Types of Guidance पथप्रदर्शनको प्रकार B.Ed. 2nd Year Educational Psychology
पथप्रदर्शनको प्रकार Types of
Guidance
विभिन्न मनोवैज्ञानिकहरुले पथप्रदर्शनको प्रकारलाई विभिन्न प्रकारमा विभाजन गरेका छन् । जसमध्ये केहीलाई यहाँ उल्लेख गरिरहेको छ । प्रोटर अनुसार पथ प्रदर्शनका निम्न प्रकार रहेका छन्:
क. शैक्षिक पथप्रदर्शन
ख. व्यबसायिक पथप्रदर्शन
ग. सामाजिक तथा शारीरिक क्रियाकलाप
घ. स्वास्थ्य तथा शारीरिक क्रियाकलाप पथप्रदर्शन
ङ. फुर्सदको समय सदुपयोगमा पथप्रदर्शन
च. चरित्र निर्माण कार्यमा पथप्रदर्शन
जोन्स अनुसार,
क. शैक्षिक पथप्रदर्शन
ख. व्यबसायिक पथप्रदर्शन
ग. फुर्सदको समय उपयाोगको लागी पथप्रर्दशन
घ. नेतृत्व बिकासको लागी पथप्रदर्शन
विभिन्न मनोवैज्ञानिक एवं विद्धानहरुले गरेको वर्गिकरण अनुसार पथप्रदर्शनलाई मुख्य तीन प्रकारमा यसरी वर्गिकरण गर्न सकिन्छ: शैक्षिक पथप्रदर्शन, व्यक्तिगत निर्देशन र व्यावसायिक पथप्रदर्शन ।
क. शैक्षिक पथप्रदर्शन Educational Guidance
औपचारिक शिक्षामा विद्यालयको चयन, शिक्षकको छनोट, पाठ्यपुस्तक तथा शैक्षिक सामग्रीको छनोट, उचित विषयको रोजाई जस्ता कार्यमा निर्देशन आवश्यक पर्दछ । शैक्षिक निर्देशनले विद्यार्थीको सृजनात्मक क्षमता बढाउन, उसको जिज्ञासा बढाउन, उसको जिज्ञासु भावनालाई मेट्न, सल्लाह एवं निर्देशन नियमित रुपमा प्रदान गर्न सहयोग पु¥याउँछ । त्यसैले व्यक्तिको चाहना, आवश्यकता, क्षमता वा रुचीलाई मध्यनजर गरी उसको भावी जीवनको लागि उपयुक्त शैक्षिक वातावरणको सृजना गर्न शैक्षिक परामर्शको आवश्यक पर्दछ ।
शैक्षिक परामर्शका बिशेषताहरु Characteristics of Educational Guidance
अ. शैक्षिक निर्देशन कुनैपनि व्यक्तिलाई परिस्थिती अनुसार समायोजन गर्न दिइने सहयोगात्मक कार्य हो ।
आ. यसले शैक्षिक उन्नतीमा विशेष सहयोग पु¥याउँछ ।
इ. शैक्षिक निर्देशन एक सुधारात्मक र रचनात्मक प्रक्रिया हो ।
ई. यससे स्व–अध्ययन, स्व–चिन्तन र स्व– विवेकको उपयुक्त वातावरण निर्माण गर्दछु ।
उ. यो एक वौद्धिक व्यवस्थापनको प्रक्रिया हो जसले एक प्रभावकारी शिक्षणको वातावरण तयार गर्दछ ।
ख. व्यक्तिगत निर्देशन Personal Guidance
व्यक्तिको बुद्धि, मानसिक क्षमता, रुची, पारिवारिक, आर्थिक वा समाजिक अवस्था सम्बन्धी आवश्यक पर्ने सान्दर्भिक सुचनाहरु संकलन गरी उचित मार्ग प्रदर्शन कार्य सञ्चालन गर्नुपर्दछ । त्यसैले कुनै पनि निश्चित व्यक्तिगत तथा उसै सँग सम्बन्धित विषय वा क्रियाकलापको सम्बन्धमा गरिने निर्देशनलाई व्यक्तिगत निर्देशन भनिन्छ । व्यक्तिलाई सामाजिक समायोजन, आत्मधारणा र आत्म विकासको लागि पनि यसको आवश्यक छ ।
व्यक्तिगत निर्देशनको आवश्यकता तथा महत्वहरु
Need & Importance of Personal Guidance
अ. व्यक्तिको चौतर्फी विकासमा सघाउ पु¥याउन ।
आ. व्यक्तिमा आउने तनाव, मनमुटाव तथा द्धन्द्ध हटाउन ।
इ. बदलिँदो समय र परिस्थितिसँग समायोजन गर्न ।
ई. पारिवारिक, सामाजिक, चारित्रिक एवं संवेगात्मक पक्षको विकास गर्न ।
उ. व्यक्तिको अन्तरनिहित दक्षता र क्षमताको प्रस्फुटन गर्न सघाउन ।
ग. व्यावसायिक पथप्रदर्शन: यसलाइ हाम्रो कथििबदगक मा उल्लेख नगीरएकोले यहाँ उल्लेख गरिएको छैन ।
***
Click for Next Lesson: https://limbuchandrabahadur.blogspot.com/2025/05/meaning-and-techniques-of-counseling-b.html
Post a Comment