Approaches / Methods of Counseling परामर्शका विभिन्नहरु विधीहरु र तरिकाहरु B. Ed. 2nd Year Educational Psychology
Approaches / Methods of Counseling
परामर्शका विभिन्नहरु विधीहरु र तरिकाहरु
Click for video: https://www.youtube.com/watch?v=w-Flj_s8DQo
परामर्शका विधिहरुलाई तिन भागमा बाँडेको पाइन्छ:
क. Direct Counselling (प्रत्यक्षात्मक परामर्श )
यो विधि परामर्शदाता केन्द्रित विधि हो जसमा उसकै योजनामा सबै कार्य सम्पन्न गरिन्छ । त्यसैले यो विधिमा समस्यालाई केन्द्र बिन्दु मानिन्छ । यस विधिका प्रतिपादक भ्।ध्। ध्ष्ििष्बकयल लाई मानिन्छ । जस्तै ः सुचना स्रोतहरुको विश्लेषण, वा संगठन, समस्याको कारणको विदान, वा पुर्वानुमान, परामर्श प्रदान तथा मुल्याङ्कन इत्यादि ।
प्रत्यक्षात्मक परामर्शका बिशेषतााहरु
अ. यो विधि परामर्शदाता केन्द्रीत हो जसमा सम्पुर्ण योजना उसकै सक्रियतामा सफल हुन्छ ।
आ. समस्या समाधानका सम्पुर्ण विकल्पहरु परामर्शदाताद्धारा प्रस्तावित र निर्देशित हुन्छ ।
इ. यो विधि परामर्शी केन्द्रीत नभएर समस्या केन्द्रीत हुन्छ ।
प्रत्यक्षात्मक परामर्शका फाइदाहरु
अ. कम समयमा परामर्श दिन सक्ने ।
आ. व्यक्ति भन्दा समस्यालाई महत्व दिने भएकोले यो प्रभावकारी हुन्छ ।
इ. यसले व्यक्तिको भावनात्मक विचार भन्दा वौदिकतालाई महत्व राख्छ ।
प्रत्यक्षात्मक परामर्शका बेफाइदाहरु
अ. परामर्शदाता केन्द्रीत हुने भएकोले पक्षकार उसैमा भर पर्नु पर्ने हुन्छ जसले गर्दा समस्यालाइ उचित अन्दाज नहुने हुन्छ ।
आ. यसले पक्षकारको भावनालाइ नकार्ने भएकोले भावनात्मक रुपमा सम्बन्धित भएको समस्यालाइ नकारेको पाइन्छ ।
इ. परामर्शदाताले दिएको परामर्श परामर्शीले पलना गर्छ भन्ने कुरामा कम विश्वास हुन्छ ।
ख. Non-direct Counseling (अप्रत्यक्षात्मक परामर्श)
यस विधिमा पक्षकार वा परामर्शी नै बढी सक्रिय हुन्छ । परामर्शदाताले पक्षकारको समस्या भन्दा व्यक्ति प्रति तथा उसको भावना एवं प्रतिक्रियालाई बढी जोड दिन्छ । यस विधिमा परामर्शदाता केवल एक सहयोगी मात्र हुन्छ । यस विधिका प्रतिपादक ऋबच िच्यनभच हुन् । समस्या समाधानका लागि परामर्शीको अन्तरदृष्टि विकास गर्नु यसको महत्वपूर्ण पक्ष हो ।
अप्रत्यक्षात्मक परामर्शका बिशेषतााहरु
अ. यो विधि व्यक्ति वा परामर्शी केन्द्रीत हुन्छ ।
आ. परामर्शदाताले यस विधिमा सहजकर्ताको भुमिका निर्वाह गर्दछ ।
इ. समस्या समाधानको लागी परामर्शदाताले सम्पुर्ण पक्षहरुको गहन अध्ययन गर्नु पर्दछ ।
अप्रत्यक्षात्मक परामर्शका फाइदाहरु
अ. यस विधिमा परामर्शीले आफुलाइ आफ्नो वातावरणमा सहजै समायोजन गर्न सक्छ र
आ. यस विधिले परामर्शीको आत्मविश्वास तथा आत्मबल वृद्धि गराउन सहयोग गर्दछ ।
इ. यस विधिमा समस्याको पहिचान तथा समाधान परामशीले गर्दछ ।
अप्रत्यक्षात्मक परामर्शका बेफाइदाहरु
अ. यो विधि खर्च, समय तथा साधन बढी लाग्ने हुन्छ ।
आ. यस विधिमा परामर्शीदाता योग्य , एवं तालिम प्राप्त हुनु पर्छ ।
इ. यो विधि लामो हुने भएकोले अविश्वालो हुन सक्छ ।
ई. परामर्शी आपैmले समस्याको पहिचान तथा समाधान गर्ने पर्ने भएकोले उीचत निर्णय लिन कीठन हन सक्छ ।
ग. Elective Counseling (वैकल्पिक परामर्श)
यो वैकल्पिक परामर्श विधि प्रत्यक्षात्मक र अप्रत्यक्षात्मक दुवै विधिको सवल पक्षहरु समेटेर तयार गरिएको हो ।यसमा परामर्शदाता बढी सक्रिय तथा निस्क्रिय नभइ मध्यस्तरमा हुन्छ । त्यसैले यो विधि ति दुवै विधिहरुको मध्यम मार्गी बाटो हो । यसमा परामर्शदाताले आवश्यकता अनुसार आफनो भुमिकालाइ परिवर्तन गर्दछ ।
वैकल्पिक परामर्शका बिशेषतााहरु
अ. यस विधिमा प्रत्यक्षात्मक र अप्रत्यक्षात्मक दुवै विधिहरुको सवल पक्षहरु पाइन्छ ।
आ. यस विधिमा परामर्शदाताले आफनो भुमिकालाइ परिवर्तन गर्न सक्छ ।
इ. यो विधि धेरै लचकदार विधि हो ।
वैकल्पिक परामर्शका फाइदाहरु
अ. दुवै विधिहरुको सवल पक्षहरुको संयोजन भएकोले परामर्शीलाइ वातावरण समायोजनमा सहज हुन्छ ।
आ. यो विधि निकै लचिलो विधि हो ।
इ. परामर्शीको आत्मबल तथा आत्मविश्वास बढाउनमा सहयोगी हुन्छ ।
वैकल्पिक परामर्शका बेफाइदाहरु
अ. दुवै विधिहरुको सम्मिश्रण भएकोले यस विधिमा बढी स्रोत र साधनको प्रयोग गर्नु पर्नै हुन्छ ।
आ. विभिन्न प्रविधिहरुको एकसाथ प्रयोग प्रायस् असम्भव हुन्छ ।
इ. यस विधिमा परामर्शदाता अति योग्य, दक्ष एवं अनुभवी हुनुपर्छ ।
***
Post a Comment