Theory of Operant Conditioning क्रियापरक सम्बन्ध प्रत्यावर्तन सिकाइ सिद्धान्त B. Ed. 2nd Year Educational Psychology
Theory of Operant Conditioning
क्रियापरक सम्बन्ध प्रत्यावर्तन सिकाइ सिद्धान्त
Click for Video: https://www.youtube.com/watch?v=zHrYLn4JiJU
क. Responded Behavior (प्रतिक्रियात्मक व्यवहार): उत्तेजनाद्धारा नियन्त्रित व्यवहारलाई प्रतिक्रियात्मक व्यवहार भनिन्छ । त्यस्तै उत्तेजना प्राप्त भएपछी मात्र देखाउने व्यवहार प्रतिक्रियात्मक व्यवहार हो । जस्तैः–प्याभ्लभको प्रयोगमा कुकुरले खाना देखेपछीमात्र ¥याल काढनु वा बालबालिकालाई चकलेट दिएपछी पढ्न लेख्न बस्नु आदी । उत्तेजनामा आधारित प्रतिक्रियालाई S-Type भनिन्छ ।
ख. Operant Behavior (क्रियात्मक व्यवहार): यो व्यवहार S-Type को ठिक उल्टो हुन्छ वा पहिला कार्य त्यसपश्चात् मात्र उत्तेजना दिईन्छ । त्यसैले प्राणिले देखाएका व्यवहार वा प्रतिक्रियाको आधारमा मात्रै उसले उत्तेजना प्राप्त गर्दछ जसको कारण सही व्यवहार देखाउदै गएमा सोही अनुरुप उत्तेजना प्राप्त गदै जान्छ । Skinner अनुसार केही कुरा प्राप्त गर्न वा सिक्न प्राणि आफै क्रियाशिल हुनु पर्छ । यसलाई उनले R-Type सम्बन्ध प्रत्यार्वतन भनेकाछन् ।जस्तै: राम्रो हस्तलेखन अनि स्याव्बासि, गुहकार्य सके पश्चात् चकलेट आदी । माथिको व्यवहारबाट के भन्न सकिन्छ भने प्राणि कुनै न कुनै आवश्यकताबाट प्रेरित हुन्छ । आवश्यकताको कारण खोजी कार्य शुरु गर्छ । अनि यही खोजी कार्यमा प्राणिको सक्रियताको कारणले उसमा विभिन्न व्यवहारहरु देखा पर्दछ । यिनै व्यवहारको परिणाम स्वरुप सिकाई हुन्छ । यही सिकाईलाई क्रियापरक सम्बन्ध प्रत्यावर्तनको सिद्धान्त भनिन्छ ।
Skinner's Experiment on Rat
स्किनरको मुसामाथीको पहिलो प्रयोग
Video: https://www.youtube.com/watch?v=MOgowRy2WC0
एउटा भोको मुसालाई स्किनरले एउटा ध्वनी रहीत बक्समा (Sound Proof)राखे । उक्त बाकसको एक छेउमा छेस्कनी (Lever) राखिएको थियो जुन देखाएपछि खाना राखिएको Tray को ढोका खुल्थ्यो र भाडामा खानाा खस्दथ्यो । भोकाएको मुसा सुरुमा यताउति दगु¥यो , बाहिर निस्कन खोज्यो, भोक बढदै गएपछि कराउन, उफ्रन , यताउति दगुर्न, चिर्थन थाल्यो । एक अवस्थामा अचानक मुसाले छेस्कनी थिच्न पुग्यो र खानाको Tray को ढोका खुल्यो अनि भाडोमा खाना खस्यो र मुसो त्यो खाना खान सफल भयो ।
यो क्रमलाई निरन्तर गरियो जसमा मुसाले त्यस्तै व्यवहार देखाउदै गयो । तर मुसाले पहिलेको तुलनामा पछि कम गलत व्यवहार देखाउदै गयो वा थोरै प्रयासमा खाना प्राप्त ग¥यो । पछि यस्तो अवस्था आयो जसमा भोक लाग्ने वित्तिकै मुसाले लिभर थिच्यो र खाना खायो । यहाँ छेस्कनी थिच्ने कलामा मुसा निपुर्ण भयो जसले व्यवहारमा परिवर्तन ल्यायो जुन एक सिकाई हो । उक्त प्रक्रियामा उनले खाना नराखिकन पनि प्रयोग गरे तर खानाको अनुपस्थितीमा मुसाले छेस्किनी थिच्न छाडयो ।
उक्त प्रयोगबाट स्किनरले यो प्रमाणित गरेकी यदी कुनै पनि प्राणिमाथि बाहिरी तत्वहरुको प्रभाव छैन र उ मानसिक रुपमा कुनै कुरा सिक्न तत्पर छ भने प्राणिले सिक्न सक्छ । त्यस्तै निरन्तर पुनर्बल दिएमा मात्र प्राणिले अपेक्षित व्यवहार देखाउँछ भन्ने कुरा प्रमाणित गरिएको छ । प्याभलभको सिद्धान्त अनुसार पहिला उत्तेजना वा ‘खाना’ प्राप्त गर्छ त्यसपछि मात्र प्रतिक्रिया वा ‘¥याल’ चुहाउछ तर स्किनरको सिद्धान्तमा पहिला प्रतिक्रिया (Response) वा ‘छेस्किनि थिच्ने’ काम त्यसपछि उत्तेजना वा ‘खाना’ (Stimulus) प्राप्त हुन्छ । प्याभलम को सिद्धान्त SR Theory हो भने स्किनरको सिद्धान्त RS Theory हो ।
स्किनरको प्रयोगमा मुसाले बाकस भित्र देखाएको सबै क्रियाकलापहरु क्रियापरक व्यवहारहरु (Operant Behaviors) हुन् । मुसाको भोक, तिर्खा, पुनर्वलयुक्त उत्तेजना (Reinforced Stimulus) हुन । मुसाले छेस्किनि थिच्न अभ्यस्त हुनु क्रियापरक सम्बन्ध सिकाई (Operant Conditioning Learning) हो ।
Skinner's 2nd Experiment on Pigeon
स्किनरकोे परेवामाथि दोस्रो महत्वपुर्ण प्रयोग
स्किनरको आफ्नो दोस्रो महत्वपुर्ण प्रयोग परेवा माथि गरेका थिए । एउटा भोको परेवालाई विशेष बाकस "Skinner Box मा राखियो । उक्त वाकसको भित्तामा विभिन्न रङ्गका प्लास्टिकका खानेकुराका दानाहरु राखिएको हुन्छन् । भोको परेवाले खाना खोज्ने क्रममा भित्तामा चुच्चाले ठुग्ने गर्दछ । ठुग्दै जादा अचानक चुच्चो उक्त प्लाष्टिकका खानेकुराका दानामा पर्दछ र तल खाना दानीमा खस्छ अनि परेवाले त्यो प्लाष्टिकका खानेकुराका दाना फुटाइ खान सफल भयो ।
Video: https://www.youtube.com/watch?v=NeK8GNLylkc
त्यो प्रक्रियालाई धेरै पल्ट दोहो¥याइयो जसमा परेवाले खाना प्राप्त गर्न सुरुमा धेरै गतिविधिहरु गरिरह्यो । अचानक सही ठाउँमा ठुग्न पुग्दा खाना प्राप्त गर्न सफल भयो । तर पछिल्लो समयमा परेवाले आफ्नो गल्ति कम गर्दै अन्त्यमा बिना गल्ति खाना प्राप्त गर्न सफल भयो ।स्किनरको उक्त प्रयोग मुसाको भन्दा अनौठो वा फरक पाइएको छ । किनकी उनले परेवालाई प्रत्यक्ष खानाको सट्टा नक्कली प्लाष्टिकका खानेकुराका दानाहरु राखेका थिए जसलाई फुटाए पछि मात्र खाना प्राप्त गर्न सक्थ्यो । त्यसैकारण यसलाई जटिल सिकाई (Complex Learning) प्रक्रिया मानिएको छ ।
Basic Process of Theory of Operant Conditioning
क्रियापरक सम्बन्ध प्रत्यावर्तन सिद्धान्तका आधारभुत प्रक्रियाहरु
क्रियापरक सम्बन्ध प्रत्यावर्तन सिद्धान्तका आधारभुत प्रक्रियाहरु लाई तल प्रस्तुत गरिएको छ:
क. Operant Behavior (क्रियापरक व्यवहार प्रदर्शन): कुनै पनि प्राणी कुनै विशेष आवश्यकता बाट पे्ररित भई विभिन्न कार्यमा संलग्न हुन्छ । उक्त कार्यमा संलग्नता उसको सक्रियतामा भरपर्दछ । उक्त सक्रियताको परिणम स्वरुप उसले विभिन्न व्यवहारहरु वा प्रतिक्रियाहरु देखाउँछ जसलाई पटक पटक गर्दै जादा उसमा एक आदतको निमार्ण हुन्छ त्यो आदत निमार्ण नै सिकाई हो ।
ख. Reinforcement (पुर्नबल): प्राणीलाई क्रियाशील गराउने तत्वनै पुर्नबल हो । स्किनरको मुसा वा परेवा माथिको प्रयोगमा ‘खाना’ वा ‘प्लाष्टिकको खाने कुराका दाना’ पुर्नबल हो जसलाई प्राप्त गर्न मुसा वा परेवाले आफ्नो व्यवहार देखाएका छन् ।
ग. Continue Reinforcement for Operant Behavior (क्रियापरक व्यवहारका लागि निरन्तर पुर्नबल): कुनै प्राणीमा आदत निमार्ण गर्नको लागि सही व्यवहार र पुर्नबलको निरन्तरताको आवश्यक पर्दछ । यही पुर्नवल निरन्तर प्राप्त भएन भने प्राणिले उसको व्यवहार नदेखाउन सक्छ जसले आदत निमार्णमा समेत असर पु¥याउँछ । स्किनरले मुसालाई छेस्किनी थिच्दा वा परेवाले भित्तामा ठुग्दा केही समय पछि खाना दिएनन् जसले गर्दा पछि उनीहरुले आफ्नो व्यवहार नै देखाएनन् ।
Main Features/ Essential Conditions of Operant Conditioning Theory
क्रियापरक सम्बन्ध प्रत्यावर्तन सिद्धान्तका आवश्यक अवस्थाहरु/विशेषताहरु
क. Response (प्रतिक्रिया): क्रियापरक सम्बन्ध प्रत्यावर्तन सिद्धान्तमा प्राणिको व्यवहार वा प्रतिक्रियाले महत्वपुर्ण भुमीका खेल्दछ । त्यसैले प्राणी स्वंय सक्रिय रहनु एक विशेषता हो । यसमा प्रतिक्रिया पछि मात्र उत्तेजना दिइने गरिन्छ ।
ख. Behavior Shaping (व्यवहारको बनाबट): कुनै पनि प्राणीको व्यवहारलाई निश्चित रुप वा आदतमा बदल्नु नै व्यवहार बनोट हो जुन यस सिद्धान्तको मुख्य विशेषता हो । उपयुक्त व्यवहार वा प्रतिक्रिया देखाउदै जादा सोहि अनुसार उत्तेजना प्राप्त गर्दै जान्छ जसले एक आदत निमार्ण गर्छ ।अनि उक्त आदत सिकाईमा परिणत हुन्छ । त्यसैले अपेक्षित व्यवहारको लागि सही प्रतिक्रियालाई पहिचान गरी निरन्तर पुर्नबल दिनु पर्दछ । कालान्तरमा यहि आदत व्यवहारमा परिणत हुन्छ ।
ग. Reinforcement Schedule (पुर्नवल तालिका): पुर्नबलले प्राणिलाई सक्रिय रहन प्रेरित गर्दछ जुन यस सिद्धान्तको आधार हो । स्किनरको प्रयोगमा छेस्किनी थिचेपछी खाना प्राप्त गर्दछ जुन पुर्नबल हो । पुर्नबललाई सकारात्मक वा नकारात्मक दुवै हुन सक्छ ।पुर्नवललाई आफ्नो आवश्यकता अनुसार प्रयोग गर्न सकिन्छ ।जस्तैः निरन्तर पुर्नबल, निश्चित समयको अन्तरमा दिइने वा आवश्यता अनुसार वा निश्चित अनुपातमा दिइने पुर्नबल । यसरी विभिन्न तरिकामा दिइने पुर्नबललाई दुई भागमा बाँड्न सकिन्छ
अ. Intermittent Reinforcement (समयान्तर पुर्नबल): यस अन्र्तगत स्किनरले नियमीत वा अन्तरालयुक्त पुर्नबल राखेका छन् । नियमीत पुर्नबल प्रत्येक सही प्रतिक्रियाका लागि प्रदान गरिन्छ भने अन्तरालयुक्त पुर्नबल निश्चित समयपछि मात्र प्रदान गरिन्छ ।जस्तै प्रत्येक २ घण्टापछि कामदारलाई खाजा दिनु
आ. Ratio Reinforcement (अनुपातिक पुर्नबल): अनुपातिक पुर्नबल प्रतिक्रियाको अनुपातमा निर्भर पर्दछ ।यसमा निश्चित संख्यामा सही प्रतिक्रिया देखाए पछि मात्र पुर्नबल प्रदान गरिन्छ । जस्तैः होमवर्क सकेपछि मात्र टि.भि. हेर्नै, यति काम सिध्याएपछि मात्र चिया खाजा पाउर्छौ भन्नु ।
घ. Contiguity (सामिप्यता): उपयुक्त प्रतिक्रिया देखा पर्नासाथ पुर्नबल दिनुपर्दछ जसले व्यवहार निमार्ण गराउछ । यदी सही प्रतिक्रिया पछी पुर्नबल प्राप्त नभए पुन प्रतिक्रिया नहुन सक्छ ।
ङ. Practice (अभ्यास): प्राणिको व्यवहार निमार्ण गर्न अभ्यासको आवश्यकता पर्दछ । अभ्यासको अभावमा व्यवहार निमार्ण को कल्पना गर्न सकिन्न ।
च. Extinction (विच्छेद): सही प्रतिक्रियाको लागि उपयुक्त उत्तेजना वा खाना नदिदा प्राणिले पुन व्यवहार वा प्रतिक्रिया नदेखाउन सक्छ । यदि सही अवस्थामा रही रहेमा लोपको अवश्था देखा पर्छ जसमा प्राणिले आफ्नो व्यवहारलाई स्थगित गरेको हुन्छ ।
छ. Spontaneous Recovery (पुनःप्राप्ति): लोपको समय घटाउदै लैजादा स्व्तः प्राप्ति छिटो छिटो हुनु वा प्राणिले पुनः प्रतिक्रिया देखाउन थाल्दछ । जुन पहिलाको तुलनामा धेरै सहज देखिन्छ ।
Educational Implications of Operant Conditioning Theory
कार्यपरक सम्बन्ध प्रत्यावर्तन सिद्धान्तको शैक्षणिक प्रयोगलाई तल दर्शाइएको छ:
क. विद्यार्थीको व्याक्तिगत भिन्नता, मुल्य मान्यतामा आधारित व्यवहारको पहिचान गर्न ।
ख. विद्यार्थीहरुको उचित प्रतिक्रियाको आधारमा थप उत्तेजना प्रदान गर्न ।
ग. समस्यामुलक, कमजोर विद्यार्थीलाई उपयुक्त पुरस्कार तथा प्रशंसा दिइ उचित कार्यतफ आर्कर्षित गराउन ।
घ. व्यवहार परिर्वतनका लागि शिक्षण नमुना निमार्ण र विकास गर्न ।
ङ. तुरुन्त पुर्नबल दिने सिद्दान्तलाई कक्षा कोठामा प्रयोग गर्न ।
च. दण्डको सट्टामा पुरस्कारको प्रयोग गर्न ।
छ. सिकाईको प्रमुख आधार प्रेरणा भएको मान्यतालाई स्विकार गर्न ।
Weaknesses/ Limitations of Operant Conditioning Theory
कार्यपरक सम्बन्ध प्रत्यावर्तन सिद्धान्तका कमजोरीहरू निम्न छन्:
क. स्किनरले सजायको भुमिकालाई वेवास्ता गरेको पाइन्छ तर यर्थाथमा सजाय पाइने डरले सिकाईमा सुधार भएको पाइन्छ ।
ख. सिकाइलाई स्किनरले प्रतिक्रिया र उत्तेजनाको संयोग मानेका छन् तर सिकाईमा वास्तवमा सिकारुको मनोविज्ञानमा भर पर्दछ ।
ग. स्किनरको प्रयोगमा बाहय पुर्नबल जस्तै पुरस्कार, प्रशंसा आदी लाई बढि जोड दिइको पाइन्छ भने आन्तरिक पुर्नबल जस्तै रुचि उत्प्रेरणामा कम जोड दिएको पाइन्छ ।
घ. स्किनरले सिकाइमा यान्त्रिकरणको बढि भुमिका दर्शाएका छन् जसमा मानवको भुमिका कम देखाएका छन् ।
ङ. स्किनरको सिद्धान्तले पाठ्यसामाग्रिलाई स– साना भागमा विभाजन गर्ने बताएका छन् जुन सवै विषयमा असम्भव छ ।
च. सिकाई वास्तवमा व्याक्तिगत भिन्नतामा भर पर्दछ जुन कुरालाई यस सिद्धान्तमा वेवास्ता गरेको छ ।
Differences between Classical Conditioning and Operant Conditioning
Video: https://www.youtube.com/watch?v=H6LEcM0E0io
शास्त्रीय सम्बन्ध प्रत्यावर्तन सिद्धान्त र क्रियापरक सक्बन्ध प्रत्यावर्तन सिद्धान्त बिच भिन्नताहरु
क. शस्त्रिीय सक्बन्ध प्रत्यावर्तन सिकाइका प्रतिपादक प्रसिद्ध रसियन मनोबैज्ञानिक क्ष्ए एबखयिख हुन् भने क्रियापरक सम्बन्ध प्रत्यावर्तन सिद्धान्त प्रसिद्ध अमेरिकन मनोबैज्ञानिक द्यँ क्पष्ललभच द्धारा प्रतिपादीत भएको हो ।
ख. शास्त्रीय सम्बन्ध प्रत्यावर्तन सिद्धान्त अनुसार प्राणिले उत्तेजनाको आधारमा उसको व्यवहार देखाउँछ भने क्रियापरक सम्बन्ध प्रत्यावर्तन सिद्धान्तमा उसको प्रतिक्रियाको आधारमा पुर्नवल दिइन्छ ।
ग. शास्त्रीय सम्बन्ध प्रत्यावर्तन सिद्धान्त अनुसार उत्तेजना र प्रतिक्रिया बीच सम्बन्ध स्थापित भई आदत निमार्ण हुन्छ भने क्रियापरक सक्बन्ध प्रत्यावर्तन सिद्धान्त अनुसार प्रतिक्रिया र पुनर्वल बीच सम्बन्ध स्थापना भई आदत निमार्ण हुन्छ ।
घ. शास्त्रीय सम्बन्ध प्रत्यावर्तन सिद्धान्त अनुसार उत्तेजनाको प्रमुख भुमिका भएकोले यस सिद्धान्त लाई क्(च् त्जभयचथ भनिन्छ भने क्रियापरक सक्बन्ध प्रत्यावर्तन सिद्धान्तमा प्रतिक्रियाको मुख्य भमिका हुने भएकोले यसलाई च्(क् त्जभयचथ भनेर चिनिन्छ ।
ङ. शास्त्रीय सम्बन्ध प्रत्यावर्तन सिद्धान्त अनुसार उत्तेजना र प्रतिक्रियाबिच समिप्यता कायम भई सिकाई हुन्छ तर क्रियापरक सक्बन्ध प्रत्यावर्तन सिद्धान्त अनुसार व्यवहारको उत्तेजना सँग सम्बन्ध भई सिकाइ हुन्छ जुन सिकइको प्रभावको नियममा आधारित हुन्छ ।
च. शास्त्रीय सम्बन्ध प्रत्यावर्तन सिद्धान्त अनुसार पुर्नवलको सम्बन्ध उत्तेजना सँग हुन्छ तर क्रियापरक सम्बन्ध प्रत्यावर्तन सिद्धान्तमा पुर्नवलको सम्बन्ध प्रतिक्रिया संग हुन्छ ।
छ. शास्त्रीय सम्बन्ध प्रत्यावर्तन सिद्धान्त अनुसार प्राणिको भुमिका न्युन वा निश्क्रिय मानिन्छ भने क्रियापरक सम्बन्ध प्रत्यावर्तन सिद्धान्त अनुसार प्राणिको भुमिका सक्रिय मानिन्छ ।
***
Click for Next Lesson: https://limbuchandrabahadur.blogspot.com/2025/06/trial-and-error-learning-theory-b-ed.html
Post a Comment