Header Ads

 


Class 12 Instructional Pedagogy Unit 5: Discovery Method खोज विधि

 

खोज विधि

Discovery Method

Click for Video:  https://www.youtube.com/watch?v=120M1k5tHqI

 

कुनै समस्यामा आधारित भए खोज गर्ने, त्यसको कारण पत्ता लगाउने र समाधानका उपायहरू पहिल्याउन विधिलाई नै खोज विधि भनिन्छ । विद्यार्थीहरूले आफ्नो शारीरिक र बौद्धिक क्षमताको प्रयोग गरी कुनै पनि सिकाइ कार्य गर्नुलाई खोज विधि भनिन्छ । खोज विधिलाई दुई भागमा विभाजन गरिएको छ :

अ.  निर्देशित खोज विधि (Guided discovery): सामान्यतया साना कक्षाहरूमा शिक्षकले पूर्ण निर्देश गरी विद्यार्थीलाई काम गर्न लगाई निष्कर्ष निकाल्ने विधिलाई निर्देशित खोज विधि भनिन्छ ।

आ.  अनिर्देशित खोज विधि (Non-guided discovery): ठुला कक्षाहरूमा विद्यार्थी आफैँले स्वतन्त्र रूपमा काम गरी समस्याको पहिचान गर्ने, समस्याको वास्तविकता पत्ता लगाउने, आवश्यक तथ्या सङ्कलन गर्ने, तथ्याङ्कको विश्लेषण गर्ने र निष्कर्ष निकाल्ने विधिलाई अनिर्देशित खोज विधि भनिन्छ | खोज विधिमा विद्यार्थी स्वयम्लाई नै सिद्धान्त तथा नियम खोजी गर्न उत्साहित गर्नुपर्दछ । विद्यार्थीहरू आफैँले समस्याको हल निकाल्ने र समस्या समाधानको उपायहरू खोजी गर्दछन् ।

निर्देशित खोज विधिका चरणहरू

Steps of Guided Discovery

निर्देशित खोज विधिका चरणहरू निम्न छन् :

क.        समस्याको प्रस्तुति (Presentation of problem)

ख.        निर्देशनमा खोजी (Discovery under guidance)

ग.         जाँच (Verification)

घ.         निष्कर्ष (Conclusion)

ङ.          सामान्यीकरण (Generalization)

च.         प्रयोग (Application)

निर्देशित खोज विधिको प्रयोगहरू

Use of Discovery Method

निर्देशित खोज विधिका प्रयोगहरू यसप्रकार छन् :

क.     विद्यार्थीहरूमा खोजी गर्ने बानीको विकास गराउन प्रयोग गरिन्छ ।

ख.     समसामयिक घटनाहरूको अध्ययन गर्ने बानीको विकास गराउन प्रयोग गरिन्छ ।

ग.   विद्यार्थीहरूलाई कुनै पनि समस्या प्रति स्वतन्त्र रूपमा चिन्तन गर्ने बानीको विकास गर्ने प्रयोग गरिन्छ ।

घ.      विद्यार्थी केन्द्रित क्रियाकलाप गर्न प्रयोग गरिन्छ ।

ङ.    विद्यार्थीहरूमा मौलिक रूपमा खोजीको विकास र क्रियाशीलताका लागि प्रयोग गरिन्छ ।

च.      विद्यार्थीलाई आफूले गर्ने कार्यको दायित्व बोध गराउन प्रयोग गरिन्छ ।

निर्देशित खोज विधिका सबल पक्षहरू

Strengths of Discovery Method

निर्देशित खोज विधिका सबल पक्षहरू यसप्रकार छन् :

अ.        शिक्षण प्रक्रियालाई खोजमूलक बनाउन सहयोग गर्दछ ।

आ.      विद्यार्थी केन्द्रित शिक्षणका लागि सहयोग गर्दछ ।

इ.           सिकाइमा विद्यार्थीलाई सक्रिय बनाउँछ ।

ई.           विद्यार्थीहरूमा ज्ञानात्मक, भावात्मक र क्रियात्मक विकास गराउन सहयोग पुग्दछ ।

उ.          विद्यार्थीहरूमा स्वतन्त्र रूपमा कार्य गर्ने बानीको विकास हुन्छ

ऊ.         सिकेको कुरा दीर्घकालीन हुन्छ ।

ऋ.       आफैँले काम गर्ने तथा दायित्व बोध गर्ने बानीको विकास हुन्छ ।

ऌ.         विद्यार्थीहरूमा अन्तर्निहित प्रतिभाको विकास हुन्छ ।

ऍ.          विद्यार्थीहरू आफ्नो क्रियाकलापप्रति सचेत हुन्छन् ।

ऎ.          विद्यार्थीमा खोजी गर्ने क्षमताको विकास हुन्छ ।

निर्देशित खोज विधिका सीमाहरू

Limitations of Discovery Method

निर्देशित खोज विधिका सीमाहरू यसप्रकार छन् :

·              तल्लो तहका कक्षामा उपयुक्त नहुने,

·              शुद्ध खोजीका लागि विद्यार्थीहरू प्रोत्साहित नहुने,

·         योग्य, दक्ष, तालिम प्राप्त र कुशल शिक्षकको अभावमा यो विधि प्रभावकारी नहुने, कमजोर विद्यार्थीहरूको सहभागिता न्यून हुने जसले गर्दा उनीहरूको उपलब्धि कमजोर हुने, आवश्यक सामग्रीहरूको अभाव हुने,

·              समय र खर्च बढी लाग्न सक्ने,

·              सबै विषयवस्तुमा लागु गर्न नसक्नु ।

***

Click for Next Lesson: https://limbuchandrabahadur.blogspot.com/2025/07/class-12-instructional-pedagogy-unit-5_6.html

No comments

Powered by Blogger.