Header Ads

 


Exceptions of Learning Exceptions of Learning & Factors Influencing Learning सिकाइलाइ असर पु–याउने तत्वहरु B.Ed. 2nd Year Educational Psychology

 

Exceptions of Learning   

सिकाइका अपवादहरु

सामान्यतया कुनै पनि व्यक्तिको व्यबहारमा देखिएको स्थाइ परिवर्तन नै सिकाई हो तर व्यबहारमा देखिने सबै परिवर्तनहरुलाई सिकाई मानिन्दैन। किनकि व्यक्ति वा बालकले विशेष वातावरणमा सिकेको व्यबहार मात्र सिकाई हो। त्यसैले उक्त बालकमा देखिएको नसिकेको व्यबहारलाई नै सिकाईका अपवाद भनिन्छ ।जस्तै: बच्चाले खेल्नु, आखा झिम्काउनु, श्वासप्रश्वास गर्नु, खानेकुरा निल्नु आदि यसका उदाहरणहरु हुन् । सिकाईका केही अपवादहरुलाई तल उल्लेख गरिएको छ:

क.       Reflexes (सहज क्रिया): पसिना आउनु, आखा झिम्काउनु, तथा रक्त संचार हुनु आदि सहज क्रियाहरु हुन् । यि व्यबहारहरुलाई बालकले सिक्नु पर्दैन।किनकि यस्ता व्यबहारहरु कुनै पनि प्राणीले सिक्नु पर्दैन जुन उसले स्वतस् जान्दछ।

ख.       Inborn tendencies  (जन्मजात प्रकृतिहरु): मानिस तथा प्राणीले कतिपय गुणहरु जन्मजात नै प्राप्त गर्दछ्न् जुन व्यबहारहरु सिकिरहनु पर्दैन। जस्तैस् चराले गुड बनाउनु, माकुरोले जालो बुन्नु, अनि माछाले पानीमा पौड्नु आदि।

ग.        Maturation (परिपक्वता): कुनै पनि प्राणीको शारीरिक परिपक्वता आउनासाथ उसको व्यबहारमा परिवर्तन आउछ तर त्यो व्यबहारमा देखिएको परिवर्तन सिकाईको कारणले होइन। परिपक्वता भनेको आवश्यक पुर्वाधार पुरा हुन साथ पुरा हुने गर्दछ। जस्तैस् चराको बचेरा उडन शुरु गर्नु, नवजात बच्चाले टाउको उठाउनु वा बस्नु, हिंड्न् शुरु गर्नु आदि परिपक्वताको उदाहरणहरु हुन् ।

घ.        Temporary status of organism  (प्राणीको अस्थायी अवस्था): प्राणीको व्यबहारमा विशेष कारणवश अस्थायी परिवर्तन देखा पर्न सक्छ। यस्तो अस्थायी परिवर्तित व्यबहारलाई सिकाईको अपवादको रूपमा लिइन्छ ।जस्तैः थकाइ, डर, गर्मिको कारणले भएको तनाव , शारीरिक गढ्बढी, मादक पदार्थ सेवनको कारणले देखिएको व्यबहार आदिको कारणले व्यबहारमा आएको परिवर्तनलाई सिकाईको अपवाद मानिन्छ ।

Factors Influencing Learning सिकाइलाइ असर पु–याउने तत्वहरु

क.       Gender factors  लैङ्गिक तत्वहरु: सिकाइलाई प्रभावपार्ने विभिन्न तत्वहरु मध्ये लैङ्गिक तत्व पनि एक हो । सामान्यतया हरेक व्यक्तिको इच्छा आकाङ्क्षा स्वतस् फरक हुने गर्छ। तर यहा लैङ्गिक भन्ने वित्तिकै केटा वा केटी भन्ने प्रष्ट हुन्छ । हाम्रो समाजमा केटा वा केटीलाई शिक्षा ग्रहण गर्ने सन्दर्भमा विभेद पाइन्छ । यसैगरी सिकाइको सन्दर्भमा पनि कुनै विषयमा केटाहरुको रुचि बढी पाइन्छ भने कुनै विषयमा केटीहरुको चासो बढी पाइन्छ। इन्जिनियरिङ, खेलकुद, तथा गणित जस्तो विषयहरुमा केटाहरुको रुचि देखिन्छ भने नर्सिङ, नृत्य वा गृह(बिज्ञान जस्तो विषयमा केटीहरुको रुचि पाइन्छ । तर लैङ्गिक भिन्नताले जुन असर सिकाइमा पारेको छ त्यसकुरालाइ मनोबैज्ञानिकहरु मान्न तयार देखिन्दैनन्। तर पनि समाजमा गरिने भेदभावपूर्ण व्यबहारले निश्चितरूपमा केटाहरुको सिकाइमा भन्दा केटीहरुको सिकाइमा हाम्रो जस्तो समाजमा प्रत्यक्ष असर पारेको छ किनकि हाम्रो समाज पितृसत्तात्मक छ।

ख.      Physiologicsl factors शारीरिक तत्वहरु: स्वास्थ्य, उमेर, लिङ्ग, बुद्धि, अभिरुचि

ग.        Psychological factors  मनोवैज्ञानिक तत्वहरु: बौद्धिक तत्व, आकाङक्षाको तह, सज्ञानात्मक शैली, मानसिक संगठन, स्वतन्त्र शैली, अस्वतन्त्र शैली आदि /

घ.        Psychological factors  वातावरणीय तत्वहरु: सामाजिक वातावरण, घरको वातावरण, विद्यालयको वातावरण, कक्षा वातावरण, शैक्षिक वातावरण आदि /

ङ.         Instructional Factors  शैक्षणिक तत्वहरु: शिक्षकको व्यक्तित्व, अख्तियार पूर्ण शिक्षक, स्वतन्त्र पूर्वक शिक्षक, प्रजातान्त्रिक शिक्षक   

नोट: माथि दिएका बुँदाहरुलाई आवश्कता अनुसार वर्णन गर्नु होला । 

Heredity on Learning  सिकाइमा वंशानुगत गुण

क.       आमाबुवा बाट प्राप्त गुण जसको आधारमा सिकाई हुन्छ ।

ख.       वंशानुगत गुणलाई चिनेर उपयुक्त वातावरण दिलाउनु पर्दछ ।

ग.        वंशानुगत गुणको निर्धारणमा मानिसको हस्तक्षेप सम्भव हुँदैन ।

घ.        मोन्टेज अनुसार वातावरणलाई नियिन्त्रण गरेमा वंशाणुगत गुणलाई केही हद सम्म नियन्त्रण गर्न सकिन्छ ।

ङ.         वंशानुगत गुणले सिकारुको क्षमतामा भिन्नता सृजना गर्दछ ।

च.        वंशानुगत गुणले मानसिक तथा बौद्धिक क्षमतामा समेत असर गर्दछ ।

***

Click for Next Lesson: https://limbuchandrabahadur.blogspot.com/2025/06/gagnes-multiple-learning-theory-b-ed.html

No comments

Powered by Blogger.