Guidance Services प्रदर्शन सेवाहरु Unit: 5 B. Ed. 2nd Year Educational Psychology
प्रदर्शन सेवाहरु Guidance Services
कुनै व्यक्तिलाई आफ्नो÷उसको क्षमताहरुको उपयोग गर्न, उसको वास्तविक गुणलाई स्वीकार गर्न, अन्तर्निहित प्रतिभाको विकास गर्न तथा सामाजिक रुपले उपयोगी नागरिक बन्न सहयोग पुर्याउने सेवाहरुको प्रभावकारी समूह र सेवा निर्देशित कार्य नै पथ प्रदर्शन सेवा हो । विभिन्न मनोवैज्ञानिकहरुले यसका सेवाहरुलाई विभिन्न प्रकारमा उल्लेख गरेको पाइन्छ । Harold W. Bernard and W. Fullmer ले यसका सेवाहरु सात वटा हुने कुरा बताएका छन् भने S.K. Kochhar ले यसका सेवाहरुलाई एघार (११) विभिन्न प्रकारमा देखाएका छन् । यसरी नै हाम्रो पाठ्यक्रमले पथप्रदर्शन सेवाहरु निम्न ५ प्रकारको हुने कुरा उल्लेख गरेको छ ।
Click here for video: https://www.youtube.com/watch?v=B7E1eItmAiU
क. सुचीवद्ध सुचना सेवा Inventory Information Service
सुचीवद्ध सेवा प्रत्येक विद्यालयहरुमा राखिने एकप्रकारको तथ्याङ्कहरुको सुची वा लागत हो जसमा विद्यार्थीहरुको विभिन्न वितरण जस्तै: जन्म, पारिवारिक अवस्था, आर्थिक वा सामाजिक अवस्था, स्वास्थ्य वितरण एवं शैक्षिक विवरण विस्तृत रुपमा राखिएको हुन्छ । उक्त विवरणले कुनै पनि निश्चित विद्यार्थीको बारेमा अध्ययन गर्न सहयोग पु¥याउँछ भने उक्त विवरण विभिन्न शैक्षिक निति निर्माणमा प्रयोग गर्न सकिन्छ ।
सुचीवद्ध सुचना सेवाको प्रयोग वा महत्वलाई निम्न बुँदामा देखाउन सकिन्छ:
क. विभिन्न विषय, कार्य र क्षेत्रमा समायोजन गर्न ।
ख. व्यक्तिको चौतर्फी विकासको लागि योजना निर्माण गर्न ।
ग. उपयुक्त शैक्षिक वातावरण सहयोग गर्न ।
घ. समाजमा समायोजन हुन सहयोग पु¥याउन ।
ङ. व्यक्तिको अवस्था, आवश्यकता वा असन्तुलन पत्ता लगाई त्यसको निराकरण गर्न ।
यसरी नै सुचनाहरु विभिन्न प्रकारको रहेको पाइन्छ जसले कुनै पनि व्यक्तिको बारेमा जानकारी गराउँछ । उक्त सुचनाहरुलाइ शैक्षिक, पेशागत तथा व्यक्तिगत–सामाजिक गरी तीन प्रकारमा वर्गिकरण गरी अध्ययन गर्न सकिन्छ ।
सुचनाको आवश्यकतालाई निम्न बुँदामा देखाउन सकिन्छ:
क. व्यक्तिलाई विभिन्न पेसा वा व्यवसायको छनौटमा सहयोग गर्नु ।
ख. विद्यार्थीको लागि विषय, शैक्षिक सामग्री तथा शिक्षण– क्रियाकलापको छनौटमा सहयोग गर्न ।
ग. आवश्यक पर्ने सुचना वा प्राविधिक जानकारी प्राप्त गर्न ।
घ. व्यक्तिलाई स्वनिर्य गर्न तथा सृजनशील बनाउन सुचनाको सहयोग चाहिन्छ ।
ङ. उद्योग, व्यापार, प्रविधी आदिबारे जानकारी हासिल गर्न ।
सुचना संकलनमा अपनाइने प्रविधीहरु निम्न रहेको पाइन्छ:
Interview Techniques The Cumulative Record Psychological Test
Case Study Observation Techniques Personality Inventories
ख. परामर्श सेवा Counseling Service
परामर्श सेवा एक विशिष्ट समस्यामा केन्द्रित, एक प्रशिक्षक, विशेष योग्यता, तालिम प्राप्त वा अनुभवी व्यक्तिद्धारा प्रदान गरिने एक व्यक्तिगत तथा व्यावसायिक सहयोग हो । यो विशिष्ट केन्द्रित हुने हुनाले परामर्शदाता विशेष दक्षतायुक्त हुनु जरुरी छ । सल्लाह वा पथप्रथपदर्शन जो सुकैले दिन सक्छन तर परामर्श सेवा एक विशेष व्यक्तिद्धारा मात्र दिइन्छ किनकी यस कार्यमा समस्याको प्रकृति अनुसार त्यसको निदानको लागि जरोमा पुग्न आवश्यक छ । शैक्षिक क्षेत्रमा विद्यार्थीको लागि शिक्षक, प्रशासक तथा अभिभावकहरु असल परामर्शदाताहरु हुन् ।
ग. स्थापना सेवा Placement Service
स्थापन सेवा पथप्रदर्शन सेवाको एक महत्वपूर्ण अङ्ग हो । विद्यार्थीले कुनै निश्चित तहको शिक्षा हासिल गरिसकेपछि उसले जिवीकोपार्जनका लागि दिइने पथप्रदर्शन हो । किनकी यसले व्यक्तिलाई उसको योग्यता, क्षमता, रुची र आवश्यकता अनुसार कुनै खास पेसा वा व्यवसायमा लाग्न उचित सल्लाह दिन्छ । त्यसैले यसलाई बढी गरेर पेशा स्थापनको सेवाको रुपमा लिइन्छ । यस सेवाले Right Man in the Right Place भन्ने बुझाउँछ ।
S.K. Kochhar अनुसार, "Placement services help students to find their appropriate place in an education or vocational setting." (स्थापना सेवाले विद्यार्थीहरुलाई शिक्षा तथा व्यवसायमा उनीहरुको उचित स्थान प्राप्त गर्न सहयोग गर्दछ ।
English & English अनुसार, “ सामान्यतया स्थापना शब्दको अर्थ एक श्रमिकका लागि सबैभन्दा उपयुक्त पेसा प्रदान गर्ने कार्य सँग सम्बन्धित छ । यसमा पेशाको लागि उपयुक्तता र व्यक्तिको सन्तोष जस्ता महत्वपूर्ण पक्षहरु हुन्छन् ।”
स्थापना सेवाका प्रकारहरु Types of Placement Services
स्थापना सेवालाइ पेसा–व्यावसाय, शैक्षिक तथा कार्य सम्बन्धी विभिन्न प्रकारमा विभाजन गर्न सकिन्छ । सामान्यतया यसको प्रमूख दुई प्रकारहरु छन्:
क. Educational Placement Service : विद्यार्थीलाई विषयवस्तुको छनोट गर्न, शैक्षिक संस्था रोज्नु, पेशा तथा व्यवसायका लागि तयार गर्न तथा निश्चित विषयमा दक्ष बनाउन शैक्षिक स्थापन सेवाको जरुरी पर्दछ । त्यस्तै जागिरको अवसर, स्वास्थ्य अवस्था, कार्य सन्तुष्टी, पेशाप्रतिको रुचिको धारणा समेत बनाउन यसको आवश्यकता पर्छ ।
ख. Job Placement Service : व्यक्तिको योग्यता, दक्षता, क्षमता अनुभवको आधारमा उपयुक्त पेशा वा व्यवसाय छनोटको लागि दिइने निर्देशन पेशा स्थापना सेवा भनिन्छ ।
घ. अनुगमन सेवा Follow up Service
अनुगमन सेवा भन्नाले सामान्यतया एक परामर्शदाताले दिएको सल्लाह, पथप्रदर्शन परामर्श वा निर्देशनलाई परामर्शीले ग्रहण गरेर उसको कार्यक्षेत्रमा के कति सम्म लागु गर्न सफल भयो भनी गरिने लेखाजोखा हो । त्यसैले यसलाई एक अनुसन्धानमुलक कार्य पनि भनिन्छ ।
'A counselor who does not find out what happened to his committee is like physician who does not check up on whether his patient recovered from illness."
अनुगमन सेवाका आवश्कता तथा महत्वहरु
Need and Importance of Follow up Service
क. शैक्षिक समस्यालाई आफ्नो विद्यार्थीको शैक्षिक, पेसागत तथा वैयक्तिक क्षेत्रमा गरेको सफलता र सामज्यस्यताको मात्रा एवं पहिचान गर्न ,
ख. पूर्व विद्यार्थीबाट प्राप्त परामर्श तथा सहयोगको आधारमा काय गर्न सघाउन ।
ग. शैक्षिक क्षतिको न्युनिकरण गर्न सघाउ पु¥याउन ।
घ. विद्यार्थीलाई भावी अवसर प्राप्त गर्न सक्षमता प्रदान गर्न ।
ङ. शैक्षिक संस्था, अभिभावक, शिक्षक, समाज र विद्यार्थीबीच सम्बन्ध स्थापित गर्न ।
च. विभिन्न समसामयिक शैक्षिक योग्यता निर्माण, प्रयोग र परिचालन गर्न सघाउ पु¥याउन ।
अनुगमन सेवामा प्रयोग गरिने औजारहरु
Questionnaire, Letters, Interview, E-mail/internet,
Interaction, Discussion, Seminar, Observation,
Case Study etc.
ª अनुसन्धान सेवा Research Service
शाब्दिक रुपमा भन्नुपर्दा पटक–पटक सोधखोज गर्दै दोहो¥याउँदै कुनै पनि नयाँ कुराको खोजी गर्ने कार्य गर्न नै अनुसन्धान हो जुन एक वैज्ञानिक पद्धतिमा भर पर्दछ । व्यक्तिलाई के कस्तो समस्या परेको छ, उसको आवश्यकता तथा चाहना के छ सोको निराकरण वा नियन्त्रण गर्न अनुसन्धान सेवा आवश्यकता हुन्छ । शैक्षिक वातावरणमा अनुसन्धान भन्नाले विद्यार्थीको रुची, इच्छा, आवश्यकता, योग्यता तथा क्षमतानुसार विषयवस्तुको छनोटको समस्या, शैक्षिक उपलब्धिमा आइपरेका समस्या तथा निश्चित तह समाप्ती पश्चात् पद स्थापन वा रोजगारी प्राप्तीमा समस्याबारे गहन अध्ययन भन्ने जनाउँछ जसले उपयुक्त समस्याहरुको उचित निराकरण देखाउँछ ।
Research may be defined as the systematic and objective ananlysis and recording of controlled observations that may lead to the development of generalization, principles or theories resulting in prediction and possibly control of events. – Best and Khan
प्रत्येक व्यक्ति र समाजलाई प्रगतिका लागि प्रोत्साहन गर्न र सहयोग पुग्ने प्रभावकारी तरिकाले समस्याको समाधान देखाउन र ज्ञानको अभिवृद्धि गर्न तथा उपयोगी निष्कर्ष तर्फ डो¥याउन गरिने खोजपूर्ण क्रियाकलापलाई नै अनुसन्धान भनिन्छ ।
– म्याकगेथ र वाटसन
अनुसन्धान नयाँ ज्ञानका लागि गरिने व्यवस्थित प्रयास हो । – रेडम्या
माथिको परिभाषाहरुबाट यो निष्कर्ष निकाल्न सकिन्छ की अनुसन्धान एक योजनावद्ध, सिलसिलावद्ध व्यवस्थित रुपमा गरिने ज्ञानको खोजी हो जुन अनुसन्धान पद्धति, औपचारिक, वास्तविक तथा सत्य तथ्यमा भर पर्दछ जसले अध्ययनलाई प्रभावकारी र व्यवस्थित बनाउन सहयोग गर्दछ ।
अनुगमन कार्यका विधिहरु जस्तै: पत्राचार (Correspondence), प्रश्नावली, अन्तवार्ता, टेलिफान, र इमेल इन्टरनेट, आदिलाई अपनाउन सकिन्छ भने अनुसन्धानमा अपनाइने विधि वा प्रविधिहरु निम्नानुसार रहेका छन्:
ऐतिहासिक विधि, अन्तर्वार्ता, अवलोकन विधी , घटना अध्ययन बिधि, प्रश्नावाली विधि, मानकीय सर्वेक्षण विधि, प्रयोगशाला परिक्षण तथा सामाजिक मापन विधि
अनुसन्धान सेवाको आवश्यकता र महत्व
Need & Importance of Research Service
क. सिकारुले सामना गर्नु पर्ने समस्यालाई हल गर्न सघाउ पुयाउन ।
ख. सिकाइ सिद्धान्तहरुको सामान्यीकरण कार्यमा सहयोग पयाउन ।
ग. सिकारुलाई अवलोकन कार्यप्रति उत्पे्ररित गर्न ।
घ. नयाँ नयाँ कुराहरुको खोज तथा अनुसन्धानमा लाग्न र तिनिहरुको स्रोत पत्ता लगाउन ।
ङ. सिकारुको तार्किक क्षमता अभीवृद्धि गराउन ।
च. समय तथा परिस्थीति अनुसारको परिवर्तन तथा उक्त परिवर्तित वातावरण अनुसार सामञ्जस्य गर्न ।
***
Click for Next Lesson: https://limbuchandrabahadur.blogspot.com/2025/05/types-of-guidance-bed-2nd-year.html
Post a Comment