Header Ads

 


Class 12 Instructional Pedagogy Unit 5 Inquiry Method सोधपुछ विधि

 

सोधपुछ विधि

Inquiry Method

Click for Video: https://www.youtube.com/watch?v=-vTR_7Wi-bE

 

विद्यार्थी केन्द्रित विधिहरूमध्ये सोधपुछ विधि एक महत्त्वपूर्ण विधि हो । शिक्षकले कक्षा शिक्षणका क्रममा विद्यार्थीहरूका अगाडि विभिन्न समस्याहरू राखिदिने र विद्यार्थीहरू आफैँ क्रियाशील भएर समस्याको समाधान गर्न खोज्ने विधिलाई नै सोधपुछ विधि भनिन्छ । यस विधिमा विद्यार्थीहरू स्वयम्ले नै समस्याको निराकरणका लागि उपायहरू खोज्ने भएकाले नै यस प्रक्रियालाई सोधपुछ विधि भनिन्छ ।

विभिन्न विद्वान्हरूले समस्या समाधान, खोज, परियोजनाजस्ता सबै विधिहरू सोधपुछ विधि भित्र नै पर्दछ भन्ने तर्क राखेको पाइन्छ तर सोधपुछको वास्तविक अर्थलाई विचार गर्न खोज, अन्वेषण र अनुसन्धानका लागि आवश्यक जानकारी र तथ्याङ्क सङ्कलन र विश्लेषण गर्ने एउटा प्रक्रियाको रूपमा सोधपुछलाई कायम गरिएको छ ।

सोधपुछ विधिको योजना र तयारी

Plan and preparation of inquiry Method

शिक्षाविद् एगान र कचन (Eggan and Kauchan) का अनुसार सोधपुछ विधिको पाठ तयार गर्दा निम्नलिखित चरणहरू अपनाउनुपर्दछ :

अ.  खुला प्रश्नावली (Open ended questionnaire): पाठसँग सम्बन्धित खुला प्रश्नहरूको तयार गर्नु नै सोधपुछ विधिको पहिलो चरण हो । खुला प्रश्नहरूको उत्तर व्यक्तिगत विभिन्नताका आधारमा फरक फरक आउँछन् ।

आ.  परिचित अवस्था (The conversant phase) : विद्यार्थीहरूका सामुन्ने प्रश्नहरू राखिसकेपछि पुनः पहिलो चरणमा राखिएका प्रश्नहरू सोधी उनीहरूलाई स्मरण गर्न लगाउनुपर्दछ ।

इ.      समापन (Closure): प्रश्नहरूको सही उत्तर पत्ता लगाई निष्कर्ष निकाल्न सक्नुलाई नै समापन भनिन्छ । यस चरणमा विद्यार्थीले प्रश्नको आधारमा सामान्यीकरणको निर्माण गर्नुपर्दछ ।

ई. प्रयोग (Application): निष्कर्ष निकालिसकेपछि विभिन्न उदाहरणसहित कार्यान्वयनमा ल्याउनु वा प्रयोग गर्नु नै सोधपुछ विधिको अन्तिम चरण हो ।

सोधपुछ विधिको प्रयोग

Use of Inquiry Method

सोधपुछ विधिको प्रयोग यसप्रकार छन् :

अ.        विद्यार्थीहरूलाई समस्याप्रति जागरुक बनाउन प्रयोग गरिन्छ ।

आ.     विद्यार्थी केन्द्रित शिक्षण गर्नका लागि प्रयोग गरिन्छ

इ.     विद्यार्थीहरूलाई स्वतन्त्रपूर्वक रूपमा काम गराई उनीहरूका प्रतिभाको विकास गराउन प्रयोग गरिन्छ ।

ई.          सिकाइलाई स्थायी बनाउन प्रयोग गरिन्छ ।

उ.          शिक्षकलाई सिकाइप्रति सतर्क बनाउनु प्रयोग गरिन्छ ।

सोधपुछ विधिका फाइदाहरू / सबल पक्षहरू

Advantages / Strengths of Inquiry Method

सोधपुछ विधिका फाइदाहरू यसप्रकार छन् :

अ.        विद्यार्थीमा सोधखोज गर्ने बानीको विकास हुने,

आ.     विद्यार्थीलाई सिकाइमा क्रियाशील बनाउने,

इ.          विद्यार्थीहरूमा प्रतिस्पर्धाको भावना विकास हुने,

ई.          सिकाइलाई खोजमूलक बनाउने,

उ.          विद्यार्थीहरूमा सिर्जनात्मक बानीको विकास गराउन सहयोग गर्ने,

ऊ.        विद्यार्थीहरूबिच विचारको आदान प्रदान गर्ने बानीको विकासमा सहयोग पुग्ने,

ऋ.       विद्यार्थीहरूलाई अध्ययनशील बनाउन सहयोग गर्ने,

ऌ.        विद्यार्थीहरूमा प्रतिक्रिया व्यक्त गर्ने शैलीको विकास गर्ने ।

सोधपुछ विधिका सीमाहरू

Limitations of Inquiry method

सोधपुछ विधिका सीमाहरू यसप्रकार छन् :

अ.        तल्लो तहका कक्षाहरूमा उपयोगी हुँदैन ।

आ.   शिक्षकले योजना निर्माणमा विशेष ध्यान पुऱ्याउन नसकेको खण्डमा यसको प्रयोग सही हुन सक्दैन ।

इ.       योग्य, दक्ष र तालिम प्राप्त शिक्षकको अभावमा प्रभावकारी रूपमा सञ्चालन गर्न सकिँदैन ।

ई.          कमजोर विद्यार्थीहरू सिकाइमा पछाडि नै परिरहन सक्छन् ।

उ.          फरक फरक विद्यार्थीहरूबाट फरक फरक सूचनाहरू आउन सक्दछन् ।

ऊ.  विद्यार्थीहरूबाट प्राप्त सूचनाहरूको मूल्याङ्कनका लागि धेरै नै मेहनतको आवश्यकता पर्न सक्दछ ।

***

Click for Next Lesson: https://limbuchandrabahadur.blogspot.com/2025/07/class-12-instructional-pedagogy-unit-5_76.html

No comments

Powered by Blogger.