Educational Implications of व्यवहारवाद सिकाइ सिद्दान्तका शैशिक क्षेत्रमा प्रयोगहरु B. Ed. 2nd Year Educational Psychology
Educational Implications of Behaviourism
व्यवहारवाद सिकाइ सिद्दान्तका शैशिक क्षेत्रमा प्रयोगहरु
Click for Video: https://www.youtube.com/watch?v=cpWcqxnFEP4&t=81s
व्यवहारवाद सिकाइ सिद्दान्त अन्तर्गत प्याव्लवको सम्बन्ध प्रत्यावर्तन सिकाइ सिद्दान्त, स्किनरको क्रियापरक सम्बन्ध प्रत्यावर्तन सिकाइ सिद्दान्त र थर्नडाइकको प्रयत्न तथा भुलको सिकाइ सिदान्तहरु पर्दछन । ब्यवहारवाद अनुसार सिकाइ उत्तेजना र प्रतिक्रियामा भर पर्दछ भने प्राणीको व्यवहारलाइ उत्तेजना तथा पुनर्बलले परिवर्तन गराउछ । व्यवहारवाद सिकाइ सिद्दान्तका शैशिक क्षेत्रमा प्रयोगहरु लाइ निम्न बुदाहरुमा देखाउन सकिन्छ:
क. प्रभावको नियम (Law of Effect): यस नियम अनुसार सकारात्मक परिणामद्वारा सिकाइ सुदृढ हुन्छ, त्यसैले शिक्षकहरूले प्रोत्साहन र पुरस्कार प्रयोग गर्नुपर्छ।
ख. अभ्यासको नियम (Law of Exercise): यस नियम अनुसार दोहोर्याएर अभ्यास गराउँदा सिकाइ मजबुत हुन्छ, त्यसैले गृहकार्य र अभ्यासमा जोड दिनुपर्छ।
ग. तयारीको नियम (Law of Readiness): यस नियम अनुसार विद्यार्थी तयार भएपछिमात्र सिकाइ प्रभावकारी हुन्छ, त्यसैले शिक्षण पूर्व तयारी र मानसिक अवस्था बुझ्नुपर्छ।
घ. शर्तबद्ध प्रतिक्रिया (Classical Conditioning):यस नियम अनुसार प्रयोग गरेर डर, रुचि, वा अरू भावनात्मक प्रतिक्रियाहरू विकास गर्न सकिन्छ। सकारात्मक वातावरण सिर्जना गरेर विद्यार्थीहरूलाई सिकाइप्रति आकर्षित बनाइन्छ।शिक्षकले संकेत (Stimulus) को रूपमा कार्य गर्न सक्ने वातावरण निर्माण गर्नुपर्छ।
ङ. प्रचालनात्मक अनुबन्धन (Operant Conditioning): यस नियम अनुसार सकारात्मक पुरस्कार (Positive Reinforcement) प्रयोग गरेर इच्छित व्यवहार प्रवर्धन गर्न सकिन्छ।
च. अनुशासन कायम गर्न सानोतिनो दण्डको प्रयोग सम्भव छ तर नकारात्मक प्रभावहरूको ख्याल गर्नुपर्छ।
छ. सिकाइलाई सानो सानो चरण (Step-by-step learning) मा विभाजित गरी "Programmed Instruction" प्रविधि अपनाउनु उपयुक्त हुन्छ।
ज. तत्काल पुनर्बलको ब्यवस्था (Immediate Feedback) सिकाइको लागि अत्यन्त प्रभावकारी हुन्छ।
Video of Behaviourism: https://www.youtube.com/watch?v=ZsiMkxBFF74
***
Click for Next Lesson:
Post a Comment