Class 12 Instructional Pedagogy Unit 5: Survey Method अवलोकन विधि (सर्वेक्षण विधि )
अवलोकन विधि (सर्वेक्षण विधि )
Survey Method
Click for Video: https://www.youtube.com/watch?v=zO0DrN6rM80
अवलोकन विधिबाट शिक्षणमा सहयोग पुऱ्याउने विधिलाई नै सर्वेक्षण विधि (Survey Method) भनिन्छ । सर्वेक्षण विधि सामाजिक र वैज्ञानिक सिद्धान्तमा आधारित हुन्छ । विभिन्न विषय वा पाठमा प्रश्नावली, अन्तर्वार्ता, छलफल, अवलोकन वा निरीक्षण गरी समस्याको निष्कर्ष निकाल्ने शिक्षण विधिलाई नै सर्वेक्षण विधि (Survey method) भनिन्छ । अर्को शब्दमा कुनै पनि समस्याको अध्ययन गरेर त्यसको निराकरणका उपायहरू पत्ता लगाउने प्रक्रियालाई सर्वेक्षण भनिन्छ । यस विधिलाई निम्न तवरले परिभाषित गरेको पाइन्छ:
रिचार्ड (Richard) अनुसार, "विशेष समस्या वा परिस्थितिलाई वैज्ञानिक प्रक्रियाद्वारा अन्वेषण तथा अध्ययन गर्नु नै सर्वेक्षण हो।" (A survey involves the investigation and study of specific problems or circumstances by means of a specific process.)
क्याम्ब्रिज एड्भान्स लर्नर डिस्नेरी (Cambridge Advanced Learner's Dictionary) अनुसार, "सोधिएका प्रश्नहरूको विचार र व्यवहारको परीक्षण नै Survey हो।" (Survey is an examination of opinions, behavior etc. made by asking people questions.)
विद्यार्थीहरू सम्बन्धित क्षेत्रमा गई आफ्नै क्रियाकलापका माध्यमबाट तथ्याङ्क सङ्कलन गरी निष्कर्षमा पुग्ने प्रक्रिया नै सर्वेक्षण विधि हो । सम्बन्धित विषयहरूमा तथ्य सङ्कलन गरी समस्या समाधान गर्न यस विधिलाई महत्त्वपूर्ण मानिन्छ ।
सर्वेक्षण विधिका चरणहरु
Steps of Survey Method
सर्वेक्षण विधिका चरण निम्न छन् :
अ. उपयुक्त विषयवस्तुको छनोट (Selection of subject matter): सर्वप्रथम सर्वेक्षणका लागि उपयुक्त विषयवस्तुको छनोट गर्नुपर्दछ । कुन विषयवस्तुमा आधारित भएर सर्वेक्षण गर्ने हो भन्ने विषयक निर्धारण गर्नु नै विषयवस्तुको छनोट हो ।
आ. जनसङ्ख्याको निर्धारण (Determination of population): विषयवस्तुको छनोटपश्चात् सर्वेक्षणबा जनसङ्ख्याको निर्धारण गर्नुपर्दछ ।
इ. नमुनाको छनोट (Sampling): सर्वेक्षणको जनसङ्ख्या मध्येबाट कुन कुन व्यक्ति र स्थानमा गई अध्ययन कार्य गर्ने हो त्यसको लागि नमुनाको छनोट गर्नुपर्दछ ।
ई. साधनको निर्माण (Formation of tools): जनसङ्ख्याको आधारमा नमुना छनोट भइसकेपनि अध्ययनका लागि आवश्यक साधनहरूको विकास गर्नुपर्दछ । प्रश्नावली, अन्तर्वार्ता, अवलोकन आदि यसका साधनहरु हुन सक्छन् ।
उ. तथ्याङ्क सङ्कलन (Collection of data): अध्ययनका साधनहरूको निर्माण भइसकेपि सर्वेक्षणकर्ताले नमुना छनोट भएको जनसङ्ख्याबाट तथ्याङ्क सङ्कलन गर्नुपर्दछ । तथ्याङ्क सङ्कल गर्न तथ्याङ्क सङ्कलनका लागि बनाएको साधन प्रयोग गर्नुपर्दछ ।
ऊ. तथ्याङ्कको विश्लेषण (Analysis of data): तथ्याङ्क सङ्कलन गरिसकेपछि सर्वेक्षणकर्ता तथ्याङ्कको तालिकीकरण गर्ने, विश्लेषण गर्ने र व्याख्या गर्ने गर्नुपर्दछ ।
ऋ. प्रतिवेदन (Reporting): तथ्याङ्कको विश्लेषणका आधारमा निष्कर्ष निकाल्नुपर्दछ र अन्त्यमा सर्वेक्षण विधिकार्यको प्रतिवेदन तयार गर्ने गरिन्छ ।
सर्वेक्षण विधिको प्रयोग
Use of Survey Method
सर्वेक्षण विधिको प्रयोगलाई निम्नानुसार देखाउन सकिन्छ :
क) गणना सर्वेक्षणका (Censes Survey) लागि यस विधिको प्रयोग गरिन्छ ।
ख) नमुना सर्वेक्षणका (Sample survey) लागि यस विधिको प्रयोग गरिन्छ ।
ग) मनोवैज्ञानिक सर्वेक्षणका (Psychological Survey) लागि यस विधिको प्रयोग गरिन्छ ।
घ) सरकारी सर्वेक्षणका (Government survey) लागि यसको प्रयोग गरिन्छ ।
ङ) निजी सर्वेक्षणका (Private survey) लागी पनि यसको प्रयोग गरिन्छ ।
च) गोप्य सर्वेक्षणका (Confidential survey) लागि यसको प्रयोग गरिन्छ ।
सर्वेक्षण विधिका सबल पक्षहरू
Strengths of Survey Method
सर्वेक्षण विधिका सबल पक्षहरू यसप्रकार छन् :
क. विद्यार्थीहरू सिकाइका लागि क्रियाशील हुन्छन् ।
ख. सर्वेक्षण विधिबाट सिकेका सिकाइहरू चिरस्थायी हुन सक्छन् ।
ग. यस विधिको माध्यमबाट प्रतिवेदन लेखनमा सहयोग पुग्दछ ।
घ. यस विधिबाट वास्तविक तथ्याङ्कहरू सङ्कलन गर्न सहयोग गर्दछ ।
ङ. ठुलो जनसङ्ख्याबाट तथ्याङ्क सङ्कलन गर्न सकिने हुँदा सबै विषयमा उपयोगी हुन्छ ।
च. प्रयोगात्मक र सैद्धान्तिक दुवै विषयमा तथ्याङ्क सङ्कलन गर्न सकिने हुँदा सबै विषयमा उपयोगी हुन्छ ।
छ. सूचना र तथ्याङ्कको विश्लेषण गर्ने र त्यसबाट निष्कर्ष निकाल्ने क्षमताको विकास हुन्छ ।
सर्वेक्षण विधिका सीमाहरू
Limitations of Survey Method
सर्वेक्षण विधिका सीमाहरू यसप्रकार छन् :
क. सर्वेक्षण विधिमा बढी समय लाग्ने,
ख. सर्वेक्षण विधिमा बढी खर्च लाग्ने,
ग. सर्वेक्षण विधिमा आवश्यक परेको वा चाहिएको समयमा तुरुन्त प्रयोग गर्न नसकिने,
घ. सर्वेक्षण विधिमा वस्तुनिष्ठता कम हुने,
ङ. सर्वेक्षण विधिमा विश्वसनीयता र वैद्यता कम हुने,
च. सर्वेक्षण विधिमा तल्लो तहका विद्यार्थीहरूका लागि अनुपयोगी हुने,
छ. योग्य, दक्ष र निपूर्ण शिक्षकको अभावमा यो विधि प्रभावकारी नहुने ।
***
Click for Next Lesson: https://limbuchandrabahadur.blogspot.com/2025/07/class-12-instructional-pedagogy-unit-5_57.html
Post a Comment