Header Ads

 


Class 12 Instructional Pedagogy Unit 3: Meaning of Data and its Uses तथ्यांकको अर्थ र प्रयोग

 

तथ्यांकको अर्थ

Meaning of Data

'तथ्यांक' शब्द 'तथ्य' र 'अंक' मिलेर बनेको छ जसको अर्थ 'वास्तविक सत्यलाई संख्यामा व्यक्त गर्नु' भन्ने बुझिन्छ । तथ्यांकले कुनै पनि कुरालाई सजिलैसग जो कसैलाई बुझ्न सहयोग गर्छ । शिक्षासग सम्बन्धित सुचना र जानकारीको वैज्ञानिक र व्यवस्थित प्रस्तुतीकरण नै शैशिक तथ्यांक हो । शिक्षक, विद्यार्थी, पाठ्यक्रम, शैशिक सामग्री, भौतिक सामग्री आदि विविध प्रकारका तथ्य र सुचनाको व्यवस्थित रखाई र प्रस्तुति नै शिक्षिक तथ्यांक हो । उक्त तथ्यांक समयानुकुल र वस्तुनिष्ठ हुनुपर्छ जुन वास्तविकतामा आधारित हनुपर्छ ।

शैशिक तथ्यांकले शिक्षा क्षेत्रमा के के भईरहेको छ भन्ने कुराको जानकारी दिदै भविश्यामा कस्तो योजना बनाउने भन्ने कुराको योजना गर्न मद्दत गर्छ । शैक्षिक तथ्यान्कहरुको प्रयोग शैक्षिक कार्यक्रमको मुल्यांकन गर्न, शैक्षिक योजना निर्माण गर्न, अनुगमन तथा अनुसन्धान कार्य अगी बढाउँन सहयोग गर्छ । शैक्षिक तथ्यान्कहरुको प्रयोगलाइ निम्न बुदामा देखाउन सकिन्छ:

क)       शैक्षिक योजना निर्माण गर्न ।

ख)       विद्यालयलाई अनुदान प्रदान गर्न ।

ग)        शिक्षक विद्यार्थी अनुपात कायम गर्न ।

घ)        शिक्षक विद्यार्थी अनुपातको आधारमा दरबन्दी कायम गर्न ।

ङ)         सिकाइ उपलब्धिको लेखाजोखा गर्न ।

च)        भावी शिक्षाको रुपरेखा तय गर्न ।

तथ्यांकको प्रयोग

Use of Data

तथ्यांकले विद्यालयलाई विद्यार्थीहरूको शैक्षिक प्रदर्शन, उपस्थिति, र व्यवहारको मूल्यांकन गर्न मद्दत गर्छ। यसले विद्यार्थीहरूको शैक्षिक प्रगति मापन गर्न, पाठ्यक्रमको प्रभावकारिता जाँच्न, र शिक्षण विधिहरूको सुधारको लागि आधारशिला प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्छ। साथै, तथ्यांकले शिक्षकहरूको प्रदर्शन मूल्यांकन, विद्यालयको समग्र प्रगति र व्यवस्थापनको प्रभावकारिताको मापन गर्न मद्दत पुर्याउँछ। तथ्यांकको प्रयोगलाई निम्नानुसार देखाउन सकिन्छ:

क)       विद्यार्थीको तयारी: विद्यार्थीलाई कुनैपनि विषयवस्तु सिकाउनु पुर्व उसको सहभागिताकोलागि तयारि गराउनु नै विद्यार्थीको तयारि हो । सिकाईको लागि विद्यार्थीलाई शारीरिक, मानसिक, सामाजिक तथा संवेगात्मक पक्षहरुबाट तयार राख्नु पर्छ । शैक्षिक तथ्यांकको प्रयोगले कुन स्तर र तहका विद्यार्थी के कस्ता विषयवस्तु सिक्न तयार भएका छन भन्ने कुरा देखाउछ । शैक्षीक उपलब्धिको आधारमा कुन विषयवस्तु कसरी सिकाउँन सकिन्छ वा कुन विषयवस्तु सिक्न तयार छन भन्ने कुराको निर्धारण गरिन्छ ।

ख)       मुल्यांकन अंक: विद्यार्थीको सिकाई प्रक्रियालाई सुधार गर्न मुल्यांकनको अंकनलाइ आधार मान्नुपर्छ / नेपालमा विद्यार्थीको अंकनको कार्य राष्ट्रिय स्तरमा शैक्षिक गुणस्तर परिक्षण केन्द्रले गर्दै आएकोछ भने विद्यालयमा सम्बन्धित विद्यालय र शिक्षकबाट हुड्दै आएको पाइन्छ / नेपालमा प्रचलनमा रहेका विभिन्न तहका मुल्यांकनका अंक निम्न छन:

अ)       प्राथमिक तहको निरन्तर मुल्यांकनको लागि तय गरेका मुल्यानाकन यस्तो छ:

७०% देखि १००% सम्म   - क श्रेणी

४०% देखि ७०% सम्म    - ख श्रेणी

४०% भन्दा तल          - ग श्रेणी   

आ)    कक्षा ६ र ७ को निरन्तर मुल्यांकनको लागि तय गरेका मुल्यानाकन यस्तो छ:

८०% वा सो भन्दा माथि    - क श्रेणी

६०% देखि ७९% सम्म     - ख श्रेणी

४०% देखि ५९% सम्म     - ग श्रेणी

इ)         विद्यार्थी मुल्यांकनमा अक्षरांक पद्दति कक्षा ८-१० को ग्रेड निर्धारण

सी न

प्राप्तांक वर्गान्तर %

ग्रेड वा तह वा श्रेणी

व्याख्या

स्तारिकृत अंक

१

९० भन्दा माथि

A +

Outstanding

४.०

२

८० दखि ८९ सम्म

A

Excellent

३.६

३

७० देखि ७९ सम्म

B+

Very Good

३.२

४

६० देखि ६९ सम्म

B

Good

२.८

५

५० देखि ५९ सम्म

C+

Satisfactory

२.४

६

४० देखि ४९ सम्म

C

Acceptable

२.०

७

३० देखि ३९ सम्म

D+

Partially Acceptable

१.६

८

२० देखि २९ सम्म

D

Insufficient

१.२

९

२० भन्दा कम

E

Very Insufficient

०.८

 

ग)        कक्षाकोठा कार्यसम्पादन Classroom Performance

कक्षाकोठा सम्पादनले सिकाइ उपलब्धि, मूल्यांकन, र विद्यार्थीहरूको प्रदर्शनका विभिन्न पक्षहरूलाई समेटछ । सिकाइ उपलब्धि र मूल्यांकनबाट प्राप्त अंक कक्षाकोठा कार्यसम्पादनको आधार हो जसले विद्यार्थीहरूको शैक्षिक प्रगति मापन गर्न मद्दत गर्छ र शिक्षकलाई विद्यार्थीहरूको क्षमता र कठिनाइहरूको बारेमा जानकारी दिन्छ। यसै गरि लिखित, मौखिक, वा प्रयोगात्मक कार्यले विभिन्न प्रकारका मूल्यांकन विधिहरूलाई समेट्छ, जसबाट कक्षाकोठा कार्यसम्पादनको कार्यलाई जनाउदछ । यसले विद्यार्थीको ज्ञान र सीपहरूको समग्र मूल्यांकन गर्न मद्दत गर्छ। कक्षाकोठा सम्पादनले वास्तविक उपलब्धिको उजागरण  गदै विद्यार्थीको वास्तविक प्रगति र सफलतालाइ देखाउछ ।

सिकारुको संज्ञानात्मक, भावनात्मक, र मनोक्रियात्मक पक्षहरूको अवलोकनले विद्यार्थीहरूको समग्र विकासको मूल्यांकन गर्न मद्दत गर्छ जसको निर्धारण कक्षाकोठा सम्पादनले गर्छ । प्राप्त क्षमताको प्रदर्शनले विद्यार्थीको सीप र समझलाई व्यावहारिक अवस्थामा परीक्षण गर्न सक्षम बनाउँछ। अन्ततः, पाठ्यक्रमले तोकेको लक्ष्यको प्राप्तिले पाठ्यक्रमको प्रभावकारिता र विद्यार्थीहरूको लक्ष्य प्राप्तिमा योगदान गरेको मूल्यांकन गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। यी सबै पक्षहरू कक्षाकोठा कार्यसम्पादन भित्र पर्दछन ।

कार्यसम्पादनका फाइदाहरु

Advantages of Classroom Performance

अ)       सिकाइ उपलब्धिको जानकारी गराउछ ।

आ)    अन्य साधनले मुल्यानाकन गर्न नसकेको सिकाइ उपलब्धिलाई लेखाजोखा गर्छ । 

इ)         सिकाइ सुधारको लागि प्राप्त भएको सुझावलाई उपयोग गराउछ ।

ई)         प्रभावकारी व्यवस्थापनले विद्यार्थीहरूको आवश्यकता र विविधतालाई मध्यनजर गर्छ ।

उ)         व्यवस्थित कक्षाकोठाले विद्यार्थीहरूको व्यवहार र अनुशासनमा सुधार ल्याउँछ ।कार्यसम्पादनका बेफाइदाहरु

Disadvantages of Classroom Performance

अ)       शिक्षा भन्दा तालिममा वकालत गर्नु ।

आ)    विद्यार्थीको धारणालाई यान्त्रिक रुपले प्रस्तुत गर्नु ।

इ)         ज्ञानमूलक पाठहरुको मुल्यांकनमा कठिनाई हुनु ।

ई)         मुल्यांकनमा समय वढी लाग्नु । 

उ)         प्राप्तांकमा विश्वसनीयता र वैधता कम हुनु । 

***

Click for Next Lesson: https://limbuchandrabahadur.blogspot.com/2025/07/class-12-instructional-pedagogy-unit-3_68.html

No comments

Powered by Blogger.