Header Ads

 


Educational Guidance and Counseling: Meaning, Need, Characteristics of Guidance पथप्रदर्शनको अर्थ, आवश्यकता, बिशेषताहरु (B. Ed. 2nd Year Educational Psychology)

 

UNIT FIVE

Educational Guidance and Counseling

पथप्रदर्शनको अर्थ र परिभाषाहरु

Meaning and Definitions of Guidance

पथप्रदर्शन एक प्रकारको सामान्य सल्लाह दिने कार्य हो जुन आवश्यक परेको बेलामा कुनै पनि व्यक्तिलाई उपलब्ध गराइन्छ । Oxford Advanced Learner’s Dictionary मा Guidance  को अर्थ ‘help or advice that is given to somebody’ भनिएको छ , अर्थात यसको अर्थ कुनै व्यक्तिलाई दिइने मदत वा सल्लाह हो । यसरी नै नेपाली शब्द ‘पथप्रदर्शन’ दुई शब्दहरु मिली बनेको छ जसमा पथको अर्थ ‘बाटो’ र प्रदर्शनको अर्थ ‘देखाउनु’ हो । त्यसैले विभिन्न परिस्थितिहरुमा निर्णय लिँदा उत्तम बिकल्प छनोट गर्न असफल भएको व्यक्तिलाई उचित बाटो देखाउने कार्य नै पथप्रदर्शन हो । Guidance  शब्दलाई सर्वप्रथम सन् १९०८ तिर Frank Parsons ले व्यसायिक क्षेत्रमा काम गर्ने व्यक्तिका लागि सल्लाह दिन प्रयोग गरेका थिए । पथप्रदर्शन एक मनोवैज्ञानिक प्रक्रिया हो जुन एक स्वच्छिक हुन्छ किनकी कुनै पनि व्यक्तिले सल्लाह ग्रहण गर्न पनि सक्छ, नगर्न पनि सक्छ । वास्तवमा पथप्रदर्शन भनेको व्यक्तिमा निहित बौद्धिक क्षमता, योग्यता र उसले प्राप्त गरेको अवसरको पहिचान गराई उसका कमजोरीहरुलाई हटाई एक योग्य, सक्षम तथा परिपक्क एवं प्रभावकारी व्यक्तित्व निर्माण गर्ने प्रक्रिया हो ।

शैक्षिक पथप्रदर्शन वा निर्देशन

Educational Guidance

शैक्षिक पथप्रदर्शन भनेको विभिन्न परिवेशबाट वैयक्तिक विभिन्नता लिई आएका सिकारुहरुको शैक्षिक समस्याहरु समाधान गरी प्रभावकारी सिकाई वातावरण निर्माण गर्न दिइने सल्लाह हो । आजको विज्ञान र प्रविधिको विश्वमा समाज जटिलताहरुले जेलिँदै गएको छ । उक्त वातावरणमा बालबालिकाहरुलाई अध्ययन प्रति रुची जगाउन शैक्षिक पथप्रदर्शनको आवश्यकता छ । पथप्रदर्शन तथा शैक्षिक पथप्रदर्शनलाई विभिन्न शिक्षाविद्, मनोवैज्ञानिक एवम् दार्शनिकहरुले विभिन्न तवरले परिभाषित गरेका छन् ती मध्ये केहीलाई तल देखाइएको छ:

क.   विद्यालय भित्र होस वा बाहिर, व्यक्ति वा समुहलाई उसको वातावरणमा सही समायोजन प्राप्त गर्न मद्दत गर्ने प्रक्रिया नै पथप्रदर्शन हो ।  - प्रोक्टर

ख.  व्यक्तिलाई भावी जिवनको लागि व्यतिmगत रुपमा समाजमा स्थान प्रदान गर्न दिइने सहयोग नै पथप्रदर्शन हो ।    – Applied Psychology

ग.   व्यक्तिलाई सहि रुपको भावी कार्यक्रम छनोट गर्न सहयोग गरी त्यसमा प्रगति गर्नु शैक्षिक पथप्रदर्शन हो ।     – Ruth Strong  

घ.  शैक्षिक पथप्रदर्शन विद्यार्थीहरुको शैक्षिक सफलतासँग घनिष्ट रुपले सम्बन्धित हुन्छ ।                        – J.M. Brewer

माथिका परिभाषाहरुबाट पथप्रदर्शनको निम्न विशेषताहरु निकाल्न सक्छाँ:

क.   पथप्रदर्शन एउटा व्यतिmले समस्या समाधानको लागि अर्को व्यतिmलाई दिइने सहयोग हो ।

ख.  योग्य,दक्ष,अनुभवी तथा तालिम प्राप्त व्यतिmबाट दिइने सल्लाह वासुझाव नै पथप्रदर्शन हो ।

ग.   पथप्रदर्शन व्यतिmको भावी जिवनको लक्ष्य र उद्देश्यसँग सम्वन्धित छ ।

घ.    पथप्रदर्शनले व्यतिलाई आवश्यक निर्णय लिन, स्वतन्त्र रुपमा अग्रसर हुन र आफ्नो लागि उतरदायी बन्न सघाउ पुर्याउँछ ।

ङ.     उचित सल्लाहबाट शिक्षणमा सुधार ल्याउन सकिन्छ ।

पथप्रदर्शनको आवश्यकता

Needs of Guidance  

मानिसलाई आफ्नो योजना, क्षमता र बौद्धिकतालाई बढी भन्दा बढी उपयोग गर्न वा समाजमा समायोजन हुनका लागि दिइने सल्लाह एवं सहयोग नै पथप्रदर्शन हो । व्यक्तिलाई उसको जीवनयापन, पेसा–व्यवहार लगायत कार्यमा निर्देशनको आवश्यकता पर्दछ । त्यस्तै व्यक्तिलाई कार्य सम्पादनको तरिका, गुणस्तरिय जीवनयापनका लागि बौद्धिक विकल्पहरुको छनोट गर्न पथ प्रदर्शनको आवश्यकता पर्दछ । त्यसैले पथप्रदर्शनको आवश्यकतालाई निम्न बुँदाहरुमा देखाउन सकिन्छ:  

क.         विद्यार्थीको सम्पूर्ण विकासका लागि (For the Total-Development of the Student) : विद्यार्थीहरुको ज्ञानात्मक सीप र धारणाको विकासका साथसाथै उनीहरुको शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक पक्षको समुचित विकास हुन सकेमा मात्र सर्वाणिङ्ग विकास भएको मान्न सकिन्छ ।

ख.     विषयक्षेत्रका निश्चित छनोट (Proper Choice of Courses) :  विद्यार्थीको रुची, इच्छा, योग्यता, सक्षमता अनुसार विषय क्षेत्रको छनोट र अध्ययन गर्ने वातावरण निर्माण हुन सकेमा राम्रो शैक्षिक उपलब्धी हासिल हुन गई योग्य एवं दक्ष जनशक्ति उत्पादन हुन सक्छ । पिर्ला मोदीले 'अशान्त कलेज' भन्ने लेखमा यसरी उल्लेख गरेका छन्: जब एक क्षमतावान् कवि रासायनिक इन्जिनियर बन्दछ, यो एक दुखान्त नाटक हो ।

ग.         पेशाको सुहाउँदो छनोट (Proper Choice of Careers ): अहिलेको बद्लिँदो संसारमा योग्यता, दक्षता र मानव स्रोतको बजारको कारणले उचित पेशाको छनोटमा समस्या उत्पन्न भएको छ । लेखपढ भएका युवावर्गलाई आवश्यक योग्यता, जिम्मेवारी तथा उक्त कार्यको प्रकृतिबारे जानकारी भएमा उचित पेशा छनोट गर्न सक्षम हुन्छन् ।

घ.   व्यवासायिक विकास (Vocational Development ): व्यावसायिक विकासको प्रक्रियाले मानिसको जीवनका सम्पूर्ण समयलाई ओगट्छ । किनकी यो प्रक्रिया जीवनको पूर्वाद्धबाट सुरु भएर उत्तराद्र्धसम्म कायम रहन्छ । त्यसैले व्यावसायिक क्षमताको विकास गर्न, उनीहरुले प्राप्त गर्न सक्ने ज्ञानको विकास गर्न तथा उक्त कार्यप्रति इच्छा जगाउन दिर्नेशनको आवश्यकता पर्दछ ।

ङ.           उत्तारचढाव र दोधारको समयमा सहयोग गर्नु (Helping Learners in their Period of Turmoil & Confusion ): साधारणतया मानिसको जीवनमा उतारचढाव भई रहन्छ । यस्तै उतारचढावको संग्रह नै वास्तविक जीवन हो जसले मानिसलाई जीवनको लागि परिपक्क आधार तय गरिदिन्छ । त्यसैले पारिवारिक द्धन्द सामाजिक कलह एवं बैमनुष्यता आदिलाई बुझ्नको लागि पथनिर्देशनको आवश्यकता  पर्दछ ।

च.         स्व–रोजगारको लागि युवाहरुलाई उत्प्रेरणा दिनु (Motivating the Youths for Self-employment ): शिक्षित बेरोजगार युवाहरुको चापलाई मध्यनजर गरी उनीहरुकै सक्रियतामा कुनै पनि व्यवसाय तर्फ उन्मुख गराउन निर्देशनको आवश्यकता पर्दछ । यस्तो अवस्थामा उनीहरुलाई कुनै पनि संघ–संस्थाको समन्वयद्धारा आवश्यक पर्ने प्राविधिक सल्लाह उपलब्ध गराई आर्थिक उन्नतीतर्फ डो¥याउन सकिन्छ ।

पथप्रदर्शनको बिशेषता तथा यसको प्रकृति 

Characteristics / Nature of Guidance 

क.         पथप्रदर्शन व्यक्तिको आफ्नैै प्रयासद्धारा मदत गरिने एक प्रक्रिया हो ।

ख.        पथप्रदर्शन व्यक्तिलाई उपयुक्त हुने शैक्षिक, व्यावसायिक तथा व्यक्तिगत छनोटका लागि दिइने सहयोग हो ।

ग.         पथप्रदर्शनले व्यक्तिको अन्तनिर्हीत प्रतिभाको पहिचान र विकास गर्न मदत गर्छ ।

घ.          पथप्रदर्शन व्यक्तिलाई समायोजन गर्न दिइने सहयोग हो ।

ङ.           यसको निश्चित ढाँचा, प्रणाली र व्यावसायिक कर्मचारीहरु हुन्छन् ।

च.         यो औपचारिक तथा अनौपचारिक दुवै हुन् सक्छ ।

***

No comments

Powered by Blogger.