Class 12 Instructional Pedagogy Unit 3: Managing Instruction and Its Importance शैक्षणिक व्यवस्थापन र महत्वहरु
एकाइ तिन
शैक्षणिक व्यवस्थापन
Managing Instruction
Click for Video: https://www.youtube.com/watch?v=8BVvImZcnkw&t=11s
शैक्षणिक व्यवस्थापनको अर्थ
Meaning of Managing Instruction
पाठ्यक्रमले तोकेको उद्देश्यलाई प्राप्त गर्न प्रभावकारी शिक्षण विधिहरूको चयन र कार्यान्वयन अनिवार्य छ। कक्षाकोठाको सरसफाई, हावादारता, र तापक्रमले शिक्षण वातावरणलाई सहज र प्रोत्साहक बनाउँछ, जसले विद्यार्थीहरूको ध्यान र सहभागिता बढाउँछ। फर्निचरको सही व्यवस्था शिक्षण र सिकाइमा आरामदायकता ल्याउँछ, जबकि शैक्षिक सामग्रीको सुलभ व्यवस्थापनले पाठ्यक्रमको गुणस्तरमा सुधार ल्याउँछ। प्रविधिको प्रभावकारी व्यवस्थापनले आधुनिक शिक्षण उपकरणहरूको उपयोग सुनिश्चित गर्छ, जसले शिक्षण प्रक्रियालाई सहज र आकर्षक बनाउँछ।
अन्ततः, विद्यार्थी समूह निर्माणले सहयोगात्मक सिकाइलाई प्रोत्साहन दिन्छ, जसले समूहगत गतिविधिहरू र सामूहिक परामर्शलाई सहयोग पुर्याउँछ। यी सबै तत्वहरूको उचित व्यवस्थापनलाइ शैक्षणिक व्यवस्थापन भनिन्छ । जोन्सन र ब्यांक अनुसार 'शैक्षणिक उद्धेश्य प्राप्तिका लागि गरिने कक्षाकोठाको व्यवस्थापन प्रक्रिया नै शैक्षणिक व्यवस्थापन हो । शैक्षणिक व्यवस्थापनमा मुख्य तिन पक्षलाइ ध्यान दिनुपर्छ :
अ) कक्षाकोठामा हावा, बिजुली, हलचल गर्ने ठाउ सहित बिध्यार्थीको बसाइ व्यवस्था,
आ) कक्षाकोठामा शैशिक सामग्री प्रयोग गर्ने र राख्ने ठाउको व्यवस्था
इ) विभिन्न क्रियाकलापहरु को लागि स्थान र विद्यार्थी हरुको समुह निर्माण
शैक्षणिक व्यवस्थापनको महत्वहरु
Importance of Managing Instruction
प्रभाबकारी शिक्षणको लागि उपयुक्त वातावरण सृजना गर्नु नै शैक्षणिक व्यवस्थापन हो । यसरि नै निर्धारित उद्धेशअनुसारको विषयवस्तु शिक्षण गर्नको लागि आवश्यक पर्ने सम्पूर्ण पक्षहरुको उचित व्यवस्था नै शैक्षणिक व्यवस्थापन हो । यसको महत्वलाई निम्न बुदाहरुमा देखाउन सकिन्छ:
· उद्देश्य प्राप्तिमा सहयोग
· शिक्षणको गुणस्तर सुधार
· कक्षाकोठामा हावा तथा प्रकाशको व्यवस्था
· उपयुक्त बसाइको व्यबस्था
· स्रोतहरूको कुशल उपयोग
· शैक्षिक वातावरणको सुधार
· प्रविधिको समुचित प्रयोग
· विद्यार्थीहरूको समग्र विकास
· प्रशासनिक कार्यहरूको समन्वय
***
Click for Next Lesson: https://limbuchandrabahadur.blogspot.com/2025/07/class-12-instructional-pedagogy-unit-3.html
Post a Comment