Stages of Human Development: Early Adulthood & Middle Age B.Ed. 2nd Year 'Educational Psychology'
Characteristics
and Developmental Tasks of Early Adulthood, Middle age and Late Adulthood (Old
Age) Stages
Early
Adulthood पूर्व प्रौढावस्था
ल्याटिन भाषाको 'Adolescence' बाट नै 'Adult' शब्द ल्याइएको हो जसको अर्थ
‘पूर्ण आकार’ वा ‘शक्तिमा बढ्नु वा परिपक्व
हुनु भन्ने जनाउँदछ (Grown to full size and strength or
maturity ) । यो अवस्थाको अवधी उमेरगत हिसावले १८ बर्ष देखि करिव
४० बर्ष सम्म मानिन्छ जुन समय शारीरिक , मानसिक, सामाजिक, नैतिक, व्यवसायीक तथा यौनिक इत्यादी रुपवाट पूर्ण परिपक्व अवस्था हो
। विशेष गरि यस अवस्थामा कुनै पनि व्यत्तिले नयाँ कर्तव्य तथा धेरै उत्तरदायित्वहरु
बहन गदर्छ । यस अवस्थामा जीवन साथी रोज्ने,सन्तान उत्पादन गर्ने, व्यवसाय सञ्चालन गर्ने
इत्यादी काम गर्ने भएकाले समायोजनको आवश्यकता पर्दछ जुन कष्ट प्रद रहेको हुन्छ । त्यसैले
यस अवस्थालाई संघर्षशिल अवस्था (Struggling Period ) भनेर भनिन्छ ।
Characteristics
of Early Adulthood पूर्व प्रौढावस्थाका विशेषताहरु
क.
पूर्व प्रौढावस्था स्थापित हुने अवस्था हो । (Setting
down stage)
ख.
सन्तान उत्पादन गर्ने अवस्था हो । (Reproductive
age)
ग.
पूर्व प्रौढावस्था समस्या ग्रस्त अवस्था हो । (Problem
age)
घ.
यो अवस्था सामाजिक रुपमा एक्लिने अवस्था हो । (a
period of social isolation
ङ.
यो अवस्था बचन बद्धताको समय हो । (
Time of commitment)
च.
यो आवस्था मूल्य परिवर्तनको समय हो ।
छ.
यो अवस्था नयाँ जीवन शैली समायोजनको अवस्था हो ।
ज.
यो अवस्था एक सृजनात्मक अवस्था हो ।
झ. यो अवस्था एक संवेगात्मक तनावको अवस्था हो ।
Developmental Tasks of Early
Adulthood पूर्व प्रौढावस्थाका विकासात्मक
कार्यहरु
क.
पेशाको छनौट तथा शुरुवात गर्नु ।
ख.
जीवन साथीको छनौट गर्नु ।
ग.
बैवाहीक जीवन साथीसँग व्यवहारीक रुपमा वस्न सिक्नु ।
घ.
पारिवारिक जीवनको शुरुवात गर्नु ।
ङ.
सन्तान उत्पादन तथा पालन पोषणको कार्य गर्नु ।
च.
घरपरिवारको वातावरणलाई उचित व्यवस्थापन गर्नु ।
छ.
नागरीक उत्तरदायीत्व वहन गर्नु ।
ज.
स्तर सुहाउँदो सामाजीक समुह निर्माण गर्नु ।
Middle Age (मध्य अवस्था)
मानव जीवनको दोस्रो अन्तिम अवस्थानै मध्य अवस्था हो जसको समायावधी ४० बर्ष देखि
६० बर्ष सम्म मानिन्छ । यस अवस्थामा विभिन्न शारीरिक तथा मानसिक परिवर्तनहरु देखा पर्दछन
। विशेषगरी महिलाहरु सन्तान उत्पादन गर्ने कार्यको शक्ति ह्रास हुने भएकोले प्राप्य
असमर्थ हुन्छन् । यो अवस्था विशेषगरी समाजमा आफ्नो पहिचानको विषेश ख्याल गर्ने, आर्जन प्रति इच्छकु तथा धार्मिक भावनाको विकास भएको
हुन्छ । यस अवस्थामा उनीहरुले एक वकिलको रुपमा आफ्नो परिवारमा भूमिका निर्वाह गर्दछन्
। यो अवस्था सफल रहनमा पारिवारीक समायोजनको महत्वपूर्ण देन रहेको पाइन्छ । यो अवस्था
वास्तममानै पुनःविचारको अवस्था ९च्भअबउतगबितष्यल बनभ० हो किनकि वितेको समयमा गरेको
कार्यलाई पुनविचार गर्न सक्दछ ।
Characteristics
of Middle Age मध्य अवस्थाका विशेषताहरु
क. मध्यावस्था एक कहालीलाग्दो अवास्था हो ।
ख. यो अवस्था एक संक्रमणको अवस्था हो ।
ग. यो अवस्था एक तनावको अवस्था हो ।
घ. मध्यावस्था एक खतरनाक अवस्था हो ।
ङ. यो अवस्था एक उपलब्धिको अवस्था हो ।
च. यो अवस्था एक भद्धा अवस्था हो ।
छ. यो अवस्था एक मूल्याङ्कनको अवस्था हो ।
ज. मध्यावस्था दोहोरो मापदन्डका आधारमा मुल्याङ्कन गर्ने अवस्था हो ।
झ. मध्यावस्था सन्तान विहीन हुने अवस्था हो ।
ञ. मध्यावस्था दिक्कलाग्दो अवस्था हो ।
Developmental Tasks of Middle Age मध्य अवस्थाका विकासात्मक कार्यहरु
क. प्रौढ नागरिक बन्नु र सामाजिक उत्तरदायीत्व बहन गर्नु ।
ख. किशोर किशोरीलाई जिम्मेवार उत्तरदायी र सुखी प्रौढ वनाउन सहयोग गर्नु ।
ग. प्रौढावस्थाको पुर्सदीलो समयकालागी क्रियाकलापहरु विकास गर्नु ।
घ. कसैको पति पत्नीको रुपमा सम्वन्धित हुनु ।
ङ. मध्यवस्थामा हुने शारीरिक परिवर्तनलाई स्विकार्नु र सन्तुलित समायोजनकालागि कोशिस गर्नु ।
च. पेशामा सन्तोषजनक दक्षता हासिल गर्नु र उचाइमा पुग्नु ।
छ. वृद्ध आमाबुवासँग समायोजन हुनु ।
Late
Adulthood (Old Age) बृद्धावस्था
मानव विकासका चरणहरु मध्ये सवैभन्दा अन्तिम चरणनै बृद्धावस्था हो जसको समयावधि
६० बर्ष देखि मृत्यृपर्यन्त मानिन्छ । यो अवस्था एक दयनिय अवस्था हो किनकी यस अवस्थामा
कुनै पनि व्यक्तिले आफ्नो शारीरिक तथा मानसिक शक्ति गुमाउँछ । यस अवस्थामा उसको स्वरण
शक्तिमा हा्रस, सुन्ने शक्तिमा ह्रास, दृष्टि शक्तिमा ह्रास, इच्छ चाहना एवं रुचीमा समेत हा्रस देखा पर्दछ ।
यो अवस्था वास्तवमै पीडादायी अवस्था हो किनकी शारीरिक, मानसिक एवं बौद्धिक तथा समाजिक समायोजनमा समस्या
देखा पर्दछ । त्यसैले परिवार तथा समाजमा आफ्नो स्थान नभएको महसुस गर्दछन् । उनीहरुको
उदासिनता वृद्धिभएर जान्छ । तर जसको सामाजिक प्रतिष्ठा एवं आर्थिक स्थिति राम्रो छ उसको बाँकी जिवन सामान्यतय सफल नै हुन्छ।
Characteristics of Late
Adulthood/Old Age बृद्धावस्थाका विशेषताहरु
क. बृद्धावस्था एक ढल्केको उमेर हो ।
ख. बुढ्यौलीका व्यैयक्तिक कारणहरु हुन्छन् ।
ग. बुढ्यौलीलाई विभिन्न आधारमा मूल्याङ्कन गरिन्छ ।
घ. बुढ्यौली बारे धेरै अपरिवर्तीत विश्वासहरु छन् ।
ङ. बुढ्यौलीले भूमिका परिर्वन गर्न खोज्छ ।
च. समायोजनमा अत्यन्त कमजोर हुन्छन् ।
छ. शारीरिक रुपमा बेसहारा तथा परनिर्भर हुन्छन् ।
ज. बुढ्यौलीमा आर्थिक असुरक्षा हुन्छ ।
झ. नयाँ साथी बनाउनु ।
ञ. फुर्सादको समय उपयोग गर्न नयाँ क्रियाकलापको विकास गर्नु ।
ट. हुर्किएका बालबालिकाहरुलाई प्रौढ व्यवहार गर्न सिकाउनु ।
ठ. बृद्धबृद्धाका लागि आयोजना गरिएका कार्यक्रममा सहभागी बन्नु ।
Developmental Tasks of Old Age वृद्धा अवस्थाका विकासात्मक
कार्यहरु
क. घट्दो शारीकि बल र विग्रदो स्वास्थ्य प्रति समायोजन हुनु ।
ख. अवकाश जीवन र घट्दो आम्दानी बीच समायोजन गर्नु ।
ग. पति – पत्नीको मृत्युमा समायोजन हुनु ।
घ. आफ्नो उमेर समूहका सदस्यहरुसँग घनिष्ट मित्रता कायम गर्नु ।
ङ. सन्तोषजनक रुपमा भौतिक जीवनयापनको व्यवस्था गर्नु ।
च. लचिलो ढङगले सामाजिक भूमिकालाइ ग्रहण गर्नु ।
Post a Comment