिक व्यवहार, सामाजिक रुचीमा परिवर्तन

  ग.   नयाँ सामाजिक मुल्यको विकास: अनेकौं व्यवहारलाई गहिरो सोचका साथ व्यवहारलाई गहिरो अध्ययन गरी सामाजिक रहन सहन, मुल्य मान्यतामा स्पष्ट धाराणाको विकास गर्न चाहन्छन् ।

  घ.    समान उमेर समुहको बढी प्रभाव: उनिहरुको हर निर्णयमा साथी समुहको प्रभाव रहन्छ ।

Social and Mental Development during Adolescence

किशोरावस्थामा सामाजिक र मानसिक विकास

मानव शिशुको विकास हुदै जाने क्रममा वंशानुगत गुण एंव सामाजिक वातावरणको अन्तक्रियाको परिणाम स्वरुप उसको सामाजिक तथा व्यक्तीगतगुणको विकास हँुदै जान्छ । कुनै पनि व्यक्तिको सर्वाङीण विकास भनेको उसको शारीरीक, मानसिक, संवेगात्मक र सामाजिक विकासको समष्टीगत रुप हो ।

Social Development during Adolescence सामाजिक विकास

कुनै पनि व्यक्तिको सामाजिक विकास भन्नाले उसको सामाजिक समायोजन तथा सामाजिक परिवर्तन हो जहाँ उसले आफ्नोप्रत्यक्ष वा अप्रत्यक्ष समबन्ध समाजमा राख्दछ । त्यस्तै समाजले निर्धारण गरेको मापदण्ड अनुसारको आचरण वा व्यवहार प्रदशित गर्नु नै सामाजिक समायोजन वा विकास हो । प्रसिद्ध मनोवैज्ञानिक Hurlock को भनाईमा “ Social development means acquisition of ability to behave in accordance with social expectation “.

सामाजिक विकासमाअसर पु–याउने तत्वहरु

अ.   साथी समुहको वढ्दो प्रभाव: Hurlock - Adolescents spend most of their time outside the home with members of the peer group. Understandably, peers would influence adolescent attitudes, speech, interest, appearance, and behaviour more than the family does.

आ.      वंशानुक्रम, आर्थीक स्थीती अनि विद्यालय तथा शिक्षक

इ.     परिवार, संवेगात्मक विकास, सामाजिक व्यवस्था ( मुल्य मान्यता, परम्परा, संकृती

ई.     शारीरीक एंव मानसिक विकास

Mental Development during Adolescence मानसिक विकास

किशोरावस्थामा मनोवैज्ञानीकहरुको भनाई अनुसार मानसिक क्षमताको विकास आर्थीक मात्रामा हुन्छ । यस अवस्थामा उनिहरु अनुमान गर्ने, सोच्ने, तर्कदिने, कारण खोज्ने जस्ता कार्यहरु गर्दछन् । त्यस्तै उनिहरुमा विचार गर्ने वा चिन्तन् गर्ने, वुझ्ने वा विश्लेषण गर्ने तथा अनुमान गर्ने जस्ता गुणहरुको समेत विकास हुन्छ जसले उनिहरुको मानसिक परिपक्वता तथा मानसिक विकासलाई जनाउँछ ।

मानसिक विकासमाअसर पु–याउने तत्वहरु

  अ.   वंशाणुगत गुण, परिवारिक वतावरण र परिवारको सामाजिक तथा आर्थीक अवस्था

   आ.   अभिभावकको शिक्षा, सामाजिक मुल्य र मान्यता, शिक्षक तथा साथी समुह

3.3.6        Family Relationship during Adolescence

किशोरावस्थामा पारिवारिक सम्बन्ध

पारिवारिक सम्बन्ध मानव जिवनमा अति महत्वपुर्ण पक्ष मानिन्छ । तथापी मानव जिवनमा देखा परेका विभिन्न परिवर्तनहरुको कारणले किशोरावस्थामा आइ पुग्दा उसको पारिवारीक सम्बन्धमा परिवर्तन देखा पर्दछ जुन कुरामा मनोवैज्ञानिकहरुको एक मत रहेको पाइन्छ । किशोरावस्थामा आउने यौन परिपक्वता , शारीरिक एवं संवेगात्मक विकासले गर्दा उनीहरु आफनो परिवारको सदस्य एवं अन्य सँगको सम्बन्धमा केही परिवर्तन देखा पर्दछ जसलाइ यस अवस्थाको पारिवारीक सम्बन्ध भनिएको छ । यस अवस्थामा पारिवारीक सम्बन्ध सुमधुर हुन नसक्नुको मुख्य कारण पुस्ता अन्तर (Generation Gap)  वा साँस्कृतिक अन्तर (Cultural Gap)   लाई मानिएको छ । किशोरकिशोरीहरुको बुझाइमा – उनीहरु हामीलाई बुझ्दैनन्, त्यसकारण उनीहरु पुराना ढाँचाका छन् (Many adolescents feel their parents do not understand them and that their standards of behaviours are old fashioned .) । पारिवारीक सम्बन्ध सुमधुर नहुनमा केही सामान्य कारणहरु निम्न रहेको पाइन्छ:

क.      अभिभावकको भनाइ र गराइलाक्ष् पुरानो ढाँचाको पाउनु

ख.     विपरीत लिङ्ग प्रतिको झुकाव

ग.      परिवारको अन्य सदस्यलाइ बढी गरेको देख्नु

घ.       परिवारको आकार

ङ.        पारिवारीक कडा अनुशासन तथा दण्डपुर्ण व्यवहार          

च.      साथी संगत

छ.      परिवारको आर्थिक अवस्था तथा आपनो जिद्दीपन

ज.      आपनो नातेदार प्रतिको तटस्थता

Personality Change during Adolescence

किशोर अवस्थामा व्यक्तित्व परिवर्तन

व्यक्तित्व भन्नाले कुनै पनि व्यक्तिको शारीरिक रुप, रङ, आकृति लगायत उसको सम्पुर्ण व्यबहारिक ढाचा र विशेषतालाई बुझाउछ। प्रत्येक व्यक्तिको रुप, रङ, तथा व्यबहार फरक - फरक हुने भएकोले गर्दा व्यक्तित्वमा पनि भिन्नता पाइन्छ । यसरी नै व्यक्तिको बंशाणुक्रम र वतावरणीय गुणहरुको निरन्तर र समय सापेक्ष गुणनै व्यक्तित्व हो। Drever को भनाइमा ञव्यक्तिको शारीरिक, मानसिक, नैतिक, तथा सामाजिक गुणहरुको एकीकृत र गतिशील स्वरूपलाई व्यक्तित्व भनिन्छ । यसैगरी Alloport भन्छन्: व्यक्ति भित्रको मनोशारिरिक प्रणालीको गतिशील संगठनलाई व्यक्तित्व भनिन्छ जसले उसको वातावरणप्रती हुने विशेष समायोजनलाई निर्धारण गर्छ। त्यसैले व्यक्तित्व निर्माण एउटा निरन्तर प्रक्रिया हो जसको विकास जन्म देखिनै शुरु हुन्छ । सफल जिवनको लागी एक प्रभावशाली व्यक्तित्वको खाचो पर्दछ।

किशोरअवस्थामा आइपुग्दा बाल्यावश्थामा स्थापित भएका व्यक्तित्वको गुणहरुले स्थायित्व ग्रहण गर्न थाल्दछन् । र बाकी जिवनको अवधिमा यसमा परिवर्तन हुने क्रम जारी रहन्छ । अत: उनीहरुको व्यक्तित्वमा परिवर्तन ल्याउने तत्वहरुलाइ निम्न बुदामा देखाउन सकिन्छ:

  क.   रुप:  कुनै पनि व्यक्तिको रुपनै उसको गहना हुन सक्छ जसको कारणले अरु व्यक्ति उप्रति आकर्षित हुन्छन् । वास्तवास्तवमा नै असल वा राम्रो रुप भएकाहरू सग सबै प्रभावित हुन्छन् भने उसको रुपको वा सुन्दरताको सबैले तारिफ गर्दछ्न । तर उसको रुपनै खराब छ भने उसको व्यक्तित्व बिकासमा प्रतिकुल असर पर्नुको साथै उसमा हिनताबोध हुने गर्दछ ।

  ख.   नाम र उपनाम: व्यक्तित्व विकासमा प्रभाव पार्ने अर्को तत्व भनेको नाम वा उपनाम पनि हो। किनकि जसको नाम वा उपनाम उचित वा असल छ उसले साथिभाइ वा आफ्नो दौँतरीबाट प्रसंशा प्राप्त गर्छ जसले व्यक्तित्व बिकासमा सकारात्मक भुमिका खेल्दछ। नाम वा उपनाम राम्रो नहुदा साथीहरू माझ लाजमर्दो परिस्थितिको सामना गर्नुपर्ने हुन्छ।

  ग.   यौन उपयुक्तता: मानिसको शारीरिक संरचनामा भिन्नता पाइन्छ । पुरुषहरूको शारीरिक संरचना महिलाहरुको भन्दा भिन्नै हुन्छ । हरेक व्यक्तिको शारीरिक बनावट आफ्नै लिङ्गीय विशेषता झल्काउने खालको हुन्छ । केटाहरु अग्लो, जिउ लागेको, गोरोपन भए सबैले मनपराउछन अनि तारिफ गर्दछन् भने केटीहरु छाती उठेको, पातलो शरीर , छिनेको कम्मर , लामो कपाल , मधुर बोली आदि भएमा सबैले मन पराउछन् । त्यो नै उनिहरुको यौन उपयुक्तता हो। तर केटामा केटीको विशेषताहरु अनि केटीमा केटाहरुको विशेषता भएमा उनीहरु विपरीत लिंगलाइ आकर्षण गर्न सक्दैनन् जुन यौन अनुपयुक्तता हो ।

  घ.    पारिवारिक सम्बन्ध: पारिवारिक सम्बन्ध असल रहनुमा हरेक सदस्यहरुको महत्वपूर्ण भुमिका हुन्छ । जुन परिवारमा पारिवारिक सम्बन्ध असल छ त्यो परिवारको घरायसी वातावरण उपयुक्त हुन्छ जसले गर्दा बालबालिकाहरुको उचित विकास हुने गर्द्छ। उनीहरुमा जिज्ञासु भाव तथा केहि गर्ने उत्सुकताको भावना पाइन्छ । तर परिवारमा झगडा, कलह, तनाव हुन्छ भने त्यो परिवारको बालबालिकाहरु खिन्न, उदासीन, तथा चिन्तित देखिन्छन् जुन एक नकारात्मक प्रभाव हो। यस्तो भएको खण्डमा उनीहरुको व्यक्तित्व विकासमा प्रभाव पर्छ ।

  ङ.      दौँतरी: व्यक्तित्व विकासमा आफ्नो साथी भाइ वा दौँतरीको पनि महत्वपूर्ण भुमिका हुन्छ । असल दौँतरी भए वा राम्रो व्यबहार भएको साथीहरूको संगत भएमा असल व्यक्तित्व निर्माण हुन्छ भने खराब संगत भएमा खराब आचरण अवस्य हुन्छ । किशोर अवस्थाको बालबालिकाहरुको बोली, व्यवहार, खानपिन आदिमा साथी समुहको धेरै असर परेको पाइन्छ । विभिन्न अनुसन्धानले देखाए अनुसार अपराधिक कार्यमा संलग्नहरु मध्ये ८० प्रतिशत भन्दा बढी यहीँ उमेरका हुन्छन् भन्ने कुरा देखाएकोछ ।

  च.   आकान्क्षा तह: कुनै पनि व्यक्तिको आ(आफ्नै इच्छा हुन्छ जुन उसको बौद्धिक,शारीरिक क्षमता, तथा सामाजिक(आर्थिक स्तर आदिमा भर पर्दछ। जब उसले आफ्नो पहुँचमा भएको चाहनालाई मात्रै इच्छा जनाएमा त्यो स्वतस् पुरा हुदै जान्छ र थप नयाँ कुरा सिक्न उत्साहीत हुन्छ तर प्रायः किशोर किशोरीहरु अवास्तविक वा काल्पनिक सोचमा हुने भएकोले आफ्नो क्षमता भन्दा माथि आफ्नो चाहना बोकेर हिड्ने भएकोले ति चाहनाहरु पुरा हुन सक्दैनन् जसल१उसको व्यक्तित्व निर्माणमा बाधा पुर्याउछ।

  छ.    अनुबंशिका: बंशाणुगत गुणकै कारणले कुनै पनि व्यक्तिको उचाई, मोटाइ, आकृति, स्वर, संवेग आदिको निर्माण हुने गर्दछ। त्यसकारण व्यक्तिको व्यक्तित्व निर्माणमा बंशाणुगत गुणको गहन भुमिका हुन्छ । बाबुबाजेको इज्जत, व्यक्तित्व, सामाजिक मान सम्मान आदिको आधारमा नै उसको व्यक्तित्व निर्माण हुन्छ। कुनै पनि व्यक्ति कति बुद्धिमानी तथा मुर्ख छ भन्ने कुरा उसको बंशाणुगत गुणमा प्रत्यक्ष भर पर्दछ।

  ज.    वातावरणीय तत्वहरु: व्यक्तिको व्यक्तित्व निर्माणमा जुन भुमिका बंशाणुगत गुणले खेलको छ त्यस्तै भुमिका वातावरणले पनि खेलेको छ। किनकि उसको बंशाणुगत गुण राम्रो भए मात्र पनि व्यक्तित्व असल नहुन सक्छ जुन कुरा उसले कस्तो वातावरण प्राप्त गरेको छ भन्ने कुरामा भर पर्दछ। किनकि उसको सम्बन्धमा रहने घर(परिवारको सदस्य, विद्यालयका साथीहरु, रहेको समाज आदिले उसको व्यक्तित्व निर्माणमा प्रत्यक्ष प्रभाव पार्दछ। किनकि पहाडी भेगमा भएको बोटबिरुवा तराईमा वातावरणको कारणले नहुन सक्छ।

  झ.   स्व:धारणा: हरेक वस्तु, आफ्नो समाज, सस्कृती र परम्परा , धर्म आदिको आधारमा कुनै पनि व्यक्तिको स्वस् धारणा निर्माण भएको हुन्छ जसको आधारमा उसले हरेक व्यक्ति र घटनालाई ग्रहण वा विश्लेषण गर्ने गर्दछ। त्यसैले कुनै पनि वस्तुलाई उसले कसरी ग्रहण गर्दछ भन्ने कुरा उसको स्वस् धारणामा भर पर्दछ जसको आधारमा उसको व्यक्तित्व निर्माण हुने गर्दछ।

  ञ.    परिपक्वता: विशेषगरी यौवन अवस्था देखि किशोरावस्थाका बालबालिकाहरु आफ्नो व्यबहार वा बोलिचाली बिना सोच गर्ने गर्दछन् । र पछी आलोच्य भएपछि त्यो कुरामा पश्चताप गर्दछन् । उनीहरुको त्यस्तो व्यबहार वा बोली आउनु भनेको उनीहरुको अपरिपक्वपन हो। त्यसैले जति उमेर बड्दै जान्छ उनीहरुको व्यबहार वा बोलिचालीमा पनि क्रमश सुधार वा आशा गरे अनुरुपको पाउन सकिन्छ ।किनकि उनीहरु परिपक्व बन्दै गइरहेका हुन्छन् । प्रौढहरुले आशा गरे अनुसारको व्यबहार प्रदर्शन नै परिपक्वताको सुचक हो। तर सबै व्यक्तिमा परिपक्वता समान उमेर वा समान समयमा नआउन सक्छ।

किशोरावस्थाका चाखहरु: सामाजिक , व्यैयत्तिक, मनोरञ्जनात्मक

किशोर अवस्थामा बालवालिकाहरुलाइ उनीहरुको लैगिक स्थिति, वौदिक क्षमता, वातावरण, साथी समुह, पारिवारिक स्थिति तथा शैक्षिक योग्यता आदिको कारणले रुचीमा विशेष प्रभाव पारेको देखिन्छ । रुची के हो भन्ने प्रसंगमा Crow and Crow भन्दछन  -Interest may refer to the motivation force that implies us to attend to a person, a thing or an activity.’  

किशोर अवस्थाका रुचिहरुलाइ तल देखाइएको छ:

क.   सामाजिक चाखहरु: सामुहिक क्रियाकलापमा आफुलाइ सरिक गराउने चाख नै सामाजिक चाख हो । जस्तै:

अ.   पार्टि तथा जमघटमा रमाउनु तथा वनभोज जानु ।

आ.   सार्वजानिक हितको कार्यमा सहभागी हुनु र राजनितिको बारेमा चासो राख्नु ।

इ.        भेटघाट तथा वार्तालाप गर्नु र अरुलाइ सहयोग गर्नु

ई.        आलोचना सुन्न, सुधार गर्नु र संघसस्था खोल्नु तथा साहित्य पढ्नु ।

ख.  वैयत्तिक चाखहरु: यसले खासगरी शारिरीक वनावट, रुपरगंको सजावट , पहिरन , स्वावलम्वी आदीलाइ जनाउँछ । जस्तै:

अ.   आकृतिमा चाख, उपलब्धीमा चाख तथा लुगामा चाख     

आ.   राजनितिको बारेमा चासो राख्नु र पैसाप्रतिको चाख       

इ.        स्वतन्त्रताको चाख

ग.   मनोरञ्जनात्मक चाखहरु: फुसर्दको समय उपयोग तथा शारिरिक सन्तुष्टी दिलाउने चाखहरु यस अन्र्तगत पर्दछन्: जस्तै:

अ.   खेलकद प्रतिको चाख र सिनेमा प्रतिको चाख   

आ.   यात्रा प्रतिको चाख तथा राजनितिको बारेमा चासो राख्नु

इ.        दिल वहलाउने, रेडियो प्रतिको चाख र नृत्य तथा पढाई प्रतिको

ई.        दिवासपना आदि ।

अन्य चाखहरु जस्तै: व्यवसायिक चाख, धार्मिक चाख, शिक्षाप्रतिको चाख, वैज्ञानिक चाख इत्यादीहरु पर्दछन् ।  

Sex Interests and Sex Behaviours during Adolescence

किशोरावस्थामा यौन चाख तथा यौन व्यवहारहरु

किशोरावस्थामा महत्वपुर्ण विकास भनेको विपरीत लिङगप्रतिको मैथुनिक विकास 'Interest in Opposite Sex' हो जसमा व्यत्तिगत भिन्नता समेत पाइन्छ । यौन रुचिमा तीव्र परिवर्तन आएको कारणले गर्दा उनीहरु यौन सम्बन्धी बढी चासोका साथ सम्पुर्ण जानकनरी विभिन्न माध्यमबाट प्रप्त गर्न चाहन्छन् । यो अवस्थामा नै यौन विकृतिहरु 'Sex Pervisions' देखा पर्दछन् । विपरीत लिङगीप्रतिको बढ्दो चाखले गर्दा नै उनीहरु एकान्तमा कुरा गर्ने , प्रेम गर्ने तथा चाडै विवाह गर्ने जस्ता कार्यहरु गर्ने गर्दछन् । त्यसैले पाठ्यक्रममा Sex Education को बारेमा ज्ञान तथा जानकारी राखीनु पर्छ भन्ने आवाज उठीरहेको पाइन्छ ।  यौन रोग एक भयानक रोग भएकोले यस अवस्थामा नै Sex Education दिनु पर्ने आवश्यकता देखिएको छ ।

Morality in Adolescence किशोरावस्थामा नैतिकता

अङग्रजी शब्द ‘Morality’ ल्याटिन भाषाको ’Moralis’ बाट लिइएको हो जसको शाब्दकि अर्थ  समाज वा सबैको लागी स्वीकार्य व्यवहार तथा क्रियाकलाप भन्ने हुन्छ । यसरी नैतिकता भनेको समयानुसार समाजद्धारा अपेक्षाकृत चालचलन तथा मानव क्रियाकलापलाइ जनाउछ ।

Hurlock अनुसार(‘सामाजिक समुहको नैतिक व्यवहार आचार संहिता अनुरुपको व्यवहार गर्नु ने नैतिक व्यवहार हो ।’

Kohlberg अनुसार: ‘यस अवस्थाका किशोरकिशोरीहरु नैतिक विकासको तेस्रो तह उत्तरपरम्परागत नैतिकतामा पुगेका हुन्छन् ।

यो अवस्था स्वयं स्वीकृत सिद्धान्तहरुको तह हो । उनीहरु नैतिक अवस्थालाइ लचिलो बनाउने तथा सामाजिक स्तर र आदर्शलाइ स्वीकार गर्दछन् । उनीहरुको बुझाइमा नैतिकता भनेको अरुको आदर गर्नु हो जुन एक सकारात्मक बुझाइ एवं विकाश हो । त्यसैले मनोवैज्ञानिक व्भबल एष्बनभत ले सज्ञांनात्मक क्षमताको औपचारीक कार्यात्मक चरण भनि नामाकरण गरेका छन् ।

Hazards of Adolescence किशोरावस्थाका सङ्कटहरु

मनोवैज्ञानिकहरुले किशोरावस्थामा शारीरिक तथा मानसिक संकटहरुहुने कुरा औल्याएका छन् । जसमध्ये मनोवैज्ञानिक सङ्कटनै प्रमुख तथा गम्भीर हुने कुरा वताएका छन् । उक्त अवस्थाको शारीरिक तथा मनोवैज्ञानिक सङकटहरुलाई तल वर्णन गरिएको छ ।

Physical Hazards of Adolescence शारीरिक सङ्कटहरु

क.      विरामिपन: आहारविहारमा ध्यान नदिदा

ख.     मृत्यु: उच्च संवेगमा आई झगडा गर्नु, दुर्घटनामा परी मृत्यु हुनु

ग.      आत्महत्या: सामाजिक पारिवारीक तथा विद्यालयको कारण

घ.       शारीरिक कमजोरी हरु: कमजोर दृष्टि शक्ति, सुन्ने क्षमतामा कमि, स्वासप्रस्वास तथा मोटोपन

ङ.        भद्दापन: भद्दापनले क्रियात्मक विकासमा असर पु¥याउँदछ ।

च.      यौन प्रतिकुल शारीरिक बनोट: ज्यादै अग्ला केटी तथा ज्यादै पातला केटा

Psychological Hazards of Adolescence मनोवैज्ञानिक संकटहरु

Psychological hazards refer to the failure to make the Psychological transitions to maturity. Some factors for affecting maturaty during Adolescence are: किशोर अवस्थामा परिवर्तनको संक्रमणमा बाधा उत्पन्न गराउने केही तत्वहरु:

अ.         कमजोर आधार तथा लामो समयसम्म केटाकेटीहरुको जस्तो व्यवहार

आ.         भूमिका परिवर्तन: विद्यालय शिक्षा पुरा गरेर वा विचैमा छोडेर काममा जानु पर्दा 

इ.           लामो समय परनिर्भरत – विशेष गरी केटीहरु पर निर्भर रहन्छन् जस्तै केही काम गर्दा कहीँ जाँदा कसैको साथम जानु ।

मनोवैज्ञानिक संकट उत्पन्न गराउने केही कारणहरु

अ.   सामाजिक व्यवहार: जातीय, धार्मीक, सामाजिक तथा आर्थिक भेदभाव,छुवाछुत व्यवहार

आ.   यौन व्यवहार: सामाजिक स्वीकार्य यौन भूमिकालाई बहिस्कार गर्नु, बिवहा पूर्व गर्भधारण, चाँडो विबाह, समलिङगी विवाह

इ.        नैतिक व्यवहार: नीति नियम तथा अनुसाशनको उल्लङघन हुँदा परिवार एवं समाजवाट बन्चित अनि उत्पन्न तनाव नै मानसीक संकटको कारण बन्दछ ।

ई.        पारिवारिक सम्बन्ध: पारिवारिक सम्बन्ध सुमधुर नहुनु, निरन्तर झगडा, आलोचना तथा उनीहरुमाथी बा आमाको अभद्र व्यवहार भएमा ।

Happiness During Adolescence किशोरावस्थामा सुखीपन

किशोरकिशोरीहरु जसको वाल्यावस्था देखी नै सामाजिक समायोजनमा समस्या छ उनीहरु यस अवस्थामा वेखुशी रहने प्रवल सम्भावना देखीन्छ  तर जसको विकसीत योग्यता, क्षमता , वस्तुवादी दृष्टीकोण तथा आत्मविश्वास छ अनि कुनै पनि समस्यालााइ समाधान गनृ सक्ने सीप छ भने उसमा वेखुशीपन अवश्य घट्दै जान्छ । किशोरावस्था हरेक दृष्टिकोणले आत्मनिर्भर , स्वनियन्त्रीत हुने समय हो जहा त्यो व्यबहारले सामाजिक स्वीकृति प्रप्त गर्न जरुरी छ भने स्नेह प्राप्तिका अभिलाषा पनि प्रवल हुन्छ । त्यसैले Hurlock  भन्छीन्: Achievement is the greatest source of happiness.

***

Click for Next Lesson: https://limbuchandrabahadur.blogspot.com/2025/06/acceptance-syndromes-and-rejection.html    (किसोरावास्थाका स्वीकार्य तथाअस्वीकार्य कार्यहरुको लागि मात्र)         

Click for the Next Lessonhttps://limbuchandrabahadur.blogspot.com/2025/04/stages-of-human-development-early.html 

No comments

Powered by Blogger.