Meaning and Techniques of Counseling परामर्शको अर्थ तथा प्रविधिहरु B. Ed. 2nd Year Educational Psychology
परामर्शको अर्थ तथा प्रविधिहरु
Meaning and Techniques of Counseling
परामर्श एक व्यक्तिगत कार्य हो जुन खास समस्यामा केन्द्रित भएर विशेष दक्ष एव योग्य व्यक्तिद्धारा दिइने एक विशिष्ट सल्लाह हो किनकी परामर्श सेवा उपलब्ध गराउँदा समस्याको प्रकृति र गहनता अनुसार सम्बन्धित क्षेत्रमा दक्षता प्राप्त व्यक्तिले मात्र परामर्श दिन सक्छन् । परामर्शको अवधारणा सम्बन्धमा Carl Rogers को भनाई यस्तो छ –
“परामर्श व्यक्तिसँग प्रत्यक्ष सम्पर्कको एउटा यस्तो श्रृङ्खला हो जसको लक्ष्य व्यक्तिको धारणा र व्यवहार परिवर्तनमा सहयोग पु¥याउनु हो ।” (Counseling is a series of direct contacts with the individual which aims to assist him in changing his attitudes and behaviour.)
मानिसको जीवन विभिन्न समस्याहरुबाट गुज्रिरहेको हुन्छ जसले गर्दा उसले आफ्नो शैक्षिक, व्यावसायिक, सामाजिक तथा आर्थिक विकास गर्न सकेको हुँदैन । अत: उक्त समस्यालाई पहिचान गरी निदानात्मक मार्गतर्फ उत्प्रेरित गराउन परामर्श सेवाको खाँचो पर्दछ जसबाट व्यक्ति पुनः सक्रिय भई सन्तुष्टिपूर्वक जीवनयापन गर्न सफल हुन्छ । त्यसैले परामर्श सेवा एक उपचारात्मक सेवा हो जसमा सूचना संकलन, समस्याको पहिचान, विश्लेषण, निष्कर्ष र परामर्श प्रदान गर्ने जस्ता वैज्ञानिक विधिहरु पर्दछन् । यस प्रकार व्यक्तिका बानी व्यवहारमा परिवर्तन गरी उसले सामना गर्नुपर्ने समस्याहरुको समाधान दिलाई व्यक्तिगत तथा समाजमा सहज घुलमिलको लागि दिइन गहन सहयोग नै परामर्श हो । परामर्श सम्बन्धी विभिन्न परिभाषाहरु मध्ये केही परिभाषाहरुलाई तल दर्शाइएको छ ।
क. Counselling is the application of the personal resources of the school or other institutions to the solution of the problems of the individuals. (परामर्श भनेको विद्यालय वा अन्य संस्थाको व्यक्तिगत स्रोत हो जुन व्यक्तिको समस्या समाधान गर्न व्यवहारमा प्रयोग गरिन्छ ) - Humphry & Traxler
ख. A counselling interview is a person to person relationship in which one individual with problems and needs turns to another person for assistance. (परामर्श अन्तवार्ता व्यक्ति व्यक्तिबीचको त्यस्तो सम्बन्ध हो जसमा एक व्यक्ति समस्याहरुमा रही आवश्यकता अनुरुप अको व्यक्तितर्फ सहयोगका लागि फर्कन्छ । - Erickson
ग. Counselling is a mental learning process. It involves two individuals – one seeking help and the other a professionally trained person helping the first to orient and direct himself towards a goal which leads to his maxium development and growth in his environment. ( परामर्र्श एक मानसिक सिकाई प्रक्रिया हो । यहाँ दुई व्यक्तिहरु संलग्न रहन्छन् । एक जना सहयोग खोज्ने र अर्को पेशागतरुपले तालिमप्राप्त व्यक्ति हुन्छ जसले पहिलोलाई उसको वातावरणमा अत्याधिक रुपमा वृद्धि र विकासको लक्ष्य प्राप्तीका दिशामा निर्देशित गर्दछ । - Willy and Andrew
माथिको परिभाषाहरुबाट परामर्श सम्बन्धी निम्न विशेषताहरु निकाल्न सकिन्छ:
क. यो एक सहयोगात्मक कार्य हो जुन परामर्श दाताले परामर्श लिने व्यक्तिलाई दिने गर्दछ ।
ख. परामर्श प्रदान गरिने सेवामुलक कार्य हो ।
ग. परामर्श एक मानसिक तथा व्यावसायिक कार्य हो ।
घ. परामर्शका केही विधि र प्रक्रियाहरु हुन्छन् र यो समूहमा प्रदान गरिँदैन ।
ङ. यसमा अन्तवार्ता विधि बढी प्रयोग गरिन्छ जसले विशेष गरी असमान्य व्यवहार र संवेगात्मक समस्याहरुका बारेमा सम्बन्ध राख्दछ ।
परामर्शका प्रविधिहरु Techniques of Counselling
परार्मश सेवा जो सुकै व्यक्तिलाई कुनै पनि समयमा आवश्यक परिरहेको हुन्छ । परामर्श दिने र लिने व्यक्ति तथा पक्षबीचको पारस्परिक सहयोग एवं सम्बन्धले आइपर्ने समस्याको समाधान खोज्ने उपचारात्मक पद्धति परामर्श कार्य भएकोले उक्त कार्यमा आईपर्ने प्रक्रिया वा प्रविधिहरुलाई नै परामर्शका प्रविधिहरु भनिन्छ ।
परामर्श प्रविधिका प्रकारहरु Types of Counseling Techniques
हाम्रो पाठ्यक्रममा दिए अनुसार परामर्शका प्रविधिहरुलाई निम्न दुई प्रकारमा विभाजन गरिएको छ: व्यक्तिगत परामर्श र सामुहिक परामर्श ।
क. व्यक्तिगत परामर्श Individual Counseling
एक कुशल, दक्ष, पेशागत, अनुभवी, मिलनसार एवं क्षमतावान् परामर्शदाताले कुनै पनि समस्याग्रस्त व्यक्तिको इतिहास, व्यवहार, चाहना, आवश्यकता, भावना, आर्थिक, सामाजिक, शैक्षिक एवं संवेगात्मक पक्षहरुको गहना अध्ययन गरी उसको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन गरिने उच्च तहको सहयोगात्मक कार्यलाई व्यक्तिगत परामर्श भनिन्छ । उक्त कार्यमा परामर्शदाताले निर्देशित , अनिदेर्शित, ऐच्छिक, मनोवैज्ञानिक एवं उपचारात्मक पद्धति आदिको उपयोग गर्न सक्छ । व्यक्तिगत परामर्शको परिभाषा यस प्रकार रहेको छ:
a. 'Counseling is a personal face-to-face relationship between two people, in which the counselor by means of the relationship and his special competencies, provides a learning situation. -Tolbert
b. 'In the study of the individual, social, psychological, and other related matters have to be taken into account.' - Jayaswal
मानविय प्रकृति अनुसार कोही समस्या लुकाउछन् भने कोही नभएको समस्यालाई ठूलो महत्व दिएको पाइन्छ । जब समस्या लुकाइन्छ भने अरुलाई केही जानकारी हुँदैन र सहयोग पनि पाउन सकिदैन भने अनावश्यक कुरालाई स्थान दिइयो भने त्यसको परिणाम असोचनिय हुन सक्छ । त्यसैले पक्षकारले आफ्नो समस्या नलुकाई भन्न सक्ने स्थितिको सृजना गर्न एक भरपर्दो एवं विश्वासिलो दक्ष परामर्शदाताको आवश्यक पर्दछ ।
व्यक्तिगत परामर्श सेवाका चरणहरु
Phases/ Steps of Individual Counseling
व्यक्तिगत परामर्श सेवाका चरणहरुलाई निम्न बुँदामा उल्लेख गर्न सकिन्छ:
क. सम्बन्ध स्थापना गर्ने
ख. समस्याहरुको पहिचान
ग. समस्या समाधान गर्ने
घ. अनुगमन गर्ने
व्यक्तिगत परामर्श सेवाका औजारहरु Tools for Individual Counseling
Kochhar अनुसार यस परामर्श सेवाका औजारहरु विभिन्न प्रकारका अन्तवार्ताहरुलाई प्रमूख साधन मानेका छन् । Janes and Stewart ले प्रारम्भिक अन्तवार्ता प्रक्रियालाई निम्न बुदामा देखाएका छन्:
अ. सम्बन्ध स्थापना
आ. संरचना विकास
इ. उद्धेश्यहरुको निर्माण
ई. पक्षकारलाई वातावरण निर्माण
उ. पक्षकार
ऊ. अनुगमनको योजना
ख. सामुहिक परामर्श Group Counceling
साधारणतया परामर्श कार्य एक नितान्त व्यक्तिगत सेवा हो तर पनि उस्तै–उस्तै प्रकृतिका समस्याहरु भावना, समयको उचित सदुपयोग, कम खर्च, स्रोतको सही उपयोग आदिका कारणहरुले समूह निर्माण गरी दिइने परामर्श सेवा नै सामुहिक परामर्श सेवा हो । यस परामर्श सेवामा ५–१० जना सम्म सदस्यहरु रहन सक्ने कुरा E.L. Tolbert ले बताएका छन् भने समयको हिसाबले ३० मिनेटदेखि ९० मिनेटसम्म उपयुक्त हुने कुरा बताइएको छ । सामुहिक परामर्श सेवाको केहि परिभाषाहरु यस प्रकार रहेको छन्:
अ. Group counseling is a technique where a group of persons is counselled by applying a group interaction method to solve the problem common to the group.
– B.G. Barki
आ. In group counselling, participants are helped to gain insight into their own feelings to undederstand how they affect others and to develop new and more effective behavior patters. - E.L. Tolbert
सामूहीक परामर्श कार्यप्रणाली वा प्रक्रियालाई Janes & Stewart ले निम्नानुसार हुने कुरा बताएका छन्:
क. उद्देश्यहरुको पहिचान: समूहको सदस्यहरुको स्वभाव, चिन्तन, झुकाव आदिलाई परामर्शदाताले बुझी सोही अनुसारको प्रक्रिया अघि बढाउनु पर्छ ।
ख. संगठनात्मक निर्णय: परामर्श दिने स्थान, समय, सदस्यहरुको संस्था, विषयवस्तु आदिको निर्णय नै संगठनात्मक निर्णय हो ।
ग. समूह निर्माण: विभिन्न सदस्यहरुको समस्याको प्रकृति तथा उनीहरुको अनुभव, धारणा, योग्यता आदिको आधारमा समूह निर्माण गर्ने कार्य परामर्शदाताले गर्नुपर्छ ।
घ. सञ्चालन गर्ने: परामर्शदाताले पक्षकारहरुको आवश्यकता, भावना, रुची आदिलाई मध्यनजर गरी परामर्श अगि बढाउने कार्य गर्दछ ।
ङ. सम्बन्ध विकास गर्ने: परामर्शदाता र पक्षकार बीच सुमधुर सम्बन्ध रहनुपर्छ जसको लागि परामर्शदाता जिम्मेवारी रहनुपर्छ । किनकी स्वास्थ्य सम्बन्ध भएमा पक्षकारले आफ्नो विचार वा समस्यालाई निर्धक्क राख्न सक्छ । त्यस्तै समूहका सदस्यहरु बीच पनि असल सम्बन्ध कायम गराउन सक्नुपर्छ ।
च. समूहका सदस्यताको निर्णय: समूहमा रहेका सदस्यहरुको समस्या एकै साथ समाधान नहुन सक्छ । कसैले चाँडै वा कसैले ढिलो समस्याको समाधान गर्न सक्छन् । अत: जस्ले चाँडै समाधान गर्छ भने उसलाई समूहबाट हटाई नयाँ सदस्य थप्ने वा नथप्ने भन्ने निर्णय परामर्शदाताले गर्नुपर्छ ।
छ. परिणामको मुल्याङ्गन: उद्देश्य पुरा भए वा नभएको, परामर्शलाई निरन्तरता दिने वा नदिने एवं परामर्शको प्रभाकारितालाई समय–समयमा मुल्याङ्कन गर्नु जरुरी छ । यस्तो मुल्याङ्कन गर्दा विभिन्न औजार, पद्धति तथा साधनको प्रयोग गर्न सकिन्छ ।
***
Click for Next Lesson: https://limbuchandrabahadur.blogspot.com/2025/05/approaches-methods-of-counseling-b-ed.html
Post a Comment