Header Ads

 


Class 12 Instructional Pedagogy Unit 5: Mini Project साना परियोजना

 

साना परियोजना

Mini Project

 Click for Video: https://www.youtube.com/watch?v=5hJSCDyqKUg

 

शिक्षाविद् जोन डिवे (John Dewey) को गरेर सिक्ने (Learning by doing) भन्ने सिद्धान्तमा आधारित साना परियोजना विधि रहेको छ । विद्यार्थीहरूलाई निर्धारित समयभित्र आवश्यक पर्ने क्रियाकलाप पूरा गर्न लगाई त्यससम्बन्धी आवश्यक ज्ञान, धारणा र व्यवहारका कुराहरू विद्यार्थी आफैँले सिक्ने प्रक्रियालाई साना परियोजना विधि (Mini project method) भनिन्छ । साना परियोजना विधिमा विद्यार्थीका दैनिक जीवनसँग सम्बन्धित सामग्रीको सङ्कलन गरी खोज, अध्ययन अनुसन्धान, विश्लेषण, संश्लेषण र मूल्याङ्कनद्वारा निष्कर्षमा पुग्ने काम गरिन्छ ।

स्टेभेन्सन (Stevenson) ले सर्वप्रथम सन् १९०८ मा अमेरिकाको कृषि विद्यालयमा परियोजना विधि प्रयोग गरेका थिए । कुनै पनि विषयवस्तुलाई सानो परियोजना बनाएर विद्यार्थीहरूलाई निर्धारित समयभित्र आवश्यक क्रियाकलाप पूरा गर्न लगाई त्यससम्बन्धी आवश्यक ज्ञान, सिप धारणा र व्यवहारका कुराहरू विद्यार्थी आफैँले सिक्ने प्रक्रियालाई साना परियोजना विधि भनिन्छ ।

परियोजना विधिका सिद्धान्तहरू (Principles of Project Method)

परियोजना विधिका सिद्धान्तहरूलाई देहायबमोजिम उल्लेख गरिएको छ :

क.        उद्देश्यको सिद्धान्त (Principle of purpose): कुनै पनि परियोजना उद्देश्यमूलक हुनुपर्दछ । उदेश्यकै आधारमा परियोजना सञ्चालन हुन्छ । त्यसैले परियोजना तर्जुमाको आधार नै उद्देश्यको सिद्धान्त हो

ख.       क्रियाकलापको सिद्धान्त (Principle of activity): परियोजनाले विद्यार्थीहरूलाई क्रियाकलापमा सरिक हुने अवसर प्रदान गर्न सक्नुपर्दछ । विद्यार्थीलाई सिकाइमा सहभागी गराउनुपर्दछ ।

ग.         अनुभवको सिद्धान्त (Principle of experience): परियोजनाले विद्यार्थीहरूमा अनुभव प्रदान गर्न सक्ने हुनुपर्दछ। विद्यार्थी सिकाइ क्रियाकलापमा सहभागी भएपछि उक्त सहभागिताको आधारम विद्यार्थीले अनुभव प्राप्त गर्दछन् ।

घ.         वास्तविकताको सिद्धान्त (Principle of reality): विद्यार्थीको वास्तविक अवस्थासँग परियोजना मेल खाने हुनुपर्छ । परियोजनाबाट विद्यार्थीले वास्तविकतामा रहेर सिक्ने अवसर प्राप्त गर्छन् ।

ङ.          स्वतन्त्रताको सिद्धान्त (Principle of freedom): परियोजना विधिले विद्यार्थीहरूलाई स्वतन्त्र वातावरणमा सिक्ने अवसर प्रदान गर्नुपर्दछ । विद्यार्थीले स्वतन्त्र भई आफ्नै गतिमा सिक्छन् ।

च.         उपयोगिताको सिद्धान्त (Principle of utility): परियोजनाबाट प्राप्त गरेका ज्ञानहरू सिकारुको जीवनमा उपयोगी हुनुपर्दछ । सिकारूले जीवनमा प्रयोग गर्नुपर्दछ ।

साना परियोजना विधिका चरणहरू

Steps of the Mini Project Method

साना परियोजना विधिका चरणहरू यसप्रकार छन् :

क.        समस्याको पहिचान (Identification of problem): विद्यार्थीहरूको जीवनसँग सम्बन्धित समस्याहरूको पहिचान गरी छनोट गर्नुपर्दछ । परियोजना विधिका लागि समस्या छनोट गर्दा विद्यार्थीसँग समेत छलफल गर्नुपर्दछ ।

ख.       समूह निर्माण (Formation of group): परियोजनाको लागि विद्यार्थीहरूको समूह विभाजन गरी समूह नेताको चयन गर्नुपर्दछ ।

ग.         योजना निर्माण (Formation of plan): समूह नेता र अन्य सहभागिताहरूसँग छलफल गरी परियोजनाको योजना तर्जुमा गर्नुपर्दछ । योजना तर्जुमा गर्दा योजनाका सदस्यहरूलाई कार्यविभाजन समेत गर्नुपर्दछ ।

घ.         परियोजना सञ्चालन (Conducting project): परियोजनाको योजनाअनुसार कार्यान्वयन गर्नुपर्दछ। समूहका सदस्यले परियोजनाले निर्धारण गरेका कार्यहरू गर्नुपर्दछ ।

ङ.          प्रतिवेदन (Reporting): परियोजनाको योजना, सञ्चालन र कार्यान्वयको विश्लेषण गरी प्रतिवेदन तयारी गर्नुपर्दछ। परियोजनाको प्रतिवेदन तयार गर्ने क्रममा समूहका सदस्यहरूबिच व्यापक छलफल गर्नुपर्दछ । प्रतिवेदनको मूल्याङ्कन गरी प्रतिवेदनलाई अभिलेखका रूपमा राख्नुपर्दछ ।

च.         प्रतिवेदन प्रस्तुति (Present the report): परियोजनाको प्रतिवेदन तयारी गरिसकेपछि सरोकारवालाका बिच प्रस्तुत गर्नुपर्दछ ।

साना परियोजनाको प्रयोग

Use of Mini Project

साना परियोजनाको प्रयोग निम्न छन् :

ü व्यावहारिक ज्ञान हासिल गर्न यस विधिको प्रयोग गरिन्छ ।

ü विद्यार्थीहरूलाई सिकाइ कार्यमा क्रियाशील बनाउन प्रयोग गरिन्छ ।

ü विद्यार्थीहरू स्वयम्ले अनुभव प्राप्त गरी सिक्न यस विधिको प्रयोग गरिन्छ

ü विद्यार्थीहरूमा सामूहिक विकासको कार्य गर्न गराउन र सहयोगी भावनाको विकास गराउन यस विधिको प्रयोग गरिन्छ ।

साना परियोजनाका सबल पक्षहरू

Strengths of Mini Project

साना परियोजनाका सबल पक्षहरू यसप्रकार छन् :

·        साना परियोजनाले शिक्षणलाई व्यावहारिक र उपयोगी बनाउँछ ।

·        विद्यार्थीहरूको दैनिक जीवनसँग सम्बन्धित व्यावहारिक समस्या समाधान गर्न सहयोग पुऱ्याउँछ ।

·        सामाजिक भावनाको विकासमा सहयोग गर्दछ

·         विद्यार्थीहरूमा खोज तथा अनुसन्धानात्मक सिपको विकास गराउछ ।

·        मौलिक चिन्तन वा अनुभवको विकास गराउँछ ।

·        सिकाइप्रति विद्यार्थीहरू उत्प्रेरित हुन्छन् किनभने उनीहरूले स्वतन्त्रपूर्वक कार्य गर्न पाउनेछन् ।

·        विद्यार्थीमा उत्तरदायित्वको भावनाको विकास हुन सक्छ ।

·        सर्वाङ्गीण विकासमा सहयोग पुग्दछ ।

साना परियोजनाका दुर्बल पक्षहरू

Limitations of Mini Project

साना परियोजनाका दुर्बल पक्षहरूलाई निम्नानुसार देखाउन सकिन्छ :

क.        समय र आर्थिक रूपले खर्चिलो हुन्छ ।

ख.       सबै विषयवस्तुमा यस विधिको प्रयोग गर्न सकिँदैन ।

ग.         योग्य, दक्ष र कुशल शिक्षकको अभावमा साना परियोजना सञ्चालनमा कठिनाइ हुन सक्छ ।

घ.         सिकाइ क्रमबद्ध नभई, असङ्गठित र अनियमित हुन सक्छ ।

ङ.          तल्ला तहका विद्यार्थीहरूका लागि यो विधि उपयोगी हुँदैन ।

च.          कमजोर विद्यार्थीहरूको सहभागिता सक्रिय नहुन सक्छ ।

छ.        विद्यार्थीका क्रियाकलापहरू राम्रा नभएमा साना परियोजनाको उद्देश्य पूरा हुन

ज.        सबै प्रकारका सामाजिक गुणको विकास गराउन यो विधि सफल नहुन सक्छ

झ.       विद्यालयको समय तालिका कार्यलाई असङ्गठित गरिदिन्छ

***

Click for Next Lesson: https://limbuchandrabahadur.blogspot.com/2025/07/class-12-instructional-pedagogy-unit-5_14.html 

No comments

Powered by Blogger.