Meaning , Definitions and Nature of Learning सिकाइको अर्थ, परिभाषाहरु र प्रकृति B. Ed. 2nd Year Educational Psychology
UNIT SIX
Nature and Principles of Learning
सिकाइका प्रकृति तथा सिद्धान्तहरु
Click for Video: https://www.youtube.com/watch?v=cHJWPpPk1TU
Meaning , Definitions and Nature of Learning
सिकाइको अर्थ, परिभाषाहरु र प्रकृति
सिकाई के हो ? र सिकाई प्रक्रियाका आवश्यक चरणहरु के के हुन् ?
कुनै पनि प्रणीले जन्मजात प्राप्त गरेका गुणहरु वाहेक उसले आफ्नो जीवनमा कुनै पनि कार्य गरे पश्चात प्राप्त ज्ञान वा सिप नै सिकाई हो । सिकाई वास्तवमा आचानक व्यवहारमा देखिंदैन किनकी वातावरणीय अनुभव, शारीरिक तथा मानसिक विकासको कारणले व्यवहारमा क्रमश सुधार देखा पर्दछ जुन क्षणिक नभई स्थाई वा जीवनभर निरन्तर चलिरहन्छ । सिकाई प्राणीको चेतनशीलताको मात्रा अनुसार प्राप्त हुन्छ जुन विकासको लागि नभई नहुने तत्व हो जसलाई वंशानुगत गुण र वातावरणले प्रभाव पार्दछ । सिकाई वास्तममा नयाँ ज्ञानअनुभव तथा धारण प्राप्त गर्ने एक माध्यम हो जसमा सिकारुले कुनैपनि विषयवस्तु प्रति आफ्नो प्रतिक्रिया जनाउनु आवश्यक छ । सिकाई बाट कुनै पनि सिकारुमा सकारात्मक व्यवहारको प्राप्ति हुन्छ जनु जीवन पर्यन्त चलिरहन्छ । सिकाइका केही परिभाषाहरु तल देखाइएको छ:
Learning is the modification of behavior through experience and training.
– Gates et al
Learning is shown by a change in behavior as a result of experience.
– Cronback
Learning is the acquisition of habits, knowledge and attitudes.
-- Crow and Crow
Learning is the process of progressive behavior adaptation. – Skinner
माथिको परिभाषाहरुवाट सिकाईको सम्बन्धमा निम्न कुराहरु पाइन्छ:
क. तालीम तथा अनुभव बाट व्यवहारमा परिवर्तन नै सिकाई हो ।
ख. अनुभवको कारणले व्यवहारमा देखापरेको परिवर्तन नै सिकाई हो ।
ग. सिकाई व्यवहार समायोजनको प्रगतिशील प्रक्रिया हो ।
घ. सिकाई आदत, ज्ञान र प्रवृत्तिहरुको प्राप्ती हो ।
Nature of Learning सिकाइको प्रकृति
प्रसिद्ध मनोवैज्ञानिक Gate को भनाई अनुसार “अनुभव र क्रियाकलापहरुद्वारा व्यवहारमा हुने परिवर्तन सिकाई हो तर परिपक्वता, संवेगहरु, प्रेरणा, थकाई, लागुपदार्थ सेवनबाट व्यवहारमा हुने परिवर्तन सिकाई होइन । ” उनको यस भनाई बाट सिकाइको प्रकृतिलाई दर्शाउँछ । सिकाई कस्तो हुन्छ , यसको स्वरुप तथा रुवभाव कस्तो हुन्छ आदी भन्नुनै सिकाइको प्रकृति हो । वास्तवमा व्यवहारमा स्थायी परिवर्तन ल्याउनु सिकाइको मुख्य उद्देश्य हो । सिकाई सकारात्मक वा नकारात्मक दुवै हुन सक्छ । त्यसरी नै सिकाई प्रक्रियामा सम्झना र बिर्साई दुवै हुन सक्छ । अभ्यास,तालिम, अनुभव तथा क्रियाकलाप सिकाइका आवशयक तत्वहरु हुन् । सिकाइमा परिपक्वता, प्रेरणा तथा संवेगको महत्व हुन्छ तर उनीहरु आफै भने सिकाई होइनन् । सिकाइको प्रकृतिलाई केही बुदाँगत रुपमा तल उल्लेख गरिएको छ:
क. सिकाई एउटा उत्पे्ररणात्मक प्रणाली हो ।
ख. सिकाई एउटा संज्ञानात्मक प्रणाली हो ।
ग. सिकाई एउटा मनोवृत्तिमूलक प्रणाली हो ।
घ. सिकाई एउटा आत्म प्रणाली हो ।
ङ. सिकाई विश्वव्यपी र निरन्तर चलिरहने प्रणाली हो ।
च. सिकाई समतलिय र लम्बिय दुवै हुन्छ ।
छ. सिकाई औपचारिक, अनौपचारिक र अनियमित कुनै पनि हुन सक्छ ।
ज. सिकाइमा व्यक्तिगत भिन्नता हुन्छ त्यसैले सिकाई सिकारुको चाहना र क्षमतामा निर्भर गर्दछ ।
झ. व्यवहारवादी (Pavlov, Skinner, Thorndike ) धारणा अनुसार उद्दीपक (Stimulus) र प्रतिक्रिया (Response ) को संगम नै सिकाई हो ।
ञ. गेस्टालवादी (Kohler-Insightful learning) German Psychologist, Wortheimer, KoffKa) धारणा अनुसार आन्तरीक समस्या समाधान गर्ने क्षमताको विकास नै सिकाई हो ।
***
Click for Next Lesson: https://limbuchandrabahadur.blogspot.com/2025/05/characteristics-of-learning-b-ed-2nd.html
Post a Comment