Class 12 Instructional Pedagogy Unit 5: Field Trip क्षेत्रभ्रमण
क्षेत्रभ्रमण
Field Trip
Click for Video: https://www.youtube.com/watch?v=1RqpS7lAPrY
विश्वविद्यालयअनुसार सिधा शिक्षण स्थानमा विद्यार्थीहरुलाई त्यहाँको वातावरण र शैक्षिक वस्तुसँगको बारेमा ज्ञान दिने विधिलाई नै क्षेत्र भ्रमण विधि (Field Trip Method) भनिन्छ। क्षेत्र भ्रमणले शैक्षिक उद्देश्य प्राप्त गर्ने उद्देश्यले विद्यार्थीहरुलाई कक्षा कोठा भन्दा बाहिरको स्थानमा लिएर जाने कार्य हो। यस विधिको प्रयोग गर्दा विद्यार्थीले पाठ्यपुस्तकको सीमित ज्ञानभन्दा बाहिरको दृश्यात्मक र वास्तविक तथ्यको बारेमा ज्ञान पाउँछन्।
क्षेत्र भ्रमण विधिको मुख्य उद्देश्य विद्यार्थीलाई वास्तविक वस्तु वा वस्तुको अध्ययन अवलोकन गरी तिनको शैक्षिक अध्ययन गराउनु हो। समाजशास्त्र विषयमा समाज, जीवन रूप र भौगोलिक तथ्यहरू (नदी, नाला, खाड, ताल, तट आदि) जस्ता विभिन्न महत्वपूर्ण क्षेत्रको अध्ययन गरी शिक्षणका लागि क्षेत्र भ्रमण विधिको प्रयोग गरिन्छ। क्षेत्र भ्रमण लाइ यसरी परिभाषित गरेको पाइन्छ:
रिचर्ड (Richard) अनुसार, "शैक्षिक उद्देश्यका लागि सामान्य कक्षाकोठा भन्दा केही अन्य स्थानमा गरिएको प्रभावकारी शैक्षिक भ्रमण भन्नेछन्। ("Field trip is a visit to some location other than the normal classroom for educational purpose.")
यसरी विद्यार्थीहरुले कक्षाकोठा भित्रको भन्दा बाहिर पनि विविधतायुक्त वातावरणमा रहेका वास्तविक वस्तु तथा तथ्यमाथि प्रत्यक्ष अध्ययन प्रक्रियालाई नै क्षेत्र भ्रमण भनिन्छ।
क्षेत्र भ्रमणका प्रकारहरू
Types of Field Trips
क्षेत्र भ्रमणका प्रकारहरू यसप्रकार छन्:
क) स्थानिय भ्रमण (Local trip): विद्यालयको नजिकै क्षेत्रको भ्रमणको आयोजना र व्यवस्थापन गर्नु नै स्थानिय भ्रमण हो। जस्तै: मेलाहरू हेर्न जानु, मन्दिर हेर्न जानु, नदीताल जानु आदि।
ख) समुदाय भ्रमण (Community trip): समुदायमा रहेका प्रमुख स्थलको भ्रमण गर्नु नै समुदाय भ्रमण हो। जस्तै: Zoo वा Museum हेर्न जानु।
ग) भ्रमण वा यात्रा (Trip or journey): विद्यार्थीलाई कुनै विशेष स्थलको लागि समय लिई भ्रमण गरिनु भन्ने गरिन्छ भ्रमणलाई Tour वा Journey भनिन्छ। जस्तै: विराटनगरका विद्यार्थीलाई इलाम वा पोखरामा भ्रमण गराउनु।
घ) काल्पनिक भ्रमण (Imaginary trip): विविध कारणले (आर्थिक, सामाजिक, राजनीतिक, भौगोलिक, प्राविधिक, आदि) गर्दा कुनै स्थानको भ्रमण गर्न नसकिने भएमा त्यस्तो ठाँउको फोटो, स्लाइड, सिनेमा आदिको माध्यमबाट देखाएर त्यस्तो स्थानको जानकारी प्राप्त गराउनु।
ङ) अन्तर विद्यालय भेट (Inter school visit): कुनै एक विद्यालयबाट अर्को विद्यालयमा विभिन्न विषयसम्बन्धी जानकारी लिन वा कुनै कार्यक्रममा सहभागी हुन जानु।
च) व्यक्तिगत भ्रमण (Individual trip): विद्यार्थीले व्यक्तिगत रूपमा कुनै स्थान भ्रमण गर्ने कार्यलाई व्यक्तिगत भ्रमण भनिन्छ।
क्षेत्र भ्रमणको योजना, तयारी र प्रक्रिया
Plan, Preparation and Procedure of Field Trip
क्षेत्र भ्रमणको योजना, तयारी र प्रक्रियालाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ:
क. अध्ययन इकाइको पहिचान (Identification of the unit): सबभन्दा पहिले भ्रमण किन गर्न लागिएको हो? कुन उद्देश्य प्राप्त गर्न लागेको हो?
कुन विषयवस्तुसँग सम्बन्धित छ?
ख. योजना निर्माण (Planning): क्षेत्र भ्रमणलाई व्यवस्थित र प्रभावकारी बनाउनुका लागि भ्रमणको कार्यक्रम संचालन गर्ने सम्बन्धमा पूर्व तयारी गरी योजना निर्माण गर्नु।
ग. प्रशासनिक तथा संगठनात्मक विवरण (Administrative and organizational details): जसमा समावेश हुने विषयहरू:
विद्यार्थीको नाम, शिक्षकको नाम, स्थान चयन, खर्च, अनुमतिहरू, यातायातको व्यवस्था आदि।
घ. तयारी (Preparation): भ्रमण जानु अघि आवश्यक पर्ने सामग्रीको व्यवस्था गर्नु।
ङ. भ्रमण संचालन (Conducting the field trip): पूर्व निर्धारित योजना अनुसार भ्रमण सुरु गरिने र विद्यालयको सम्पूर्ण पक्षको सहभागिता सुनिश्चित गरिने।
च. छलफल (Discussion): भ्रमणपछि विषयवस्तुका बारेमा समीक्षा गर्ने कार्य।
छ. प्रतिवेदन (Reporting): भ्रमणको आधारमा प्राप्त निष्कर्षलाई लेखनका रूपमा प्रस्तुत गर्ने।
क्षेत्र भ्रमणका बलिया पक्षहरू
Strengths of Field Trip
· यस विधिबाट विद्यार्थीले आफ्नै प्रयास देख्न र महसुस गर्न सक्ने भएकाले शिक्षामा निक्कै प्रभावकारी हुन्छ।
· यस भ्रमणबाट विद्यार्थीले प्रत्यक्ष अनुभूति गर्न पाउने हुँदा शिक्षामा रुचि र अनुभव दिन्छ।
· यस विधिबाट विद्यार्थीहरुले बाहिरी वातावरणको अनुभव प्राप्त गर्न सक्छन्।
- यस विधिबाट शिक्षाको उपयोगितालाई बुझ्न सकिन्छ।
- यस विधिबाट वास्तविक घटनासँग परिपरिक्षण हुने अवसर प्राप्त हुन्छ।
- समुहकार्यको अन्तरसम्बन्धको विकास हुन्छ।
- नेतृत्व, सहकार्य, सदाचारजस्ता सामाजिक गुणको विकास हुन्छ।
- शिक्षण प्रक्रियामा रुचि बढ्छ।
- यस विधिबाट अन्वेषणको क्षमताको विकास हुन्छ।
क्षेत्र भ्रमणका विभिन्न बेफाइदाहरू / सीमाहरू
Disadvantages/Limitations of Field Trip Method
- यो विधि निकै खर्चिलो हुन्छ।
- योजना र तयारी नियमित नभएमा उद्देश्य प्राप्तिका कठिनाइ हुन्छ।
- टाढा जाने हो भने समय र सुरक्षित यात्रा गर्ने समस्या हुन्छ।
- क्षेत्र भ्रमणका लागि अनुमति प्राप्त गर्न कठिन हुन्छ।
- निरन्तर भ्रमण योजना गर्न असम्भव हुन्छ।
- क्षेत्र भ्रमण व्यवस्थित हुन नसक्दा विद्यार्थी विद्यार्थीबिच झगडा हुन सक्छ ।
- शिक्षकबाट उचित निर्देशन नपाएमा उद्देश्य प्राप्तिमा कठिनाइ हुन्छ ।
क्षेत्र भ्रमणलाई प्रभावकारी बनाउने उपायहरू
Ways of Effective Field Trips
क्षेत्र भ्रमणलाई प्रभावकारी बनाउने उपायहरू देहायबमोजिम रहेको छ :
· क्षेत्र भ्रमणलाई प्रभावकारी बनाउन सर्वप्रथम विद्यार्थीहरूको सहभागितामा योजना निर्माण गर्नुपर्दछ ।
· योजना निर्माण गर्दा भ्रमणको उद्देश्य, किसिम, भ्रमण गर्ने स्थान, भ्रमणको क्रममा खान बस्ने व्यवस्था, भ्रमणको समय तालिका, यातायातको व्यवस्था, आवश्यक रकमको व्यवस्था, विद्यार्थीको समय, भेला हुने स्थान, विश्राम गर्ने स्थान, बेलुका बस्ने व्यवस्था, घर घरमा पुग्ने व्यवस्था आदि हिँड्ने महत्त्वपूर्ण पक्षलाई ध्यान दिनुपर्दछ ।
· विद्यार्थीलाई भ्रमणको योजनाको बारेमा जानकारी दिनुपर्दछ । भम्रण गर्ने स्थान, साधन, भ्रमणका क्रममा गर्नुपर्ने कार्य समूह विभाजनं, समूह नेता, भ्रमणमा लैजाने सामग्री आदिको जानकारी दिने ।
· भ्रमणको समीक्षा गर्नुपर्दछ वा भ्रमणको अनुसरण गर्नुपर्दछ ।
***
Click for Next Lesson: https://limbuchandrabahadur.blogspot.com/2025/07/class-12-instructional-pedagogy-unit-5_2.html
Post a Comment