Classification of Learning Theories: Behaviourism and Cognitism B. Ed. 2nd Year Educational Psychology
Classification of Learning Theories: Behaviourism and Cognitism
सिकाईलाई प्रभावकारी बनाउनको लागी विभिन्न मनोवैज्ञानिक तथा शिक्षा मनोवैज्ञानिकहरुले सिकाईका आधारभुत पक्ष, तत्वहरु वा यसका सम्भाव्यताहरुको अध्ययन गरेको पाइन्छ । उनीहरुले कयौ शताब्दी विताएपश्चात् अनेकौ अभ्ययन, प्रयोग एवं परिक्षणबाट शिक्षा मनोविज्ञानका साहित्यमा सिकाई शिद्धान्तका रुपमा विभिन्न सिद्धान्तहरु विकसित गरेको पाइन्छ । जस्तै: अनुभववाद (Empiricism), विवेकवाद (Rationalism) , मानवतावाद (Humanism), रचनावाद (Constructivism), संज्ञानवाद (Cognitivism) ,व्यवहारवाद (Behaviorism), मनोविश्लेषणत्मक सिद्धान्त (Psychoanalytic Theory) आदी ।
सिकाईका सिद्धान्तहरुलाई निम्न तवरले पनि वर्गिकरण गरिएको पाइन्छ:
क. SR – Theories with Reinforcement – Thorndike, Skinner, Hall etc.
ख. SR – Theories without Reinforcement- Pavlov, Watson, Guthari etc.
ग. Cognitive Field Theory – Kohler, Piaget, Tallman etc.
घ. Modern Cognitive Theory – Ausuble, Brunner, Bandura etc.
संज्ञानवादी (Cognitivism) सिद्धान्त एक यस्तो सिकाइ सिद्धान्त हो जुन मानिसको मस्तिष्कले सूचना कसरी प्रक्रियाजन्य रूपमा ग्रहण, सङ्गठित र सम्झन्छ भन्ने कुरामा केन्द्रित हुन्छ। यो सिद्धान्त अनुसार सिकाइ एउटा आन्तरिक प्रक्रिया हो जहाँ सिक्ने व्यक्तिले नयाँ जानकारीलाई पहिलेको ज्ञानसँग सम्बन्धित गरी बुझ्ने प्रयास गर्छ। संज्ञानवादले व्यवहारवाद जस्तो बाह्य व्यवहारमा होइन, सोच्ने, सम्झने, बुझ्ने र समस्या समाधान गर्ने जस्ता मानसिक प्रक्रियामा जोड दिन्छ। जीन पियाजे (Jean Piaget) र जेरोम ब्रूनर (Jerome Bruner) जस्ता संज्ञानवादी विचारकहरूका अनुसार, सिकाइ प्रभावकारी बनाउन शिक्षण प्रक्रिया क्रमबद्ध, संरचित र विद्यार्थीको मानसिक विकास अनुसार हुनुपर्छ।
यस सिद्धान्तमा गेस्टाल्ट मनोवैज्ञानिकहरूको योगदान पनि महत्वपूर्ण छ। गेस्टाल्टवाद (Gestaltism) ले सम्पूर्णता (whole) मा केन्द्रित सिकाइलाई जोड दिन्छ। उनीहरूका अनुसार सिकाइ टुक्रा–टुक्रामा होइन, सम्पूर्ण परिप्रेक्ष्यमा हुन्छ। उदाहरणका लागि, व्यक्तिले कुनै चित्र वा अवधारणा बुझ्दा सम्पूर्ण स्वरूप देखेर अर्थ लगाउँछ, न कि छुट्टाछुट्टै भागहरू। यसले देखाउँछ कि मानिसले जानकारीलाई पैटर्न वा संरचनामा व्यवस्थित गरी बुझ्ने प्रयास गर्छ। संज्ञानवादमा गेस्टाल्ट विचारले सिकाइलाई अझ गहिरो र अर्थपूर्ण बनाउँछ।
Behaviorism: Process and Features
व्यवहारवादको पृष्ठभूमि
सिकाईका मनोवैज्ञानिक सिद्धान्तहरुलाई दुई भागमा बाँडीएका छन् । ती हुन्: व्यवहारवादी दृष्टिकोण र संज्ञानबादी दृष्टिकोण । व्यववहारवादका प्रवर्तक John B. Watson (1878-1958) हुन् जो एक प्रसिद्ध अमेरीकन मनोबैज्ञानिक हुन् । उनले सन् 1912 मा Psychology and Behaviorist नामक लेखमा व्यवहारवाद बारे वकालत गरे जनु तत्कालीन अवस्थामा प्रचलित Structuralism (संरचनावाद) र Functionalism (क्रियावादी) को विरुद्धमा थियो । Watson को भनाईअनुसार चेतना Consciousness लाई बैज्ञानिक परीक्षण गर्न सकिँदैन, Sound, Mind, Images and Ideas लाई त्याग्नु पर्दछ ।उनको विचारमा मनोविज्ञानलाई विज्ञान भन्ने हो भने प्राणी वा मानिसको व्यवहारलाई अध्ययनको केन्द्रविन्दु मान्नु पर्दछ ।
J. B. Watson वास्तवमा प्रसिद्ध रसियन मनोवैज्ञानिक Ivan P. Pavlov को सिद्धान्तको निष्कर्षवाट प्रभावित थिए । Watson ले ११ महिनाको अलवर्ट नामक बालक माथि आफ्नो प्रयोगलाई केन्द्रीत गरे । उक्त बालकलाई एउटा सेतो मुसासँग खेल्न दिए । शुरुमा बालक मुसासँग मजाले खेल्दथ्यो । तर केहि समय पश्चात् जव वालक मुसाको नजीक जान्थ्यो एउटा ठूलो र डरलाग्दो आवाज दिए । पटक पटक यो कार्यलाई दोहो¥याए । तत्पश्चात बालक मुसालाई देख्नासाथ तर्सिन थाल्यो । यस प्रयोगबाट उनले के निष्कर्ष निकाले भने प्राणीका व्यवहारमा उत्तेजनाको महत्वपूर्ण हात हुन्छ । हामी कसरी र किन व्यवहार प्रदर्शन गर्दछौ भन्ने कुरा बानी र अभ्यासमा भर पर्दछ । व्यवहार र वातावरणमा भर पर्दछ । वंशाणुमा होइन । व्यवहारवादी मनोवैज्ञानिकहरु Thorndike, Hull, Skinner etc. हुन् । यस अन्र्तगत निम्न सिद्धान्तहरु पर्दछन्: शास्त्रिय सम्बन्ध प्रत्यवर्तन सिद्धान्त, कार्यपरक सम्बन्ध सिद्धान्त र प्रयत्न र भूलको सिद्धान्त।
Video of Albert: https://www.youtube.com/watch?v=5duLMjaTL0U
Click for Next Lesson: https://limbuchandrabahadur.blogspot.com/2025/06/theory-of-classical-conditioning-b-ed.html
Post a Comment