Header Ads

 


Characteristics of Learning सिकाइका विशेषताहरु B. Ed. 2nd Year Educational Psychology

 

General Characteristics of Learning  

सिकाइका विशेषताहरु

क.      Click for Video: https://www.youtube.com/watch?v=HbB5DlZ4dfs

    कुनै पनि प्रणीले जन्मजात प्राप्त गरेका गुणहरु वाहेक उसले आफ्नो जीवनमा कुनै पनि कार्य गरे पश्चात प्राप्त ज्ञान वा सिप नै सिकाई हो । सिकाई वास्तवमा आचानक व्यवहारमा देखिंदैन किनकी वातावरणीय अनुभव, शारीरिक तथा मानसिक विकासको कारणले व्यवहारमा क्रमश सुधार देखा पर्दछ जुन क्षणिक नभई स्थाई वा जीवनभर निरन्तर चलिरहन्छ । सिकाई प्राणीको चेतनशीलताको मात्रा अनुसार प्राप्त हुन्छ जुन विकासको लागि नभई नहुने तत्व हो जसलाई वंशानुगत गुण र वातावरणले प्रभाव पार्दछ । सिकाई वास्तममा नयाँ ज्ञानअनुभव तथा धारण प्राप्त गर्ने एक माध्यम हो जसमा सिकारुले कुनैपनि विषयवस्तु प्रति आफ्नो प्रतिक्रिया जनाउनु आवश्यक छ । सिकाई बाट कुनै पनि सिकारुमा सकारात्मक व्यवहारको प्राप्ति हुन्छ जनु जीवन पर्यन्त चलिरहन्छ । सिकाईका बिशेषताहरु लाई निम्न बुदाहरुमा देखाउन सकिन्छ:

क. सिकाई जीवन पर्यन्त चलिरहने प्रक्रिया हो । (Life long process)

ख.       यो स्वभाविक र विश्वव्यपी प्रक्रिया हो । (Natural & Universal)

ग.        सिकाई एक निरन्तर प्रक्रिया हो ।  (Continuous process)

घ.        सिकाई वातावरणमा समायोजन हुने प्रक्रिया हो ।  (Adjustment in environment)

ङ.         सिकाई उद्देश्य पूर्ण हुन्छ । (Purposeful)

च.        सिकाई वंशाणुगत र वातावरणको उपज हो । (Product of heredity & environment)

छ.       सिकाई प्रक्रिया र उत्पादन दुवै हो । (Both process and product)

ज.       सिकाई विकास एवं अनुभवहरुको संगठन हो । (organization of development & experience)

झ.       सिकाई ज्ञानको खोजी हो । (search for knowledge)

ञ.        सिकाई एक सक्रिय प्रक्रिया हो जुन परिपक्वतामा भर पर्दछ । (depends on maturity)

ट.         सिकाई व्यवहारको सुधार तथा स्थायी प्रक्रिया हो । (progressive & permanent  process)  

***

Click for Next Lesson: https://limbuchandrabahadur.blogspot.com/2025/05/exceptions-of-learning-exceptions-of.html

No comments

Powered by Blogger.