Class 12 Instructional Pedagogy Unit 2: Types of Instructional Plans: Yearly Operational Calendar and Annual Work Plan वार्षिक कार्यतालिका र वार्षिक कार्ययोजना
शैक्षणिक योजनाका प्रकारहरु
Types of Instructional Plans
Click for Video: https://www.youtube.com/watch?v=cWM0kYgAV4o&t=11s
एक शैशिक सत्रभित्र सम्पूर्ण क्रियाकलापहरुलाई त्रैमाशिक, मासिक एवम् दैनिक रुपमा विभाजन गरि विद्यार्थीहरुको शैशिक उपलब्धि हासिल गर्नका लागि नियमित रुपमा विधालयभित्र वा बाहिर सन्चालन गरिने प्रस्तावित कार्यक्रमलाई शैक्षणिक योजना भनिन्छ । यस योजनाभित्र वार्षिक कार्यतालिका, वार्षिक कार्ययोजना, एकाइ योजना, दैनिक पाठ योजना र दैनिक कार्यतालिका पर्दछन । यिनीहरुलाई छोटकारिमा तल वर्णन गरिएकोछ:
क) वार्षिक कार्यतालिका (Yearly Operational Calendar): वार्षिक कार्यतालिका विद्यालयको समग्र शैक्षिक वर्षका लागि तयार गरिन्छ। यसमा विद्यालयका प्रमुख गतिविधिहरू, भर्ना, परीक्षा, विशेष कार्यक्रमहरु, शिक्षक बैठक, अतिरिक्त क्रियाकलापहरु, र बिदा समयको व्यवस्थापन समावेश हुन्छ। यसलाई विद्यालयको प्रधानाध्यापक तयार गर्छन्। यसले कुन महिनामा कति दिन पढाइ हुन्छ भन्ने कुरा तोकेको हुन्छ । साथै यसले शिक्षक र विद्यार्थीलाई वर्षभरिका प्रमुख गतिविधिहरूको पूर्वानुमान गर्न सहयोग पुर्याउँछ। वार्षिक कार्यतालिका संस्थाको समग्र शैक्षिक व्यवस्थापनको आधार प्रदान गर्दछ। वार्षिक कार्यतालिका मा निम्न पक्षहरुको समावेश हुनुपर्छ:
अ) वार्षिक शैशिक कार्यक्रमहरु जस्तै भर्ना, प्रवेश परिक्षा , कक्षा संचालन हुने दिन, परिक्षा संचालन तालिम वा कार्यशाला, शैशिक भ्रमण आदि
आ) अतिरिक्त क्रियाकलापहरु जस्तै खेलकुद, पी टि तयारि, हाजिरीजवाफ, सास्कृतिक कार्यक्रम, हस्तकला आदि
इ) भौतिक ब्यबस्था जस्तै निर्माण तथा मर्मत, शैशिक उपकरण, आर्थिक स्रोत संकलन आदि
ई) विविध कार्यक्रम जस्तै शिक्षक बैठक, व्यवस्थापन समितिको बैठक, अभिभावक भेला , वार्षिक दिवस, सामाजिक सेवा तथा सरसफाई आदि
वार्षिक कार्यतालिकाको महत्व / प्रयोग
Importance of Yearly Operational Calendar
वार्षिक कार्यतालिकाको महत्वलाइ निम्न बुदामा देखाउन सकिन्छ:
अ) सिकाइ क्रियाकलापलाई सरल, योजनावद्ध तथा प्रभावकारी बनाउन
आ) वार्षिक कार्ययोजना, एकाइ तथा दैनिक पाठ योजना निर्माणमा सहयोग गर्न
इ) विद्यालयका क्रियाकलापलाई ब्यबस्थित गर्न
ई) शैशिक क्रियाकलापको बारेमा सम्बन्धित पक्षलाई जानकारी गराउन
ख) वार्षिक कार्ययोजना (Annual Work Plan): वार्षिक कार्ययोजना विशेष रूपमा वार्षिक कार्यतालिकाको आधारमा तयार गरिन्छ जुन शिक्षण प्रक्रियामा केन्द्रित हुन्छ। यसले शिक्षणका उद्देश्यहरू, विधिहरू, र मूल्याङ्कन योजनाहरूलाई समावेश गर्दछ। यसलाई विद्यालयका बिषय शिक्षकले तयार गर्छन्। यसले शिक्षण योजनालाई व्यवस्थित र लक्षित बनाउँछ। यसमा शिक्षण विधि र स्रोतहरूको व्यवस्थापनको योजना समावेश हुन्छ। यो योजनाले कुन महिनामा के के कति दिन पढाई हुने कुरालाई तय गर्दछ ।
वार्षिक कार्ययोजनाका महत्वहरु र प्रयोग
Importance of Annual Work Plan
अ) शिक्षकलाई पठन कार्यमा मार्ग निर्देशन गर्छ ।
आ) शिक्षणलाइ उद्धेश्य मुलक बनाउछ ।
इ) विषयवस्तुलाइ समयमानै पुरा गराउन सहयोग गर्छ ।
ई) यसले एकाई योजना र दैनिक पाठ योजना निर्माणमा सहयोग गर्छ ।
उ) आवश्यक सामग्री छनोटमा सहयोग गर्छ ।
ऊ) यसले शिक्षण बिधि र मुल्यांकन विधि छनोटमा सहयोग गर्छ ।
वार्षिक कार्यतालिका र वार्षिक कार्ययोजना बीच भिन्नताहरु
Differences between Yearly Operational Calendar and Annual Work Plan
वार्षिक कार्यतालिका |
वार्षिक कार्ययोजना |
वर्षभरिको कार्यक्रमहरु समेट्छ/ |
कुनै कक्षाको बिषयगत योजना हो/ |
प्रधानाध्यापकद्वारा निर्माण |
विषय शिक्षकद्वारा निर्माण |
सामान्य प्रकृति |
विशिष्ट प्रकृति |
शैक्षिक कार्यक्रम समावेश |
शैक्षणिक कार्यक्रम समावेश |
वार्षिक कार्ययोजना निर्माणमा आधार |
एकाइ योजना र दैनिक पाठ योजना निर्माणमा आधार |
***
Click for Next Lesson: https://limbuchandrabahadur.blogspot.com/2025/07/class-12-instructional-pedagogy-unit-2_42.html
Post a Comment