Header Ads

 


Cognitive Learning Theory ज्ञानात्मक सिकाइ सिद्धान्त Kohler's Insightful Learning Theory कोहलरको अन्तरदृष्टिपुर्ण सिकाइ सिद्धान्त B.Ed. 2nd Year Educational Psychology


 

Cognitivism: Cognitive Learning Theory

ज्ञानात्मक सिकाइ सिद्धान्त

      ज्ञानात्मक सिकाइ सिद्धान्त (Cognitive Learning Theory) सिकाइलाई एक सक्रिय, मानसिक प्रक्रिया मानेर विचार गर्छ जसमा व्यक्ति जानकारी ग्रहण, व्याख्या, भण्डारण, र प्रयोग गर्ने क्षमताको विकास गर्छ। यो सिद्धान्त अनुसार सिकाइ केवल व्यवहारिक प्रतिक्रिया मात्र नभई मानिसको सोच्ने, बुझ्ने र समस्याको समाधान गर्ने क्षमतामा आधारित हुन्छ। यस सिद्धान्तले मस्तिष्कलाई जानकारी प्रशोधन गर्ने उपकरणको रूपमा हेर्छ, जहाँ ज्ञान क्रमबद्ध रूपमा निर्माण हुन्छ। यस अन्तर्गत धेरै प्रसिद्ध मनोवैज्ञानिकहरूका सिद्धान्तहरू पर्दछन्। जीन पियाजे (Jean Piaget) ले संज्ञानात्मक विकासको चार चरणहरू (संवेदी-गतिशील, पूर्व-संक्रियात्मक, मूर्त-संक्रियात्मक, र औपचारिक-संक्रियात्मक) प्रस्ताव गरे जसले बालबालिकाको बौद्धिक विकासलाई व्याख्या गर्छ। लेभ भाइगोत्स्की (Lev Vygotsky) ले सामाजिक अन्तर्क्रियाबाट सिकाइ हुने “Zone of Proximal Development (ZPD)” को अवधारणा दिए। अल्बर्ट ब्यान्डुरा (Albert Bandura) ले अवलोकनमार्फत हुने सिकाइ (Observational Learning) र "Social Learning Theory" प्रस्तुत गरे जसले सिकाइमा सामाजिक परिवेशको प्रभावलाई जोड दिए।

         सिकाइ सिद्धान्तको प्रमाणका रूपमा विभिन्न प्रयोगहरू भएका छन्। पियाजेले आफ्ना बालबालिका संग गरिएका दीर्घकालीन अवलोकनहरू प्रयोग गरे। ब्यान्डुराले “बोबो डल प्रयोग” (Bobo Doll Experiment) गरेर देखाए कि बालबालिकाले अरूलाई हेरेर आक्रामक व्यवहार सिक्न सक्छन्। यी प्रयोगहरूले सिकाइ सोच, स्मृति, भाषा, सामाजिक अन्तरक्रिया जस्ता बौद्धिक प्रक्रियाबाट प्रभावित हुन्छ भन्ने प्रमाणित गर्छ। ज्ञानात्मक सिद्धान्तले शिक्षा क्षेत्रमा सिकाइलाई अर्थपूर्ण, सन्दर्भमा आधारित र विद्यार्थी केन्द्रित बनाउने कुरामा विशेष जोड दिन्छ। गेस्ताल्टवाद (Gestaltism) ज्ञानात्मक सिकाइ सिद्धान्त अन्तर्गत पर्दछ र यो मनोवैज्ञानिक दृष्टिकोण हो जसले सिकाइलाई सम्पूर्ण (whole) को रूपमा बुझ्नुपर्छ भन्छ। "Gestalt" भन्ने जर्मन शब्दको अर्थ नै समग्र रूप हो। यो सिद्धान्तले भन्छ कि मानिसले जानकारीलाई टुक्राटुक्रा होइन, सम्पूर्ण ढाँचामा बुझ्छन्। जब कोही व्यक्ति नयाँ समस्या सामना गर्छ, उसले त्यसलाई अघिल्ला अनुभव र सोचको आधारमा सम्पूर्ण रूपमा बुझ्ने प्रयास गर्छ। प्रमुख गेस्ताल्ट मनोवैज्ञानिकहरूमा म्याक्स वेर्टहाइमर (Max Wertheimer), वोल्फग्याङ कोह्लर (Wolfgang Köhler), कर्ट कोफ्का (Kurt Koffka) जस्ता विद्वान पर्दछन्।

         कोह्लरले "अन्तर्दृष्टिय (Insightful) सिकाइ" को अवधारणा प्रस्तुत गरे। उनका प्रसिद्ध प्रयोगहरूमा "बानाना प्रॉब्लेम" निकै चर्चित छ। उनले चिम्पान्जी 'सुल्तान' माथि प्रयोग गरे जहाँ एक फल बाँदरले प्रत्यक्ष रूपमा नपाउने ठाउँमा राखिएको थियो। सुरूमा सुल्तानले प्रयास गर्‍यो तर असफल भयो। केही समयपछि उसले अचानक दुई लठ्ठी जोडेर फल झिक्न सफल भयो। यो व्यवहार ट्रायल एण्ड एरर होइन, तर अन्तर्दृष्टि (Insight) को परिणाम थियो। कोह्लरले निष्कर्ष निकाले कि सिकाइ अचानक हुन्छ जब व्यक्ति समस्याको सम्पूर्ण संरचना बुझ्छ।

Kohler's Insightful Learning Theory

कोहलरको अन्तरदृष्टिपुर्ण सिकाइ सिद्धान्त

Video: https://www.youtube.com/watch?v=W_gMGCbV67s 

अन्तरदृष्टिपुर्ण सिकाई सिद्धान्तलाई ज्ञानात्मक सिकाइ सिद्धान्तको नामले पनि चिनिन्छ । सन् 1912 मा Max Wertheimer ले गेस्टाल्टवादीको धारणा  ल्याए पनि यस सिद्धान्तका प्रतिपादक जर्मन मनोबैज्ञानिक Wolfgang Kohler हुन । यस सिद्धान्त लाई परिमार्जित गराउनमा Kurt Koffka को पनि योगदान रहेको पाइन्छ । ज्ञानात्मक सिकाई गेस्टाल्वादी मनोविज्ञानको उपज मानिन्छ जहाँ 'Gestalt' भन्नाले जर्मन मनोवैज्ञानिकहरुको समुह विशेषगरी Wetheimer, Kohler and Koffka लाई जनाउछ । गेस्टाल्टवादी मनोविज्ञानको विकास सन् 1886 देखि शुरु भएर 1981 मा पुर्ण विकसित भएको पाइन्छ । Max Wertheimer का शिष्य Koffka ले सन् 1924 मा The Growth of the Mind नामक र सोहि वर्ष The Mentally of Apes नामक कृति प्रकाशन गरी यो सिद्धान्तलाई थप मजबुत बनाएका थिए ।

गेस्टाल्टवादि मनोवैज्ञानिकहरुको ज्ञानात्मक सिद्धान्तले वास्तवमा अमेरिकन मनोवैज्ञानिकहरु Skinner, Thorndike तथा रसियन मनोवैज्ञानिक Pavlov समेत प्रभावित भएका थिए । त्यस्तै यो सिद्धान्त उनीहरुको सिद्धान्तको विपक्षमा निकालिएको थियो किनकी यस सिद्धान्तले सिकाइमा उत्तेजना तथा पुर्नवलको स्थानलाई नकारेको छ । त्यस्तै प्रयत्न तथा भुल (Trial and Error) को प्रतिफलनै सिकाइ हो भन्ने कुरालाई पनि यस सिद्धान्तले आत्मसात गर्दैन । यस सिद्धान्तले सिकाई प्राणीको सोचाइ, क्षमता, ज्ञान र सुक्ष्म दृष्टिकोणमा निर्भर हुने कुरा बताउछ । त्यस्तै यस सिद्धान्तले प्रत्यक्षीकरण (Perception) लाई सिकाईको प्रमुख माध्यम मानेको छ । जब हाम्रो अगाडी कुनै समस्या आउँछ हामी उक्त समस्याका समग्र पक्षहरुलाई अर्थपुर्ण तरिकाले प्रत्यक्षीकरण गर्दर्छौ  र समाधानको उपाय हाम्रो अगाडि एक्कासि (All of Sudden) आउँछ । समस्या समाधानको क्रममा उब्जीएका सम्पूर्ण तर्कहरु वा विचारहरु ले प्रत्यक्षीकरणमा सहयोग पु¥याउछ भने उक्त प्रत्यक्षिकरणमा आएको तिव्र परिवर्तनलाई अन्तरदृष्टि भनिन्छ । अन्तरदृष्टि सम्बन्धी केही परिभाषहरु लाइ तल देखाइएको छ:

Koffka अनुसार:- ‘अन्तरदृष्टि मनमा आएका विभन्न कुराहरु वा दिमागमा खेलेका भनेका विभिन्न विचारहरु वा ज्ञानको आधारमा देखापर्ने विभिन्न तर्कहरु हुन । यस्ता कुराहरु समस्याको स्वरुप हो त्यसको प्रत्यक्षिकरण्को आधार हुने गर्दछ ।’

According to Kohler, "Insight is sudden awareness of the relationship among various elements in a situation; it reflects the capacity to combine elements in a meaningful whole".

Gestalt Psychology, "Insight is the power of understanding an idea that comes to the mind. Insights are a basic sense of relationship or feelings for the relationship of any learning problematic situation."

                  Kohler's Experiment on Sultan  

              कोहलरको सुल्तानमाथि गरिएका प्रयोगहरु

क.   First Experiment: कोहलरले आफ्नो पहिलो प्रयोगमा सुल्तानलाई चिम्पान्जिहरु सँग एक कृतिम गुफामा राखे । उक्त गुफाको एक छेउमा सानो लठ्ठिले भेट्ने गरी केरा पनि राखे ा सुल्तानले जव केरा देख्यो उफ्रिन थाल्यो र गुफाबाट हात बाहिर निकालि लठ्ठीको सहायताले केरालाई चलाउन थाल्यो । तर अचानक चलाउदा चलाउदै केरा उसको हात नजिक पुग्यो र खान सफल भयो । लठ्ठीले तानेर केरा प्राप्त गर्नु ।

 

ख.   Second Experiment: उनको दोस्रो प्रयोगमा जोड्न सकिने दुईवटा लठ्ठि हरुलाई लाई राखे । सुल्तानले जब केरा देख्छ उसले ती दुवै लठ्ठीलाई खेलाउदा खेलाउदै जोडेर लामो बनाउन सफल हुन्छ । यसरी दुई लठ्ठीलाई जोडी एउटै वनाई केरा खान सफल भयो । यहाँ दुई लठ्ठी जोडी लामो बनाई केरा प्राप्त गर्न सकिन्छ भन्ने ज्ञान नै अन्र्तदृष्टिपुर्ण सिकाई हो । 

ग.     Third Experiment: कोहलरको सुल्तान माथिको तेस्रो प्रयोग पहिलो र दोस्रो प्रयोग भन्दा फरक थियो किनकी यस प्रयोगमा उनले केरालाई गुफाको छतमा झुण्डााएर राखे । गुफाको कुनै कुना तिर फरक फरक स्थानमा तिन ओटा बाकसहरु पनि राखे । उक्त बाकसलाई एकै ठाउमा खप्टाए पश्चात् सुल्तानले केरा प्राप्त गर्न सक्दथ्यो । उनले सुल्तान सँग अनेकौ चिम्पान्जीहरु राखे । सबैले केरा खाने प्रयास गरे तर सकेनन् सुल्तानले भने एक माथि अर्को गर्दै बाकस राख्यो अनि केरा खान सफल भयो । 

Click for Video: https://www.youtube.com/watch?v=6-YWrPzsmEE 

Basic Processes of Insightful Learning Theory  

अन्तरदृष्टिपुर्ण सिकाइ सिद्धान्तका आधारभुत प्रक्रियाहरुहरु

    अन्तरदृष्टिपुर्ण सिकाइ सिद्धान्तका आधारभुत प्रक्रियाहरु निम्न छन्:

क.        Figure and Background (आकार तथा पृष्ठभुमि): जुन वस्तु वा परिस्थितिको प्रत्यक्षीकरण गरिन्छ त्यसलाई आकार भनिन्छ भने जुन आकारमा प्रत्यक्षीकरण गरिन्छ त्यसलाई पृष्ठभुमि भनिन्छ । जस्तैः– विद्यालयका लागि विद्यार्थी तथा तलाउका लागि पानी आकार हुन । कोहलरको प्रयोगमा केरा आकार हो र प्रत्यक्षीकरण पनि ।

ख.      Principle of Simplicity (सरलताको सिद्धान्त): प्रत्यक्षीकरणको धराणा सरल, नियमित र पूर्ण हुनु पर्छ जसले चेतनालाई ग्रहण गर्न मद्दत गर्दछ ।

ग.      Law of Whole (समग्रताको नियम): समस्या समाधानको लागि प्राणीले उक्त समस्याको वारेमा पूर्ण रुपमा अध्ययन गर्न जरुरी छ । जब सम्म समस्याको समग्र अध्ययन हुदैन तव सम्म समस्या समाधान हुदैन ।

घ.    Law of Similarity (समानताको नियम):– समान खालका अङ्कहरु शब्दहरु, वस्तुहरु एकै समुहमा सङ्गठित हुने गर्दछन् जसले सम्झना वा पुनरावृति गर्न सजिलो हुन गई प्रत्यक्षिकरण सहज हुन पुग्छ ।

ङ.    Law of Proximity (समिप्यताको नियम):– समस्या समाधान गर्ने क्रममा वस्तुहरुलाई एक आपसमा नजिक ल्याउदा तथा संगठित गर्दा प्रत्यक्षिकरणमा सजिलो हुन्छ ।

Features or Characteristics of Insightful Learning Theory

अन्तरदृष्टिपुर्ण सिकाइ सिद्धान्तका विशेषताहरु

क.        Perception (प्रत्यक्षिकरण): समस्याका विभिन्न पक्षहरु हुन्छन् जुन पक्षहरु एक आपसमा अन्तरसम्बन्धीत हुन्छन् जसलाई प्रत्यक्षीकरणको लागि अध्ययन गर्नु जरुरी छ अनिमात्र समाधानमा पुग्न सकिन्छ । प्रत्यक्षिकरणलाई विभिन्न तत्वहरु जस्तैः– उमेर, परिपक्कता, वौद्धिक क्षमता आदीमा भर पर्छ । त्यसैले एकै वस्तुप्रति विभिन्न व्यक्तिहरुको फरक फरक प्रत्यक्षिकरण हुन्छ ।

ख. Central Meditation Process (केन्द्रिय मध्यस्थता प्रक्रिया):– समस्या समाधानका क्रममा प्राणीले विभिन्न उपायहरु मध्ये अन्त्यमा एउटा मात्र सही विकल्प रोज्दछ जसले उसको समस्यालाई समाधान गर्न मद्दत पु¥याउदछ । यसरी एउटै विकल्पमा सम्पूर्ण ध्यान केन्द्रीत गर्नु नै केन्द्रिय मध्यस्थता प्रक्रिया हो ।

ग.         Discovering New Relationship (नँया सम्बन्धको खोजी):– सिकारुले वर्तमान परिस्थिति वा समस्याका सम्पूर्ण पक्षहरुको निरिक्षण तथा छानवीन गरि आपसि सम्बन्ध बुझने प्रयास गर्दछ । जस्तै: सम्बन्धीत वस्तुहरु तथा परिस्थिति बिच नयाँ सम्बन्धको खोजी गर्नु नै यस सिद्धान्तको मुल आशय हो । जस्तै: सूल्तानले कोठामा झुण्ड्याएको केरा, लठ्ठी, बाकसबीच आपसी सम्बन्ध कयम गर्न सक्नु ।

घ.  Sudden Change in Behavior (व्यवहारमा आकस्मिक परिवर्तन): अनेकौ क्रियाकलापहरु गर्दै जाँदा समस्या समाधानको उपाय अचानक फेलार्पनु वा अचानक समस्या समाधान हुनु नै आकस्मिकता हो । कोहलरको प्रयोगमा लठ्ठी जोड्ने ज्ञान प्राप्ति तथा तिन बाकस खप्टाउदा केरा भेट्न सकिन्छ भन्ने ज्ञान प्राप्ति नै व्यवहारमा अचानक परिर्वतन हो ।

ङ.      Difference between Teaching and Learning (शिक्षण र सिकाई विच फरक): अन्तरदृष्टि सिकाइ शिक्षणको सिलसिलामा सिक्ने व्यक्तिलाई समस्या समाधानको लागि व्यवस्था मिलाइएको हुन्छ जसबाट प्राणीले अन्र्तदृष्टि प्राप्त गरेर समस्या समाधान गर्नु पर्ने हुन्छ । जस्तै सिकाएर मात्र हुँदैन, सिक्नेले सिक्यो कि सिकेन भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण छ । त्यसैले शिक्षण र सिकाई विच फरक देखाइएको छ ।

च.      Attention to Goal (लक्ष्य प्रति ध्यान दिनु): सिकाइमा सिकारुले आफ्नो लक्ष्य र उद्देश्य प्राप्तिको लागि उक्त कार्य प्रति ध्यान दिन जरुरी छ । उनको प्रयोगमा सुल्तानले केरा खाई भोक मेटाउने उद्देश्य नभएको भए लठ्ठी जोड्ने प्रयाश गर्दैनथ्यो होला ।

छ.   Test of Insightful Learning through Transfer (स्थानान्तरद्धारा अन्र्तदृष्टि सिकाइको परिक्षण):– प्राणीमा उमेर र अनुभवको आधारमा अन्र्तदृष्टिको विकास हुन्छ जसमा विगतको अनुभवले असर पु¥याएको हुन्छ । सुल्तानले लठ्ठी जोडेर केरा खान सफल हुदाँ उसको पूर्ण ज्ञानको स्थानान्तर भएको मानिन्छ ।

Factors Affecting Insightful Learning

अन्तरदृष्टिपुर्ण सिकाइ सिद्धान्तलाइ असर पार्ने तत्वहरु

क.        Purpose of Learning (सिकाइको उद्देश्य):– गेस्टाल्टवादीहरुका भनाई अनुसार अन्तरदृष्टिको विकासको लागि दृढताको आवश्यकता पर्दछ । दृढताको लागि राम्रो संगठन चाहिन्छ जुन सिकारुको उद्देश्य हो । कोहलरको प्रयोगमा केरा खाइ सुल्तानले आफ्नो भोक मेटाउनु नै उद्देश्य हो । कोफ्का अनुसार सिकाइको उद्देश्यमा निम्न प्रक्रियाहरुको भुमिका मुख्य हुन्छ:

अ.    Direct Stimulus Conditioned –उत्तेजनाहरुको प्रत्यक्ष अभ्यस्तता): सिकारुले सिक्ने विषयवस्तुहरु सँग प्रत्यक्ष सम्पर्क कायम गरेर अभ्यास गर्दछ ।

आ.     Transformation Process (स्थानान्तर प्रक्रिया): कुनै पनि वस्तुको एक पटक राम्रो छाप पर्न सक्यो भने त्यसको स्थानान्तर राम्रा सँग हुन्छ जसले अन्र्तदृष्टिमा सहयोग पु–याउछ

ख.       Development of Insight by Own Progress (आफै प्रगति गरेर अन्तदृष्टिको विकास):– एक पटक स्थानान्तरण भइसकेपछि सिकारुले नयाँ कुराको खोजी आफै गर्दछ जसले अन्र्तदृष्टिको समेत विकास हुन पुग्दछ ।

ग.   Nature of Materials to be Learnt (सिक्ने वस्तुको प्रकृति):– सिकाइका विषयवस्तुको स्वरुपले ठुलो भुमिका खेल्दछ । सिकाइमा राखिएको सामाग्रीहरु बीच पारस्परिक सम्बन्ध, एकरुपता तथा अर्थपूर्ण रहनु अत्यन्त जरुरी छ ।

घ.    Types of Learning (सिकाइको किसिम):– सिकाइ सामान्यतया दुई प्रकारको हुन्छ । जस्तैः आंशिक सिकाई (Part Learning) र पूर्ण सिकाइ (Whole Learning) । कोहलरले पुर्ण सिकाइलाई जोड दिएको पाइन्छ ।

ङ.     Feedback (पृष्ठपोषण) – कुनै पनि सिकाइमा पृष्ठपोषणको ठूलो भुमिका रहेको पाइन्छ । यस सिकाइमा समस्याको प्रत्यक्षीकरण गर्दा प्राप्त पृष्ठपोषण अन्र्तदृष्टिमा निर्भर गर्दछ । पृष्ठपोषण भनेका सुझाव, सल्लाह, परामर्श, सहयोग आदी हो ।

च.    Meaningful Learning (अर्थपूर्ण सिकाइ)– प्रत्येक सिकाइ अर्थपूर्ण भएमा प्रत्यक्षीकरणलाई राम्रो वा सवल तुल्याउछ । अर्थपुर्ण सिकाइ भनेको सिक्न लागेको विषयवस्तुको अर्थ बुझि त्यसको महत्व तथा उपयोगीता बुझ्नु हो ।

छ.    Concept Formation (धारणा निमार्ण)– कुनै विषयवस्तुको अर्थ, स्वरुप, धारणा, विशेषता तथा त्यससँग अन्तरसम्बन्धीत विविध पक्षहरु वारे जानकारी भएमा धारणा निमार्ण प्रक्रिया सहज हुन्छ । जस्तैः– प्रजातन्त्रको  धारणा निर्माणको लागि नागरिक, अधिकार, राजनितीक दल, सरकारको स्वरुप, स्वतन्त्र न्यायपालिका आदी बुझ्न जरुरी छ ।

ज.     Problem Solving (समस्या समाधान)- सिकारुले अनेकौ विकल्पहरु मध्ये सही विकल्पको छनोट गर्दछ जस्ले उसको समस्या समाधान गर्दछ । समस्या समाधान प्रक्रियामा समस्याको पहिचान, त्यसको उपाय तथा उपयुक्त विधिको प्रयोग जस्ता चरणहरु रहन्छन् ।

झ.  Intelligence (बुद्धि)– बुद्धि तथा विवेकद्धारानै समस्याको पहिचान तथा समाधान गर्ने गरिन्छ । त्यसकारण प्राणीमा जति बढि बुद्धि छ त्यति नै उसको अन्र्तदृष्टि बढि हुन्छ ।

Limitations or Criticisms of Insightful Learning Theory

अन्तरदृष्टिपुर्ण सिकाइ सिद्धान्तको आलोचनाहरु

क.        अभ्यासद्वारा पनि सिकाइ हुन्छ भन्ने कुरालाई यस सिद्धान्तले अस्वीकार गर्दछ । यस सिद्धान्त अनुसार  सिकाई अन्तर्दृष्टिवाट हुन्छ ।

ख.     सिकाइमा भुल र प्रयासको भुमिका रहन्छ जसले अन्तरदृष्टिमा असर पु¥याउँदछ तर भुल र प्रयासलाई यस सिद्धान्तले निरुत्साहित गरेको छ ।

ग.  प्रत्यक्षिकरण एउटै विषयको फरक फरक व्यक्तिमा फरक फरक हुनेभएकोले सवैले सिकाइ अन्तदृष्टिबाट सिक्छ भन्ने छैन ।

घ.   यस सिद्धान्तले मन्द गति मष्तिष्क भएका सिकारुलाई नकारेको पाइन्छ । वास्तवमा धेरै विद्यार्थीहरु सुस्त सिकाइका हुन्छन् ।

ङ.     समस्या समाधान वास्तममानै जटिल कार्य हो किनकी समस्याको पहिचान तथा निराकरणको लागि वौद्धिकताको आवश्यकता पर्दछ ।

च.    सिकाइमा पुर्नबल र प्रतिक्रिया तथा पुरस्कार र दण्डको सजायलाई अंगीकार गरेको पाइदैन ।

Educational Implications of Insightful Learning Theory

अन्तरदृष्टिपुर्ण सिकाइ सिद्धान्तका शैक्षिक प्रयोगहरु

क.        Use of Teaching Materials in Classroom (कक्षामा शैक्षिक सामाग्रीको प्रयोग): शैक्षिक सामाग्रीको प्रयोगले शिक्षणलाई प्रभावकारी ढंगले सञ्चालन गर्न मद्दत गर्दछ । यी सामाग्रीहरुको प्रभावकारी प्रयोग विशेषगरी तल्लो कक्षामा उपयुक्त हुन्छ किनकी उनीहरुमा तर्क दिने वा गहिरिएर सोच्ने क्षमताको विकास भएको हुदैन ।

ख.       Use of Problem Solving Methods in Teaching (सिकाइमा समस्या समाधान विधिको प्रयोग): यस सिद्धान्तले शिक्षामा समस्या समाधान विधि तथा सिकारु केन्द्रित विधिको प्रयोग गर्न जोड दिन्छ । यी विधीहरुमा सिकारुको प्रमुख भुमिका रहने गर्दछ ।

ग.         Knowledge of Whole (पूर्णको ज्ञान)– शिक्षण सिकाइमा शिक्षकले सिकारुलाई सिक्ने विषयवस्तुको वारेमा सम्पुर्ण पक्ष तथा विधिहरुलाई पहिचान गराउनु पर्छ । कुनै पनि समस्याको समग्ररुपको प्रस्तुतिवाट विद्यार्थीलाई अन्तरदृष्टि निमार्णमा मद्दत पुग्छ ।

घ.         Continuity (निरन्तरता) – सिकाइको लागि अभ्यासको निरन्तरता जरुरी छ । कुनै पनि विषयवस्तुको शिक्षण पश्चात् निरन्तर अभ्यासको आवश्यक छ जसले सिकारुमा निपूर्णता ल्याउछ र सिकाइ दिगो बनाउछ ।

ङ.  Generalization and Discrimination (सामान्यीकरण तथा विभेदीकरण) – सिकाइमा सिकारुले सिकिएका विषयवस्तुको फाइदा, वेफाइदा तथा त्यसको उपयोगीताको वारेमा पहिचान गर्नु नै सामान्यीकरण तथा विभेदिकरण हो ।

च.    Objective of Learning (सिकाइको उद्देश्य) – यस सिद्धान्तले सिकाइको कुनै पनि उद्देश्य रहने कुरा वताएको छ जुन शैक्षिक क्षेत्रमा आवश्यक देखिन्छ । उद्देश्य विनाको सिकाइले शिकारुको व्यवहारमा परिर्वतन ल्याउदैन ।

छ.        Verbal Mediation (वाचिक मध्यस्थता) – सिकारुले आफ्नो समस्या समाधान गर्न अनेकौ सोच, चिन्तन, तर्क, वितर्क आदी गर्ने गर्दछ जुन उसले मनमनै गरिने कुराकानी हो । यो समस्या पहिचानको प्रथम चरण हो ।

ज.        Meaningful Teaching Learning (अर्थपूर्ण सिकाइ सञ्चालन) – यो सिद्धान्तले समस्या समाधान विधि तथा सिकारु केन्द्रीत विधीको प्रयोगमा जोड दिएको कारणले सिकाई बास्तवमा नै अर्थपूर्ण हुने विश्वास गरिन्छ । विद्यार्थी आफै सक्रिय भएर सिक्ने भएकोले सिकाई सरल तथा स्थाइ हुने गर्दछ ।

झ. Active Participation of Learners (सिकारुको सक्रिय सहभागिता) - यस सिद्धान्तले विद्यार्थीहरुलाई शिक्षण सिकाइ कार्यमा सक्रियरुपमा सहभागिता गराउन सघाउ पु–याउछ ।

ञ.  Developing Insight (अन्तर्दृष्टिको विकास) - शिक्षकले सिकारुमा अन्तर्दृष्टि उत्पन्न तथा विकास गराउन सघाउ गर्न सक्दछ जसमा सिकारुलाई कुनै समस्या दिएर समाधान गर्ने अवसर दिइन्छ ।

Differences between Insightful Learning Theory & Trial and Error Theory

अन्तदृष्टिपूर्ण सिकाइ सिद्धान्त तथा प्रयत्न र भुल सिकाई सिद्धान्त बिच भिन्नताहरु

क.     अन्तदृष्टिपूर्ण सिकाई जर्मन मनोवैज्ञानिकहरु Gestalts को धारणामा विकसीत भएको पाइन्छ भने प्रयास र भुल सिकाई सिद्धान्त अमेरीकन मनोवैज्ञानिक Thorndike द्वारा प्रतिपादित भएको हो ।

ख.    पहिलो सिकाइ सिद्धान्तमा कोहलरले सुल्तान नामक चिम्पान्जिमा प्रयोग गरेका थिए भने दोस्रो सिकाइ सिद्धान्तमा थर्नडाइकले विरालोमाथि प्रयोग गरेका थिए ।

ग.  कोहलरका अनुसार प्राणीले समस्या समाधान प्रत्यक्षीकरणको सहायताले अनतर्दृष्टिद्वारा गर्छ भने थर्नडाइकका अनुसार प्रयास जतिबढि ग¥यो भुल घट्दै गई सिकाइ हुन्छ ।

घ.         पहिलो सिद्धान्तमा समस्या समाधानका लागि प्राणीको व्यवहार तथा वातावरण वीच सम्बन्ध स्थापना हुन्छ भने दोस्रो सिद्धान्तमा प्राणीले आफ्ना गल्ति क्रमश घटाउँदै अन्तमा विना गल्ति सिकाइ सिक्दछ ।

ङ.          कोहलरले समस्या समाधानको लागि सम्पूर्ण परिस्थितिको अध्ययनलाई जोड दिएका छन् भने थर्नडाइकले स–साना खण्डको अध्ययन पश्चात् सिकाइ हुने कुरा वताएका छन् ।

च.    कुनै पनि विषय वस्तु प्रति धारणा निर्माण तथा समस्या समाधानको लागि कोहलरको सिद्धान्त उपयुक्त छ भने बानी वसाल्न तथा सिप सिक्न थर्नडाइकको सिद्धान्त उपयुक्त छ ।

छ.   कोहलरको सिकाई जटिल बाट सरल तर्फ उन्मुख छ भने थर्नडाइको सिकाइ सरलवाट जटिल तर्फ उन्मुख छ ।

ज.   कोहलरले अन्तदृष्टिलाई जोड दिएका छन् भने थर्नडाइकले प्रयास र भुललाई महत्व दिएका छन् ।

***

Click for Next Lesson: https://limbuchandrabahadur.blogspot.com/2025/06/piagets-cognitive-development-bed-2nd.html

No comments

Powered by Blogger.