Acceptance syndromes and rejection syndromes of adolescence B. Ed. 2nd Year Educational Psychology
किशोर
अवस्थाका स्वीकृत तथा अस्वीकृत लक्षणहरू
(Acceptance syndromes and rejection syndromes of
adolescence)
Click for Video: https://www.youtube.com/watch?v=QlVSu0hCmAk
किशोर-किशोरीहरूका
त्यस्ता व्यवहारहरू जसलाई समाजले स्वीकार गर्दछ
तिनलाई किशोर अवस्थाका स्वीकृत
लक्षणहरू भनिन्छ भने त्यस्ता व्यवहारहरू जसलाई समाजले
स्वीकार गर्दैन तिनलाई अस्वीकृत लक्षणहरू भनिन्छ। सामान्यतया त्यस्ता स्वीकार्य
र अस्वीकार्य लक्षणहरू निम्नानुसारका हुने गर्दछन्:
स्वीकार्य लक्षणहरू (Acceptance syndromes )
1. आकर्षक रूपरङ्ग, सन्तुलित अवस्था, प्रसन्न मुद्रा र आत्मविश्वासीपन जसले समाजमा राम्रो छाप पार्दछ ।
2.
समाजले
आशा गरेजस्तो राम्रो व्यवहार—
जस्तो खेलकुद, नाचगान,
पढाइ-लेखाइ या कुनै पनि विधामा प्रसिद्ध ।
3. सहयोगीपन, उत्तरदायी, राम्रो आचरण र समाजलाई मनपर्ने काम ।
4. समाजका नीति, नियम मान्ने, परिपक्व, धैर्य, आवेगमा नआउने र उत्सुक ।
5. साँचो बोल्ने, लगनशील, स्वावलम्बी र सामाजिक कार्यमा योगदान गर्ने ।
6. घरपरिवार, समाज र साथीभाइमा सामाजिक, आर्थिक, सांस्कृतिक सबै पक्षमा मिल्न सक्ने।
7. समूहका क्रियाकलापमा संलग्न, भौगोलिक रूपबाट समेत समान आदि।
अस्वीकार्य लक्षणहरू (Rejection syndromes )
१. समाजलाई राम्रा छाप पार्न नसक्ने, एकल स्वभावको, स्वार्थी, राम्रो व्यवहार नभएको ।
२. कुनै पनि विधामा सफल नभएको, कमजोर ।
३. अर्कालाई चिढ्याउने, धम्काउने, धाक देखाउने, मालिक बन्ने, ठालु पल्टने, असहयोगी आदि ।
४. समाजको नीतिनियम नमान्ने, अपरिपक्व, अधैर्य, आवेगमा आउने, आत्मविश्वास नभएको आदी
५. झुटो बोल्ने, कमजोर, स्वार्थि, हठी, अटेर, रिसाह, हडबडाउने, झर्को लाग्ने, व्यबहार आदी
६. घरपरिवार, साथीभाइ र समाजका कुनै पनि पक्षसँग नमिल्ने।
७. समूहमा नमिल्ने, भूगोलबाट भिन्न आदि।
समष्टिमा भन्दा किशोर अवस्थाका बालबालिकाहरूका त्यस्ता क्रियाकलापहरू जुन घर-परिवार र समाज सुहाउँदा हुन्छन् त्यसलाई स्वीकृत लक्षणहरू (Acceptance Syndromes) र त्यस्ता क्रियाकलापहरू जुन समाज अनुकूलका हुँदैनन् त्यसलाई अस्वीकृत लक्षणहरू (Rejection syndromes) भनिन्छ। अर्को शब्दमा भन्दा बालबालिकाहरूका समाजले रूचाउने खालका व्यवहारहरूलाई स्वीकृत लक्षणहरू र नरुचाउने खालका व्यवहारलाई अस्वीकृत लक्षण भनिन्छ। उदाहरणका लागि १३ / १४ वर्ष देखि १८ वर्षसममका केटाकेटीहरूले आमाबाबु र समाजका व्यक्तिहरूले अऱ्हााएका कामहरू गर्नु स्वीकृत लक्षणहरू हुन् भने देवी-देवता नमान्नु, दिनभरी घुम्नु, झगडा गर्नु, जाँडरक्सी खाएर हिंड्नु आदि अस्वीकृत व्यवहारहरू हुन्।
***
Post a Comment