Header Ads

 


Gagne's Multiple Learning Theory ग्याग्नेको बहु सिकाई सिद्धान्त B. Ed. 2nd Year Educational Psychology

 

Unit Seven

Learning Theories सिकाई सिद्धृान्तहरु

Click for Video: https://www.youtube.com/watch?v=JHPzr0twQCA 

Introduction of Learning सिकाईको परिचय

सिकाईलाई प्रभावकारी बनाउनको लागी विभिन्न मनोवैज्ञानिक तथा शिक्षा मनोवैज्ञानिकहरुले सिकाईका आधारभुत पक्ष, तत्वहरु वा यसका सम्भाव्यताहरुको अध्ययन गरेको पाइन्छ । उनीहरुले कयौ शताब्दी विताएपश्चात् अनेकौ अभ्ययन, प्रयोग एवं परिक्षणबाट शिक्षा मनोविज्ञानका साहित्यमा सिकाई शिद्धान्तका रुपमा विभिन्न सिद्धान्तहरु विकसित गरेको  पाइन्छ । जस्तै: अनुभववाद (Empiricism), विवेकवाद (Rationalism) , मानवतावाद (Humanism), रचनावाद (Constructivism), संज्ञानवाद (Cognitivism) ,व्यवहारवाद (Behaviorism), मनोविश्लेषणत्मक सिद्धान्त (Psychoanalytic Theory)  आदी ।

सिकाईका सिद्धान्तहरुलाई  निम्न तवरले पनि वर्गिकरण गरिएको पाइन्छ:

क.           SR – Theories with Reinforcement – Thorndike, Skinner, Hall etc.

ख.          SR – Theories without Reinforcement- Pavlov, Watson, Guthari etc.

ग.            Cognitive Field Theory – Kohler, Piaget, Tallman etc.

घ.            Modern Cognitive Theory – Ausuble, Brunner, Bandura etc.

Gagne's Multiple Learning Theory  

ग्याग्नेको बहु सिकाई सिद्धान्त

Robert M. Gagne अमेरिकाको फ्लोरिडा विश्वविद्यालयका मनोविज्ञान विषयका प्राध्यापक हुन् । सन् 1965 मा उनले सिकाई सम्बन्धमा विशेष अनुसन्धान गरेका थिए । उनीद्धारा प्रतिपादीत सिद्धान्त नै बहुमुखि सिकाई सिद्धान्त (Multiple Learning Theory) हो । उनीद्धारा लिखित प्रसिद्ध पुस्तकहरु 'The Conditions of Learning 'Instructional Technology Foundations’मा उनले सिकाईका महत्वपूर्ण आठ तत्वहरु हुने कुरा बताएका छन् । व्यवहारबादी तथा गेस्टाल्टवादीहरुले विभिन्न पशुपन्छीहरु माथि गरेका परीक्षणका आधारमा मानवीय सिकाई सिद्धान्त तयार गरी लागु गरेको कुराको विरोध स्वरुप उनको यो बहुमुखि सिकाई सिद्धान्त प्रयोगमा आएको हो । ग्याग्नेको भनाई अनुसार सबै सिकाईहरु एउटै उद्देश्य तथा प्रयोजनबाट लक्षित हुदैनन् । सिकाईका भिन्न भिन्न दृष्टिकोणहरु हुन्छन् ।त्यस्तै उनी भन्दछन्: सिकाई उत्तेजनाको उपस्थिती होइन बरु त्यसको प्रभाव हो ।

Learning is supposed to result in the enhancement of a person's performance and capabilities by acquiring new ways of behaving (gaining in teams of knowledge, understanding, skills and change of attitudes, etc).         - Gangne

Gagne's Eight Types of Learning  

ग्याग्नेको आठ प्रकारका सिकाईहरु

क.        Signal Learning (संकेतात्मक सिकाई)

कुनै उत्तेजता (S) वा संकेत प्रति प्रतिक्रिया (R) सामान्यिकरण गर्ने सिकाईको स्वरुप साङकेतिक सिकाई हो । यस प्रकारको सिकाईमा कुनै विशेष शब्द वा वस्तुको सट्टा संकेतको प्रयोग गरी सिकाई प्राप्त हुन्छ । जस्तै: प्याभलभको प्रयोगमा मासु देख्ने वित्तिकै कुकुरको मुखमा र्याल आउनु, घण्टी लागे पछि शिक्षक कक्षामा प्रवेश गर्नु वा निस्कनु, ट्राफिकको सिंगनललाई पहिचान गर्नु , गाडिको हर्न बजेको सुनेर बाटो छोडनु आदी साङकेतिक सिकाई ह।

ख.       Stimulus Response Learning उत्तेजना वा उदिपक प्रतिक्रिया सिकाई

यस सिकाई सिद्धान्तका प्रतिपादक Edward L. Thorndike हुन । उनको यो सिद्धान्तलाई 'Bond Theory' या Theory of Connectionism पनि भनिन्छ । प्राणिले कुनै पनि उत्तेजनाप्रति देखाउने प्रतिक्रियाहरुको विभेदीकरणवाट सिकिने सिकाईलाई उत्तेजना प्रतिक्रिया सिकाई भनिन्छ । प्रणिलाई जव कुनै उत्तेजना प्रदान गरिन्छ तव निश्चित प्रतिक्रियाहरु आउन थाल्दछ तर ति प्रीतक्रियाहरु ठीक वा बेठीक कुनै पनि हुन सक्छ । Thorndike द्धारा प्रतिपादीत प्रयत्न एवं भुल सिकाई पनि यस सिकाईको उदाहरण हो । यस सिकाईमा प्रेरणा, प्रोत्साहन, पुर्नवल, पुरस्कार, दण्ड, अभ्यास आदीको व्यावस्था गरिएको हुन्छ । जनावरलाई तालिम दिनु, जनावरको खेल देखाउने, विशेष आवाजको पहिचान गर्ने, अभिवादन साटासाट गर्ने इत्यादी यसको उदाहरणहरु  हुन् ।

ग.         Chain Learning (सृङखलावद्ध सिकाई)

दुई वा दुई भन्दा बढी संयोजनहरु आपसमा जोडिनुलाई सृङखलावद्ध सिकाई भनिन्छ । उत्तेजना र प्रतिक्रियाका विभिन्न सृङखलाहरुलाई क्रमबद्ध रुपमा वा सिक्रिका रुपमा समावेस गरी सिकिने सिकाई प्रतिक्रिया नौ सृङखलावद्ध सिकाई हो । यस अन्तर्गत पौडि खेल्नु, गाडि चलाउन, कम्प्युटर सिक्नु , ताल्चा खोल्नु आदी पर्दछन् । यस प्रकारको सिकाईमा सिकारुले S-R विच सम्बन्ध स्थापना गर्ने कार्य पहिल्यौ प्राप्त गरेको हुनु पर्छ । साथै प्रत्येक श्रृखलाबिच विभेदीकरण गर्न सक्नु पर्छ ।

घ.         Verbal Association Learning (शाब्दिक साहचार्य सिकाई)

यो सिकाई शृङखलावद्ध सिकाईको विकसित रुप हो । किनकी यस प्रकारको सिकाइमा शाब्दिक र क्रियात्मक दुवै सिपहरु संलग्न हुन्छन् । जव दुई वा दुई भन्दा बढी शाब्दिक S-R सम्बन्धहरुलाई संगै राखिन्छ तव शाब्दिक संयोजन वा श्रृखला पैदा हुन्छ । जस्तै गाईको चित्र देखाई उनिहरुले ‘गाई‘ भनि उच्चारण गर्न सक्नु शाब्दिक सहचार्यको सिकाई हो । यस विधिबाट विभिन्न चित्र , वस्तु चिन्ह आदी देखाएर वर्ण, शब्द तथा वाक्य निमार्ण सिकाउन सकिन्छ ।

ङ.          Multiple Discrimination Learning बहुविभेदात्मक सिकाई)

विभिन्न उत्तेजनाहरु मध्ये सही उत्तेजनालाई पत्तालगाई सही प्रतिक्रिया जनाउनुलाई विभेदीकरण भनिन्छ जसमा भिन्न भिन्न उत्तेजनाका लागी भिन्न भिन्न प्रतिक्रिया दिइन्छ । यस अनुसार सिकारुले दुई वा दुई भन्दा बढी वस्तुहरुबीच फरक छुट्टयाउन सक्नु यसको उदाहरण हो । जस्तै: जोडा मिलाऊ अभ्यास, प्याभलभको प्रयोगमा घण्टी पहिचान गरी कुकुरले ¥याल निकाल्नु, शिक्षकले प्रत्येक विद्यार्थीलाई पहिचान गर्नु , सानो बच्चाले आमा समुहमा पहिचान गर्नु ।

च.         Concept Learning धारणा सिकाई

'The term 'concept' refers to an abstraction drawn from particular experiences.' –Dictionary of Education

खास अनुभवहरुबाट खिचिएको एउटा अमुर्त विचारलाई धारण भनिन्छ । त्यस्तै कुनै पनि वस्तुलाई मानसिक रुपमा ग्रहण गर्नु वा वस्तु प्रतिको विचार निश्चित गर्नुलाई धारणा सिकाई भनिन्छ । धारणा निमार्ण प्रक्रियामा क्रमश चरणहरु पर्दछन् जुन अवलोकन, विभेदीकरण, सामान्यीकरण, पहिचान तथा नामाङ्कन हुन् / धारणा सिकाइका चरणहरु निम्न छन्:

अ.        पहिलो - सुक्ष्म अवलोकन                   

आ.     दोस्रो - गुण तथा विशेषताको आधारमा विभेदीकरण

इ.          तेस्रो - गुण तथा विशेषताको आधारमा सामान्यीकरण

ई.          चौथो - विषयवस्तुको वास्तविक पहिचान

उ.          पाचौ - पहचिानको आधारमा नामाङ्कन

अर्थ ,अनुभव र अमूर्तता धारणाका गुणहरु हुन् भने धरणा पूर्व–अनुभव, पुनर्वल र अभ्यासमा भरपर्दछ जुन विभिन्न प्रकारको हुन्छ । जस्तैस् सकारात्मक धारणा, संयोगी तथा असंयोगी वा समन्वयात्मक आदी ।

छ.        Principle Learning सिद्धान्त सिकाई

कुनै पनि नियम वा सिद्धान्तका आधारमा सिकिने सिकाइलाई सिद्धान्त सिकाई भनिन्छ । त्यस्तै दुई वा दुई भन्दा बढी धारणाहरुको संलग्नताबाट सिकिने सिकाईलाई पनि सिद्धान्त सिकाई भनिन्छ जसमा धारणहरु एक आपसमा सम्बन्धित हुन्छन् । जस्तै: 1000 तापक्रममा पानी उम्लन्छ, सुर्य पूर्वंवाट उदाँउछ, काठ पानीमा तैरिन्छ । माथिका उदाहरणहरुमा १०० डिग्रीको धारणा , तापक्रम, पानी, उम्लनेकार्य, यस्तै गरी काठ, पानी, तैरिनुको धारणाले विभिन्न धारणालाई संयोजन गरी सिद्धान्त सिकाईमा मद्दत गर्दछ ।

ज.        Problem Solving Learning (समस्या समाधान सिकाई)

समस्या समाधान सिकाई एक उच्च तहको सिकाई हो जुन ज्ञानात्मक पक्ष Cognitive Domain संग सम्बन्ध राख्दछ । कुनै पनि समस्या समाधान गर्न सिक्ने सिकाईलाई समस्या समाधान सिकाई भनिन्छ जुन सिकाईमा व्याक्तिको आन्तरिक क्षमताको प्रस्फुटन तथा प्रत्यक्षीकरण क्षमताको आवश्यकता पर्दछ । यो सिकाई प्यजभिच को अन्तरदृष्टिपूर्ण सिकाई Insightful Learning सिद्धान्त संग सम्बन्धित छ । यस सिकाईमा सिकारुको बौद्धिक वा तार्किक शक्तिको उच्चतम प्रयोग हुन्छ । समस्या त्यतिबेला समाधान हुन्छ जव व्याक्तिले समस्या समाधानको लागि सोच्न थाल्दछ, ज्ञान, अनुभव र सिपका आधारमा नियम बनाउँछ । यसकार्यमा सिकारुले समस्याको छनौट, पहिचान, अवलोकन, विश्लेषण र समाधान प्रक्रिया अपनाउँदछ । अमेरिकी प्रसिद्ध शिक्षाविद् जोन डिनेले समस्या समाधानका निम्न छ वटा चरणहरु हुने कुरा बताएका छन् ।

क.        समस्याको अनुभवीकरण

ख.       समस्याको पहिचान

ग.         समस्या समाधानको लागि विश्लेषण

घ.         प्राप्त सुचनाको मुल्याङकन

ङ.          समस्या समाधानको लागि सुझाव स्वीकार्नु

च.         निष्कर्षको लेखाजोखा

***

Click for Next Lesson: https://limbuchandrabahadur.blogspot.com/2025/06/educational-implications-of-multiple.html

No comments

Powered by Blogger.