Theory of Classical Conditioning शास्त्रिय सम्बन्ध प्रत्यावर्तन सिद्धान्त B. Ed. 2nd Year Educational Psychology
Theory of Classical Conditioning
शास्त्रिय सम्बन्ध प्रत्यावर्तन सिद्धान्त
बीसौ शताब्दीको शुरुमा रसियन मनोबैज्ञानिक Ivan Petrovich Pavlov (26 Sept, 1849- 27 Feb,1936) द्वारा प्रतिपादित सिकाईको सिद्धान्तलाई शास्त्रीय सम्वन्ध प्रत्यवर्तन सिद्धान्त भनिन्छ जुन उनले सन् 1897 मा प्राणीको पाचन प्रक्रिया सम्बन्धि अध्ययन अनुसन्धानको क्रममा प्रतिपादन गर्न सफल भएका हुन् । उक्त कार्यको लागि उनलाई सन् 1904 मा नोवेल पुरस्कार समेत प्रदान गरियो । सिकाईका सिद्धान्तहरु मध्ये सवैभन्दा पुरानो सिकाई सिद्धान्त भएकोले यसलाई Classical Learning Theory पनि भनिन्छ ।
Conditioning is the modification of the natural response. By conditioning, Pavlov modified the behavior of the dog on which he experimented. – JC Aggrawal
Click for Video: https://www.youtube.com/watch?v=jd7Jdug5SRc
प्याभ्लभका अनुसार स्वाभाविक उत्तेजना लाई अस्वाभाविक उत्तेजना सँग सम्बन्ध स्थापित गराउने र अस्वभाविक उत्तेजनामा पनि स्वभाविक उत्तेजनासरह नै प्रतिक्रिया जनाउँदै जादा प्राणीको व्यवहारमा देखापर्ने परिवर्तनलाई सिकाई भनिन्छ । जस्तैः भोकले रुँदैगरेको बच्चा आमाको दुध चुसेपछि भोक मेटाई चुप लाग्दछ । तर कुनै बखतमा उक्त वच्चा आमाले म आए वा अगाडी आई उभिदींदा पनि बच्चा चुप लाग्छ । यहाँ आमाको आवाज सुन्नासाथ अव दुधखान पाउँछु भन्ने आशमा वच्चाले त्यस्तो व्यवहार देखाउँछ । यहा ‘दुध’ स्वभाविक उत्तेजना हो भने ‘चुपलाग्नु’ स्वभाविक प्रतिक्रिया हो । तर ‘आमाको आवाज’ अस्वभाविक उत्तेजना हो तर पनि स्वभाविक प्रतिक्रिया ‘चुपलाग्नु’ प्राप्त भएको छ । प्याभलभको यस Theory of Classical Conditioning सिद्धान्त अनुसार प्रतिक्रिया वा स्वभाविक उत्तेजना (खाना) सँग अप्राकृतिक वा अस्वभाविक प्रतिक्रिया (¥याल) प्राप्त गर्न सफल भएको ले यसलाई सम्बन्ध प्रत्यावर्तनको सिद्धान्त भनिन्छ ।
Detailed video: https://www.youtube.com/watch?v=e_k6wCNnEJM
The Famous Experiment on a Dog by Pavlov
प्याभलभद्धारा कुकुरमाथि गरिएको प्रसिद्ध प्रयोग
एउटा भोकाएको कुकुरलाई ध्वनि नियन्त्रित प्रयोगशालामा एक विशेष प्रकारको उपकरणको सहायतामा उभ्याईएको थियो । उनले कुकुरको लागि खाना , एउटा घण्टी तथा ¥याल जम्मा गर्ने भाँडोको व्यवस्था गरेका थिए । प्रत्येक समय घण्टी बजेपछि मात्र खाना दिइन्थ्यो जसले गर्दा घण्टी बजे पछि खाना पाईन्छ भन्ने कुरामा कुकुर अभ्यस्त भयो । तत्पश्चात जब घण्टी बज्छ कुकुरले मुखमा ¥याल निकाल्यो तर खाना दिइएको थिएन यहा घण्टी र खानाको सम्बन्ध स्थापित भएकोले गर्दा घण्टी बज्दा मात्र ¥याल निकाल्यो पछि प्याभ्लभले घण्टी बजाए तर खाना दिएनन् जसले गर्दा क्रमस कुकुरले ¥याल निकाल्न छाड्यो । यस अवस्थालाई प्रतिक्रियाको लोप (State of Extinction) भनेर भनिन्छ ।
प्याभ्लभको उक्त प्रयोगमा खाना (Food) स्वभाविक उत्तेजना (Natural Unconditioned Stimulus (US) हो र खाना देखेपछि ‘¥याल काढनु’ पनि स्वभाविक प्रतिक्रिया (Unconditioned Response(UR) हो । तर ‘घण्टी’अस्वभाविक उत्तेजना (Conditioned Stimulus) हो तापनि घण्टी मात्र बज्दा पनि ‘¥याल काढ्नु’ स्वभाविक प्रीतक्रिया Unconditioned Response नै हो ।
Video for Experiment of Dog: https://www.youtube.com/watch?v=asmXyJaXBC8
Conditions Essential for Classical Conditioning Learning
सम्बन्ध प्रत्यावद्धन सिकाईको लागि आवश्यक अवस्थाहरु
सम्बन्ध प्रत्यावद्धन सिकाईको लागि आवश्यक सर्त तथा अवस्थाहरुलाई निम्न बुँदामा प्रस्ट पार्न सकिन्छ:
क. अस्वाभाविक उत्तेजना (CS) सगै स्वभाविक उत्तेजनाको (UCS) प्रस्तुति गर्नु
ख. सामिप्यता- CS र UCS कम समय अन्तरालमा प्रयोग गर्नु ।
ग. अभ्यास वा पुनरावृति- अभ्यासले S-R बीचको सम्बन्ध दरिलो बनाउँछ ।
घ. बाधा पर्ने उत्तेजना (Stimulus) को अनुपस्थिति हुनुपर्छ ।
ङ. पुर्नबलको प्रयोग ( यस प्रयोगमा पुर्नबलको प्रयोग नभए पनि निस्क्रिय प्राणिलाई उत्प्रेरित गर्न दिएको खानाले पुर्नबलको काम गरेको छ ।)
Basic Process of Classical Conditioning Learning
सम्बन्ध प्रत्यार्वद्धन सिकाईको आधारभुत प्रक्रियाहरु
यस सिद्धान्तको आधारभुत सिकाई प्रक्रिया भनेको उत्तेजना(Stimulus) र प्रतिक्रिया (Response) बिच सम्बन्ध स्थापना द्धारा गरिने सिकाई हो । यसका आधारभुत प्रक्रियाहरु निम्न छन्:
क. Unconditioned Stimulus-UCS (स्वाभाविक उत्तेजना) – कुनै अभ्यास विना देखा पर्ने प्रतिक्रिया स्वाभाविक उत्तेजना हो । जस्तैः– भोकाएको कुकुरलाई खाना र भोकाएको बच्चालाई दुध स्वाभाविक उत्तेजना हो ।
ख. Unconditioned Response-UCR (स्वभाविक प्रतिक्रिया) –बिना बाहिरि तत्व वा बिना अभ्यास देखा पर्ने प्रतिक्रिया नै स्वाभाविक प्रतिक्रिया हो । जस्तै: खाना देखेपछि कुकुरले ¥याल काढ्नु तथा दुध खुवाएपछि बच्चा चुप लाग्नु स्वाभाविक प्रतिक्रिया हो /
ग. Conditioned Stimulus-CS (अस्वाभाविक उत्तेजना) - अभ्यासको सहायतामा देखा पर्ने उत्तेजना अस्वाभाविक उत्तेजाना हो । जस्तै: कुकुरले घण्टीको मात्रै भएमा ‘¥याल काढनु’ तथा आमाको आवाज सुनेपछि बच्चा ‘चुप’ लाग्नु ।
घ. Conditioned Response –CR (अस्वाभाविक प्रतिक्रिया)- अस्वाभाविक प्रतिक्रिया त्यस्तो प्रीतक्रिया हो जुन अभ्यासको क्रममा विकास गरिएको हुन्छ ।जस्तै: घण्टीको सम्बन्ध ‘खाना’ संग र आमाको आवाजसंग ‘दुध’को सम्बन्ध स्थापित पश्चात् प्राप्त प्रतिक्रिया नै अस्वाभाविक प्रतिक्रिया हो ।
Main Features of Classical Conditioning Learning
सम्बन्ध प्रत्यार्वद्धन सिकाईका मुख्य विशेषताहरु
सम्बन्ध प्रत्यावद्र्धन संग सम्बन्धित वातावरणलाई यस सिकाईका विशेषताको रुपमा लिइन्छ ।यस सिकाईका विशेषताहरु तथा नियमहरु (Laws) निम्न प्रकारका रहेका छन्:
a. Stimulus Generalization (उत्तेजना सामान्यीकरण): विशेष प्रकारको उत्तेजनाहरुको पहिचान गरि सोही अनुरुपको प्रतिक्रिया जनाउनुलाई सामान्यिकरण भनिन्छ । जस्तै: खाना र घण्टी बीच सम्बन्ध स्थापित भएको अवस्था पछि घण्टी मात्र बजाउदा पनी ¥याल काढ्नु यसैको परिणाम हुनु हो । अन्य उदाहरणहरुस् छोरीलाई कुटेको देखेर बुहारी तर्सनु, अगुल्टोले हानेको कुुकुर विजुली चम्कदा तर्सनु आदी ।
b. Stimulus Discrimination (उत्तेजना विभेदिकरण): विभिन्न प्रकारका उत्तेजनाहरु विच भिन्नता पत्ता लगाई फरक प्रतिक्रिया जनाउनु नै उत्तेजना विभेदिकरण हो । जस्तै: प्याभ्लभको प्रयोगमा घण्टीको सट्टा मादलको आवाज दिदा ¥याल काढ्दैनथ्यो, त्यस्तै रोइरहेको बच्चाले आफ्नो आमाको आवाज पहिचान गरि चुप लाग्नु, आवाजको भरमा व्याक्ति पहिचान आदी ।
c. State of Extinction (विच्छेद वा लोप हुनु): उत्तेजनाको विभेदिकरण पश्चात् प्रतिक्रिया नदेखाउनुलाई प्रतिक्रियाको शुन्यता वा विलोप भनिन्छ । जसलाई विपरित सम्बन्ध पनि भनिन्छ । जस्तैः–घण्टी मात्रै बजाउदा शूरुमा केही ¥याल काढ्ने तर केही समय पश्चात् खाना नपाएपछि घण्टी को भरमा मात्र कुकुरले ¥याल काढ्दैन जुन लोपको अवस्था हो ।
d. Spontaneous Recovery (आकस्मिक प्राप्ति) ः– उत्तेजना सामान्यीकरणको अवश्थामा जस्तै उत्तेजना संग पुनः प्रतिक्रिया व्यक्त गर्न सक्षम हुनु आकस्मिक प्राप्ति हो । जस्तै ः– पछि घण्टीको मात्रै आवाजमा कुकुरले ¥याल काढ्दैन तर पुन घण्टी सँग फेरी खाना दिदा पुन पहिलाको जस्तै ¥याल चुहाउनु लाई नै उत्तेजना सँग प्रतिक्रियाको पुनःस्थापना भनिन्छ ।
Basic Principles of Classical Conditioning Learning
सम्बन्ध प्रत्यार्वद्धन सिकाईका मुख्य सिद्धान्तहरु
क. पुर्नबलको सिद्धान्त: प्याभ्लभको प्रयोगमा कुकुरलाई दिइएको खाना नै पुर्नबल हो जसको प्रतिक्रिया स्वरुप कुकुरले ¥याल चुहाउँछ । त्यसैले सिकाईमा पुर्नबलको महत्व धेरै छ जसको अभावमा शीथिलता आउँछ ।
ख. समय अन्तरालको सिद्धान्त: कुकुरलाई खाना दिनु भन्दा अगाडि घण्टी बजाईन्छ अनि तत्कालै खाना दिईन्छ ।यहाँ घण्टी बजाउनु र खाना दिनु बिच सम्बन्ध स्थापित छ वा क्षणिक मात्र अन्तराल हुन्छ । यही व्यावहार लामो अन्तराल रहने हो भने ¥याल विस्तारै निकाल्न छोड्छ । त्यसैले सिकाईमा पुरस्कारको व्यावस्था तत्कालै गर्नुपर्छ ।
ग. उत्तेजना र सामान्यीकरणको सिद्धान्त: कुनै एक प्रकारको उत्तेजनाको सट्टा अर्को प्रकारको उत्तेजना दिएर पनि उस्तै प्रकारको प्रतिक्रिया प्राप्त गर्न सक्नु नै उत्तेजना सामान्यीकरण हो । घण्टी र खाना बीच सम्बन्ध स्थापित भई सके पछि घण्टी जस्तै आवाज दिदा कुकुरले ¥याल काढ्नु यस सिद्धान्तको परिणम हो ।
घ. उत्तेजना विभेदिकरणको सिद्धान्त: विभिन्न प्रकारको उत्तेजनाहरु बीच भिन्नता पत्ता लगाई फरक प्रतिक्रिया जनाउनु नै उत्तेजना विभेदिकरणको सिद्धान्त हो । जस्तैः– घण्टीको बानी भएको कुकुरले मादलको आवाजमा फरक प्रतिक्रिया अवश्य देखाउँछ , बच्चाले प्रत्येक साथीलाई चिन्नु वा नाम भन्नु ।
ङ. विलोपनको सिद्धान्त: उत्तेजनाको विभेदिकरण पश्चात् प्रतिक्रिया नदेखाउनुलाई प्रतिक्रियाको विच्छेद वा बिलिोपन भनिन्छ । प्याभ्लभको प्रयोगमा केही समय पछी घण्टीमात्र बजाईन्छ, कुकुरले ¥याल काढि रहयो तर केही समय पछि घण्टी मात्र बजाईयो खाना दिईएन अनि विस्तारै कुकुरले ¥याल काढ्न छाड्यो जुन विलोपनको अवस्था हो ।
च. स्वतः प्राप्तिको सिद्धान्त: विलोपन अवस्था पछि फेरि कुकुरलाई घण्टी सँग सँगै खाना दिनेहो भने पुनः ¥याल सजिलै काढ्छ जुन अवस्थालाई उत्तेजना सँग प्रतिक्रियाको पुनस्थापना भनिन्छ ।
छ. अवरोधको सिद्धान्त: स्वाभाविक प्रतिक्रियामा कुनै अवरोध उत्पन्न भयो भने पनि त्यो स्थायी प्रकृतिको हुदैन त्यसैले पुनःप्राप्ति सम्भव छ । जस्तैः– खाना नदिई घण्टी मात्र बजाउँदा ¥याल नचुहाउनु केवल अवरोधको सिद्धान्त हो जसलाई आन्तरिक अवरोध भनिन्छ । तर त्यसरी ¥याल नचुहाउदा बाह्य हस्तक्षेपको कारणले हो भने त्यसलाई वाह्य अवरोध ९भ्हतभचलब०ि भनिन्छ । जस्तै: सधै पढाउने शिक्षकलाई सुपरिवेक्षकको उपस्थिथिमा पढाउनु असह महशुस हुनु ।
ज. उच्च क्रमयुक्त अभ्यस्तताको सिद्धान्त: कुनै उत्तेजना सँग अभ्यस्त भैइसके पछि नयाँ उत्तेजना सँग अभ्यास गराईन्छ भने यसलाई उच्च क्रमको अभ्यस्तता भनिन्छ। जस्तैः– एउटा पुरस्कार सँग अर्को पनि पुरस्कार दिन्छु भन्यो भने उत्साहमा अझ बुद्धि हुन्छ र सिकाई प्रभावकारी हुन्छ ।
झ. सहायक पुर्नवलको सिद्धान्त: खाना नदिएर त्यसको वास्नाले मात्र पनि प्राणिमा प्रतिक्रिया उत्पन्न गराउनु नै सहायक पुर्नवलको सिद्धान्त हो । पुरस्कार दिन्छु मात्र भन्नु पनि थप उत्साह गराउनु हो ।
Factors Affecting Classical Conditioning Learning
सम्बन्ध प्रत्यार्वद्धन सिकाईलाइ असर गर्ने तत्वहरु
प्याभ्लभद्धारा प्रतिपादित सिद्धान्त अनुसार प्रभावकारी सिकाईका लागि निम्न कुराहरु हुनु जरुरी छ:
क. Motivation (प्रेरणा): प्याभ्लभको सिद्धान्तमा कुकुरले प्रेरणाको कारण घण्टीको आवाज सँग सम्बन्ध स्थापना गर्न सक्षम भएको छ। त्यसैले घण्टीको आवाज प्रेरणा हो भने ¥याल प्रेरक तत्वहो ।
ख. Reinforcement (पुर्नबल): प्राणिलाई कुनै पनि प्रक्रिया व्यक्त गराउने तत्व नै पुनर्बल हो ।
ग. Practice (अभ्यास) कुनै पनि स्वभाविक उत्तेजना र अस्वाभाविक उत्तेजना वीच (खाना र घण्टी) सम्वन्ध स्थापीत गराउदा प्रत्येक पटक घण्टी बजाईयो र कुकुरलाई अभ्यस्त गराईयो । त्यसैले सिकाईमा अभ्यासको महत्वपूर्ण भूमिका हुन्छ ।
घ. Expectation (आशा): प्राणीको प्रतिक्रिया उसले गरेको आशामा भर पर्दछ जुन कुरा प्याभ्लभको सिद्धान्तले प्रमाणीत गरिसकेको छ । घण्टी बजेपछी कुकुरले खाना पाइन्छ भन्ने आशमा आफ्नो प्रतिक्रिया (¥याल) देखाएको छ । सिकाइमा यसको भूमिका महत्वपूर्ण छ ।
ङ. Absence of Distracting Stimulus (बादक उत्तेजनाको अनुपस्थिति): प्याभ्लभले तयार पारेको प्रयोगशाला वाह्य आवाज नसुन्ने थियो जहाँ कुकुरले घण्टीको मात्र आवाज सुन्थ्यो । अन्य आवाज पनि सुनेको भए कुकुरले सायद सही प्रतिक्रीया देखाउदैनथ्या होलो । त्यसैले प्रभावकारी सिकाईको लागि अन्य कुराको प्रभाव उक्त वातावरणमा रहनु नकारात्मक हुन्छ ।
Educational Implications of Classical Conditioning Learning
सम्बन्ध प्रत्यावर्तन सिकाई सिद्धान्तको शिक्षण क्षेत्रमा प्रयोगहरु
क. संवेगात्मक प्रतिक्रियाहरुको शिक्षण सिकाई गर्न: कुनै शिक्षक सँग डराउने विद्यार्थी उसको विषय प्रति नै डराउँछ भने माया गर्ने शिक्षकको विषय उसले मनपराउन सक्छ । त्यसैले सिकारुको रिस, त्रास, च्न्तिा, खुसी आदी संवेगको जानाकारी हुनुपर्छ ।
ख. तालीम दिन: प्राणीलाई तालिम दिई अनेक विधामा प्रयोग गरिसकिएको छ । त्यसैले सिकाईमा पनि तालीमको महत्वपूर्ण स्थान रहेको पाइन्छ ।
ग. डराउने उद्दीपकलाई परिवर्तन गराईएमा डर हटाउन सकिन्छ । कक्षामा शिक्षक सँग डराउने विद्यार्थीलाई सिकाईमा वाधा हुन्छ ।
घ. उद्दीपक र प्रतिक्रिया बीच सम्वन्ध स्थापना गर्न: प्याभलभको सिद्धान्तले अपेक्षित व्यवहार वा सिकाई प्राप्तीको लागी उत्तेजना र प्रतिक्रया बीच स्थापीत सम्बन्धलाई प्रमुख ठानेको छ ।
ड. खराव आदतहरु हटाउन: यस सिद्धान्तको प्रयोग बाट खराव आदतहरुलाई हटाउन सकिने कुरा बताइएको पाइन्छ । भुटो बोल्ने, कक्षाबाट भाग्ने, चोरी गर्ने जस्ता कार्यलाई निरुत्साहीत गर्न सकिन्छ ।
च. असल बानीको विकास: असल बानी व्यवहार निर्माण, विकास र विस्तार गर्न यो सिद्धान्त नीकै उपयोगि मानिएको छ। सिकारुमा राम्रो बानी सिकाउने, सफा हुने, आदर सत्कार गर्ने जस्ता कुरा सिकाउन सकिन्छ ।
छ. शाब्दिक साहचर्ययको सिक्षण र सिकाइ: कुनै पनि बस्तुलाई शब्द सँग सम्वन्ध स्थापना गरी शब्दको रुपमा नामाकरण गर्नु वा उच्चारण गर्नु शाब्दिक साहचर्य सिकाई हो । सामाग्री हेर्ने, अवलोकन गर्ने र नामबाट चिन्नु वा उच्चारण गर्नु यसको उदाहरण हो । यसरि नै A for Apple and B for Ball भन्नु शाब्दिक साह्चार्यको सिकाइ हो /
Click for Video: https://www.youtube.com/watch?v=jd7Jdug5SRc&t=18s
***
Click for Next Lesson: https://limbuchandrabahadur.blogspot.com/2025/06/theory-of-operant-conditioning-b-ed-2nd.html
Post a Comment