Trial and Error Learning Theory प्रयत्न र भुल सिकाई सिद्धान्त B. Ed. 2nd Year Educational Psychology
Trial and Error Learning Theory
प्रयत्न र भुल सिकाई सिद्धान्त
Click for Video:https://www.youtube.com/watch?v=rY8Nc1AzoJg
प्रसिद्ध अमेरिकन मनोवैज्ञानिक Edward Lee Thorndike (1814-1949) द्धारा प्रतिपादित सिद्धान्त नै प्रयत्न र भुल सिकाई सिद्धान्त हो । उनले आफ्नो जीवन अधिकांश समय Columbia University मा अध्यापन र अनुसन्धानमा विताए जुन समयमा उनले मुख्य चासो भनेको कुनै प्राणिले कसरी सिप सिक्दछ भन्ने थियो । यस सिद्धान्तलाई शुरुमा 'Trial and Process of Learning’ भनियो । पछि फेरी 'Selecting and Connecting Process' भनियो र अन्त्यमा सन् 1913 मा आफ्नो शोधपत्र 'Animal Intelligence: An Experimental Study of the Associative Process in Animals' बाट यस सिद्धान्तको प्रतिपादन गर्न सफल भएका हुन् । थर्नडाइकको यस सिद्धान्तलाई सम्बन्धवादको सिद्धान्त 'Theory of Connectionism' पनि भनिन्छ ।
उत्तेजना र प्रतिक्रिया बिच सम्बन्ध कायम गराई सिकाइ गरिने भएकोले यस लाई सम्बन्धबाद भनिएको हो । Thorndike अनुसार प्राणिले कुनै पनि कुरा सिक्दा छनोट र जोड Selecting and Connection द्धारा सिक्दछ । उसले कुनै समस्या समाधान गर्ने क्रममा विभिन्न प्रतिक्रियाहरु गर्दछ । उक्त प्रतिक्रियाहरुमध्ये सही प्रतिक्रियाको छनोट गर्ने र त्यस सँग सम्बन्ध कायम राख्ने गर्दछ । यहाँ 'Trial' भनेको प्रयास , प्रयत्न, कोसिस वा अभ्यास हो र 'Error' भनेको समस्या समाधान गर्ने क्रममा भएका कमीकमजोरी वा भुलहरु हुन् जसमा प्राणिले अन्त्यमा ठिक प्रतिक्रियालाई ग्रहण (Stamp in) गर्दछ र गलत प्रतिक्रियालाई त्याग्दछ (Stamp Out) गरि सिप सिक्न सफल हुन्छ ।
Thorndike's Experiment on Cat
विरालो माथि थर्नडाइकको प्रयोग
आफ्नो सिद्धान्तलाई पुष्टि गर्न थर्नडाइकले एउट भोको विरालो माथि प्रयोग गरे जसअनुसार उनले एउटा पजल बक्स (Puzzle Box) मा राखी उक्त बक्समा एक साइडमा चुकुल वा छेस्किनीको प्रयोग गरिएको गरे । वाहिर विरालोले देख्ने गरि खाना (माछा) राखिएको थियो । जव छेस्किनीमा दवाव पर्छ भने ढोका खुल्थ्यो र माछा खान विरालो सफल हुन्थ्यो ।थर्नडाइकले जब भाको विरालोलाई उक्त बाकस भित्र राखे । सोही समयमा विरालोले देख्ने गरि बाहिर माछा पनि राखे । भोकले सताउन थालेपछि वा माछालाई देखेपछि वाकसभित्र उक्त विरालोले विभिन्न प्रतिक्रियाहरु देखाउन थाल्यो ।
Video: https://www.youtube.com/watch?v=fanm--WyQJo
उसले कुदने, उफ्रने, चिथोर्ने इत्यादी गर्दै जादा संयोगवस एक समय वाकसको चुकुललाई चलाउँन पुग्दछ जसको कारण ढोका खुल्दछ र विरालो बाहिर आई खाना खान सफल हुन्छ । यो प्रक्रिया धेरै पटक दोहो¥याउदा उक्त विरालोले आफ्नो गल्तीलाई क्रमश कमगर्दै लगेको पाइयो र अन्त्यमा विना गल्ती नै विरालो बाहिर आई माछा खान सफल भयो । यस प्रकारले यो प्रयोगमा उत्तेजना र प्रतिक्रिया बिचमा सम्बन्ध S-R Bond स्थापित भयो । शुरुमा त्रुटि धेरै भएपनि प्रयासको मात्रा बढ्दै जादा त्रुटिको मात्रा कम हुदै सही प्रतिक्रिया गर्न सक्दछ भन्ने निष्कर्ष निकाल्न थर्नडाइक सफल भए ।
Basic Processes / Conditions or Principles of Trial and Error Theory
प्रयत्न र भुल सिकाई सिद्धान्तको आधारभुत प्रक्रियाहरु त्था अवस्थाहरु तथा सिद्धान्तहरु
क. Motive (प्रेरक): प्रेरक त्यस्तो तत्व हो जसले प्रणिलाई कुनै कार्य गराउन उत्साहित गराउँदछ । प्राणिको आवश्यकता, समस्या, दुःख आदी प्रेरक तत्वहरु हुन । थर्नडाईकको प्रयोगमा भोक विरालोको प्रेरक तत्व हो ।
ख. Activities (क्रियाकलापहरु)ः– प्राणिले आफ्नो आवश्यकता परिपुर्तिको लागि विभिन्न क्रियाकलापहरु गर्नु आवश्यक छ जसको कारणस्वरुप उसले कुनै सिप सिक्दछ वा आवश्यकता परिपुर्ति गर्दछ ।
ग. Sudden Gaining of Right Response (अचानक सही प्रतिक्रिया प्राप्त गर्नु): आफ्नो आवश्यकतालाई परिपुर्ति गर्ने क्रममा प्राणिको अनेकौ व्यवहारहरुको प्रर्दशन गर्दछ । उक्त व्यवहारहरु प्रायः सवै गलत पनि हुन सक्छ तर अनेकौ गल्तीको बाबजुद उसले अचानक सही प्रतिक्रिया प्राप्त गर्न सफल हुन्छ र सिकाइ सिक्न सफल हुन्छ ।
घ. Principle of Fixation (निश्चितताको नियम): गलत प्रक्रियाहरुलाइ पन्छाउदै सहि प्रतिक्रियालाई अनुकरण गर्दै जाँदा प्राणिले निश्चित एक सम्बन्ध कायम गर्दछ । यही प्रक्रिया बाट उसले सिकाई गर्न सफल हुन्छ ।
Main Features of Trail and Error Theory
प्रयत्न र भुल सिकाई सिद्धान्तको मुख्य विशेषताहरु
क. Multiple Response Learning (बहुप्रतिक्रियाको सिकाई): यो सिद्धान्त बहुप्रतिक्रियाको आधारमा हुने सिकाई सिद्धान्त हो । प्राणी जव पे्ररित हुन्छ भने उसले अनेकौ प्रतिक्रिया ÷ क्रियाकलापहरु देखाउदछ । प्रारम्भमा उसले धेरै गल्ती गर्छ कीनकि सही प्रतिक्रिायाको पहिचान भएको हुदैन । तर उक्त प्रतिक्रियालाई निरन्तरता दिदा सही प्रतिक्रिया छनोट हुन्छ । यसरी धेरै प्रतिक्रियाहरु बीच प्राणी सही प्रतिक्रिया छान्न सफल हुन्छ ।
ख. Gradual Process in Learning (सिकाइमा क्रमिक प्रक्रिया): प्राणिले सही प्रतिक्रिया प्राप्तीको लागि अनेकौ व्यावहार देखाउछ तर उक्त व्यवहारलाई देखाउनु पुर्व उसले विभिन्न प्रक्रियालाई क्रमश पार गर्नु पर्ने हुन्छ । जस्तै: Thorndike को प्रयोगमा बिरालोले चुकुल थिच्न भन्दा अगाडि देखाएको व्यवहार सबै प्रक्रियाहरु हुन् । यसरीनै कुनै पनि प्रकारको सिकाईमा कार्यहरुको क्रमिक प्रक्रिया हुन्छ जसमा एकपछि अर्को क्रियाकलापको श्रृङखला नै निमार्ण गर्दछ र अन्त्यमा सफल भई छोड्छ ।
प्राथमिक नियमहरु (Primary Laws)
क. Law of Readiness (तयारीको नियम): आफ्नो आवश्यकता पूर्तिको लागि प्राणी वास्तवमा नै सक्रिय रहनु जरुरी छ जसलाई तयारीको नियम भन्न सकिन्छ किनकी प्राणी जवसम्म सिक्न तयार हुदैन तवसम्म सिकाई सम्भव हुदैन । यसमा सिकारुको रुची वा जागरण तथा सिकाइका लागि परिपक्कता आवश्यक पर्दछ ।
ख. Law of Practice (अभ्यासको नियम): सिकाईको लागि निरन्तर अभ्यासको जरुरी पर्दछ जसले उपयुक्त व्यवहारलाई बढाउदै लैजान्छ तथा खराव व्यवहारलाई घटाउछ ।त्यस्तै यसले सिकाईमा स्मृतिलाई पनि दरिलो बनाउछ । सिकेको कुरालाई प्रयोगमा ल्याउनु Law of Use हो जसले सिकाइलाई दिगो बनाउछ । तर सिकेको कुरालाई प्रयोगमा ल्याइएन भने विर्सन सक्छ जसलाई Law of Disuse भनिन्छ ।
ग. Law of Effect (असरको नियम): सिकाइको असरको आधारमा पनि सिकाइ प्रभावकारी वा अप्रभावकारी हुन सक्दछ । जुन सिकाइको असर वा परिणाम सकारात्मक वा उपयोगी हुन्छ भने सिकाइ प्रभावकारी मानिन्छ । तर सिकाइलाई व्यवहारमा प्रयोग गर्न मिल्दैन वा सकिदैन भने असर कम देखिन्छ जसले पुन सिक्न उत्साहित गराउदैन ।
Secondary Laws (सहायक नियमहरु)
क. Law of Association (साहचर्यको नियम): उत्तेजना र प्रतिक्रियाबिच सम्बन्ध स्थापना हुन साहचर्यको नियम हो । जस्तैः खाना र घण्टी विचको सम्बन्ध ।
ख. Law of Belongingness (अधिनको नियम): प्राणीले आफ्नो नयाँ अनुभवलाई व्यवहारमा प्रयोग गर्दछ जुन अधिनको नियम हो । जस्तैः प्रथम पटक चुकुल खोलेर वाहिर निस्केको विरालो दोस्रो पटक सोही अनुभव वा पहिलेको अनुभवकै आधारमा बाहिर निस्कन सफल हुन्छ ।
ग. Law of Attitude (मनोवृतिको नियम): प्राणीले कुनै सिकाइ सिक्नको लागि आफै तयार रहनु पर्दछ जुन मनोवृतिको नियम हो । थर्नडाईकको प्रयोगमा विरालो आफै सक्रिय देखिन्छ ।
घ. Law of Multiple Responses (वहुप्रतिक्रियाको नियम): प्राणीले सिकाइको लागि विभिन्न प्रतिक्रियाहरु प्रर्दशन गर्नु पर्दछ जुन बहुप्रतिक्रियाको नियम हो । उक्त विभिन्न प्रतिक्रियाको परिणाम स्वरुप नै उसले सही प्रतिक्रिया प्राप्त गर्दै सिकाइ गर्न सफल हुन्छ ।
ङ. Law of Partial Activity (आंशिक कार्यको नियम): हरेक प्रतिक्रियाहरु समस्या समाधानको लागि महत्वपूर्ण हुन्छ । उनको प्रयोगमा भोको विरालोले देखाएको हरेक क्रियाकलापहरु महत्वपूर्ण छन् जुन अंशिक कार्यको नियम हो ।
Educational Implications of Trial and Error Theory
प्रयत्न र भुल सिकाई सिद्धान्तको शैक्षिक प्रयोगहरु
क. Role of Reward in Learning (सिकाईमा पुरस्कारको भुमिका): पुर्नवलले सिकाईमा महत्वपूर्ण योगदान गरेको छ जसलाई सकारात्मक र नकारात्मक गरि छुट्टाइएको छ । सकारात्मक पुर्नवललाई पुरस्कारको रुपमा लिइन्छ जसले व्यवहारलाई निश्चित आकार प्रदान गर्ने गर्दछ ।
ख. Role of Practice in Skill Learning (सिप सिकाईमा अभ्यासको भुमिका): अभ्यासले स्मृतिलाई दिगो बनाई उत्तेजना र प्रतिक्रिया बिचको सम्बन्ध बलियो बनाउछ । विद्यार्थीहरुले विशेष गरि बोलाई सिपको विकास गर्नु ।
ग. Prepare for Ready to Learn (सिकाई तयारिमा ध्यान दिनु): सिकाईको लागि सिकारुलाई मानशिक तथा शारिरिक रुपमा तयार गराउन यस सिद्धान्तले सहयोग गर्दछ । त्यस्तै विद्यार्थीलाई सिकाई कार्य प्रति उत्प्रेरित बनाउने तथा कुनै कार्यक्रममा सक्रिया बनाउन यसले सहयोग गर्नु ।
घ. Creating Apt. Environment in Learning (सिकाईमा उपयुक्त वातावरण सृजना गर्नु): सिकाईमा उपयुक्त वातावरण सृजना गर्न यस सिद्धान्तले प्रत्यक्ष सहयोग पु¥याउछ । सिकाईमा दण्डको सट्टा पुरस्कारको प्रयोग अत्याधिक मात्रामा गर्नु सिकाउनुको साथै सिकारुको प्रगति अनुशारको पृष्ठपोषण दिलाउनु ।
ङ. Integrating Approach in Teaching (मिल्ने विषयलाई एकिकृत गरि पढाउन): सिकारुका विभिन्न विषयहरु रहेता पनि उक्त विषयहरु एकै प्रकृति वा मिल्दा जुल्दा भएमा एकै ठाउमा राखि शिक्षण गर्नु ।
च. Bringing Diversification in Teaching Method (शिक्षण विधिमा विविधता ल्याउन): कक्षा कोठामा रहेका विद्यार्थीहरुको व्यक्तिगत रुची तथा स्तरलाई मध्यनजर गरि शिक्षण विधीमा परिर्वतन गर्नु, बालमनोविज्ञान तथा आधुनिक शिक्षण विधीलाई अपनाउन ।
छ. Use of Feedback (पृष्ठपोषणको प्रयोग गर्न): सिकारुका शिकाइ प्रक्रियामा भएका त्रुटिहरुलाई सुधार गराउनको लागि दिइने प्रोत्साहन नै पृष्ठपोषण हो । पृष्ठपोषण वास्तवमा शिक्षण कार्य पछि तत्कालै दिइनु पर्दछ जसले सिकाईलाई सवल बनाउदै लैजान्छ ।
***
Click for Next Lesson: https://limbuchandrabahadur.blogspot.com/2025/06/educational-implications-of-b-ed-2nd.html
Post a Comment