Class 12 Instructional Pedagogy Unit 3: Art of Questioning and Managing Pupils' Response उपयुक्त प्रश्न गर्ने तरिका र विद्यार्थीको प्रतिक्रियाको व्यवस्था
उपयुक्त प्रश्न गर्ने तरिका
Art of Questioning
Click for Video: https://www.youtube.com/watch?v=ND5Cxr2d7kE
प्रश्न सोध्ने कला भनेको शिक्षण प्रक्रियामा विद्यार्थीहरूको सक्रिय सहभागिता र गहन सोचलाई प्रोत्साहित गर्ने महत्त्वपूर्ण विधि हो। समूहमै प्रश्न गर्दा, सबै विद्यार्थीहरूले प्रश्नलाई सुन्ने र सोच्ने मौका पाउँछन्, जसले उनीहरूको ध्यान केन्द्रीत हुन्छ। प्रश्न गरेपछि केहि बेर रोकिँदा विद्यार्थीहरूलाई सोच्नका लागि समय मिल्छ, र यसपछि एक विद्यार्थीलाई उत्तरका लागि उठाउँदा, उनीहरूले आफ्नो विचार प्रस्तुत गर्न प्रेरित गरिन्छ।
विद्यार्थीले दिएको उत्तरलाई ध्यानपूर्वक सुन्ने र त्यसको मुल्यांकन गर्दा, शिक्षकले विद्यार्थीको बुझाइको स्तर पत्ता लगाउन सक्छन्। यस प्रक्रियामा, स्पष्ट रूपमा प्रश्न सोध्नु आवश्यक छ, ताकि विद्यार्थीहरूले प्रश्नको मर्म बुझ्न सकून् र सोधिने प्रश्नले शिक्षण प्रक्रियालाई अझ प्रभावकारी बनाउन मद्दत पुर्याओस्। कक्षामा प्रश्न सोध्ने तरिकालाई निम्न प्रकारमा देखाउन सकिन्छ:
अ) समुहमा प्रश्न गर्ने,
आ) प्रश्न गरेपछि केहि बेर रोकिने,
इ) समुहमा प्रश्न सोध्ने र उत्तरको लागि एक बिध्यार्थिलाई उठाउने,
ई) विद्यार्थीले दिएको उत्तरलाई सुन्ने अनि प्राप्त उत्तरको मुल्यांकन गर्ने,
उ) स्पष्ट रुपमा प्रश्न सोध्ने
ऊ) मिठो स्वरमा प्रश्न सोध्ने
ऋ) सबैलाई उत्तर दिने अवसर दिने
ऌ) प्रश्नसोध्नुको निश्चित उद्धेश्य राख्ने
ऍ) एउटा विद्यार्थीले उत्तर नदिएमा अर्कोलाई सोध्ने
ऎ) प्रश्न सम्बन्धित विषयवस्तुबाट नै सोध्ने
विद्यार्थीको प्रतिक्रियाको व्यवस्था
Managing Pupils' Response
बिधार्थिले दिएको उत्तरलाई सहि रुपमा व्यबस्थापन गर्ने सक्ने कलालाई विद्यार्थीको प्रतिक्रियाको व्यवस्था भनिन्छ / यस अन्तर्गत विद्यार्थीले उत्तर दिएपछि शिक्षकले त्यस उत्तरलाई कसरी सम्हाल्छन्, मूल्यांकन गर्छन्, र यसबाट अगाडिको शिक्षण प्रक्रिया कसरी अगाडि बढाउँछन् भन्ने हो। जब विद्यार्थीले उत्तर दिन्छन्, शिक्षकले त्यो उत्तरलाई ध्यानपूर्वक सुन्ने र विश्लेषण गर्ने काम गर्छन्।
यसपछि, शिक्षकले विद्यार्थीको उत्तर सहि भए थप प्रोत्साहन दिन सक्छन्, वा यदि उत्तर त्रुटिपूर्ण छ भने, विद्यार्थीलाई सही दिशा देखाउन मार्गदर्शन र सुधार गर्ने मौका पाउँछन्। बिधार्थिले दिएको उत्तरलाई ६ स्वरुपमा बाँड्न सकिन्छ:
क) ठिक उत्तर
ख) अपूर्ण उत्तर
ग) आशिक ठिक तथा आंशिक बेठिक उत्तर
घ) गलत तर बौद्धिक उत्तर
ङ) अस्वाभाविक रुपमा गलत उत्तर
च) जथाभावी उत्तर
बिधार्थिले दिएको उत्तरलाई सहि रुपमा व्यबस्थापन गर्न शिक्षकले निम्न कुरामा ध्यान दिनुपर्छ :
क) दिएको उत्तरलाई प्रशंसा गर्ने ।
ख) गलत उत्तरलाई विश्लेषण गरि सच्याउनको लागि अवसर दिने ।
ग) आंशिक वेठिक उत्तरलाई चिन्न र सच्याउन प्रोहत्साहन गर्ने ।
घ) अपूर्ण र अस्पष्ट उत्तरलाइ पूर्ण र स्पष्ट पार्न सहोयोग गर्ने ।
ङ) कम बोल्ने तथा लाज मान्नेलाइ प्रोत्साहित गर्ने ।
च) उत्तर भन्दा पूर्ण वाक्यमा भन्न लाउने ।
छ) ठिक उत्तरलाई फेरी भन्न लगाउने ।
ज) प्रश्न जसलाई सोधेको छ उसैले उत्तर दिन लाउने ।
झ) गलत उत्तरलाई कहा, के, कसरी गल्ति भयो भन्दिने ।
***
Click for Next Lesson: https://limbuchandrabahadur.blogspot.com/2025/07/class-12-instructional-pedagogy-unit-3_72.html
Post a Comment