Header Ads

 


Differences between Guidance and Counseling B. Ed. 2nd Year Educational Psychology

 

Differences between Guidance and Counseling 

पथप्रदर्शन / निर्देशन र परामर्श बिच भिन्नताहरु

Click for Video: https://www.youtube.com/watch?v=s7eYfdR1kPo

सामान्यतया पथप्रदर्शन वा निर्देशन (Guidance) र परामर्श (Counseling)  लाई एक अर्काको पर्यावाची शब्दको रुपमा प्रयोग गरेको पाइन्छ । शैक्षिक क्षेत्रमा पनि यी दुवैले व्यक्तित्व विकास तथा समस्याको समाधान गर्नमा सहयोग गर्ने गर्दछन् । त्यसैले नै यी दुई बीच धेरै नजिकको सम्बन्ध पनि देखिन्छ तर वास्तवमा यी दुई बीच निकै ठूलो भिन्नता रहेको पाइन्छ । किनकी निर्देशन एक सामान्य प्रक्रिया हो भने परामर्श एक जटिल प्रक्रिया मानिन्छ । त्यस्तै निर्देशन सामान्य अवस्थामा सबैलाई दिन सकिन्छ भने परामर्श एक विशेष परिस्थितिमा विशेष व्यक्तिलाई मात्र दिइन्छ । त्यसैले यी दुईको प्रकृतिलाई हेर्दा निम्न भिन्नता देखाउन सकिन्छ:

क.         निर्देशन एक सरल प्रक्रिया जुन सामान्य व्यवहार हुने व्यक्तिलाई दिइन्छ भने परामर्श जुन एक कठिन प्रक्रिया हो , एक असामान्य एवं सवेगात्मक व्यवहार हुने व्यक्तिलाई दिइन्छ ।

ख.        निर्देशन कार्य प्रत्यक्ष वा अप्रत्यक्ष दुवै किसिमले हुन्छ भने परामर्श कार्य प्रत्यक्ष हुने गर्दछ ।

ग.         निर्देशन एक व्यक्ति तथा समूहलाई दिइने सामान्य सुझाव हो तर परामर्श निश्चित व्यक्तिलाई दिइन्छ जसले पुनः शक्तिको रुपमा कार्य गर्दछ ।

घ.          निर्देशन एक व्यवहार परिवर्तन हो भने परामर्श व्यवहार केन्द्रित हो ।

ङ.           निर्देशन एक सामान्य भएकोले मान्नैपर्ने बाध्यात्मक अवस्था हुँदैन तर परामर्श एक विशेष हुने भएकोले यसलाई प्राय: स्वीकार्ने गरिन्छ ।

च.         निर्देशक एक उपल्लो दर्जाको दक्ष नभएपनि परामर्शदाता विशेष योग्य, दक्षतापूर्ण वा अनुभवी हुनु आवश्यक छ ।

छ.         निर्देशन सम्भवत निरन्तर चलिरहने प्रक्रिया हो जुन एक खुल्ला सहयोग हो भने परामर्श एक विशेष समयको लागि मात्र हुने भएकोले गोप्य हुन्छ । 

Objectives of Counseling  परामर्शका उद्देश्यहरु

प्रसिद्ध मनोवैज्ञानिकहरु डन्समुर र मिलर अनुसार परामर्शका निम्न उद्देश्यहरु छन्ः

क.         सिकाईहरुलाई उसले प्राप्त गरेको सफलताको बारेमा सुचना प्रदान गर्नु ।

ख.        उनीहरुको समस्या समाधानको लागि सहयोग गर्नु ।

ग.         सिकाई क्रियाकलापमा शिक्षक र विद्यार्थीबीच समझदारी कायम गर्नु ।

घ.          सिकारुहरुलाई कुनै कार्य गनको लागि योजना निर्माणमा सहयोग पु¥याउनु ।

ङ.           उनीहरुको अन्तर्निहीत प्रतिमा वा क्षमताहरुको विकासमा सहयोग पु¥याउनु ।

च.         सिकारुलाई शैक्षिक योग्यता तथा व्यवसाय छनोटमा टेवा पु¥याउनु ।

Importance of Counseling in a School System  

विद्यालय प्रणालीमा परामर्श सेवाको महत्व

विद्यालय प्रणालीमा परामर्श सेवाको अति आवश्यक पर्दछ । जस्तै: ओडल अनुसार शिक्षण पेशामा प्रवेश गरेका नयाँ शिक्षकहरुको लागि निम्न सात प्रकारका सेवा आवश्यक पर्दछ:  

क.         विद्यालयमा सञ्चालित निति–नियम वा पालन गर्नुपर्ने व्यवहार वा विधिहरुको जानकारी गराउने ।

ख.        शिक्षणकार्यमा आवश्यक पर्ने शैक्षिक सामग्रीहरुको पहिचान निर्माण तथा सकंलन गराउने ।

ग.         शैक्षणिक विधि तथा कार्य तर्जुमा सम्बन्धी सुचना गराउने ।

घ.          नयाँ शिक्षकका संवेगात्मक समस्यालाई उचित परामर्श दिने ।

ङ.           कक्षा व्यवस्थापन, अनुशासन तथा दैनिक कार्यतालिका, पाठयोजना एवं मुल्याङ्कन आदिबारे जानकारी गराउने ।

च.         नमुना पाठ प्रदर्शन गर्ने , अनुभवी शिक्षकको उपयोग गर्ने ।

छ.         स्थानीय स्रोत र साधनको पहिचान तथा विश्लेषण गर्ने ।

Role of a Teacher in Counselling   परामर्र्श कार्यमा एक शिक्षकको भुमिका

आरबुकलले परामर्श कार्यमा एक असल शिक्षकको भुमिकालाई निम्नानुसार बनाएका छन्:

क.         संवेगात्मक विद्यार्थीहरुलाई समस्या समाधानमा सहयोग गर्ने ।

ख.        शिक्षणकार्यमा विद्यार्थीहरुको सक्रिय सहभागिता जुटाउने ।

ग.         शैक्षिक विकासको लागि शैक्षिक क्षेत्रसँग आवद्ध व्यक्ति तथा संस्थाहरुसँग निरन्तर सम्बन्ध राख्ने ।

घ.          अभिभावहरुलाई आफ्नो छोराछोरीको वास्तविकतालाई बुझ्न र सोही अनुसारको व्यवहार गर्ने क्षमता बढाउने ।

ङ.           विद्यार्थीको रुची र आवश्यकतानुसार परामर्श सेवा दिने ।

च.         विभिन्न उपचारात्मक एवं निदानात्मक मूल्याङ्कन पद्धतिको प्रयोगमा जोड दिने ।

Major Responsibilities of Counselor  परामर्शदाताको प्रमूख कार्यहरु

परामर्श सेवा उपलब्ध गराउँदा परामर्शदाताको प्रमूख कार्यहरुलाई निम्न बुँदाहरुमा देखाउन सकिन्छ:

क.         मनोवैज्ञानिक परिक्षणबाट प्राप्त परिमाणलाई विश्लेषण गर्ने ।

ख.        व्यक्तिको कमिकमजोरी हटाई नयाँ कार्य, निति, नियम आदिबारे जानकारी गराउने ।

ग.         व्यक्तिको चौतर्फी पक्षको मुल्याङ्कन गरी आवश्यक सुझाव प्रदान गर्ने ।

घ.          व्यक्तिको फरकपन अनुसार सुरक्षात्मक वा सहयोगात्मक कार्य गर्ने ।

ङ.           व्यक्तिलाई परामर्श सेवाको लागि वास्तविक तथ्य, स्थान प्रत्यक्ष सम्पर्क एवं भ्रमणको व्यवस्था गर्ने ।

च.         आवश्यकता अनुसार भेला, बैठक, अन्तरवार्ता, गोष्ठी आदिको व्यवस्था गर्ने ।

Jones अनुसार परामर्शदातामा हुनुपर्ने सीप, धारणा र अभिवृद्धिलाई निम्नानुसार देखाएका छन्:

अ.         नैतिक व्यवसाय एवं पेशागत सीप

आ.      लचकता

इ.           शैक्षिक प्रतिस्पर्धा

ई.           स्वीकार्य ९ब्अअभउतबलअभ०

उ.           बुझाई

ऊ.         संबेदनसिलता

***

Click for Next Lesson: https://limbuchandrabahadur.blogspot.com/2025/05/meaning-definitions-and-nature-of.html

No comments

Powered by Blogger.