Header Ads

 


Child with Special Needs 'बिशेष आवश्यकताहरु भएका बालबालिकाहरु' (B.Ed. 2nd Year Educational Psychology )

 

UNIT  FOUR: Child with Special Needs

Development of children with special needs

बिशेष आवश्यकताहरु भएका बालबालिकाहरुको बिकास

Concept of children with special needs
  बिशेष आवश्यकताहरु भएका बालबालिकाहरुको अवधारणा
         साधरणतया औसत बालबालिकाहरु भन्दा शारीरिक, मानसिक, क्रियात्मक, सामाजिक, संवेगात्मक तथा भाषिक रुपमा भिन्न भएका बालबालिकाहरुलाई विशेष आवश्यकताहरु भएका बालबालिकाहरु भनिन्छ । उनीहरु सामान्य बालबालिकाहरु भन्दा पृथक स्वभाव तथा इच्छा भएका हुन्छन् । उनीहरुलाई हेरचाह पनि सामान्य बालबालिकाहरुलाई भन्दा बढी गर्नु पर्ने हुन्छ । प्रायः बालबालिकाहरु २ वर्ष सम्ममा हिड्डुल गर्न सक्षम हुन्छन् तर जुन बालबालिकाहरु हिड्न वा डुल्न २ वर्ष सम्ममा पनि सक्दैनन् भने उनीहरुलाई विशेष हेरचाहको आवश्यकता छ भनेर भन्न सकिन्छ । यसरी बालबालिकाहरु विशेष आवश्यकता भएको हुनुमा बंशाणुगत गुण वा आर्जित गुण नै मुख्य कारक मान्न सकिन्छ । यस्ता बालबालिकाहरु वर्तमान समयमा मात्र नभई विगत देखिनै समाजमा देखा परेका छन् । अहिले पनि विश्व जनसंख्याको २५५ जनसंख्या यस्तै विशेष बालबालिकाहरु वा व्यक्तिहरुले ओगटेको तथ्यांक छ। विशेष आवश्यकता भएका बालबालिकाहरुको सन्दर्भमा विभिन्न मनोबैज्ञानिकहरुले दिएको केहि परिभाषाहरु तल उल्लेख गरिएको छ:

‘विशेष बालबालिका त्यस्ता बालबालिकालाई भनिन्छ, जो मानसिक, शारीरिक र सामाजिक रूपमा सामान्य वा औसत विशेषताहरुबाट अलग रहेको हुन्छ र उसले विद्यालयका अभ्यासहरुमा परिवर्तन वा विशेष सेवा चाहन्छ, उसको अधिकतम क्षमता वृद्धिका लागि परिपुरक शिक्षणको आवश्यकता महशुस गर्दछ।ञ     - Kirk

‘विशेष शब्द व्यक्तिमा त्यस्तो अवस्थामा लागु गरिन्छ , जहाँ व्यक्ति सामान्य अवस्थाबाट अलग रहेको हुन्छ र उसका साथीहरुबाट व्यक्तिले विशेष ध्यान प्राप्त गर्न र उसका क्रियाकलाप तथा प्रतिक्रियाहरु प्रभावित गर्न चाहन्छ ।   - Crow and Crow
ञविशेष बालक त्यसलाई भनिन्छ, जो शारीरिक, बौद्धिक, संवेगात्मक र सामाजिक अवस्थाबाट अलग रहेकोे हुन्छ । सामान्य वृद्धि र विकासबाट अलग रहि नियमित कक्षाकोठाको कार्यबाट फाइदा लिन सक्दैन तथा विद्यालयमा विशेष उपचारको आवश्यकता महशुस गर्दछ। / - Cruichshank
माथिको परिभाषाहरुबाट यो निस्कर्ष निकाल्न सकिन्छ कि शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक रुपबाट पृथक वा अलग बिशेषताहरु भएका बालबालिकाहरुलाई विशेष आवश्यकता भएका बालबालिकाहरु भनिन्छ ।
Major types of children with special needs

   विशेष आवश्यकताहरु भएका बालबालिकाहरुको मुख्य प्रकारहरु

         विशेष आवश्यकताहरु भएका बालबालिकाहरुले कक्षाकोठामा कुनै पनि शिक्षक वा शिक्षिकाको शिक्षणबाट लाभ प्राप्त गर्न असफ़ल हुन्छन् । किनकि उनीहरु कोही सुन्न नसक्ने त कोही देख्न नसक्ने भने कोही मन्द मष्तिष्क भएका तथा हात खुट्टा नभएका वा नचल्ने जस्ता हुन्छन् । त्यसैले उनीहरुको लागि छुट्टै एक विशेष शैक्षिक कार्यक्रम संचालन गर्नु पर्ने हुन्छ। यस्ता विशेष बालबालिकाहरु धेरै प्रकारका हुन सक्छन् । मनोबैज्ञानिकहरुले यस्ता बालबालिकाहरुलाई निम्नानुसार वर्गीकरण गरेको पाइन्छ:
 
A. Mentally difference children  बौद्धिकरुपले फरक बालबालिकाहरु
        बौद्धिक रुपले फरक बालबालिकाहरुलाई पनि दुई भागमा बिभाजन गरेको पाइन्छस् विशेष प्रतिभा भएको बालबालिकाहरु र सुस्तमनस्थिती भएको बालबालिकाहरु ।
 
a. Gifted children  विशेष प्रतिभा भएको बालबालिकाहरु ०
         सामान्य बालबालिकाहरु भन्दा धेरै उच्च बौद्धिक क्षमता भएको बालबालिकाहरु यस अन्तर्गत पर्दछन्। उनीहरुलाई सामान्य बालबालिकाहरु सगै राखेर शिक्षा दिदा उनीहरुको सिक्ने क्षमताको पुर्ण विकास हुन सक्दैन । त्यसैले संम्भव भए उनीहरुको लागि एक असल शिक्षकले विशेष व्यबहार गर्न आवश्यक छ। यस प्रकारको बालबालिकाहरुलाई कसरी चिन्ने वा छुट्याउने भन्ने कुरा धेरै गहन छ तर पनि भरपर्दो माध्यम भनेको बुद्धि लब्धी टेस्ट ( intelligence quotient) नै हो। यस सन्दर्भमा प्रसिद्ध मनोबैज्ञानिक त्भचmबल ले क्ष्त्त १२० शब्द बढी भएकोहरुलाई अति प्रतीभाशाली बालबालिका भन्ने राय व्यक्त गरेका छन् । प्रतीभाशाली बालबालिकाहरु मध्ये Karl White एक विशेष प्रतिभा भएका बालक थिए जसले ९ वर्ष अगाडीनै पाँच भाषाहरु सिकिसक्नुको साथै १४ वर्षको उमेरमानै Ph. D. को उपाधी प्राप्त गर्न सफल भएका थिए। यसैगरी John S. Mill जसले ३ वर्षको उमेरमा ग्रीक भाषा, ८ वर्षको हुदा ज्यामिती र १२ वर्षको उमेरदेखि दर्शनशास्त्रको अध्ययन शुरु गरेका थिए।

b. Mentally retarded children  सुस्तमनस्थिती भएका बालबालिकाहरु

           सामान्य बालबालिकाहरु भन्दा अत्यन्तै कम मानसिक क्षमता भएको बालबालिकाहरु यस अन्तर्गत पर्दछन्। मानव विकासको सिद्धान्त अनुसार जब मानिस बड्दै जान्छ तब उसको मानसिक क्षमता पनि बड्दै जान्छ तर यस्ता बालबालिकाहरुको भने शारीरिक तथा मानसिक विकास ज्यादै कम मात्रामा भएको पाइन्छ । मनोबैज्ञानिक Terman ले क्ष्त्त ८० र त्यो भन्दा कम भएकालाई सुस्तमनस्थिती भएका बालबालिकाहरु भनी छुट्ट्याएका छन् जसको शारीरिक, मानसिक, सामाजिक साथै संवेगात्मक विकास अन्य सामान्य बालबालिकाहरु भन्दा अत्यन्तै कम हुन्छ। यस्ता बालबालिकाहरुलाई शिक्षण गर्दा विशेष वातावरण वा कक्षाकोठाको व्यवस्था गर्नु पर्ने हुन्छ।

B. Physically retarded / handicapped children   शारीरिक रूपमा अपाङ्ग भएका अपांग बालबालिकाहरु

          कुनै पनि बालबालिका आन्तरिक तथा बाहिर शारीरिक अवस्था ठिक नभई हिडडुल गर्न नसक्ने, देख्न नसक्ने, सुन्न नसक्ने तथा स्वस्थ बालबालिकाहरुले जस्तो शारीरिक क्रियाकलाप गर्न नसक्ने बालबालिकाहरु शारीरिकरुपमा अपाङ्ग भएका बालबालिकाहरु अन्तर्गत पर्दछन्। दृष्टिविहीन भएकाहरुलाई ब्रेल लिपीका पुस्तकहरुको आवश्यकता पर्छ भने सुन्न नसक्ने वा बोल्न नसक्नेहरुको लागी साङ्केतिक भाषाको शिक्षण चाहिन्छ । बालबालिकाहरु यसरी अपाङ्ग हुनुमा जन्म अगि र जन्म पछीको वातावरणलाई नै मुख्य मानिएको छ। किनकि कोही बालबालिकाहरु जन्मजात नै अपाङ्ग हुन्छन् भने कोही जन्म पश्चात् अपाङ्ग भएका हुन्छन् । जन्मजात अपाङ्ग हुन्छन् भने त्यसमा आमा नै जिम्मेवार देखिन्छ तर जन्मपछीको अवस्थामा अपाङ्ग भएको हो भने अन्य विविध कारणहरु जस्तैस् कुपोषण, दुर्घटना, औषधि सेवन आदि हुन सक्छन् । शारीरिक रुपमा अपाङ्ग भएका बालबालिकाहरु चार प्रकारका रहेकाछन्:

a. Blind of eye sight children  अन्धा दृष्टि भएका बालबालिकाहरु

यस अन्तर्गत केहि वा पुरै आखा देख्न नसक्ने बालबालिकाहरु पर्दछ्न। उनीहरु विभिन्न कारणहरुले आखा देख्न नसक्ने भएका हुन्छन् । यस्तो अवस्था जन्मजात वा जन्म पछी कुनै रोग लागेर वा दुर्घटनामा परेर आएको हुन्छ ।

b. Hearing impairment children  बहिरा बालबालिकाहरु

यस अन्तर्गत कान नसुन्ने बालबालिकाहरु पर्दछन्। उनीहरु पनि जन्मजात वा जन्म पछी कान नसुन्ने भएका हुन्छन् । उनीहरु सग कुराकानी गर्दा साङ्केतिक भाषाको प्रयोग गर्नु पर्दछ।

c. Dump children  लाटो बालबालिकाहरु

             सामान्य बालबालिकाहरु जस्तै बोल्न नसक्ने बालबालिकाहरु यस अन्तर्गत पर्दछन्। उनीहरु पनि विभिन्न प्रकारका हुन्छन् ।जस्तैस् केहि बोल्न सक्ने , केहि बोल्नै नसक्ने वा केहि अड्किएर बोल्ने अनि केहि शुद्ध उच्चारण गर्न नसक्ने आदि । यिनिहरुलाई कउभभअज मभाभअत अजष्मिचभल पनि भनिन्छ । यस्ता बालबालिकाहरु प्रायः बहिरा हुन्छन् ।

d. Crippled children  हातगोडा चलाउन नसक्ने बालबालिकाहरु 

          सामान्य बालबालिकाहरु जस्तै गरि आफ्नो हात खुट्टा चलाउन नसक्ने बालबालिकाहरु यस अन्तर्गत पर्दछन्। यस्ता बालबालिकाहरु हात खुट्टा चलाउन नसक्नुमा विशेषगरी गर्भमा रहेको अवस्थामा आमाको स्वास्थ कस्तो थियो भन्ने कुरामा भर पर्छ। गर्भमा बच्चा भएको समयमा आमाले ख्याल नगरी कडा औषधिको सेवन गर्नाले यस्तो अवस्था आउन सक्ने कुरा विभिन्न अध्ययनहरुले देखाएको छ।त्यस्तै जन्म पछी पनि पोलियो, रिकेट जस्ता रोगहरुको शिकार भएमा पनि उनीहरु लुलालङ्गडा हुन सक्छन् ।

C. Deprived children  सुविधाहिन बालबालिकाहरु 

           भौगोलिक विकटता,आर्थिक दुरावास्था, पिछडिएका जाति, जातीय उत्पिडनमा परेका तथा तल्लो जातका अनि निम्नस्तर  भएका बालबालिकाहरु जस्ले सामान्य बालबालिकाहरुले जस्तो शिक्षा र अन्य मानवीय सुबिधाहरुको उपभोग गर्न नपाएर वा पिछडिएका परिवारमा जन्मिएर हुर्किएका बालबालिकाहरु सुबिधाहिन बालबालिकाहरु हुन् । आर्थिक रुपले विपन्न बालबालिकाहरु विद्यालय जानबाट बन्चित छन् भने कोही भर्ना पश्चात् अध्ययन गर्न असमर्थ हुन्छन् । कसैले पढ्ने रहर हुँदा पनि विद्यालय टाढा हुने वा अभाव रहने हुन्छ । यसैगरी छोरा र छोरी विचको भेदभावले गर्दा पनि बालबालिकाहरु शिक्षा लिनबाट बन्चित हुने गर्दछन्। यसैगरी कक्षाकोठामा प्रयोग गरिने भाषा पनि उनीहरुको लागी चुनौतीपुर्ण हुने गरेको पाइन्छ ।

D. Emotionally exceptional children संवेगात्मक रूपमा विशेष बालबालिकाहरु

आफ्नो संवेगलाइ नियन्त्रण गर्न नसक्ने बालबालिकाहरु यस अन्तर्गत पर्दछन । उनिहरु प्रायः असामान्य व्यबहार देखाउने , उग्र रूपमा प्रस्तुत हुने, असल सम्बन्ध कसै सग पनि राख्न नसक्ने हुन्छन् । उनिहरु यसरी संवेगात्मक रुपमा देखा पर्नुमा जन्मजात गुण तथा जन्म पछि भएका विभिन्न घटना, व्यबहार तथा क्रियाकलापहरुलाइ प्रमुख मानिन्छ। कडा अनुशासन, हेरचाह तथा माया(ममताको अभाव आदिको कारणले उनीहरुमा उच्च संवेग हुने गर्दछ। यसकारण यस्ता कारणहरुलाइ पहिचान गरि मनोवैज्ञानिक उपचार उपलब्ध गराउनु एक असल शिक्षकको मुख्य कार्य हो ।
***

No comments

Powered by Blogger.