Header Ads

 


Characteristics of Children with Special Needs (विशेष आवश्यकता भएको बालबालिकाहरुको विशेषताहरु) B.Ed. 2nd Year Educational Psychology

 

Characteristics of Children with Special Needs   

विशेष आवश्यकता भएको बालबालिकाहरुको विशेषताहरु

Click for Video: https://www.youtube.com/watch?v=XC96PkdmBqQ    

 

विशेष आवश्यकता भएको बालबालिकाहरु विभिन्न प्रकारको रहेको कुरा हामीले अध्ययन गरिसकेको छौ । यहाँ ति सबै प्रकारको बालबालिकाहरुको केही बिशेषताहरुलाई बुदागत रूपमा देखाइएको छस्
Characteristics of gifted children    प्रतिभाशाली बालबालिकाहरुको विशेषताहरु

        a.  यि बालबालिकाहरु सामान्य बालबालिकाहरु भन्दा चंचल स्वभावका हुन्छन् ।
b.  यिनिहरु अन्य सामान्य बालबालिकाहरु भन्दा प्रतिस्पर्धा गर्न रुचाउदैनन् ।
c. उनीहरु प्रायः उच्च बौद्धिक क्षमता भएको आमाबुबाबाट जन्मिएको हुन्छन् । 

       d. अन्य बालबालिकाहरु भन्दा फ़ुर्तिलो ,     जिज्ञासु स्वभावका हुन्छन् ।
e.  कक्षाकोठामा अन्य भन्दा बौद्धिक क्षमता उच्च हुन्छ भने उनीहरुको आफ्नै सृजनात्मकता हुन्छ ।
Characteristics of mentally retarded children  

        सुस्तमनस्थिती भएको बालबालिकाहरुको विशेषताहरु
a.  उनिहरु अन्य सामान्य बालबालिकाहरु भन्दा कम बौद्धिकता भएको साथै आफ्नो   संवेगलाई नियन्त्रण गर्न नसक्ने हुन्छन् ।
b.  उनीहरु शारीरिक र मानसिक रूपमा अल्छि हुनुको साथै असाध्यै मन्द हुन्छन् ।
c.  उनीहरुलाई सामाजिक समायोजनमा कठिनाई हुन्छ ।
d.  उनीहरुको व्यबहार, बोली, भाषा आदि हरेक कुरा भिन्नै हुन्छ ।

4.2.   Characteristics of Physically Handicapped Children 


शारीरिक अपाङ्गता भएको बालबालिकाहरुको विशेषताहरु
a. उनीहरु हिड्डुल गर्न तथा खेल खेल्न असमर्थ हुन्छन् ।
b. सामान्य बालबालिकाहरु भन्दा उनीहरु शारीरिक रुपले अनाकर्षण देखिन्छ ।
c. लङ्गडो भएमा व्हिल चेयर वा लौरो अनि दुबै खुट्टा नचल्ने भएमा कोहि दुबै हातहरु टेकेर कठिनाईको साथ हिड्छन् ।
d. बोलीमा शुद्धता नहुने वा कान नसुन्ने भएमा साङ्केतिक भाषाको प्रयोग गर्नु पर्ने हुन्छ ।
e. उनीहरु समुहमा कुरा राख्न नसक्ने वा लज्जालु स्वभावका हुन्छन् ।
Characteristics of Deprived Children  

        सुबिधाहिन बालबालिकाहरुको विशेषताहरु
a. उनीहरु कम बोल्ने वा लज्जालु स्वभावका हुन्छन् ।
b. सामान्य बालबालिकाहरु भन्दा उनीहरु शारीरिक वा मानसिक रुपले कमजोर हुन्छन् ।
c. उनीहरु हिनताबोध, उदासीन तथा चिन्तित देखिन्छन् ।
d. यस्ता बालबालिकाहरु अपरिचित मानिसहरु सग बोल्न डराउछन्।
e. पोषणयुक्त खानाको अभावमा प्रायः लुला लङ्गडो हुन्छन् ।
f.  उनीहरु आफ्नो कुराकानी गर्दा तल्लो वा निम्न स्तरको भाषा वा शब्दको प्रयोग गर्छन् ।
Characteristics of Emotionally Exceptional Children
 संवेगात्मक रूपमा विशेष बालबालिकाहरुको विशेषताहरु
a. ऊनीहरु आफ्नो रिसलाइ नियन्त्रण गर्न असक्षम हुन्छन् ।
b. ऊनीहरु एकोहोरो हेरिरहने वा टोलाइरहने जस्तो हुन्छन् ।
c. यस्तो बालबालिकाहरु छिटो रिसाउने वा झर्किने गर्दछन।
d. उनीहरु कसैसग पनि उचित सम्बन्ध राख्न सक्दैनन् ।
e. यस्तो बालबालिकाहरु आफ्नो कुरा साथीहरू सग भन्न सक्दैनन् ।

***

   Click for Next Lesson: https://limbuchandrabahadur.blogspot.com/2025/05/educational-guidance-and-counseling.html

No comments

Powered by Blogger.